All about Sunuwar

मातृभाषा कोइँचको पहिचान हो, जीवन हो ।

matrivasaसुनुवार डट ओआरजि समाचारदाता ।
१९ साउन, काठमाडौं । ‘मातृभाषा आदिवासी जनजाति कोइँच (सुनुवार) को लागि पहिचान हो, जीवन हो र विविधता हो । हामी कोइँच हुँ भन्छौं भने मातृभाषा जान्नु आवश्यक छ, बुझनु आवश्यक छ । विभिन्न कारणले कोइँच दाजुभाई दिदीबहिनीहरुले आफ्नो मातृभाषा बोल्न छाडेको छौं । यो राज्यको उत्पीडन र बहिस्करणको कारणले भएको हुँदा सबै कोइँच सचेत भएर पहिचानको लागि ऐक्यवद्ध हुन नितान्त आवश्यक छ । तपाइँहरुले मातृभाषाको प्रशिक्षणमा सहभागी हुनु भनेको आफ्नो अधिकारको उपयोग गर्न तत्पर हुनु हो । यहाँहरु स्वःस्फूर्तसाथ आफ्नु मातृभाषा सिक्न उपस्थित हुनु भएको छ । यहाँहरुले आफ्नो मातृभाषा सिकेर राज्यको भाषिक विभेदको विरुद्धमा सचेत भइ भाषिक आन्दोलनमा सरिक हुनुहोस् । राज्यले खस र संस्कृत भाषामा उहिलेदेखि लगानी गरिरहेको छ । हाम्रो पहिचान दिने मातृभाषामा लगानी गर्न अझै तयार छैन । यसको लागि पनि तपाईँहरुको जागरुकताले नयाँ आशा प्रदान गरेको छ । यो अति आवश्यक र उपयुक्त काम भएको छ । भर्खरै श्रव्य सामाग्री पनि विमोचन भएको छ यसले पनि विश्वभरि छरिएर रहेको कोइँचहरुलाई आफ्नो पहिचानको सन्दर्भ सामाग्री बचाउन मद्दत गर्ने छ ।’ सुनुवार सेवा समाज, जिल्ला समिति काठमाडौंले उत्पादन गरेको कोइँच लोः शेँसाइ रेडियो भाषा प्रशिक्षण तथा मातृभाषा प्रशिक्षण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले कार्यक्रमलाई बताउनु भयो ।
सो कार्यक्रममा रेडियो भाषा प्रशिक्षणका कलाकारलाई कदर पत्र र आजीवन सदस्यहरुलाई आजीवन सदस्य पत्र प्रदान गरिएको थियो ।सुनुवार सेवा समाज जिल्ला समिति काठमाडौंका अध्यक्ष गोपालबहादुर सुनुवारको अध्यक्षतामा सञ्चालित कार्यक्रमलाई सुनुवार सेवा समाज जिल्ला समिति भक्तपुरका सचिव सुदिप सुनुवार र पर्ूव सुसेस अध्यक्ष इश्वरकिरण सुनुवारले पनि बोल्नु भएको थियो ।
जिल्ला समितिका सचिव अशिष सुनुवारद्वारा सञ्चालित कार्यक्रममा अनौपचारिक शिक्षा केन्द्र सानो ठिमीबाट उत्पादित पाठ्य पुस्तकलाई आधार मानेर सुनुवार सेवा समाजका कोषाध्यक्ष उत्तमकुमार सुनुवारले मातृभाषा सिकाउनु भएको थियो ।कोइँच भाषा प्रशिक्षण सँग सँगै १) संस्कार संस्कृति, २) कोइँच साहित्य, ३) कोइँचको इतिहास, ४) कोइँच गीत संगीत, ५) कोइँच साहित्य र ६) आदिवासी जनजातिको आन्दोलन तथा तत्सम्बन्धि चलचित्र पर््रदर्शन गरिने छ र हरेक कक्षा पूर्णतय प्रयोगात्मक हुने पनि समितिले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *