All about Sunuwar

सुसेस संस्थापक टिकाराम मुलिचा सम्मानित

काठमाडौं । सुनुवार सेवा समाजका संस्थापक टिकाराम मुलिचा ३१ हजार नगद सहित खुश–लक्ष्मी सुनुवार स्मृति समाजसेवी पुरस्कार २०७९ बाट सम्मानित हुनुभएको छ । सोही कार्यक्रममा सुनुवार सेवा समाजका कोषाध्यक्ष शोभा सुनुवारसमेत ५ हजार नगदको प्रोत्साहन पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
२०७५ मा सुनुवार सेवा समाजका संस्थापक प्रेम हाँवालीसहितको परिवारले उहाँहरुको स्व. बुबा खुशबहादुर सुनुवार र आमा लक्ष्मी सुनुवारको स्मृतिमा सुनुवार सेवा समाज अन्तर्गत खुश–लक्ष्मी सुनुवार स्मृति कोष गठन गरेर कोइँच सुनुवारहरुलाई संगठित गर्न योगदान दिनुहुने अग्रज समाजसेवीहरुलाई २०७६ सालदेखि वार्षिकरुपमा रु ३१ हजार नगदसहित फेटा बाँधेर शिर उठाउनुको साथै दोसल्ला ओडाएर सम्मानपत्र समर्पण गरिँदै आइएको छ ।
सम्मानित व्यक्तित्व टिकाराम मुलिचा २०४४ साल फागुन २९ गते सुनुवार सेवा समाज स्थापना गर्ने एक जुझारु हस्ती थिए । स्थापनाकालमा सुनुवार सेवा समाजको प्रसाशनिक कामका लागि चाहिने मसलन्दहरु उनैको कार्यालयबाट आपूर्ति हुनेगर्थे । सुनुवार शब्द उच्चारण श्वास रहेसम्म घिस्रीएर पनि जुनसुकै कार्याक्रममा पुग्ने प्रण गरीरहनुभएका उहाँले सुनुवार सेवा समाजमा हालसम्म पनि सल्लाहकारको रुपमा आवद्ध हुनुहुन्छ । उहाँ कवि पनि हुनुहुन्छ र भाषासेवी तथा टिकामुली लिपिको सर्जक समेत हुनुहुन्छ । लामो समय कृषि विकास कार्यालय दोलखा र रामेछापको प्रमुख हुनुभएका उहाँ २०६२/६३ सालको आन्दोलन ताका कृषि विकास क्षेत्रीय निर्देशनालयको निमित्त महानिर्देशक समेत भएर काम गर्नुभएको थियो । शोभा सुनुवार कोइँच समुदायको पहिलो महिला कवि हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *