All about Sunuwar

सुसेस भक्तपुरकाे एकदिवसीय नेतृत्व तथा ब्यक्तित्व बिकास सम्बन्धि कार्यक्रम सम्पन्न

सुनुवार सेवा समाज भक्तपुर जिल्ला समन्वय समितिको प्रथम बैठकको निर्णयय बमोजिम आज आश्विन ८ गते शनिबार तीन नगर समिति चाँगु सुर्यविनायक र मध्येपुर थिमीका सदस्य तथा पदाधिकारी सहितको सहभागितामा एकदिवसीय नेतृत्व तथा ब्यक्तित्व बिकास सम्बन्धि कार्यक्रम सम्पन्न भएकाे छ ।
सुनुवार सेवा समाज संघिय समितिका सचिव उत्तमकुमार सुनुवार, कोषाध्यक्ष तथा सुनुवार महिला समाजका अध्यक्ष शोभा सुनुवार ज्युले मानव अधिकार, आदिवासी अधिकार, महिला अधिकार, मधेसी , पिछडिएका वर्ग, दलित, बिकलाङ्ग(अपांग ) स्थानीय सरकार र आदिबासी सम्बन्धि अधिकार र राजनीतिक क्षेत्रमा सुनुवार वर्तमान अबस्थाको बारेमा प्रशिक्षण दिनुभएको थियो।साथै सुनुवार सेवा समाज काठमाडौंका अध्यक्ष गोपाल सुनुवार ज्युको पनि सहभागी रहेको थियोे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *