All about Sunuwar

News

now browsing by category

 

मलेसियामा सुनुवार सेवा समाज गठन

malaysia newsnक्वालाम्पुर फेब्रुअरी २० । प्रवासमा विभिन्न रोजगारीमा संलग्न सुनुवारबन्धुहरुको सहभागितामा सुनुवार सेवा समाज मलेसिया गठन भएको छ । केएल कोताराय हाउसमा फेब्रुअरी २० तारिख देवराज सुनुवारको अध्यक्षतामा १३ सदस्यीय समिति तथा पाँचजना सल्लाहकारसमेत गठन भएको भेलाका संयोजक जोहन सुनुवारले बताए । जसमा उपाध्यक्ष धनबहादुर सुनुवार, सचिव शंकरकुमार सुनुवार, सहसचिव दिलमाया सुनुवार, कोषाध्यक्षमा सम्बर सुनुवार, सदस्यहरुमा लालवीर सुनुवार, गंगा सुनुवार, टेकबहादुर सुनुवार, प्रकाश सुनुवार, जित सुनुवार, जीवन सुनुवार, विनोद सुनुवार, तोरण सुनुवार र सुनुवार रहेका छन् । सल्लाहकारमा राम सुनुवार, कमल सुनुवार, तेकबहादुर सुनुवार, कुमार सुनुवार र मनोजकुमार सुनुवार चयन गरिएको छ ।
पहिचान र समानताका लागि प्रतिवद्धता नाराका साथ अगाडि बढेको सुनुवारहरुको हक हितका लागि कार्यरत सुनुवार सेवा समाजको शाखा विस्तारका क्रममा प्रवासमा रहेका सुनुवारहरुको विशेष पहलका साथै विशेष गरी सुनुवार सेवा समाज कतारका समाजसेवी तथा पूर्व अध्यक्ष किशोर सुनुवार र सुनुवार समाज हङकङको सक्रियतामा पहल गरिएको थियो । जसमा सुनुवार समाज हङकङले गत वर्षदेखि सुनुवारहरुको पहिचानका निम्ति विशेष किसिमको ब्याच निर्माण गरेर वितरण गरिएको छ ।

हार्दिक कृतज्ञता

हार्दिक कृतज्ञता

हार्दिक कृतज्ञता

हाम्रा पूजनीय बुबा तथा दाजु पदमकुमार काःतिचको ६३ वर्षो असमायिक निधानमा साथ सहयोग र समावेदना प्रकट गर्नुहुने सबै आफन्त जन तथा साथीभाईहरु प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।

मलेशियामा सुनुवारहरुको भेटघाट कार्यक्रम हुने

koitsक्वालामपुर, फेबुअरी १४ । प्रवास मलेशियामा रोजगारीका लागि पुगेका सुनुवारहरुको भेटघाट राखिने भएको छ । आफ्नो संस्कार, संस्कृति र पहिचानका लागि एक जुट भइ मलेशियामा सुनुवारहरुको मातृ संस्था सुनुवार सेवा समाज, मलेशिया शाखा गठन गरिने कुरा कार्यक्रमका संयोजक जोन सुनुवारले बताए । सो कार्यक्रम मलेशियामा रहेका चाइनिज मुलका नयाँ वर्ष विदाको अवसरमा केएलस्थित कताराय नेपाल होटलमा फेबुअरी २० तारिख विहान १० बजे हुने भएको कुरा पनि बताए ।
मलेशियामा गरिने सो भेलाका लागि सुनुवार सेवा समाज कतार र सुनुवार समाज हङकङको पनि सहयोग रहेको बताइएको छ । उक्त भेटघाट कार्यक्रममा मलेशियामा विभिन्न रोजगारमा रहने सुनुवारहरुलाई उपस्थितिका लागि अपिल समेत गरिएको छ ।

दोलखा जिल्लाको हाँवा गाविसमा अमुर्त संस्कृतीहरुको संरक्षण तथा प्रबद्र्वन बिषयक अन्तरक्रिया कार्यक्रम ।

पाम बा. सुनुवार, सुनुवार डट ओआरजी ।
२६ माघ, दोलखा । दोलखा जिल्लाको हाँवा गाविसमा अमुर्त संस्कृतीहरुको संरक्षण तथा प्रबद्र्वन बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पहिचान र समानताका लागी प्रतिबद्वता भन्ने मुल नाराका साथ सुनुवार सेवा समाज केन्द्रिय समितिले आयोजना गरेको कार्यक्रमा सुनुवार समुदाय भित्र अमुर्त संस्कृती के के छन् र यि संस्कृती लाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो । स्थानिय स्तरमा पहिचानको चेतना जगाई संस्कृतीको संरक्षण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेका कार्यक्रमका अध्यक्ष भुवानी सुनुवारले बताउनु भयो । हाँवा, ठुलोपातल, चरिकोट, लगाएतका सुनुवार हरु भेला भएको उक्त कार्यक्रमा सुनुवार सेवा समाज केन्द्रिय समितिका संस्कृती तथा अनुसन्धान बिभाग प्रमुख अमृत बहादुर सुनुवार ले अमुर्त संस्कृतीको महत्व बारे जानकारी गराउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि सुनुवार सेवा समाज केन्द्रिय समितिका अध्यक्ष मन प्रसाद सुनुवारले सुनुवार समुदायको संस्कृती क्रमिक रुपमा लोप हुदै पहिचानै संकटमा पर्न लागेको हुदा यसको संरक्षणमा सबै लाग्नु पर्ने बाताउनु भएको थियो । कार्यक्रम हाँवा गाबिस वडा नं. ९, गैह्रागाँउ स्थित सहकारी हलमा सम्पन्न भएको थियो । दोलखा जिल्ला समितिको संयोजन मा भएको कार्यक्रममा गाँउका स्थानिय झाँक्री, पुजारी, शिक्षक,राजनैतिक दलका प्रतिनिधी समाजसेवी लगाएत बिभिन्न संघ संस्था बाट सहभागी थिए ।

लिम्बुवानमा कोइँच अमर्ूत संस्कृति संरक्षण तथा पर््रवर्द्धन अभियान प्रारम्भ

चुप्लु दाम्लोच
२५ माघ, पाँचथर । पहिचानको लागि सूदुर पर्ूव पाँचथरका आदिवासी कोइँचहरु वीच अमर्ूत संस्कृति संरक्षण तथा पर््रवर्द्धन अभियान प्रारम्भ भएको छ । सुनुवार सेवा समाज केन्द्रीय समितिको आयोजना तथा सुनुवार सेवा समाज जिल्ला समिति पाँचथरको संयोजनमा साराङडाँडा थामडाँडा कोइँच गाउँमा शाँदार सिल तथा बाद्यवादन प्रशिक्षणको क्रममा अमर्ूत संस्कृति संरक्ष तथा पर््रवर्द्धन अभियानको शुरुआत गरिएको हो ।
अमर्ूतर् सस्कृति भन्नले कोइँचको पिदार नाम्दार, सागुन, कास, ख्येँगु, गिल, शाँदार पिदारहरु पर्दछन् । साथ साथै कोइँचले मान्दै आएको अन्य संस्कार र उनीहरुको आस्था र विश्वाससमेत अमर्ूत संस्कृति हुन् सुनुवार सेवा समाजका महासचिव समीर मुखिया सुनुवारले बताउनु भयो ।
शाँदार ग्योर संरक्षण तथा विकास समिति पाँचथर इलामको विशेष अग्रसरतामा शुरुआत अमर्ूत संस्कृति संरक्षण तथा पर््रवर्द्धन अभियानले कोइँच पहिचान भनेको के हो – वल्लो किरात कोइँचको लागि किन आवश्यक छ – किन पहिचान सहितको संघीयता आवश्यक छ – संघीयतासहितको संविधान भनेको के हो – लिम्बुवानमा बसेका कोइँचहरुले लिम्बुवानका वारेमा कसरी जनवाकलता गर्ने र लिम्बुवानवासीहरुसँग वल्लो किरातको वारेमा कसरी सहकार्य गर्ने गाउँ गाउँमा घरदैलो कार्यक्रम गर्ने अभियानसमेत शुरुआत गरिने भएको छ ।
अमर्ूत संस्कृति संरक्षण तथा पर््रवर्द्धन अभियान दोलखा जिल्लामा पनि शुरुआत गरिएको जानकारी प्राप्त भएको छ । सुनुवार सेवा समाज दोलखा जिल्ला समितिले यो आभियानलाई अगाडि बढाइरहेको छ ।

आदिवासी ज्ञान र संस्कृतिको पुनःस्थापना गर्न जागरुक कोइँचहरु

-कोइँच बु काःतिच

२० माघ, सिरहा । आदिवासी जनजाति दनुवार र वल्लो किरातको आदिवासी ज्ञान र संस्कृतिको खोजी गर्दै सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. कमलदहमा विश्व सिमसार दिवस मनाइयो । चुरे क्षेत्र जलाधार संरक्षण समितिबाट आयोजित कमलदह सिमसार क्षेत्र संरक्षण सचेतनात्मक अभियानमा विभिन्न व्यापार, सरकारी निकायका प्रमुख लगायत स्थानीय व्यापारी तथा सामुदायिक वनका अध्यक्षले आ-आफ्ना धारणा राखेका थिए । सचेनात्मक अभियानका प्रमुख अतिथि धानोदेवी महराले आफ्नो ठाउँको लागि सदनमा जोडदार कुरा उठाउने बताइन् । सभाध्यक्ष डम्बरबहादुर सुनुवारले कमलदहमा नन्वाबाट देविले सुनचाँदी गहनाहरु राँगाको गाडामा लिएर कमलदहमा लुकाएर राखेको मिथक रहेको हुँदा यो मिथक हिन्दू धर्मको नभई आदिवासी जनजाति दनुवार र वल्लो किरातको किरातीको लोक मिथक भएकोले आदिवासी जनजाति नै सिमसार क्षेत्रका संरक्षक भएको बताउनु भयो । साथै उहाँले कमलदहमा पानी मुला, पानी अमला र अन्य ठाउँमा नपाइने आदिवासी कमलको फुल रहेको दाबी गर्दै जैविक विविधता संरक्षणको लागि आदिवासी जनजाति र स्थानीय जनता लागीपर्नु पर्ने धारणा प्रस्तुत् गर्नु भयो । अहिले कमलदहमा पाँच वर्षो ४० लाखमा माछा पालनको लागि सामुदायिक वनले ठेक्का दिएको छ । तर घर्ुर्मी सामुदायिक वन भने दिनानुदिन विनास भइरहेको छ भने जैविक विविधता संरक्षणको कुनै उपय अबलम्बन गरिएको देखिदैन । न त यहाँका आदिवासी जनजाति दनुवारको आदिवासी ज्ञान र उनीहरुको भूमिको सुरक्षा गरिएको छ । त्यस्तै गरी यहाँका आदिवासी जनजाति दनुवार पनि आफ्नो पुख्र्यौली थलोको लागि सचेत भएको पाइँदैन । आदिवासी जनजाति कोइँच सुनुवार भने २०३९ साल देखि सिरहाली सुनुवार समिति गठन गरी संगठित भए पनि खासै उपलब्धिमूलक काम गर्न सकेको देखिँदैन । बरु मधेसी यादबहरुको हरेक क्षेत्रमा दबदबा प्रष्ट देख्न सकिन्छ ।

कोइन्च सुनुवार बिधिबाट बेलायतमा सम्पन्न भयो मृत्यु संस्कार !

uk२४ जनुवरी(२०१५ ) सनिबार रेडिङ्ग स्थित मेरी चर्च बेलायतमा, रामेछाप साप्ऱा दुरा गाउँ निवासी स्व किर्ति बहादुर सुनुवारको अन्तिम दाहसंस्कार किरात धर्म सुनुवार संस्कार अनुसार सम्पन्न भएको छ ! बिगत २००९ साल देखि आबासिय भिसामा बेलायतको रेदिङ्गमा बस्दै आउनु भएका ८० बर्षीय किर्ति बहादुरको गत ०३ )जनुवरीमा उपचारको क्रममा देहावसान हुन गएको थियो ! उहा कोइन्च संस्कृतिलाइ असाध्य माया गर्ने अग्रज हुनुहुन्थ्यो ! बिगतमा श्यांदर पिदार हुदा पुजारीको समेत भूमिका निर्बाह गर्दै ,समाजलाई आफ्नो जातिय संस्कृति प्रति मार्ग निर्देशन गर्नु भएको थियो ! उहा जस्तो अग्रजको अकल्पनीय निधनले समाज र सन्थालाइ ठूलो क्षति पुगेको र किरात सुनुवार समाज बेलायत यो दुखद घटनाले स्तब्ध रहेको कुरा संस्थाका अध्यक्ष मोतिराज सुनुवारले समबेदना प्रकट गर्ने क्रममा भने !
पोइब लोक बहादुर सुनुवारले आफ्नै सुनुवार विधिबाट पार्थिक शरीरको अन्त्यषठी सम्पन्न गरे पश्चात , मृतकका छोरी ज्वाई खडानन्द सुनुवारले उहाको जीवनी बाचन गरेर सुनाउदै सपरिवारको तर्फाबाट हार्दिक श्रदान्जी अर्पण गर्दै ,उपस्थित सम्पूर्णलाइ हार्दिक धन्यबाद ज्ञापन गरेका थिए ! उक्त दाहसंस्कार कार्यक्रममा कोइन्च लगायत रेदिङ्गबासि विभिन्न जातिय संघ संस्था र नेपाली समाजको पनि,दिबंगत आत्मालाई श्रद्दान्जली दिनको निम्ति उल्लेखनीय उपस्थिति रहेको थियो ! कि सु से स बेलायतको तर्फाबात हार्दिक श्रदान्जली स्वरुप पुष्पा गुच्छा अधक्ष मोतिराज ,,महासचिब भक्तमान सुनुवार ,उपाध्क्ष यादब सुनुवार लगायत अन्य पदाधिकारीहरुले संयुक्त रुपमा अर्पण गरेका थिए !
सुनुवार विधिबाट मृत्यु संस्कार सम्पन्न गरेको बेलायतमा पहिलो पटक थियो र धेरै कोइन्चहरु अब बिस्तारै आफ्नो संस्कारको खोज तलासी गरिनु पर्छ भन्ने कुरा प्रति चासो देखाएका थिए ! “बाबाको इक्षा नै आफ्नो जातिय विधिबाटआफ्नो मृत्यु संस्कार होस् भन्ने थियो र आमाको पनि धरानमा सुनुवार विधिबाट अन्तिम संस्कार भएको हो ” स्व किर्ति ब सुनुवारकी एकलौटी छोरी बिष्णु सुनुवारले बताईन !नेपालमा दुइ जना छोराहरु रहेको र उनीहरुले पनि कोइञ्च विधिबाट नै आफ्नो बुवाको अन्तिम संस्कार १० दीन सम्म गर्ने जानकारी पनि विष्णुले गरायिन !सल्लाहकार जनक सुनुवार र संस्थाको सहयोगमा सम्पन्न मृत्यु संस्कार सोक कार्यक्रमलाई सुर्यराम सुनुवारले संचालन गरेका थिए !गत २९ डिसेम्बर (२०१४) मा संस्थाका बरिष्ठ सल्लाहकार खबिन्द्र सुनुवारकी धर्म पत्नी पम्फा सुनुवारको ४८ बर्षको अल्पायुमा असमायिक निधनबात बज्रपातमा गुज्री रहेको अबस्था भित्रै ,बेलायतबासी सिनुवारहरुले अर्का एक आफ्नो प्रियजन गुमाउन पुगेका छन् ! एक हप्ताको अन्तराल भित्रमा दुइ जना समाजका प्रमुख व्यक्तित्वहरु गुमाउदा अपुरणीय क्षतिले सबै कोइंचको मन भक्कानिएको छ ! तै पनि मन थामेर धर्य धारण गर्नु परेकै छ ,जीवन र मृत्यु प्रकृतिको शाश्वत सत्यलाई स्वीकार गर्नु परेकै छ ! अदृश्य जगतको यात्रामा जाने दिबंगत आत्माहरुलाई हार्दिक श्रद्दान्जली !!!