All about Sunuwar

News

now browsing by category

 

प्रेम हाँवलि र डिल्ली सुनुवार अनि सुसेस सङ्घिय अध्यक्ष वीच हस्ताक्षरित कोष सञ्चालन ।

सुनुवार सेवा समाज, काठमाण्डौं ।
खुश-लक्ष्मी सुनुवार स्मृति कोष स्थापनाक्रममा संस्थापक प्रेम हाँवलि र डिल्ली सुनुवार अनि सुसेस सङ्घिय अध्यक्ष वीच हस्ताक्षरित कोष सञ्चालन कार्यविधि अादनप्रदान गरेकाछन् । २ लाख ९० हजारको कोष सुनुवार समाज सहकारिमा कोषको रकम जम्मा गरिएको छ । यश कोषबाट प्रत्येक वर्ष कोइँचहरुको पहिचान सम्बन्धि काम गर्ने अनुसन्धाता तथा समाजसेवीलाई लगभग ५० हजारको पुरस्कार प्रदान गरिने छ । खुस-लक्ष्मि अक्षयकोष लगयत सुनुवार सेवा समाजमा तीनवटा कोष स्थापित भएको छ । कञ्चना सुनुवार स्मृतिकोषले प्रत्येक वर्ष अापतविपत परेको १ जना सुनुवारलाई रु २० हजार सहयोग गरिँदै आइएको छ । मानबहादुर-विष्नुमाया सुनुवार स्मृति शैक्षिक कोषले प्रत्येक वर्ष कोइँच सम्बन्धि स्नातकोत्तर शोधकर्ता विद्यार्थीलाई रु १६ हजार विद्वात्तवृत्ति, तीन जना स्नातक अध्ययनरत विद्यार्थीहरुलाई जनाहि रु १५०००को छात्रवृत्ति र कोइँच गाउँको १ स्कुललाई रु १० हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिँदै अाइएको छ ।
अन्य कोइँचबन्धुहरूलाई पनि स्मृति कोष स्थापना गर्न हामी विनम्र अनुरोध गर्दछौं ।

तपाइको थोरै सहयोगले यो ४ बर्षे नाबालक कृष्टिना सुनुवारले नयाँ जिवन जिउन पाउने छिन् ।

विगत केहि समय देखि ओखलढुंगा, लिखु गाउँपालिका वडा नं ९ निवासी श्री नीर कुमार रुपाच (सुनुवार)को छोरी कृष्टिना सुनुवारलाई रक्क्त क्यान्सरको कारण मुत्यु संग लडिरहेको छ । उनको उपचार गर्ने क्रममा मोडल, कान्ति, पाटन लगायतका अस्पताल हुँदै हाल Civil Hospital (निजामती अस्पताल)मा उपचार भैरहेको छ । उपाचार गर्ने क्रममा आर्थिक अभाव हुदै गएको हुदा छोरीको उपचार गर्न निकै कठिनाई भएकोले यहाँहरुले सानो सहयोग गरी दिनु भयो भने उहाँको छोरीले नयाँ जिवन जिउन पाउने आशा राख्दै सहयोगको लागि अपिल गर्दछौं ।
अहिले सम्बन्धित रोग विशेषज्ञ डा. प्रकाश ज्योति पोखरेल मार्फत बिशेष निगरानीमा उपचार हुँदै दैनिक रगत दिदै आएको र रक्त क्यान्सरले गम्भीर अबस्थामा पुगेकोले केमो दिनुपर्ने अनिवार्य तर हाल फोक्सोको इन्फेक्सनले गर्दा केमो दिन नमिल्ने हुनाले प्रत्येक १,२ दिनको फरकमा रगत दिनुपर्ने अवस्थामा छ । फोक्सो सामान्य अबस्थामा आए पश्चात मात्र केमो गराउने र पहिलो केमो पश्चात मात्र अर्को निर्णय दिन सकिने र केमो खतरनाक रहेकोले बिशेष प्रक्रिया मार्फत जानू परेकोले पहिलो केमोको लागि दैनिक उपचार खर्च बाहेक रु. ४ लाख लाग्ने डाक्टरको जानकारी अनुसार कष्टिनाको ज्यान बचाउनको लागि यहाँहरु माझ आर्थिक सहयोगको लागि अपिल गर्दछौं ।
सिधा सम्पर्क ः
बिरामिको बाबु श्री नीर कुमार रुपाच (सुनुवार)
मो. ९८६९०७४२८४
बैंक खाता नं NIC Asia 3387695294524001  
नेपाल इन्भेस्टमेन्ट बैंक नं 00405080294171

वा
९८४१२०७६९५ पाम सुनुवार (सुरज)

हार्दिक समावेदना ।

माननीय सांसद यज्ञराज सुनुवारलाई मातृशोक ओखलढुंगा जिल्लाको क्षेत्र नं. १ बाट निर्वाचित यज्ञराज सुनुवारलाई मातृशोक परेको छ । सांसद सुनुवारको ममतामयी आमा मनमाया सुनुवारको हिजो बेलुकी २४ जुलाई २०१७ का दिन पृmम्ली पार्क हस्पिटलमा उपचार गर्दा गर्दै असमायिक निधान भएको छ । ओखलढुंगा साविक श्रीचौर गाउँ विकास समिति लिस्पु हाल मोलुङ गाउँपालिका लिस्पु स्थाईघर भए पनि केही वर्षदेखि बेलायतको नर्थक्याम्पमा बसोबास गर्दै आउनु भएका थियो । शोकसन्तप्त परिवारमा परमप्रभु परमेश्वर इँगिसँग सहनशक्ति प्रदान गरुन भनि प्रार्थना गर्दै लिखुदेम्बा डट कम मृतात्मको चीरशान्तिको कामना गरिन्छ ।

कल्पना सुनुवार याता सागितिक क्षेत्रमा उदाउदै ।

सामुयल सुनुवार “साम”, २२ असार, कतार । सांगीतिक क्षेत्रमा सुनुवार समुदायको आसा लाग्दो लोकदोहोरी क्षेत्रमा उदायमान भएको छिन। “हुने बिरुवाको चिल्लो पात” भने झै रामेछाप जिल्ला बेतालिमा जन्मिएकी गायिका कल्पना सुनुवार सानै उमेर देखि गितसागितमा रुचि राख्ने साथै कलाकार बन्ने उदेश्य लिएकि र स्कुल, गाउघरमा हुने प्रत्येक कार्यक्रमहरुमा पनि सहभागी जनाउथिन । आफुलाई सुनुवार भएर जन्मिएको र सुनुवार भनेर चर्चामा आउनु नै सिङ्गो सुनुवार समुदायको प्रतिनिधित्व गर्नु हो भन्ने कुरामा गर्व गर्छिन । सरल र फरक बिचार बोकेकि गायिका सुनुवार हासिली स्वभाबकि, सबै सग समान ब्यहार र अरुको दुख, सुखमा साथ सहयोग गर्न रुचाउछिन ।उनी भन्छिन कलाकारिता क्षेत्रमा लागेर जिबनको अरोहा अबरोहाहरुमा धेरै तितामिठा अनुभबहरु पनि बटुलेकी छिन । आफुले भोगेका अनुभबहरुलाई आत्मसाथ गर्दै कल्पना सुनुवारले सानै उमेर देखि बोकेको सपना कलाकरिता क्षेत्रलाई अगाल्दै बहुचर्चित लोकदोहोरी गायक बिरही कार्की सगको सहकार्यतामा “डाडैमा बिजुली आयो” पहिलो पल्टा बजारमा ल्याएकि थिईन । सगितिक क्षेत्रमा अघि बढन बिरही कार्की ठूलो भुमिका रहेको साथै हौसला, प्रेरणा पाएको र पहिलो प्रस्तुतिमा यति धेरै स्रोता दर्शकहरुको मन जित्न र चर्चमा आउनुको श्रेया पनि बिरहि कार्कीलाई दिन्छिन । यस गितमा लय शब्द बिरही कार्कीको रहेको छ । मौलिक शब्द सृजना रहेको यस गीतलाई सुनखानी म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको थियो। यो गितले चर्चा मात्र हैन छैटौं म्युजिक खबर म्युजिक अवार्ड – २०७४ को म्युजिक अवार्डमा सहभागी हुन आएका करिब १५ सय गितसगितलाई उछिन्दै उत्कृष्ट पाँच बिधामा मनोनयनमा पर्न सफल भएको छ । अवार्डको लागि आगमी साउन २२ गते राष्ट्रिय नाचघर जमलको प्रेक्षालयमा छिनोफानो हुनेछ । कलाकरिताको मिहेनतलाई मुल्यांकन साथ निष्पक्ष निर्णय भएमा पाँच वटा बिधा मध्ये अवार्डको हक्दार भन्ने कुरामा बिश्वासरत छिन । यहि उत्साह साथ स्रोत, दर्शकहरुको माया पाईरहन दोस्रो एल्बम बिरहि कार्कीको शब्द लय र बिरही कार्की, कल्पना सुनुवार स्वारबद्द “आखै नलाउनी” बोलको लोकदोहोरी छिटै सर्बजानिक गर्ने तयारिमा जुटि रहेकी छिन ।

प्रथम आदिवासी जनजाति चलचित्र महोत्सव सम्पन्न भयो ।

सरिता पुमा राई, अषाढ २०, काठमाण्डौं ।

आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको तिन दिने प्रथम आदिवासी जनजाति चलचित्र महोत्सव काठमाण्डौको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा सोमबार सम्पन्न भएको छ ।
महोत्सवमा शनिबार कर्म क्या (कर्मको बाटो) , बन्थि , पेके ,गुठ चलचित्र प्रदर्शन भएको थियो भने आईतबार दखल , पुवालो , व्याःसाल (पैचो) , नागा , जितिया ,कल्ली , स्टोरी अफ टाईम , लोम्बा र सोमबार ङयाथुमै , टाढाको माया ,त्याग ,छयाबाहानी ,पेकोसामा , बुम्बा प्रर्दसन भएको थियो । महोत्सवमा किरात , लिम्बु , गुरुङ्ग , तामाङ्ग , थारु , नेवार लगायत अन्य समुदायको चलचित्रहरु प्रर्दशन भएको थियो ।
त्यसैगरी महोत्सवमा गुरुङ भाषाको कर्म क्या (कर्मको बाटो) चलचित्रले पब्लीक च्वाईज अवार्ड जितेको थियो भने उक्त चलचित्र जसमाया (जसु) गुरुङले निर्देशन गर्नुभएको थियो । सो चलचित्रले नगद २५ हजार पुरस्कार पनि हात पार्न सफल भएको थियो । महोत्सवमा तामाङ भाषाको चलचित्र बुम्बा र मगर भाषाको चलचित्र लुम्बालाई पनि दर्शकहरुले मन पराएको थियो । महोत्सवमा तिन महिलाले निर्देशन गरेको चलचित्रहरु जसु गुरुङ , टोमा लामा र विन्दु माझी पनि छनौटमा परेको थियो । Read More

आदिवासी जनजाति चलचित्र महासंघले तिन दिने महोत्सवको आयोजना गर्ने ।

सरिता पुमा राई, अषाढ १२, काठमाण्डौं ।
आदिवासी जनजाति चलचित्र महासंघले तिन दिने महोत्सवको आयोजना गर्ने भएको छ । यहि असार १७, १८ र १९ गते महोत्सव हुने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । महोत्सवले आदिवासी जनजातिहरुका मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरुको दस्तावेजीकरण, संरक्षण प्रर्वधनका साथै पर्यटन विकासका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रवर्धन गर्ने लक्ष्य लिएर महोत्सवको आयोजना गर्ने लागेको महासंघको अध्यक्ष अमृत सुनुवारले जानकारी दिनुभयो । त्यसैगरी आदिवासी चलचित्र ‘शिलु’ २०४४ सालमा निमार्ण भएदेखि झण्डै ५०० भन्दा बढी कथानक आदिवासी चलचित्र निमार्ण भईसकेका छन् । Read More

कतारमा कोइँच संस्कृतिको रौनक : शाँदार पिदार मनाउँदै सुसेस कतार ।

भानु सुनुवार, २१ मे, दोहा ।
किरातीहरुको महान चाड “सालिवा शाँदार पिदार÷याक्वा तङनाम÷साकेला उभौली, येले थोचे÷येले तङबे÷येले दोङ्ग सम्वत्–५०७७ लाई तीन किरातीहरुले कतारमा गत १९ मे, शुक्रवारका दिन सुख, समृद्धि तथा शान्तिको कामना गर्दै भव्यताका साथ मनाएँ ।
तीन किराती कार्यक्रम मूल आयोजक समितिका संयोजक तथा सुनुवार सेवा समाज कतारका अध्यक्ष सायमुल सुनुवारको सभापतित्व र नेपाल प्रवासी आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष देवराज राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा दोहामा स्थापित राजनीतिक, साजिक तथा जातिय संघ÷संस्थाका प्रतिनिधी, बुद्धिजिवी, समाज सेवी र व्यवसायिकहरुको आतिथ्य रहेको थियो ।
ब्यानर उद्घाटन तथा दिप प्रज्वोलन पश्चात उपस्थित सबैले सामुहिक राष्ट्रियगान र ज्ञात अज्ञात शहिदहरुका लागि एक मिनेट मौधारण गरिएको थियो । यो धरती चुम्ने पहिलो हामी हौ मूलवासी भन्ने बोलका गीतमा तीनै सस्थाका कलाकारहरुले सामुहिक स्वागत गरे पछि कार्यक्रमले गति लिएको थियो । मूल समितिका सह– संयोजक तथा किरात याक्थुम चुम्लुङ कतारका का. वा.अध्यक्ष कतार शाखाका अध्यक्ष हर्क खजुमले स्वागत मन्तव्य सहित यस चाडका बारेमा प्रकाश पारेका थिए । मूल समितिका सह– संयोजक तथा किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष एकराज राईले कार्यक्रममा सहभागी तथा कार्यक्रम सफल पार्न अहोरात्र खट्ने सबै किरातीहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा उपस्थित अतिथी वक्ताहरुले कार्यक्रम सफलताको कामना सहित किरातीहरुको महान चाड उभौलीका वारेमा आ–आफ्ना भनाईहरु राख्दै शुभकामना व्यक्त गरेका थिए । Read More