All about Sunuwar

Archives

now browsing by author

 

रागान पोइँब ग्याँमि ग्योर -थान) उद्घाटन

चुप्लु दामलोच

२७ वैशाख, रागिन । आज क्युइँतिचहरुको मुइग्यो रागिन ग्यामपोइँबको ग्योर -मन्दिर) आज उद्घाटन हुँदै छ । क्युइँतबु कल्याण कोषका अध्यक्ष तथा सुनुावर सेवा समाजका उपाध्यक्ष रणवीर सुनुवारले उद्घाटन गर्नु हुने छ । सुनुवार सेवा समाजको भूमि, भूअधिनत्व तथा प्राकृतिक स्रोत अध्ययन समिति टोली कोइँच गाउँ घुमेर स्थलगत अध्ययन गर्ने रगनी पुगेको हो । अध्ययन टोली अहिले कोइँच गाउँको सबभन्दा अग्लो चुचुरो देम्बा पुगेर कोइँच भूमिको व्यापारीक केन्द्र खिजी फलाटे हुँदै मेसेलमि, रामबाले, कोरमडाँडा, शाँदार ग्योर, कोटगाउँ, रागान पोइँबग्याम, देविथानको म्यापिङ गर्दै आज रागानको कोइँच वारे अध्ययनको क्रममा छ ।

कोइँच वस्तीको अग्लो डाडा थोलेमा

चुप्लु दाम्लोच २६ बैशाख, थोले । अहिले सुनुवार सेवा समाजको प्रतिनिधि, सुनुवार डट ओआरजि, दुरदा डट कम र चुप्लु समाजको प्रतिनिधि कोइँच वस्तीको सवभन्दा अग्लो डाँडा थोले देम्बामा पुगेको छ । यो डाँडा कोइँचको भए पनि अहिले सेर्पाहरुले ध्वाजापत्का फहराउने काम गरेका छन् । अझै पनि कोइँचको भूमि छ । अहिले यो भूमिमा खस क्षेत्री र सेर्पाले अतिक्रमण गरेका छन् । हामी आज सोलुको सेबे शाँदारथानबाट देमबा -३३५० मि.) आइपुगेको हो ।

कोइँच वस्तीमा शाँदार पिदार धुमधामसँग हुँदै ः तर ढोल झयाम्ट बोक्नेको अभाव

चुप्लु दाम्लोच

२५ वैशाख, सेब । अहिले भूमि, भूअधिनत्व तथा र्पाकृतिक स्रोत अध्यययन समितिका अध्ययन टोली सोलु जिल्लाको ग्लोलि गा.वि.स. सेबे शाँदार थान -१९०४ मी.) मा पुगेको छ । प्लेततिको रारादेलबाट प्लेतति शाँदार पिदार अवलोकन गर्दै काँस थेल, चाराम, कुँबु शाँदार थान अवलोकन तथा ढोल झुण्डाएको हेर्दै लुँखिच, जेसपुच, क्याःब, थाङराच, थुङगुच, दुरबिच, दासुच, लासपाचको भूमि र भूअधिनत्व अध्ययन गरेका छन् । प्लेतति शाँदार पिदार कोइँच गाउँको सबैभन्दा ठूलो चाड मानिन्छ । यो कोइँच -सुनुवारं) को महत्वपूर्ण तीर्थयात्रा हो । यस्तै गरी कुँबु शाँदार ख्योम्पत, कास्तेल लास्पाचको, चाराम दासुचको शाँदार हो । गाउँमा अहिले शाँदार पिदार गर्न गाउँ मात्र होइन बेलायतदेखि पनि दर्सानार्थि आएका भेटियो । शाँदार पुर्णिमको दिन रमिता हेर्नेहरुको भीड अत्याधिक देखिए ता पनि अहिले वैदेसिक रोजगार तथा बसाइसराइका कारण गाउँमा गाउँ घुम्न तथा पिदार गर्न ढोल बजाउने कोइँचहरुको भने अभाव देखियो ।

लोपोन्मुख गील गर्ने नाअसो पोइँबा नामथेलमा

चुप्लु दामलोच

२३ वैशाख, नामथेल । कोदोको पिठोको पिण्ड दिनु पर्ने -पूर्खप्रतिको आक्रोश नामथेलका ओख -नामाडे) याअÞताहरुको । धारापानीको ओख याअताका मुखियाहरुले पछिसम्म पनि तिलपुङ, खिमतिको तिरोभारो उठाउँदै आएका थिए । चलाख व्यक्तिहरुका अगाडि सोझा जिमीभूमिका मालिक किपटीय कोइँचहरु अहिले सिमान्तकृत भएर बार्ँच्नु परेको छ । पहिला खिम्ती बेँसी कोइँचहरुकै थियो । Read More

कोइँच भूमि बुजको अग्लो डाँडामा आज ।

चुप्लु दामलोच
२२ वैशाख, थाम डाँडा । आज पोलदिम पदमबहादुरको घर १७६६ मि. उचाइबाट विहान छ बजे हिडेर देवीथान, हुपिन डाँडा -१९६६मि.), रामजी थान-२२३३मि), कलोरानी मन्दिर -२२७९ मि.) हुँदै अग्लो डाँडा थाम डाँडा -२३२४ मि.) उचाइमा आइपुगेका छौं । जसको लागि चन्देश सुनुवार मुलिचले हामी -कोइँचबु काःतिच र रणवीर सुनुवार) लाई साथ दिनु भएको छ । अहिले आठ पाँच भएको छ । Read More

जिजिच र गरशि याअताको पूर्ख्यौली थलो / इ तारलाङ तुरलुङ कुरशा ख्लाअतिनु गो ग्युशरा माबोअनुङा ?

चुप्लु दाम्लोच
१६ वैशाख, नेपाने हाँवा । सुनुवार सेवा समाज अध्यक्ष खुशबहादुर सुनुवार र स्थानीय एक बजुको संवादले भने कोइँच गाउँ वस्तीको ठेट अनुभूति दिएको छ । सुनसान साँझ सात बजेको समय । रात पर्न लागेको छ । बाटो मुनि ती लाउरेनी बजु पानी थाप्दै छिन् । खुशबहादुर तन्की तन्की हर्ेछन् । पानीको धाराबाट कालो पोलिथिन पाइप जोडेर पानी थापिएको छ । जर्कीनमा पानी भरिनै लाग्छ बोल्छन् खुशबहादुर- जइमसि एँ बागे । बÞाकु दाइना दाइना बाअतिनि । ग्युशरा माबोअचा । गो बÞाकु ख्लाअÞताङ । प्रतिउत्तरमा लाउरेनि बाजु जुरुक्क उठ्छन् र भन्छिन्- इ तारलाङ तुरलुङ कुरशा ख्लाअतिनु गो ग्युशरा माबोअनुङा आँथे – गलाला हाँसोको फोहरा छुट्छा । मौलिक कोइँच गाउँको यो हाँसो ठाट्यौलिसँगै जिजिच तथा गर्शि याअताहरुको पूर्ख्यौली थलो ठूलो पातालको पुरानो गाउँबाट अध्ययन यात्रा शुरु गरेर हाँवा हुँदै झाँक्रे बसेरीमा अन्त भएको छ । Read More

कोइँच भू-अधिनत्व, भूमिको नाक्साङ्कन कार्य शुरु

चुप्लु दाम्लोच

वैशाख १५, थेब पोमदु । कोइँचहरुको पुर्ख्यौली थलोको नाक्साङ्कन कार्य आजबाट शुरु भएको छ । सुनुवार सेवा समाज भूमि तथा भू-अधिनत्व मामिला अध्ययन समितिले कोइँचको थाँत थलो, उनीहरुको साँस्कृतिक थलो, त्यससँग गाँसिएको इतिहास र कोइँच वृद्धहरुसँगको उहिलेको कुराकानी, कोइँचहरुसँग भएको ऐतिहासिक दस्तावेज, कोइँचका विभिन्न थरीको भूमि र उनीहरुको मुइलि, मुइग्यो, इतिहासको वारेमा अध्ययन तथा तथ्य संकलन गरिने छ । आज कोइँच र जिरेलको किपटको साँध पुरानो गाउँ (वि.सं.१८५४ को दस्तावेजानुसार) को अध्ययन भयो र सो गाउँमा अहिले क्षेत्री-बाहुनहरु बसोबास गरेको पाइयो । Read More