Archives
now browsing by author
पहिचान गुमाउनु परेकालाई साथसहयोग गर्न अव जुट्ने पो हो कि –

कोइँचबु काःतिच
अझै पनि सुनुवार चिनाइरहनु पर्छ र पहिचान त आफैंले पो बनाउने हो त भन्नेसँग के यी घटनाहरुको जवाफ छ होला ? डोहटिया, असनपुर ९, सिरहामा बसोबास गर्दै आएका शिवकुमार लारामको नागरिकता हेरिउँ भने उनी बकाइदा सुनार भनेर चिनिन्छन् । राज्यले दिएको उनको चिनारी दलितको छ तर उनी कोइँच (सुनुवार) हुन् । तीन दशक उमेर नाघेका शिवकुमार निरक्षर छन् । उनले धनुषा जिल्लाबाट नागरिकता प्रमाणपत्र लिएका छन् । उनी आफुलाई सुनार भएको कुनै पनि अत्तोपत्तो छैन । हामीले तिरेको करले तलब भत्ता खाएर बसेको कर्मचारीले हाम्रै पहिचान निमिट्यान्न पारेका छन् । अन्जान आदिवासी जनजाति कोइँचहरुको यसरी नै पहिचान हराउँदै गएको छ ।
पुर्ख्यौली थलोका कोइँचहरुलाई सुनुवार हुनुमा कुनै पस्चाताप र आत्मग्लानी नहुन सक्छ तर आफ्नो मुलभूमि छाडेर वाध्येतावस पराइभूमिमा बसोबास गर्नु परेको सुनुवारहरुको समान पीडाबोध छ । झापाका इन्द्रबहादुर रुपाच मुखियाले भने म एक अंग्रेजी शिक्षक, मुखिया भएर कोइँच सुनुवार बन्न कति गह्रो भएको छ भन्ने कुरा मलाई मात्र थाहा छ । उनी मात्र होइन मकावनपुरका अर्का शिक्षक रामकुमार शिकारीलाई पनि शिकारी भएर सुनुवार बन्न साह्रो गाह्रो भएको छ । उनको गाउँमा एक परिवारले त लिम्बु बनेर नागरिकता लिएको छ । अब कसरी सुनुवार बनाउने ? उसका छोराछोरी सबै लिम्बु हुने भए भन्ने उनको चिन्ता छ । उनले भने मलाई मेरो नागरिकताको नाम थर बताए पछि सबैले सोध्छन् शिकारी त बेसरी गरिन्छ होला हगि – के के को शिकार गर्नु भएको छ ?
वास्तावमा उनलाई कसरी शिकारी थर रहृयो थाहा छैन । राणकालिन समयमा भैरव नामक एक शिकारी पल्टन थियो । त्यस समयमा धेरै कोइँच शिकारी बनेर मुलुकका धेरै ठाउँमा बसोबास गरेका छन् । ललितपुरको ठूलो दुर्लुङ, काठमाडौंको बजेनी, मकवानपुरको हेल्टुँडा भैरवथान, टिस्टुङ पालुङ, चितवान, बारा, र्सलाही, सिन्धुली, रामेछापको भीरपानी, गोरखाको थलाजुङ, उदयपुर, सिरहामा तत्कालीन सरकारले नै बाघ, भालु नियन्त्रणको लागि कोइँच परिवारलाई राखेको थियो । यसरी बाघभालुको शिकार गर्ने भएको हुँदा शिकारी थर नै रहन गएको हो ।
सुनसरीको कतिपय कोइँचहरु अझै राइ नै बनेर बसेका छन् भने सिरहाका डम्बरबहादुर सुनुवारका अनुसार सप्तरीको कञ्चनपुरमा २०, २५ घर सुनुवारहरु राइ बनेर बसेका छन् । धनुषाको तुल्सीपुरमा सुनारी मगर बनेर मगरहरुको माझमा सुनुवार बसेका छन् । अझै पनि कोइँचहरुले आफुले कोइँच सुनुवार हुँ भनेर छाती फुकाएर हिड्न सकेका छैनन् । भरतमा बसोबास गरेका धेरै सुनुवारहरु कोही मगर, कोही राइ भएका पाइएको छ । विशेषगरी भारतीय सेनामा भर्ती हुँदा कोइँचहरुले तामाङ, गुरुङ, मगर, राइ लेखाएको हुँदा यसरी नाम परिवर्तन भएको पाइएको छ । काठमाडौंको कलंकीमा एक जना कोइँचको असामयिक निधन हुँदा दहासंस्कार गर्न र काजक्रिया गर्न नै अप्ठेरो परेको थियो । उनले गुरुङ आदिवासी जनजातिय नाम लेखाएको थिए । त्यस्तै मोरङका एक सुनुवार परिवारको सम्पूर्ण कागजपत्र नै काम नलग्ने भएको हुँदा नयाँ फेर्नु परेको थियो । उनी भारतीय सेनामा भर्ती हुँदा मगर भएका थिए भने नेपालको असली जनजातिय नाम सुनुवार भएको हुँदा नागरिकता बनाउन मात्र होइन नाता प्रमाणित गर्न र बालबालिकाहरुको शैक्षिक प्रमाणपत्रमै फरक आएको थियो ।
एक दर्ुइ जना कोइँच बन्न नसकेका सुनुवारहरु धक्कु लडाउँछन् । खोइ मलाइ कसैले सुनुवार त कामी हो तँ सुनार भनेर कसैले बाहिर राखेको छैन । बोल्न सक्नु परेउ नि । हो एक दर्ुइ जनाको लागि सुनुवार जातीय नामबाट कुनै असर नपरेको हुन सक्छ । त्यसो एक दर्ुइ जना दलितहरु मानबहादुर विश्वकर्मा, डा. मदन परियार, रामशरण दर्नाल, प्रकाश दर्नाल, तुलसी धिमिरे, श्रवण घिमिरे, रन्जीत गजमेर, हिरालाल विश्वकर्मा, खड्कावहादुर विश्वकर्मालाई दलित भएर पनि कुनै असर परेको छैन । त्यति दर्ुइ तीन जना दलितलाई सबैले मान्छन् भन्दैमा सबै दलितको मुक्ति भयो भन्न मिल्छ । वास्तवमै दलितहरुको मुक्ति भएको छैन ।
त्यस्तै हाम्रा एक दर्ुइ जना पढन्ता लेखन्ता र राजनीतिकर्मीहरु खसबाहुनको झोले धोति स्याहार्नेहरुका लागि यसरी गरिब, निमुख कोइँचहरुले चाहँदा चाहँदा पनि आफ्नो पहिचान गुमाउनु परेकोमा कुनै असर नपरेको हुन सक्छ । त्यस्ता बाहुन गिदीका सुनुवारलाई न त कोइँच भूमिको माया छ न त कोइँच धर्म, कला, संस्कृति र भाषाको । तर त्यस्ता अवसरवादी सुनुवारले कोइँचहरुको प्रतिनिधिमूलक संस्था एनजिओ भनेर अबहेलना गर्ने समेत पाइएको छ तर कोइँच संस्था चाहिन्छ भनेर लाजै नमानी सुनुवारको लागि यसो गर्छु उसो गर्छु भनेर उप|mेको पनि देख्छौं ।
सिन्धुली जिल्लामा इँगी होपो शाँदार पिदार संरक्षण समिति दर्ता गर्न सिडिओ कार्यालय लैजाँदा सिडिओ संस्था दर्ता नै नगरेको हुँदा एक दिन बसेर विधानको हेरफेर गर्नु परेको थियो । पहिचान किन चाहियो ? भन्नेहरु वाहुनवादी विचारका व्यक्तिवादी सोँच बोके कोइँच बन्न नसकेका सुनुवारलाई चिनेर सामाजिक वहिस्कार गर्नु पर्ने भएको छ ।
आफु कोइँच हुँदा हुँदै पनि अन्य जातिको उधारो परिचय बोकेर बाँच्नु पर्दाको पीडा खपी नसक्नुको छ । यस्तै ऐन कानुन, राज्यको उत्पीडनमा परेका, समाजमा खुलेर बोल्न नसक्ने र प्रष्टसँग खस भाषा बोल्न नसक्ने पहिचान प्रेमी सुनुवारहरुको लागि सबै सुनुवार संगठित हुँदै ऐक्यवद्ध हुनुको अरको विकल्प छैन । सबै कुरा ठिकठाक हुँदा कसैको सहयोग नचाहिएला । र, यसरी नै कसैको लागि सम्पन्नता र शक्ति कहिल्यै सदावहर रहँदैन भन्ने कुरालाई मनन् गर्दै पाइला पाइलामा अहिले नै साथसहयोगको भावनालाई जगाउँदै ती पहिचान गुमाउन वाध्ये परेका र पारिएकाका वारेमा आजै केही सोच्ने हो कि ? हामीले दरो पाइला चाल्यौं भने हाम्रो पहिचान स्थापित गर्न सकिन्छ । आदिवासी जनजातिको हक अधिकार भनेको स्व-पहिचानको पनि अधिकार हो । हाम्रो नाम कसरी राख्ने र हाम्रो आदिवासी जनजातिय नाम के राख्ने वा लेख्ने भन्ने हाम्रो अधिकार हो । यसैले कुनै पनि खसबाहुन कोइँच र खसबाहुन कर्मचारीको लहलहैमा नलागी हाम्रो आफ्नो असली पहिचानको लागि ऐक्यवद्धाता जनाऔं । अबका कोइँच पुस्तालाइ यस्ता घटनाहरु सुनाएर कोइँच पहिचान प्रति सचेत गराऔं । कसैको नागरिकता नै फेर्ना परे पनि नागरिकता परिवर्तन गर्न सकिन्छ । र भइरहेको छ । पटक पटक यस्ता घटना दोहराउन नदिऔं ।
कोइँच पहिचानको लागि साँस्कृतिक महोत्सव हुँदै
चुप्लु दाम्लोच
६ वैशाख, प्लेत-ति । कोइँच भाषा तथा संस्कृति संरक्षणको लागि सुनुवार सेवा समाज गाउँ समिति प्लेतति -प्रिती) रामेछापले बर्षैपिच्छै गर्दै आएको कोइँच साँस्कृतिक कार्यक्रम यस वर्ष कोइँच पहिचानको लागि साँस्कृतिक महोत्सवको रुपमा आयोजना गर्दै छ । ‘गएको वर्षहरुको कमी कमजोरीलाई सच्याउँदै, केन्द्र र जिल्लाको सल्लाह र सहयोगले यस वर्ष कोइँचभूमि (ओल्लो किरात) भरिका कोइँचहरुको सहभागीतामा यो साँस्कृतिक महोत्सव गर्दै छौं । यस वर्ष ओखलढुङ्गा, सिन्धुली जिल्लाका कलाकारहरुले पनि भाग लिँदै हुनुहुन्छ । सबै देश विदेशमा रहेका कोइँचहरुलाई पहिचान र स्वायत्तताका कुरा मात्र गरेर भएन अब आफ्नो भूमिमा पनि गतिलो कार्यक्रम गर्नु पर्ने आवश्यकता भएको हुँदा महोत्सवमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।’ सुसेस गाउँ समितिका अध्यक्ष सञ्जीव सुनुवारले सबैलाई हार्दिक अपिल गर्नु भएको छ ।
‘मैले राजनीतिमा चासो लिएको दर्ुइ दशक नाघेउ । तर हाम्रो मुक्ति खस बाहुन एकल जातिय राजनीतिक पार्टीले दिँदैन भन्ने प्रष्ट भएको छु । कोइँच पहिचानको लागि कोइँचहरु आपै+m सचेत हुनु पर्दो रहेछ र आफ्नै भूमि बलियो नभएसम्म जहाँ जतिसुकै फुर्ति गरे पनि कोइँचको शान माथि नउठ्ने भएको हुँदा मैले प्लेततिलाई माथि उठाउन र चिनाउन हरपल लागि परेको छु । सबै कोइँचलाई एक पटक प्लेतति जान अनुरोध गर्दछु ।’ कोइँच साँस्कृतिक प्रतियोगिताको नियमित सौजन्यकर्ता सविसिबानी सेकुवा कर्नर ताल्छीखेल ज्ञानचोकका प्रोप्राइटर श्याम याअता सुनुवारले पनि यस साँस्कृतिक महोत्सवमा उपस्थित हुन अनुरोध गर्नु भएको छ ।
चुप्लु समाजले महोत्सवको पोस्टर, पाम्प्लेत तथा व्यानर र अन्य प्रचार सामाग्री प्रायोजन गरेको साँस्कृतिक महोत्सवको अफिसियल मिडियाको रुपमा सुनुवार डट ओआरजि, दुरदा डट कम, किङलो चुप्लु रहेका छन् ।
कोइँचको भाषा संस्कृति अक्षुण्ण राख्न यस्ता कार्यक्रमको आवश्यकता कोइँच भूमिमा उहिल्यैदेखि भए पनि हालसम्म हुन सकेको थिएन । यो शुरुआतलाई सकरात्मकरुपमा लिन सकिन्छ ।
महोत्सव यही वैशाख ९ र १० गते प्लेत-ति गाउँ विकास समिति, वडा नं. ८, रारामा हुँदै छ । अहिले प्लेत-तिका के कोइँच, के खस बाहुन, के दलित, के अन्य आदिवासी जनजाति सबैलाई आफ्नो गाउँको चिनारी दिन पाइनेमा एक जुट भएका छन् ।
सम्मानजनक हार : समयाभावमा प्रयाप्त प्रशिक्षणको कमी
चुप्लु दाम्लोच
५ वैशाख, सानो गौचरण । “गोल गोल गोल … थुक्का । यो सानो गौचरण सुनुवारको लागि पटक्कै फापेकै भनेको । पहिला पनि यसरी नै हारियो ।’ नेपाल बैंक यू -१५ फुटबल प्रतियोगितामा सहभागी सुनुवार सेवा समाजको प्रशिक्षक सामुयल सुनुवार फन्फनी प्याराफिटमा घुमीरहेका थिए, आफ्ना खेलाडीले राम्रो खेल पर््रदर्शन गरे पनि गोल गर्न नसक्दा । मुना सुनुवार, सह-सचिव, सुनुवार विद्यार्थी समाज, चिच्चाइरहेका थिए, हान भाइ हान । होइन हौ, किन नदौडेको । ‘ठिक छ ठिक । नआत्तिकन खेल्ने ।’ श्याम सुनुवार, कोषाध्यक्ष सुनुुवार सेवा समाज ललितपुर, ले खेलाडीलाई सम्झाइरहेका थिए । ‘ओइ दौडी । यता १३ नं. लाई पास दे ।’ अतालिँदै थिए सुनुवार सेवा समाज काठमाडौं जिल्लाका सह-सचिव आशिष सुनुवार । दिउँसो दुइ बजेको टन्टलापुर घाम । पसिनै पसिना । स्याँ स्याँ फेँ फेँ । खेलाडी दौडेको दौड्याइ । दर्शक दिर्घर्ाा बेला बेलामा जाँघर त बेला बेलामा नैराश्यको खुइय्या ।
आदिवासी जनजाति कोइँच -सुुनवार) पहिचानको लागि नयाँ पुस्ताहरुलाई परिचालन गर्नु पर्ने र कोइँचलाई चिनाउने विभिन्न माध्यम मध्ये एउटा माध्यम खेलकुद पनि भएको हुँदा सुनुवार सेवा समाजले खेलकुदमा निरन्तररुपमा आफ्ना युवा सदस्यहरुलाई अन्तर सुनुवार विभिन्न खेल खेलाउँदै आए पनि बालबालिकालाई लक्षित गरेर राष्ट्रियस्तरको खेलमा भाग लिएको यो पहिलो पटक हो । कोही स्वायम्भू, कोही जोरपाटी, कोही झरुवारासी त कोही सेतीपाखा । छराछिण्डा छरिएका कोइँच बालकहरुलाई एक ठाउँमा ल्याएर यसरी प्रतियोगितामा समेट्नु आपै+mमा ठूलो चुनौति र गाह्रो काम थियो । यस कामलाई टिम मेनेजर इन्द्रबहादुर सुनुवार, गुप्तेश्वर, रामेछाप र टिम कोच सामुयल सुनुवारले सफल पार्नु भएको छ ।
‘खेलकुदमा हारजीत त भइ हाल्छ । हाम्रा खेलाडीका यत्तिको खेल राम्रो मन्नु पर्छ । सबै भन्दा महत्वपूर्ण कुरा त कोइँच -सुनुवार) को नाम अगाडि आयो । जिते पनि कोइँचको नाम लिनै पथ्र्यो हारे पनि लिनै पर्छ । कसलाई जित्यो भन्दा त सुनुवार सेवा समाजलाई भन्ने त भयो नि । त्यसरी कोइँचको नाम आए पछि अन्य जातजातिले सुनुवारलाई त चिन्ने मौका पाए । हामीले खेलको हारजितसँग होइन हाम्रो पहिचान अरुलाई देखायौं ।’ Read More
हार्दिक आमान्त्रण
सानो गौचरण, ज्ञानेश्वर, काठमाडौंमा भोलि ठिक छ २ बजे सुनुवार सेवा समाज र चिबहाल वीच फुटबल प्रतियोगिता हुँदै छ । सबै फुटबलप्रेमी महानुभाव र सम्पूर्ण सुनुवारलाई उक्त प्रतियोगितामा उपस्थित भई खेलाडीहरुलाई हौसला प्रदान गरिदिन चुप्लु समाज, सुनुवार डट ओआरजि लगायत सुनुवार सेवा समाज हार्दिक अपिल गर्दछ । अखिल नेपाल फुटबल संघको आयोजनामा हुँदै गरेको नेपाल बैंक जुनियर (यू-१५) फुटबल प्रतियोगिता २०६९ का लागि सुनुवार सेवा समाजको तर्फबाट सहभागी खेलाडीहरु :
१. रोसन सुनुवार, सिर्थौली ९, सिन्धुली, २. संगम सुनुवार, ताल्छीखेल, ललितपुर, ३. साहस सुनुवार, भूजी ८, रामेछाप, ४. विवेक सुनुवार काठमाडौं १७, ५. आशिष सुनुवार, फर्पु ८, रामेछाप, ६. एरोन सुनुवार, ७. अजय सुनुवार, खिजी चण्डेश्वरी, ओखलढुंगा, ८. एलेक्स सुनुवार, काठमाडौं, ९.सञ्जय राना मगर, बैदी १, १०. सुमन लोप्चन, कालिका ६, ११. डिबुजु र्राई, १२. प्रकाश बुढाथोकी, सिम्ली ५ रुकुम, १३. युकेश सुनुवार झरुवारासी ६, १४. सोन छिरिङ लामा, नारायणटार, १५.दिपक बुढाथोकी, १६. आशिष र्राई, बासबोटे ८, उदयपुर, १७. मोतिराज तुम्बाहाङफे, साब्ला १ तेह्रथुम, १८. निराजन श्रेष्ठ, पृथ्वीनारायण, गोरखा, १९. सिमाङ सुनुवार, मैतिदेवी, २०. आयुष सुनुवार, गोठाटार, २१. सन्देश सुनुवार, जोरपाटी आदि अझै थप केही अरु खेलाडीको नाम छुट्न गएको छन् ।
आदिवासी जनजाति कोइँच (सुनुवार) को लागि यो ऐतिहासिक क्षण हो । आफ्नै व्यानर र झण्डामा यसरी खेल मैदानमा उत्रिएको यो पहिलो पटक हो ।
सबैले विगतलाई भुल्छन् तर म विगतलाई सम्झेर उर्जा प्राप्त गर्छु।कोइँच पहिचानको लागि उनले गरेको योगदान पूर्वेली कोइँचले कहिल्यै बिर्सने छैनन् ।
तर्राईमा डिडिटि (डेन्जर डोज फर थारु समाजशास्त्री डा. कृष्णबहादुर भट्टचनकानुसार) छरिएको धेरै भएको थिएन । एक जोडी तोँकुच मुलिच जिन्दगीको ठूलो सपना बोकेर २०३५ सालतिर चुप्लु खिँचि (ओखलढुङ्गा) बाट सपनाको नगरी धरान र्झछन् । आफ्नो बुबाभन्दा आठ महिनाले जेठो श्रीमानसँग धरानमा गाउँले भाउजुको निम्तोलाई स्वीकारेर झरेका ती जोडीको जिन्दगीले एक वर्ष नबित्दै ठूलो दुघटनासँग सामना गर्नु पर्छ । भर्खर २०, २२ बर्षको बाम्ना याअ-ता चेलीले लाउँ लाउँ खाउँ खाउँको चञ्चले उमेरमै आफ्नो श्रीमानसँग सदा सदाको लागि बिछोडिनुको पीडासँगै आफ्नो नाबालक छोरीलाई काखी चेपेर पूर्वी तराइमा गरेको संर्घष्ाका ती दिन र सफलताका यी दिनका मार्मिक कथा । हामी सबै कोइँचले मन-मस्टिष्क र भित्री आत्मले चित्तन मनन् गर्नु पर्ने एक पटक अनुभूत गर्नु पर्ने तपाईँ हाम्रो आफ्नै कथा । अझै पनि बास्सैबाजा, टुङ्ना, डाम्फु र ढोल झयाम्टासँग मज्जाले धित्मरुञ्जेल इत्रिन पुगेको छैन उनलाई । हजुर हामी तपाईँलाई चाँडै पस्किँदै छौं हामीलाई सम्भिmरहनु होला ।
कोइँच पहिचान सम्बन्धी महत्वपूर्ण जानकारी
पवित्र फुलहरुको नाम
आमारपाति
बिमारपाति
इमारपाति
चुचुपाति
सेसेनजारि/शाँदारफु/खातते फु
खालाम/कालाम फु
नामसी फु
Read More
हामीलाई मातृभाषा नजान्नुको पीडाबोध भएको छ
चुप्लु दाम्लोच
३१ चैत्र, अनारमनी झापा । लामो समय अंग्रेजी शिक्षकको रुपमा कार्यरत जनचेतना कार्यक्रमका प्रमुख अतिथि इन्द्रबहादुर मुखियाले अंग्रेजी भाषाको विकल्प नभएको हुँदा कोइँच भाषा जान्नु नै पर्छ भन्ने छैन तर कोइँच सबैले अंग्रेजी जन्नु अति आवश्यक रहेको बताए पनि सुनुवार सेवा समाजद्वारा आयोजित एक दिवासीय कार्यक्रममा कोइँच मातृभाषा नजान्दाको पीडाबोध भने पूर्वी नेपालमा रहेका सबै कोइँचले गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि मुखियाले पहिचानको मुद्दा अहिले जोडतोडले उठे पनि पहिचान आपै+mले निर्माण गर्ने कुरा भएको हुँदा राज्यलार्इ दोष दिन नमिल्ने तर्क अगाडि सार्दै कुनै पनि देशले राज्य दिँदैन, राज्य माग्नु भनेका फाल्तु कुरा हुन्, राष्ट्रको लागि सेवा गरेको मान्छे राष्ट्रिय कुरा गर्न मात्र आउने र लामो समयसम्म त्यही राष्ट्रियताको कुरा पढाएर विताएको र आफुलाई सबैले त्यसरी नै चिन्ने हुँदा शिक्षातिर सबै कोइँचले जोड दिनु पर्ने बताउँदै अहिलेसम्म सुनुवार सेवा समाजको कार्यक्रममा सहभागी नभए पनि अब सेवानिवृत भएको हुँदा समाजलाई समय दिने बताउनु भयो ।
इलाम, मोरङ र झापाका कोइँचहरु एकै ठाउँमा जम्मा भइ आयोजित सो कार्यक्रममा आइएलओ १६९, युएनडि्रप र सुनुवार सेवा समाजले कोइँचको हक अधिकारको वारेमा गर्नु पर्ने जनवाकलता सम्बन्धि अन्तरक्रिया भएको थियो । अधिकांश शिक्षकहरुको उपस्थिति रहेको सो कार्यक्रममा संघीय लोकतान्त्रिक गण्तन्त्रमा कोइँचको प्रतिनिधित्व र कोइँचको पहिचानसहितको स्वायत्तताको बारेमा पनि बहस भयो । Read More
