Archives
now browsing by author
किरातीहरुले दोहामा प्रकृति र पितृ पूजा गर्ने
–भानु सुनुवार
सुनुवार डट ओआरजी
दोहा कतार, २४ अप्रिल । किरातीहरुको महान चाड तथा राष्ट्रिय पर्व उभौली यक्वा तङनाम, साकेला उभौली र शाँदारपिदार–५०७५ कतारमा भव्यताका साथ मनाउने भएका छन् ।
किरात समुदाय सुनुवार, राई, लिम्बू र याक्खाले उधौली र उभौली गरेर वर्षको २ पटक प्रकृति तथा पूर्खा पुजा गर्ने परम्परालाई घरदेशदेखि परदेशसम्म निरन्तरता दिदैँ आएका छन् । यसरी मनाइने चाडहरु विशेष गरी अन्नबाली सप्रियोस, सहकाल होस् भन्ने कामना गर्दै यो पर्व मनाइन्छ ।
किराती बस्तिहरुमा धुमधामसाथ उभौली चाड मनाउँने प्रचलनलाई निरन्तरता दिन कतारमा स्थापित तीन किराती संस्थाहरु किरात याक्थुङ चुम्लुङ कतार, किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारको संयुक्त आयोजनामा भव्याताका साथ सफल पार्न किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष मनकुमार आङ्बोको संयोजकत्वमा मूल कमिटीसहित विभिन्न समिति गठन गरीएको छ ।
आगामी ८ मे शुक्रवारका दिन हुने कार्यक्रममा तीनवटै संस्थाहरुले आ–आफ्नो परम्पराअनुसार प्रकृति र पितृ पूजा गर्ने तथा विविध झाँकीसहितको साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेर मनाउने भएका छन् ।
कतारका सुनुवार सामाजिक सेवामा अग्रसर
सुनुवार डट ओआरजी
दोहा, ११ अप्रिल ।
कतारस्थित नेपाली राजदूतावासले राहदानी (एमआरपी) वितरण गर्ने कार्यमा सुनुवार सेवा समाज कतार शाखाले स्वयंसेवकका रुपमा सहयोग गरेको छ । सो राहदानी (एमआरपी) वितरण कार्यक्रममा करिव ४१४ जना नेपालीहरुले आफ्नो राहदानी (एमआरपी) वितरण गरेको कुरा संस्थाका उपाध्यक्ष सामयुल सुनुवारले बताए ।
एनआरएनए एनसीसी कतारको संयोजनमा भएको सो राहदानी वितरणमा राहदानी (एमआरपी) लिन आउने नेपालीहरुलाई सुनुवार सेवा समाज कतार शाखाले पिउने पानी निःशुल्क उपलब्ध गराउनुका साथै राहदानी लिनका लागि सहज भूमिका निर्वाह गरेको थियो । नेपालीहरु कतारको विभिन्न भागमा रोजगारीका लागि पुगेको र आफ्नो राहदानी (एमाआरपी) को सन् २०१५ भित्र डिजिटालाइज्ड गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप सो कार्य गरेको कुरा एनआरएनएका प्रतिनिधिले बताए ।
सुनुवार सेवा समाज कतार शाखाका लागि कवि तथा नियात्राकार केदार संकेतज्यूले’सङ्केतका कविताहरु’ १४ प्रति कविता संग्रह र’अफिम फूल्ने देशमा’ २० प्रति, खण्ड काब्य उपलब्ध गराई सहयोग गर्नु भएको थियो ।
दालमान पुरस्कार गायिका रेस्मा सुनुवारलाई
सुनुवार डट ओआरजि समाचारदाता
काठमाडौं । नेपाल पर्यटन बोर्ड भिकुटी मण्डपको अडिटोरियम हलमा परम्परगत बाद्यवादन सहित माननीय वाणिज्य तथा आपर्ूर्ति मन्त्री सुनिल बहादुर थापाले गायिक रेस्मा सुनुवारलाई प्रमाण पत्रसहित रु. २० हजार नगद पुरस्कार प्रदान गर्नु भयो । विगत सात वर्षेखि सुनुवार भाषा, कला संंस्कृति, साहित्यको विकासको लागि प्रोत्साहन स्वरुप वर्षा एक पटक दाल मान अक्षय कोषले दालमान पुरस्कार दिइँदै आएको छ । विगतका दिनमा साहित्य तथा अनुसन्धानमूलक पुस्तकलाई प्रदान गरिँदै आएको पुरस्कार यस पटक संगीत क्षेत्रका श्रष्टालाई दिइएको हो । गायिक रेस्मा सुनुवारले अहिलेसम्म सात वटा कोइँच गित गाउनु भएको छ । भूपु माननीय सभासद दालकुमारी सुनुवार र व्रिटिश गोर्खा लेप्टिनेन्ट मानबहादुर सुनुवारले आफ्नै नाममा रु. २ लाखबाट शुरु गरिएको यस कोषको कोष रासी अहिले ५ लाख पुगेको कोसको सल्लाहकार कर्र्णोल राजेन्द्र प्रसाद सुनुवारले जानकारी गराउनु भयो ।
पुरस्कार समरोहलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि थापाले यस कार्यक्रमले कोइँचको पहिचानलाई बढोत्तरी गरेको र कोइँचको पहिचानको बारेमा अहिलेसम्म आफु पनि अनभिज्ञ भएको हुँदा पुरस्कार वितरण कार्यक्रम उहाँ आपै+mलाई पनि शिक्षाप्रद भएको बतााउनु भयो । कार्यत्रमको सभाध्यक्ष सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले गर्नुभएको थियो ।
कोइँच महिला चित्रकारले पढ्न पाउने : सारा तुनिचले धमाधम पर्ढाई सौजन्य प्राप्त गर्दै तर अभाव बढ्दो
-कोइँच बु काःतिच
नपाउनेले पायो बोक्रैसित खायो । कोही फेसबुक -मुहारपुस्तिका) लाई चौविसै घण्टा खुला राख्छन् र अनावश्यक फोटो अपलोड गर्न र उट्पट्याङ गफ गर्न बाहेक अरु जान्दैनन् । तर कोही भने फेसबुकलाई समाजसेवा गर्न समाचार तथा विभिन्न जानकारी खोजी रहन्छन् । जेउ, जब धनुषा जिल्ला बेंगाडाबारका कोइँच तामि सारा तुनिच -दर्ुग सुनुवार)ले चित्रकार बन्ने इच्छा गर्दा गर्दै ललितकला क्यापसमा बि एफ ए पढ्न नपाएको समाचार पढ्न पुगे समाजसेवामा उद्दत्त कोइँच मन किन चुपचाप बस्न सक्थ्यो र ! प्राज्ञिक रुपमा कोइँच तामि चित्रकार बनेको हर्ेन कस्को पो मन आतुर हुँदैन । राज्यको विभेदकारी नीतिका कारण थिचोमिचो, होचोअर्घर्ेेे, विभेद र वहिस्करण शिकार बनेर आफ्नो मूल थलो कोइँच भूमिबाट बाहिर कार्यरत कोइँच युवा तथा समाजसेवीहरुले अन्ततः सारा तुनिचलाई चार वर्षबि एफ ए पढ्नको लागि सौजन्यकर्ताको खोजविन कार्य अगाडि बढाइरहेका छन् । सुनुवार सेवा समाज कतार शाखाका पर्ूव अध्यक्ष किशोर सुनुवारको संयोजनमा सौजन्य सहयोग जुटाउने कार्य अगाडि बढेको छ ।
किरात सुनुवार सेवा समाज, बेलायतका पर्ूव अध्यक्ष जंग सुनुवारले चार वर्षो पर्ढाई शुल्क र परिक्षा शुल्कको सौजन्य गर्नु भएको छ । यो कार्य रु. १५,००० सारा तुनिचाको पर्ढाईको लागि उपलब्ध गराउनु भएको छ । जुन सहयोगले अहिले उनले ललितकला क्याम्पस भोटाहिटीमा भर्ना भई पढाइ शुरु गरेकी छन् । गोदार निवासी मिन सुनुवारले अतिरिक्त खर्च स्वरुप रु. ५००० सहयोग गर्नु भएको छ भने हालसालै गठित सुनुवार सेवा समाज मलेसियाले रु. १९,००५ सारा तुनिच र सुनुवार सेवा समाज काठमाडौं जिल्ला कोषाध्यक्ष शोभ सुनुवारको नाममा नेपाल इन्भेस्टमेन्ट बैंकमा खोलिएको सारा तुनिच बि एफ ए पर्ढाई सौजन्य संयुक्त खातामा जम्मा गरिदिनु भएको छ । महिला साहित्यकार मौसमी कालाङ -मिनकुमारी सुनुवार) ले पनि सात महिनाको घरभाडा सौजन्य गर्ने बचन दिनु भएको छ र रु. २००० पहिलो किस्ता सारा अध्ययन खातामा जम्मा गरिदिनु भएको छ । किरात सुनुवार सेवा समाज, बेलायतका सचिव भक्तमान सुनुवारले पनि चार वर्षो लागि खाना बस्नको लागि सौजन्य स्वरुप वाषिर्क रु. १५र्०र्०० उपलब्ध गराउने बचन दिनु भएको छ । सुनुवार समाज हङकङले पनि सारा तुनिचको पर्ढाई सौजन्यको लागि सहयोग संकलन कार्यक्रम अगाडि बढाएको भन्ने जानकारी प्राप्त भएको छ । किरात सुनुवार सेवा समाज, बेलायतले पनि सारा तुनिच सुनुवार पर्ढाई सौजन्यकर्ता खोजी कार्यलाई बैठकमा छलफल चलाई र्सार्वजनिकरुपमा सहयोगको लागि अपिल जारी गरेको छ ।सारा तुनिच (दगा सुनुवार)ले बि.एफ.ए पर्ढाई सकिए पनि कोइँच मर्ूत अमर्ूत सम्पदासम्बन्धि संयुक्त वा एकल चित्रकला पर््रदर्शनी गर्ने प्रतिवद्धता जाहेर गरेकी छन् । सुनुवार सेवा समाज, केन्द्रीय समितिले कोइँच पहिचनको लागि पहिलो कोइँच तामि चित्रकार बनाउन सौजन्य गरिदिन सबै पवित्र कोइँच मनहरुलाई आव्हान सिफारिस गरेको थियो ।
===========================================================
सारा तुनिचलाई थप सौजन्य रकम प्राप्त भएको छ । यो समाचार लेख्दा लेख्दै रु. ९०६४७। सारा तुनिचलाई पर्ढाई सौजन्यको लागि बेलायतबासी कोइँच सुनुवारले सहयोग पठाएको खुशीको खबर प्राप्त भएको छ । किरात सुनुवार सेवा समाज बेलायतका सचिव भक्तमान सुनुवारले रामकुमार सुनुवारको हातमा पठाएको जानकारी दिदनु भयो ।
===========================================================
अहिले उनी वि एफ ए पढ्न ता भर्ना भइन तर दैनिक पर्ढाई र चित्रकला अध्यासको लागि आवश्यक सामाग्री रङ्ग, ब्रुस, क्यानभास, आर्ट प्याड, अध्ययन सामाग्रीहरु खरिद गर्न खर्च अभाव भएको छ । दैनिक स्थलगत चित्रकला अध्ययनमा जान खर्च अभाव हुने नै भयो साथर्सार्थ खाजापानी पनि उत्तिकै खर्च लाग्छ ।
हाम्रो घर वैठक कोठामा सजावटका लागि विदेशी चित्रकार र अन्य पोस्टरहरु झुण्डिएका छन् । त्यस्ता पेन्टिङहरुले कोइँच पहिचानको लागि कुनै अर्थ र महत्व राख्दैनन् । न त आर्थिक समृद्धिको लागि देशलाई कुनै सहयोग नै हुन्छ । तर तपाई कोइँच तथा अन्य आदिवासी जनजाति बुद्धिजिवी र नव धनाढ्यहरुले आदिवासी जनजाति कोइँचको चित्र खरिद गरी दिनु भयो भने प्रत्यक्ष-अप्रत्यक्षरुपमा कोइँच पहिचानको लागि योगदान दिएको मानिने छ । सबै पवित्र मनहरुलाई अनुरोध : आफ्नो घर कोठा सजाउने सामाग्री पनि कोइँच मर्ूत अमर्ूत सम्पदालाई नै आधार बनाउने पो हो कि !
हार्दिक अनुरोध !!!
नेल्ल कोइंच कलि सेउ !
हाम्रो सम्पर्क :
swsqatar@gmail.com
www.facebook.com/swsqatar
सम्पादक
स्मारिका प्रकाशन समिति
सुनुवार सेवा समाज शाखा, कतार ।
बेलायतमा १०५ औ अन्तराष्ट्रिय नारी दिवस सम्पन्न !
नेपाल आदिबासी जनजाति महिला महासङ्घ बेलायतको आयोजनामा १०५ औ अन्तराष्ट्रिय नारी दिवस ८ मार्च (२०१५ )बेलायतकोअल्डरशट स्थित निरमाया रोधीघरमा आठ मार्च आइतबारको दिन अन्तराष्ट्रिय नारा “Make it Happen” र नेपालको लागि “लैगिक मैत्रि सबिधान महिला हिंसाको निदान “भन्ने मूल नाराको साथमा अति भब्यता पुर्बक सु सपन्न भएको छ ! सङ्घकी अध्यक्ष कमला थापाको सभा पतित्वमा आयोजित उक्त कार्यक्रक्रममा ,नेपाल आदिबासी जनजाति महासङ्घका अध्यक्ष सिरी प्रसाद लिम्बुको प्रमूख आतिथ्य र ,२०१४ को मदन पुरस्कार बिजेता साहित्यकार ,समाजसेवी तथा नर्स राधा पौडेलको बिशेष अतिथि रहेको थियो ! सभापति ,प्रमुख अतिथि र बिशेष अतिथिबाट पानसमा दिप प्रज्वालित गरिनुको साथै नेपालको राष्ट्रिय गीत र आदिबासी गीत गाएर कार्यक्रमको समुद्घाटन गरिएको थियो ! कोषाध्यक्ष बशुन्धारा राइले स्वास्थ्य र सुरक्षाको बारेमा जानकारी गराएकी थिइन् ! उपाध्क्ष बिमला कुमारी राइले अतिथि तथा सहभागीहरुलाइ स्वागत मन्तब्य दिनुको साथै अन्तराष्ट्रिय नारी दिवसको बारेमा प्रकाश पारेकी थिइन् ! बेलायतमा नेपाली नारीहरुको प्रबेस इतिहास देखि बर्तमान अबस्था सम्ममा उनीहरुको प्रगति ,चुनौती ,समस्या र अन्य बिभिद पक्षहरु समेटिएको एक अत्यन्त खोजमुलक कार्यपत्र प्रस्तुत गरेका थिए साहित्यकार बिश्वास दिप तिगेलाले !बेलायतामा नेपाली नारीहरु नर्सिङ्ग पेशामा सबै भन्दा माथि , बौदिक र निर्णायक भूमिकामा ,संचार क्षेत्रमा ,ब्यापार ब्यबसाय ,समाज सेवा र अन्यमा बिस्तारै उपस्थिति बढ्दै गएको र मजदुर बर्गमा काम गर्ने धेरै नेपाली नारीहरुले अंग्रेजी भाषा ज्ञानको कमीले शोषण खेप्नु परेको कुरा तिगेलाले बतायका थिए भने ,साहित्य कला क्षेत्रमा पनि नारीहरुको झुकाव बढ्दै गएको बताए ! यसै गरि बेलायतको पुलिस फोर्समा एक जना पुष्पा सुनुवार मात्र कन्स्टेबल रहेको बताए ! उनको सोहि कार्यपत्र प्रति शशि सुब्बा थापा ,धर्म तामाङ्ग ,राधा पौडेल ,लारा र कुल आचार्यले टिप्पणी समेत गरेका थिए ! यसै गरि कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष ,घरेलु हिँसाका प्रकारहरु र समाधानको बिषयमा चेतना मुलक कार्यपत्रको प्रस्तुति रहेको थियो साहित्यकार तथा समाजसेवी लाराबात ! बेलायतमा पनि नारी माथि घरेलु हिँसा हुने गरेको र यस्तो प्रकारको हिँसाबात युरोप ,एसिया र अन्य सबै ठाउका महिलाहरुले धेर थोर शिकार हुने गरेको तथ्यलाई उजागर गर्ने क्रममा ,श्रीलंकाका महिलाहरु जो बेलायत बासि छन् उनीहरु सबै भन्दा बढी घरेलु हिंसाको सिकार हुने गरेको लाराले बताइन ! नारी दिवसको अवसर पारेर साहित्यकार लीला सेलिंग माबोलाइ कविताकृति “लाहुरेनी पीडा ” र गीतकार सुमाया राइलाई गीति अल्बम “तातो हावा ” को निम्ति प्रमूख अतिथि ,बिशेष अतिथि र सङ्घकी अध्यक्षबाट फूल ,खादा र मायाको चिनोले श्रष्टा सम्मान गरिएको थियो ! यसै बिचमा मगर सङ्घ बेलायतका अध्यक्ष दुत पुन मगरले नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतको निम्ति,नारी दिवसको उपहार स्वरुप अध्यक्ष कमला थापालाई मायाको चिनो मगर सङ्घ बेलायतको तर्फबाट प्रदान गरेका थिए ! भारतमा बेचिएका बालीकाहरुको सहयोगार्थ लन्डन म्याराथन दौडन गइ रहेकी १९ बर्षीय किसोरी कल्पना तिगेलालाई पनि उनको कदर र सम्मान गर्दै महिला महासंघको तर्फबाट फूल ,खादा ,प्रसंसा पत्र सहित पचास पाउण्डको थैलीले सम्मान गरिएको थियो !सम्मानकै क्रममा बेलायतबाट विद्धा बारिधी गर्ने नेपाली नारीहरुलाई ,प्रमुख अतिथि ,बिषेस अतिथि र अध्यक्षबाट्, सम्मान पत्र ,फूल र खादाले सम्मान गरिएको थियो ! आठ मार्च नारी दिवस र नेपाली नारीहरुको शैक्षिक ,सामाजिक ,आर्थिक ,सांस्कृतिक ,राजनीतिक आदि बिषयमा बर्तमान अबस्था ,राज्यको नारी प्रतिको दायित्व, नारीहरुको कर्तब्य र भूमिका उपर विभिन्न आमन्त्रित अतिथिहरुले आ आफ्नो मन्तब्य व्यक्त गरेका थिए ! यसै गरि सहभागीहरुबाट नारी जागरण कविता,मुक्तक आदि बाचन गरिएको थियो ! छबी माया पुन र अन्य नारी कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ! सन् २०१२ स्थापनाकाल देखि प्रतेक बर्ष अन्तराष्ट्रिय नारी दिवसलाई भव्यता पुर्बक निरन्तरता दिदै आइ रहेको नेआजमम बेलायतको कार्यक्रमा अन्य थुप्रै आमन्त्रित अतिथिहरुको बाक्लो उपस्थिति रहेको थियो ! नेपाल मगर सङ्घ बेलायतका अध्यक्ष ,समाजसेवी तथा साहित्यकार दुत पुन मगर (चिमखुले काइला )बेलायत छन्त्याल सङ्घका अध्यक्ष तुल छन्त्याल ,किरात राइ यायोख्खा केन्द्रीय समितिका अध्यक्ष पदम राइ ,तमुधी युकेका अध्यक्ष राम चन्द्र (सुर्जे )गुरुङ ,दुरा समाज बेलायतका अध्यक्ष भक्त दूरा .नेपाल शेर्पा सङ्घका अध्यक्ष ,नेपाल नर्सिङ्ग एसोसियसनकि अध्यक्ष सुशिला कार्की ,आदिबासी जनजाति पत्रकार महासङ्घ बेलायतका अध्यक्ष किरण लिम्बू , नेपाली संघिय समाजबादी युकेका अध्यक्ष धर्म तामाङ्ग ,हिमालायन अर्गनाइजेसनका अध्यक्ष ,किरात धर्म तथा साहित्य उत्थानका समिति बेलायतका अध्यक्ष राम कुमार थेबे ,सेवारो कलाकार सङ्घ बेलायतका अध्यक्ष दुर्गा पांग्मा,याक्थुम माङ्गेना चुम्लुङ्गकी अध्यक्ष कमला लिम्बु ,दुरा सेवा समाज महिला समितिकी अध्यक्ष गंगा माया दुरा ,किरात सुनुवार महिला समाज (किसूम) प्रतिनिधि सावित्री सुनुवार ,नेपाल महिला सङ्घ बेलायत प्रतिनिधि ,मगर महिला संघकी अध्यक्ष हिमाली राना ,अन्तराष्ट्रिय नेपाली साहित्य समाज युकेकी महासचीब लक्ष्मी राइ ,एन आर एन महिला बिभाग प्रमुख बबिता लामा ,नेपलीज वुंमन एसोसियसन युके सचीब शसी सुब्बा थापा ,तमुधि आमा समूह अध्यक्ष पबित्र गुरुङ ,किरात राइ यायोख्खा ग्रेटर समोर महिला समिति अध्यक्ष सावित्री राइ ,एन आर एन युके भूपू अध्यक्ष कुल आचार्य ,विश्व नेपाली साहित्य महासंघका अध्यक्ष बिश्वास दिप तिगेला ,एन आर एन युके सल्लाहकार जंग सुनुवार ,किरात सुनुवार सेवा साज बेलायत सल्लाहकार होम सुनुवार ,किरात याक्थुङ्ग चुम्लुङ्ग केन्द्रिय समिति बेलायत कोषाध्यक्ष ,दिल थेबे ,बेलायत छन्त्याल संघका महासचीब मुकें छन्त्याल ,फोटो पत्रकार छन्त्याल कान्छा ,शेर्पा संघ युरोप बिभाग महासचीब कर्म शेर्पा ,सससलिराप प्रबास कार्य समिति महिला बिभाग प्रमुख युमा लिम्बु ,रेडियो बि जी डब्लु एस प्रतिनिधिहरु प्रमिला लाबुंग राई र पुष्पा गुरुङ ,राज्यसत्ता पत्रिका प्रतिनिधि ,बाताबरणविद तथा साहित्यकार बिजय हितांन मगर , फोटो पत्रकार इलन तमु ,नया संदेश पत्रिका प्रतिनिधि जानुका राइ ,एभरेष्ट टाइम्स पत्रिका,गोर्खा च्यानल , ,समाजसेवी रन्जिता मल्ल , समाजसेवी प्रतिमा गुरुङ ,नेपाल आदिबासी जनजाति महिला महासंघ सल्लाहकार नन्दा चेम्जोङ्ग गङ्गा राइ लगायत अन्य सहभागी महानुभावहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ! बिशेष अतिथि र प्रमुख अतिथिबात नारीहरुको निम्ति प्रेरणादायक र सार्बगार्भित मन्तब्य पछि अध्यक्ष कमला थापाले धन्यबाद ज्ञापन सहित सभा बिसर्जन गरेकी थिइन् ! अन्तमा सबै सहभागीहरु समूह नृत्यमा रमाएका थिए ! बिहान ११.३० देखि सुरु भएको कार्यक्रम महासचीब बिमला सेनेले संचालन गरेकी थिइन् भने अनिता रानाले सांस्कृतिक कार्यक्रम संचालन गरेकी थिइन् ! -भावना परिष्कृत सुनुवार

