All about Sunuwar

Archives

now browsing by author

 

 दक्षिण कोरियाका सुनुवार सेवा समाजका अध्यक्षलाई व्याडमिन्टन उपाधि

12312279_1232648003418169_1980954085_n-किशोर सुनुवार

नेपाल कोरिया न्युज डट.कम द्रारा यहीँ नोमेम्बर २९दिन आयोजित ब्याडमिन्टन दक्षिण कोरिया को जुङ्गु स्पोर्ट्स मा सम्पन्न भएको छ उक्त कार्यक्रम को नेपाल कोरिया न्युज डट.कमका सन्चालक पुरु जोशिको सभापतित्वमा भएको थियो भने प्रमुख आतिथी एन आर एन ए को राजु क्षेत्री रहनु भएको थियो नेपाली हरु रोजगारि शिला शिला मा पुगेर पनि खेल प्रति देखाएको चासो निकै उदाहरणी छ जम्मा ३६ जना खेलाडी सभागिता रहेकोे मध्य सिङल मेन्स मा १६ जना थिए भने डबल मा १० जना थिए फाईल खेलमा डबल को इन्छन ए ले कन्चनजघा लाई हराउँदै एन्छन ए को हुसेन सिङ सुनुवार र नरेन्द्र ले प्रथम उपाधी हात परे प्रमाण पत्र सहित पाँच लाख वन दोस्रो उपाधी कन्चनजघा ले २ लाख वन जिते भने सिङल तर्फ राजु लामा लाई हराउदै रोहन सुब्बा ले ३ लाख हात परे बिदेश रहे पनि खेल प्रति देखाएको चासो ले नेपाली हरु ले हरेक छेत्र मा पसिना सग सगै आफ्नु प्रगति गर्नु राम्रो पक्ष हो

सुनुवार सेवा समाज बेलायतको अनुरोध

Proposed New Building of SWSfinal 4 Fbसुनुवार सेवा समाज बेलायतको 4th October 2015, Aldershot Bhetghat Restaurant मा भएको मिटिंग छ्हल्फलले बेलायतबासि सुनुवार परिवारका तर्फबाट Minimum £ 100. उठाउने निर्णय भएको व्यहोरा यहाहरुलाई अवगत गरौन चाहान्छौ र हामीसबै कोइच परिवारहरुले यो निर्णयलाई स्वीकार गरि सहयोगगरि दिनुहुनका लागि यस सुनुवार सेवा समाज बेलायत अनुरोध गर्दाछ /

पैसा किन के का लागि उठाउने ? भन्ने सवालमा
1st Priority
धेरै समय देखि काठमाडौँ सुनुवार सेवा समाज भवन संग गासिएको ३ आना जग्गालिनु नै परेको छ भन्ने कुरा भएको थियो तर हाम्रोमा कुनै पत्रहरु पठाउनु भएको थिएन र यस पटक सुसेस काठमाडौँ बाट पत्र साथै रसिद पठाएको हुदा हामीले मिटिंगमा छलफल गरियो र सहयोग गरौ भनि निर्णय
गरियो साथै यसैमा सबै सुनुवार हरुबाट उठाएर रु 5100.000 एकाउन्न लाख ३ आनाजग्गा खरिदको लागि लाग्ने भनिएको छ /

2nd priority
बाकि रहेको सुनुवार समाज भवन अझ बढाउने यसकोलागि माथिको समेतगरि कुलखर्च १ करोड ५० लाख लाग्ने देखाइएको छ जसमा हामीले पहिला
३ आना जग्गालाइ प्राथमिकता दिएर जग्गा खरिद गर्ने त्यस पश्चात भवन निर्माण मा लागिने बताइएको छ र गएको भूकम्पले केहि नोक्सान भएको
हुदा मर्मतपनि गर्नु पर्ने बतैएको छ /

किन भवन थप निर्माण गर्नुपरेको ? भन्ने सवाल /

( 1) Ground floor Parking Facility + किर्यापत्री Facility , (2 ) 1st floor Offices Facility + बाश स्थान कोठा गाउले हरुका लागि Facility /
( 4 )Top floor 350 जनाकालागि सभा हल / पार्टी प्यालेश बनाएमा सुसेस भवनलाइ कुनै खर्चको अभाब न हुने /
यति अवाक्ष्यक्त पुरागर्न सकिएमा सम्पूर्ण गाउबाशि हरुलेपनि सुबिधा पाउने निश्चित भएको ठहर गरिएको छ सभाहल पार्टी प्यालेश ले खर्च उठाउने
निश्चित छ आशा छ /

पैसा कति कसरि उठाउने ? भन्ने सवालमा /

प्राप्त अनुरोध पत्र अनुसार र हामीले काठमाडौँ सुसेस का अदक्क्ष संग नै मिटिंगमा छलफलगर्दा हामीले सबै पेन्सनवाला दाजुभाई संग कम्तिमा
बेलायतबासि दाजुभाई दिदीबहिनी हरुसंग कम्तिमा £100.00उठाउने भन्ने निर्णय गरीय त पनि हाम्रा भत्ताखाने सिनियर दाजुभाई दिदीबहिनी
हरुलाई चाही आफुले सकेको रुचिअनुसार सहयोग गरिदिनु हुन अनुरोध गर्दाछौ /

काठमाडौँ सुनुवार सेवा समाज भवन हामीसबै सुनुवार परिवारको एउटा साझा चौतारी अनि हामीसबैले साथमासाथ हात्माहातगरि सहयोगबाट
बनिएको हामीसबै सुनुवार परिवारको एकमात्र चौतारीलाइ आखेरी एकपटक फेरि मदतको लागि सम्पूर्ण सुनुवार परिवारमा सुनुवार सेवा समाज
बेलायत यहाहरुमा बिनम्रअनुरोध साथै कसैलाई केहिजिज्ञाशा टिप्पणी भएकोखण्डमा हाम्रा सुनुवार समाजका अदक्क्ष मोतिराज 07717875125
वा सचिब भक्तमान सुनुवारलाई सम्पर्क गर्नु हुन अनुरोध गर्दाछौ /

तसर्थ सम्पूर्ण सुनुवार परिवार बेलायतका इष्टमित्र ज्यु हामी सबै बेलायतमा भए त पनि हाम्रा सन्तानहरु नेपाल छन् वहाहरुले सुबिधा पाउन सक्छन
भनि हामीआशा राख्ने छौ साथै हाम्रो दुखगरेर कमाएको पसिनाले कसैलाई मदतपुग्छ भने हामीले किन पछाडीहट्ने सबै मलेर सहयोगगरौ भनि यहाहरु
लाइ किरात सुनुवार सेवा समाज बेलायतका तर्फ़बाट बिनम्र अनुरोध गर्दा छौ धन्यबाद /

रकम जम्मा गर्ने खाता नम्बर <<<<

KSWS UK
HSBC BANK
Account: 61515357
sort code: 40 35 45

Reference: जग्गा खरिद

Text Message : प्रकाश सुनुवार कोष अदक्क्ष
mobile 07894711628

सारा (दुर्गा) सुनुवारले विएफए प्रथम वर्षको परिक्षा दिइन ।

ललितकला पढ्ने धनुषा बेङ्गा डाबारका प्रथम कोइँच तामि सारा तुनिच (दुर्गा सुनुवार)ले विएफए प्रथम वर्षको परिक्षा दिएकी छिन् । उनको अध्ययनको लागि देश विदेशमा रहनु भएका सबै सुनुवारहरुले नियामित सौजन्य गरिरहनु भएकोमा हार्दिक कृतज्ञता प्रकट गरेकी छिन् । उनको प्रयोगात्मक परिक्षा भने तिहार पछि हुने भएको छ । कला क्षेत्रमा कोइँच महिलाको अनुपस्थिति रहेका बेला उनले पुरा गर्ने वचन वद्धता जाहेर गरेकी छिन् । अब उनले तीन वर्ष कडा मिहिनेत गर्नु पर्ने छ । पहिलो वर्ष प्रिन्ट आर्ट तथा विश्व कला इतिहास सम्बन्धि पढेकी छिन् । अबका दिनमा प्रथम वर्षमा भन्दा बढी खर्च पनि बढ्ने छ । विशेषगरी ललितकला पढाईमा क्याम्पस शुल्क भन्दा पनि पढाईको लागि चाहिने सामाग्री खरिदमा बढी खर्च हुन्छ । उनले अब क्यानभास र ओइल कलर किन्न बढी खर्च चाहिने छ । उनका कलाले कोइँच पहिचान पस्किनेमा हामी विश्वास्त छौं । उनको सहयोगमा संयोजनकारी भूमिका निर्वाह गर्ने कतार निवासी किशोर सुनुवार बताउनु हुन्छ । अहिले बेलायतबाट जंग सुनुवार, भक्तमान सुनुवार, किरात सुनुवार सेवा समाज बेलायत, सुनुवार समाज हङकङ, मिनकुमारी सुनुवार नेपाल, मिनबहादुर सुनुवार, सुनुवार सेवा समाज मलेशियाले सहयोग गर्नु भएको छ । हाल उनी बसन्तपुरमा कोठा भाडामा लिएर किर्तीपुर पढ्न धाउँछिन् । ललितकला क्याम्पसलाई भुकम्पले क्षति पुराएपछि किर्तीपुरमा क्याम्पस सरेको हुँदा पहिला बेँशी गाउँ जोरपाटीमा कोठा लिएर बसेकी सारा तुनिच अहिले बसन्तपुर सरेकी हुन् ।

पुस्पा (दालकुमारी) सुनुवारलाई सुनुवार सेवा समाज मलेशियाको आर्थिक सहयोग ।

सेवा नै धर्म हो । कोही करोड अरबपति भएर आप्mनै दाजुभाई दिदीबहिनीलाई घरको प्रवेशद्वारबाट भित्र छिर्न दिँदैनन् । कोही एक एक पैसा सहयोग गरेर इतिहासमा दानी व्यक्ति बन्छन् । यस्तै उदाहरणीय सहयोगी हात बढाइरहेका छन् हाम्रा परदेशमा रातदिन पसिना बगाइरहेका कोइँच दाजुभाईहरुले । कहिले ख्लिनुले गाउँ तहसनहस गरेउ भनेर सहयोग गर्छन् त कहिले बाढी पीडितहरुका लागि कहिले अध्ययन सहयोगका लागि, कहिले विरामीका लागि । सुनुवार सेवा समाज मलेशियाले रामेछाप जिल्ला कुँबुकाँस्थली गा.वि.स वडा नं. ८ निवासी शारीरिक रुपले दुबै गोडा नचल्ने दालकुमारी (पुस्पा) सुनुवारलाई उपचारको लागि रु. पन्ध्र हजार छ सय छयासी रुपैंया उपचार खर्च वापत सहयोग गर्नु भएको छ । विगत २० वर्षदेखि काठमाडौं आपाङ्ग केन्द्रमा आश्रय लिइरहेकी छिन् । उहाँ अहिले तिलगंगा शान्ति सेवा गृहमा आश्रय लिई रहेकी छिन् । बुबा पोन कन्छा पोइँबो रणबहादुर जेस्पुच सुनुवारको गत वर्ष मात्र निधन भएको हो । सुनुवार सेवा समाज मलेशियाले पठाएको सहयोग सुनुवार सेवा समाज केन्द्रीय समितिले हिजो उहाँले आश्रय लिने आश्रममा सहयोग प्रदान गरेको छ ।

त्रासैत्रास आडेर काठमाडौं यात्रा – मनभरि त्रास : बसमा बास

विहानै हिड्नेबेला फोन आयो । उठाएँ । मंगलवार हिड्न लागेको ? – उताबाट जानकारी आयो । अँ – उतरा दिएँ । विहानै खाना पाक्यो । दिदी, दाजु र भाउजुले राम्ररी जानु, भीरको बाटो छ – सुझाउनु भो । म लुखुर लुखुर आफ्नो बाटो लागेँ नौ बजेतिर । स्वर विज्ञानमा विश्वास गर्छु । त्यसैले कुनै साइत हेर्ने चलन छैन हिड्दा । त्यसैले नाकका प्वाल छामेर कुन नाकबाट सास चलेको छ याद गरेँ । दाहिने सास चलेको रहेछ तर देब्रे खुट्टा ढोकाबाट अगाडि सारीसकेको रहेछु । त्यस्तैमा बाटो लागेँ ।
उत्तर दिशा भएर घरबाट निस्केको म घर आगाँनबाट दक्षिणतिर लागेँ । मनिषाले काठमाडौंमा सामान लैजान भनेको हुँदा फोन लगाएँ । लागेना । उत्तमलाई फोन लगाएँ । त्यता पनि फोन स्वीच अफ रहेछ । सेल्पु हुँदै क्लुपा, तोषिपा भीर हुँदै गोठ डाँडाबाट चोकति पुल तरेर सेनी उकालो चढ्दै थिएँ । एक्लै उकालै उकालो । भीरको बाटो कटेर जंगलै जंगल । सुनसान, अनकण्टर । सेनी पाउरहाउस हुँदै माथि पुरानो घर कटेर जंगलमा हिड्दै थिएँ । अचानक पछाडि उता माप्रा भीरतिर ट्याक्टरले ढुंगा बोकेर आए जस्तो आवाज आयो । के करायो ? अचम्मले पछाडि फर्केर हेरेँ । अलि घोरिएर हेरेँ । आवाज नजिकीँदै आयो । यस्तो जंगलमा पनि के करायो यसरी भन्ने लाग्यो । त्यो आवाज झन् झन चर्किँदै मतिर आयो । हेर्दा हेर्दै परबाट भुइँ नै थर्काएर मतिर आएको प्रष्ट देखेँ । ल, के पो आयो, यो जंगल वीचमा मन झस्केर त्रसित बने । भूत हो कि न त कुनै अकल्पनीय जनवार के हो के हो अनेक तर्कना मनमा एकैचोटी उम्रिन पाउँदा नपाउँदै म उभिएको भूइँ नै हल्लिन थाल्यो । त्यसपछि मात्र मलाई यो भुइँचालो हो भन्ने याद भयो । रुख सबै हल्लियो । माथिबाट गोली बर्षे जस्तै ढुंगा बर्षिना थाले । त्यतिबेला मलाई कतै भाग्ने आँट आएन । अब ढुंगाले किचेर मर्ने भएँ भन्ने मात्र मनमा उब्ज्यो । म उभिएको ठाउँ सहित पहिरो गयो भन्ने लाग्यो । म ट्वाँ परेर उँभो मात्र हेरिरहेँ । मुखबाट राम राम भन्ने शब्द अप्रत्यासित फुस्के छ । ढुंगा मेरो सिधा आयो भने छलिन्छु भन्ने होस चाहिँ रह्यो । तर यताउता सर्ने आँट आएन । हेर्दाहेर्दै घरै जत्रो ढुंगा मेरो दाहिने बज्रेर उँधो चोकतितिर गयो । विस्तारै भूइँको कम्पन कम भयो । ढुंगा माथिबाट झर्न रोकियो । अनि हस्याङ फस्याङ अगाडि उकालो तर पचेङ दौडिने कोशिस गरेँ । के सक्नु ? स्याँस्याँ र फ्याँ फ्याँ भएँ । आत्तासले मनमा जरोको नसा तीब्ररुपमा फैलियो । ख्लिनु फर्केर आउँछ भन्छन् गाउँमा । अवश्य पनि अर्को झड्काको भुइँचालो जान्छ भन्ने लागीरहेको थियो । बल्ला बल्ला सेनि पुच्छार, बेँबेर जाने दोबाटोको सल्ला डाँडा निस्केँ । अब भने बाँचे जस्तो लाग्यो । Read More

त्रासैत्रास आडेर काठमाडौं यात्रा : भुइँचालोको राहत वितरण तथा वर्गीकरणको मुचुल्का उठानदेखि शाँदार पिदार ग्योर निर्माण समितिका कोषाध्यक्षको गद्दारीसम्म हर्ेदा देख्दै पनि चुपचाप मुकादर्शक

१२ गते वैशाखको धङ्धङी नमेटिँदै १३ गते फेरि भुइँचालोले नराम्ररी तर्सर्ााे । तर मलाई १२ गते जस्तो डर लागेना । भतिजो धनबहादुर सुनुवार -मिने सन्तेआ आप-फो) को असामयिक निधानको कारण जुठा बारी रहेको थियौं हामी गाउरोच काःतिच दाजुभाई । मस्टार सन्ते -सुनुवार सेवा समाज जिल्ला समिति ओखलढुंगाका सहसचिव) ले रेवतकुमार सुनुवारसँग फोन गर्दा हिजै थर्काएको सुनेको थिएँ । यसैले उनको घरमा हामी तिसुपका सबै दाजुभाई पुगेका थियौं । कुरीवालले विहानी खाना खाएका थिए । हामीले त्यही भात खाएका थियौं । आगाँनमा बसेर गफ गरीरहेको थियौं । अचानक भूइँ हल्लिना थाल्यो । सबै भागे । कोही भात खाँदा खाँदैको थाल बोकेर भागे । म भने घरभित्र भएका कुरिवाल र अरु मान्छेलाई बाहिर निस्क भन्दै आगाँनमा उभिरहेँ । घरको धुरी मकैको झुत्ता हल्लिरहेकै थियो । एक क्षण आएको भुइँ कम्पाले मानिसलाई होसहावस नै गुम बनायो । सबैको मनमा त्यही भुइँकम्पाले त्रसित हुने गरी डेरा जमायो । जताततै त्यही हल्ला । १२ गते अलिअलि चर्केका कतिपय घर भत्कियो ।
भुइँकम्प आए पनि हामी घेवामै व्यस्त थियौं । कोइँच मुक्दुमानुसार भएको घेवा भएको हुँदा मलाई सबैले केरकार गरिरहेका थिए । अनि म भने हिन्दू धर्ममा गरुड पुराण सुनाए जस्तै कोइँच मुक्दुमबाट घेवा गर्दा मृत व्यक्तिको आत्मले कसरी मोक्षा, निर्वाण अर्थात् बुइश-शि लाँ प्राप्त गर्दछ सुनाइरहेको थिएँ । सानोतिनो भुइँचलोको झड्का आइरहेकै थियो । घेवा सक्यौं । सँगसँगै किरात चाड शाँदार पिदार पनि आइरहेको थियो । Read More

त्रासैत्रास ओडेर काठमाडौं यात्रा

डर के हो ? यसपाली (२०७२ वैशाख १२ र २९) अनुभव भो । काठमाडौं छाडेको एक महिना नाघेको छ । अहिले काठमाडौंमा छु । भुइँचालो जाँदाको क्षण सम्झिँदा मृत्युको रापलाई नजिकबाट अनुभाव गरे जस्तै लाग्यो ।
होसमै बेहोसीपन
हामी (म, रेडियोकर्मी मोहन सुनुवार र ओखलढुंगा खिजी फलाटेका रेडियो प्रतिनिधि बुद्धि मुलिचा) रेडियोको विहानी सेवाको प्रसारण सकेर गुप्तेश्वर नुनथलामा खाना खाँदै थियौं । रेडियोकर्मी कविताले पस्केर दिएको खाना मैले खाइसकेको थिएँ । बुद्धि मुलिचाले खाँदै हुनुहुन्थ्यो । पहिलो पटकको झड्का मैले महसूश गर्दा मलाई के भयो ? भनेर छामे र अन्य साथीहरुलाई हेरेँ कसैले प्रतिक्रिया दिएनन् । त्यसैले चुपचाप रहेँ । दोश्रो पटकको झड्कामा सबैलाई हेरेँ । यो भुकम्प आएको हो भन्ने थाहा भो तर केही बोलिना । अरुलाई हेरेँ सबै सजग भएको देखेँ । तेस्रो पटकको झड्कामा भने मुख खोलेँ भुकम्प आयो क्या हो ? बुद्धि मुलिचाले खाना खाँदा खाँदै आँ भन्नु भो । हाइट् भित्र बस्नु हुँदैन, बाहिर निस्किनु पर्छ भनेर उठेँ । उठ्दा उठ्दै भुइचलोको चाल बढ्दै गयो । ढोकामा पुगेर एउटा खुट्टा बाहिरा (देब्रे) र एउटा ढोका भित्रै राखेर जुत्ता लगाउँदै थेँ । मलाई हुत्ताइरहेको महसूश भएको थियो । को को बाहिर निस्के कुनै वास्ता भएन । जुत्ता लगाउने धुनमा मात्र थिएँ । अचानाक गडेम्मा आवाज आयो । ढोका म माथि नै बज्रे जस्तो अनुभूति गरेँ । तत्पस्चात कुनै कुरा यादै भएन । एकैचोटि घरको आँगान कटेर मथिल्लो कान्ला चढ्न लाग्दा मात्र मेरो अगाडि रेडियोकर्मी कविता उक्लिँदै गरेको याद भयो र म त्यो कान्ला चढ्न खोज्दा कविताले छेके पछि मात्र फर्केर घर हेर्न होस आए छ । घर ठिङ्गा ठडिएको ठडियाइ थियो । तर छानाका सबै ढुंगा सरेका थिए । मेरा दुवै हातमा जुत्ता थिए । त्यस पछि मात्र मेरो होस खुल्यो । थुइय्या, आपत भनेको यही रहेछ । होसमै बेहोसीपन सवार भएको अनुभूति भयो । ल्यापटाप, रेकर्डर र अन्य सरसामानसहितको झोला भने घरभित्रै थियो । यसो अरुलाई हेर्छु । बुद्धि मुलिचा झोला बोकेर निस्किनु भए छ । नानीहरु सानु नानी बोकेर रोड, गराहरुमा उभिएका रहेछन् । मकैबारीभरि मानिसहरु कोदालो छाडेर दौडेका रहेछन् । कसैले सुसेली पारेर चिच्याइरहेका थिए भने घरको छानो ह्वाङ्ह्वाङ्ती थिए । घरको धुरी प्रायः ढलेका थिए । हावा हुरी अचम्मले चलेको थियो । रुखहरु हल्लीरहेकै थिए । पारी भिर (भुस्र्वा, झिँगामाली) गोरोरोङ आवाजसहित भत्कीरहेको थियो । उता रगनीको पोलथलीमा घर भत्केको हुनुपर्छ माटोको धुलो बुसुसु उडिरहेको थियो ।
त्यसपछि मात्र फोन गर्ने होस् आयो । र, मनमा त्रास् उमारेर घर (खिजी काती, ओखलढुंगा) दिदीलाई फोन गरेँ । फोन लाग्यो । तर उठेन । गंगा (जो नियामित स्वास्थ्य चेक अपको लागि सिरहाबाट काठमाडौंमा शुक्रवार विहान मात्र आएकी थिइन) लाई फोन गरेँ फोन उठेन । काठमाडौं, दिदीलाई फोन गरेँ गुह्यश्वरी चौरमा रहेको जानकारी पाएँ । उता पुनमलाई फोन गरेँ । फोन उठ्यो, खोइ यो के भएको हो यो … चिच्च्याएको आवाज आउँदा आउँदै सम्पर्क विच्छेद भयो । माइली (चुनचुन आम) लाई फोन लाग्यो । उठेन । अरु सबै घरका परिवारलाई फोन गरेँ । कसैको फोन लागेन । फोनले काम गर्न छाड्यो । भुइँचालोको झड्का आइ नै रहेको थियो । मनमा एक तमासले डरले डेरा जमायो ।
बुद्धि मुलिचा मात्र होइन भएभरका सबै मोबाइल समातेर आफन्तहरुलाई फोन लगाउन व्यस्त देखिन्थे । मेरो चाहिँ घर पक्का भत्क्यो, बुद्धि अनुमान लाउँदै थिए । कसैलाई फोन नलागे पछि म थकित भएर फोन गर्न छाडिसकेको थेँ । बुद्धिले मेरो सिडिएमए फोन मागेर गाउँमा फोन लगाए गंगारामलाई । उनले यहाँ त सबै सखाप भो । मान्छे चाहिँ बाँचियो । घर त केही पनि छैन भन्ने उतरा हामीले पनि सुन्यौ ।
फोनले काम गर्न छाड्यो । हामी (म र बुद्धि) पारी ओखलढुंगा हुइँकियौं बुज हुँदै । बुजमा घर भत्केरा मान्छे पुरिएर मरेको खबर पायौं । तर आफ्नै घरको खबर नपाएर छट्पटिएका हामी घरतिरको बाटो मात्र नापीरह्यौं । अरुको घर भत्केको देखेर आफ्नो घर कस्तो अवस्थामा छ भन्ने कुनै अनुमान लगाउन सकिरहेका थिएनौं । बुजको पुच्छारमा पुगेपछि हामी छुट्टियौं । जंगलै जंगल । एक्ला एक्लै । बुद्धि बेँबेर हुँदै सेनिबाट फलाटे लाग्यो । म भने बिल्ला हुँदै तोश्पाबाट खिजीकाति लागेँ । बाटो सबै फुटेका थिए । भिरबाट ढुंगा खसीरहेको थियो । त्रासैत्रासले घर लम्कीँदै जाँदा क्लुअपामा घरबाट दाजु साइलाको फोन आयो, कहाँ छस् ? म त क्लुअपामा छु घरमा कस्तो छ ? एकै सासमा प्रतिप्रश्न गरेँ । सबै परिवार ठिकै भएकोमा त ढुक्क भएँ तर गंगा अभैm सम्पर्क विहीन रहेकोमा चिन्तीत हुँदै एकहोरो हिडीरहेँ । बल्ल क्लुअपा बरुडाँडा कटेपछि माइलिलाई फोन लाग्यो । कहाँ हो ? के कस्तो छ ? सोधेँ । हामी सबै ठिक छौं रोडमा जम्मा भएर बसेका छौं दिदी पनि सँगै हुनुहुन्छ भन्ने जानकारी पाए पछि ढुक्का भएँ ।
डर, त्रासले गाँजेपछि होसमै बहोसीपनको भूत सवार हुनेरहेछ । भुइँचालोले भुइँ हल्लाएर ढुंगामाटो थिल्थिलो बनाउदा बनाउँदै पनि भीरको यात्रा बेहोसीमै कटिएछ । घर पुगेपछि मात्र होसको सास फेरियो । रेडियोमा बुद्ध पूर्णिमा, शाँदार पिदारको नौ दशवटा विज्ञापन थियो त्यो पनि बनाउने आँट आएन ।
== क्रमस:—