All about Sunuwar

Archives

now browsing by author

 

कञ्चना सुनुवार स्मृति कोष स्थापना

kanchannaसमीर मुखिया (सुनुवार) । सुनुवार डट ओआरजी
काठमाडौं, फागुन १० । दोलखाको हावा गाविस सुवेदार टोल नेपानेका स्व. कञ्चना सुनुवारको सम्झनामा कञ्चना सुनुवार स्मृति कोष २०७१ स्थापना भएको छ । सुनुवार सेवा समाजको भवनमा आयोजित कार्यक्रममा उहाँका आफन्तजनहरुबाट रु. एकलाख पाँचसय रुपैया केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारलाई हस्तान्तरण गरे । उक्त रकम हस्तान्तरणका क्रममा मृतकका दाजु रुद्र सुनुवारले सो रकमको ब्याजबाट हरेक वर्ष फागुन १० गते मृतक कञ्चना सुनुवारको नामबाट आर्थिक अवस्था कमजोर भएका सुनुवारहरुलाई सहयोग गर्ने कुरा बताए । सामाजिक, शैक्षिक आदि क्षेत्रमा सो रकमको प्रयोजन गरिने र आगामी दिनमा कोषमा अझ रकम थप गर्दै जाने पनि बताए ।
कञ्चना सुनुवार एक जेहेन्दर र कुशाग्र भएको भए पनि उपचारका क्रममा चिकित्सकहरुको प्राविधिक त्रुटिका कारण गत मंसिर २८ गते निधन भएको थियो । बुबा होमबहादुर सुनुवार माता पदमकुमारी सुनुवारका ६ जना छोरीछोरीमध्ये कान्छी छोरी हुन् । उनका तीन दाजु र दुई दिदी छन् ।
यो सुनुवारहरुका लागि अत्यन्त मननयोग्य कार्यक्रम रहेको र हालसम्म सुनुवारहरुले यस्तो कार्यका लागि अन्य विभिन्न ठाउँमा दान दक्षिणा मात्र दिएको कुरा सुनिदै आएकोमा आज स्व. कञ्चना सुनुवारको स्मृतिमा आफ्नो मातृसंस्थामा कोषको रकम हस्तान्तरण गर्ने पहिलो भएको सुनुवार सेवा समाजका केन्द्रीय कोषाध्यक्ष मनप्रसाद सुनुवारले बताए । आगामी दिनमा स्व. कञ्चना सुनुवारजस्ता अन्य विभिन्न सुनुवारहरुले पनि आफ्ना आफन्तको सम्झना यस्ता खाले कार्यलाई अगाडि बढाउनुपर्ने कुरामा जोड दिए ।

थुइय्या …

-कोइँचबु काःतिच
.
‘थुइय्या … खाराने,
अभागी टुहुरा !
मार-दे बेअÞने माचाबि’ –
ठुँगीरहेको छ आमाको दिक्दारी चिले रुइनाले ।

उहिले उहिले
दुधमा खरानी घोलेर खिर पकाएको उपद्रव
ओथरा बसेको ग्लुमु आमको अण्डा फुटाएको छिमाले स्मृति
गाई बाख्रा बालीमा छाडेर साथीहरुसँग बरालिएको बिस्मृत उकुस
खित-मा बोइश-शा गिदीमा बर्खे भेल उर्ली रहेका छ ।

काकाताली !
टुहुरा जिन्दगीको उर्त्तार्द्ध
लखातरान्न,
खाराने अनुहार खिस्रिक्क !
साँच्चिकै मर्न नसकेको म
भाग्यमाथि कुनै आस्था नराख्दा नराख्दै
आफ्नै बलबुतामा घिस्रिँदा धिस्रिँदै
व्यक्तिगत अकांक्षालाई गलहत्ताएर
सामुहिक र्स्वर्थको बकपत्र पेश गर्दा गर्दै
साँच्चिकै अभागी महसूश गरीरहेछु म ।

थुइय्या …
काले बन्ठा खाराने !
थुक्क
दुःखी अभागी टुहुरा !
थुः
बेकामे कोइँच बु काःतिच ।

मलेसियामा सुनुवार सेवा समाज गठन

malaysia newsnक्वालाम्पुर फेब्रुअरी २० । प्रवासमा विभिन्न रोजगारीमा संलग्न सुनुवारबन्धुहरुको सहभागितामा सुनुवार सेवा समाज मलेसिया गठन भएको छ । केएल कोताराय हाउसमा फेब्रुअरी २० तारिख देवराज सुनुवारको अध्यक्षतामा १३ सदस्यीय समिति तथा पाँचजना सल्लाहकारसमेत गठन भएको भेलाका संयोजक जोहन सुनुवारले बताए । जसमा उपाध्यक्ष धनबहादुर सुनुवार, सचिव शंकरकुमार सुनुवार, सहसचिव दिलमाया सुनुवार, कोषाध्यक्षमा सम्बर सुनुवार, सदस्यहरुमा लालवीर सुनुवार, गंगा सुनुवार, टेकबहादुर सुनुवार, प्रकाश सुनुवार, जित सुनुवार, जीवन सुनुवार, विनोद सुनुवार, तोरण सुनुवार र सुनुवार रहेका छन् । सल्लाहकारमा राम सुनुवार, कमल सुनुवार, तेकबहादुर सुनुवार, कुमार सुनुवार र मनोजकुमार सुनुवार चयन गरिएको छ ।
पहिचान र समानताका लागि प्रतिवद्धता नाराका साथ अगाडि बढेको सुनुवारहरुको हक हितका लागि कार्यरत सुनुवार सेवा समाजको शाखा विस्तारका क्रममा प्रवासमा रहेका सुनुवारहरुको विशेष पहलका साथै विशेष गरी सुनुवार सेवा समाज कतारका समाजसेवी तथा पूर्व अध्यक्ष किशोर सुनुवार र सुनुवार समाज हङकङको सक्रियतामा पहल गरिएको थियो । जसमा सुनुवार समाज हङकङले गत वर्षदेखि सुनुवारहरुको पहिचानका निम्ति विशेष किसिमको ब्याच निर्माण गरेर वितरण गरिएको छ ।

हार्दिक कृतज्ञता

हार्दिक कृतज्ञता

हार्दिक कृतज्ञता

हाम्रा पूजनीय बुबा तथा दाजु पदमकुमार काःतिचको ६३ वर्षो असमायिक निधानमा साथ सहयोग र समावेदना प्रकट गर्नुहुने सबै आफन्त जन तथा साथीभाईहरु प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।

मलेशियामा सुनुवारहरुको भेटघाट कार्यक्रम हुने

koitsक्वालामपुर, फेबुअरी १४ । प्रवास मलेशियामा रोजगारीका लागि पुगेका सुनुवारहरुको भेटघाट राखिने भएको छ । आफ्नो संस्कार, संस्कृति र पहिचानका लागि एक जुट भइ मलेशियामा सुनुवारहरुको मातृ संस्था सुनुवार सेवा समाज, मलेशिया शाखा गठन गरिने कुरा कार्यक्रमका संयोजक जोन सुनुवारले बताए । सो कार्यक्रम मलेशियामा रहेका चाइनिज मुलका नयाँ वर्ष विदाको अवसरमा केएलस्थित कताराय नेपाल होटलमा फेबुअरी २० तारिख विहान १० बजे हुने भएको कुरा पनि बताए ।
मलेशियामा गरिने सो भेलाका लागि सुनुवार सेवा समाज कतार र सुनुवार समाज हङकङको पनि सहयोग रहेको बताइएको छ । उक्त भेटघाट कार्यक्रममा मलेशियामा विभिन्न रोजगारमा रहने सुनुवारहरुलाई उपस्थितिका लागि अपिल समेत गरिएको छ ।

लिम्बुवानमा कोइँच अमर्ूत संस्कृति संरक्षण तथा पर््रवर्द्धन अभियान प्रारम्भ

चुप्लु दाम्लोच
२५ माघ, पाँचथर । पहिचानको लागि सूदुर पर्ूव पाँचथरका आदिवासी कोइँचहरु वीच अमर्ूत संस्कृति संरक्षण तथा पर््रवर्द्धन अभियान प्रारम्भ भएको छ । सुनुवार सेवा समाज केन्द्रीय समितिको आयोजना तथा सुनुवार सेवा समाज जिल्ला समिति पाँचथरको संयोजनमा साराङडाँडा थामडाँडा कोइँच गाउँमा शाँदार सिल तथा बाद्यवादन प्रशिक्षणको क्रममा अमर्ूत संस्कृति संरक्ष तथा पर््रवर्द्धन अभियानको शुरुआत गरिएको हो ।
अमर्ूतर् सस्कृति भन्नले कोइँचको पिदार नाम्दार, सागुन, कास, ख्येँगु, गिल, शाँदार पिदारहरु पर्दछन् । साथ साथै कोइँचले मान्दै आएको अन्य संस्कार र उनीहरुको आस्था र विश्वाससमेत अमर्ूत संस्कृति हुन् सुनुवार सेवा समाजका महासचिव समीर मुखिया सुनुवारले बताउनु भयो ।
शाँदार ग्योर संरक्षण तथा विकास समिति पाँचथर इलामको विशेष अग्रसरतामा शुरुआत अमर्ूत संस्कृति संरक्षण तथा पर््रवर्द्धन अभियानले कोइँच पहिचान भनेको के हो – वल्लो किरात कोइँचको लागि किन आवश्यक छ – किन पहिचान सहितको संघीयता आवश्यक छ – संघीयतासहितको संविधान भनेको के हो – लिम्बुवानमा बसेका कोइँचहरुले लिम्बुवानका वारेमा कसरी जनवाकलता गर्ने र लिम्बुवानवासीहरुसँग वल्लो किरातको वारेमा कसरी सहकार्य गर्ने गाउँ गाउँमा घरदैलो कार्यक्रम गर्ने अभियानसमेत शुरुआत गरिने भएको छ ।
अमर्ूत संस्कृति संरक्षण तथा पर््रवर्द्धन अभियान दोलखा जिल्लामा पनि शुरुआत गरिएको जानकारी प्राप्त भएको छ । सुनुवार सेवा समाज दोलखा जिल्ला समितिले यो आभियानलाई अगाडि बढाइरहेको छ ।

आदिवासी ज्ञान र संस्कृतिको पुनःस्थापना गर्न जागरुक कोइँचहरु

-कोइँच बु काःतिच

२० माघ, सिरहा । आदिवासी जनजाति दनुवार र वल्लो किरातको आदिवासी ज्ञान र संस्कृतिको खोजी गर्दै सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. कमलदहमा विश्व सिमसार दिवस मनाइयो । चुरे क्षेत्र जलाधार संरक्षण समितिबाट आयोजित कमलदह सिमसार क्षेत्र संरक्षण सचेतनात्मक अभियानमा विभिन्न व्यापार, सरकारी निकायका प्रमुख लगायत स्थानीय व्यापारी तथा सामुदायिक वनका अध्यक्षले आ-आफ्ना धारणा राखेका थिए । सचेनात्मक अभियानका प्रमुख अतिथि धानोदेवी महराले आफ्नो ठाउँको लागि सदनमा जोडदार कुरा उठाउने बताइन् । सभाध्यक्ष डम्बरबहादुर सुनुवारले कमलदहमा नन्वाबाट देविले सुनचाँदी गहनाहरु राँगाको गाडामा लिएर कमलदहमा लुकाएर राखेको मिथक रहेको हुँदा यो मिथक हिन्दू धर्मको नभई आदिवासी जनजाति दनुवार र वल्लो किरातको किरातीको लोक मिथक भएकोले आदिवासी जनजाति नै सिमसार क्षेत्रका संरक्षक भएको बताउनु भयो । साथै उहाँले कमलदहमा पानी मुला, पानी अमला र अन्य ठाउँमा नपाइने आदिवासी कमलको फुल रहेको दाबी गर्दै जैविक विविधता संरक्षणको लागि आदिवासी जनजाति र स्थानीय जनता लागीपर्नु पर्ने धारणा प्रस्तुत् गर्नु भयो । अहिले कमलदहमा पाँच वर्षो ४० लाखमा माछा पालनको लागि सामुदायिक वनले ठेक्का दिएको छ । तर घर्ुर्मी सामुदायिक वन भने दिनानुदिन विनास भइरहेको छ भने जैविक विविधता संरक्षणको कुनै उपय अबलम्बन गरिएको देखिदैन । न त यहाँका आदिवासी जनजाति दनुवारको आदिवासी ज्ञान र उनीहरुको भूमिको सुरक्षा गरिएको छ । त्यस्तै गरी यहाँका आदिवासी जनजाति दनुवार पनि आफ्नो पुख्र्यौली थलोको लागि सचेत भएको पाइँदैन । आदिवासी जनजाति कोइँच सुनुवार भने २०३९ साल देखि सिरहाली सुनुवार समिति गठन गरी संगठित भए पनि खासै उपलब्धिमूलक काम गर्न सकेको देखिँदैन । बरु मधेसी यादबहरुको हरेक क्षेत्रमा दबदबा प्रष्ट देख्न सकिन्छ ।