All about Sunuwar

बेलायतमा १०५ औ अन्तराष्ट्रिय नारी दिवस सम्पन्न !

naari_diwasनेपाल आदिबासी जनजाति महिला महासङ्घ बेलायतको आयोजनामा १०५ औ अन्तराष्ट्रिय नारी दिवस ८ मार्च (२०१५ )बेलायतकोअल्डरशट स्थित निरमाया रोधीघरमा आठ मार्च आइतबारको दिन अन्तराष्ट्रिय नारा “Make it Happen” र नेपालको लागि “लैगिक मैत्रि सबिधान महिला हिंसाको निदान “भन्ने मूल नाराको साथमा अति भब्यता पुर्बक सु सपन्न भएको छ ! सङ्घकी अध्यक्ष कमला थापाको सभा पतित्वमा आयोजित उक्त कार्यक्रक्रममा ,नेपाल आदिबासी जनजाति महासङ्घका अध्यक्ष सिरी प्रसाद लिम्बुको प्रमूख आतिथ्य र ,२०१४ को मदन पुरस्कार बिजेता साहित्यकार ,समाजसेवी तथा नर्स राधा पौडेलको बिशेष अतिथि रहेको थियो ! सभापति ,प्रमुख अतिथि र बिशेष अतिथिबाट पानसमा दिप प्रज्वालित गरिनुको साथै नेपालको राष्ट्रिय गीत र आदिबासी गीत गाएर कार्यक्रमको समुद्घाटन गरिएको थियो ! कोषाध्यक्ष बशुन्धारा राइले स्वास्थ्य र सुरक्षाको बारेमा जानकारी गराएकी थिइन् ! उपाध्क्ष बिमला कुमारी राइले अतिथि तथा सहभागीहरुलाइ स्वागत मन्तब्य दिनुको साथै अन्तराष्ट्रिय नारी दिवसको बारेमा प्रकाश पारेकी थिइन् ! बेलायतमा नेपाली नारीहरुको प्रबेस इतिहास देखि बर्तमान अबस्था सम्ममा उनीहरुको प्रगति ,चुनौती ,समस्या र अन्य बिभिद पक्षहरु समेटिएको एक अत्यन्त खोजमुलक कार्यपत्र प्रस्तुत गरेका थिए साहित्यकार बिश्वास दिप तिगेलाले !बेलायतामा नेपाली नारीहरु नर्सिङ्ग पेशामा सबै भन्दा माथि , बौदिक र निर्णायक भूमिकामा ,संचार क्षेत्रमा ,ब्यापार ब्यबसाय ,समाज सेवा र अन्यमा बिस्तारै उपस्थिति बढ्दै गएको र मजदुर बर्गमा काम गर्ने धेरै नेपाली नारीहरुले अंग्रेजी भाषा ज्ञानको कमीले शोषण खेप्नु परेको कुरा तिगेलाले बतायका थिए भने ,साहित्य कला क्षेत्रमा पनि नारीहरुको झुकाव बढ्दै गएको बताए ! यसै गरि बेलायतको पुलिस फोर्समा एक जना पुष्पा सुनुवार मात्र कन्स्टेबल रहेको बताए ! उनको सोहि कार्यपत्र प्रति शशि सुब्बा थापा ,धर्म तामाङ्ग ,राधा पौडेल ,लारा र कुल आचार्यले टिप्पणी समेत गरेका थिए ! यसै गरि कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष ,घरेलु हिँसाका प्रकारहरु र समाधानको बिषयमा चेतना मुलक कार्यपत्रको प्रस्तुति रहेको थियो साहित्यकार तथा समाजसेवी लाराबात ! बेलायतमा पनि नारी माथि घरेलु हिँसा हुने गरेको र यस्तो प्रकारको हिँसाबात युरोप ,एसिया र अन्य सबै ठाउका महिलाहरुले धेर थोर शिकार हुने गरेको तथ्यलाई उजागर गर्ने क्रममा ,श्रीलंकाका महिलाहरु जो बेलायत बासि छन् उनीहरु सबै भन्दा बढी घरेलु हिंसाको सिकार हुने गरेको लाराले बताइन ! नारी दिवसको अवसर पारेर साहित्यकार लीला सेलिंग माबोलाइ कविताकृति “लाहुरेनी पीडा ” र गीतकार सुमाया राइलाई गीति अल्बम “तातो हावा ” को निम्ति प्रमूख अतिथि ,बिशेष अतिथि र सङ्घकी अध्यक्षबाट फूल ,खादा र मायाको चिनोले श्रष्टा सम्मान गरिएको थियो ! यसै बिचमा मगर सङ्घ बेलायतका अध्यक्ष दुत पुन मगरले नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतको निम्ति,नारी दिवसको उपहार स्वरुप अध्यक्ष कमला थापालाई मायाको चिनो मगर सङ्घ बेलायतको तर्फबाट प्रदान गरेका थिए ! भारतमा बेचिएका बालीकाहरुको सहयोगार्थ लन्डन म्याराथन दौडन गइ रहेकी १९ बर्षीय किसोरी कल्पना तिगेलालाई पनि उनको कदर र सम्मान गर्दै महिला महासंघको तर्फबाट फूल ,खादा ,प्रसंसा पत्र सहित पचास पाउण्डको थैलीले सम्मान गरिएको थियो !सम्मानकै क्रममा बेलायतबाट विद्धा बारिधी गर्ने नेपाली नारीहरुलाई ,प्रमुख अतिथि ,बिषेस अतिथि र अध्यक्षबाट्, सम्मान पत्र ,फूल र खादाले सम्मान गरिएको थियो ! आठ मार्च नारी दिवस र नेपाली नारीहरुको शैक्षिक ,सामाजिक ,आर्थिक ,सांस्कृतिक ,राजनीतिक आदि बिषयमा बर्तमान अबस्था ,राज्यको नारी प्रतिको दायित्व, नारीहरुको कर्तब्य र भूमिका उपर विभिन्न आमन्त्रित अतिथिहरुले आ आफ्नो मन्तब्य व्यक्त गरेका थिए ! यसै गरि सहभागीहरुबाट नारी जागरण कविता,मुक्तक आदि बाचन गरिएको थियो ! छबी माया पुन र अन्य नारी कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ! सन् २०१२ स्थापनाकाल देखि प्रतेक बर्ष अन्तराष्ट्रिय नारी दिवसलाई भव्यता पुर्बक निरन्तरता दिदै आइ रहेको नेआजमम बेलायतको कार्यक्रमा अन्य थुप्रै आमन्त्रित अतिथिहरुको बाक्लो उपस्थिति रहेको थियो ! नेपाल मगर सङ्घ बेलायतका अध्यक्ष ,समाजसेवी तथा साहित्यकार दुत पुन मगर (चिमखुले काइला )बेलायत छन्त्याल सङ्घका अध्यक्ष तुल छन्त्याल ,किरात राइ यायोख्खा केन्द्रीय समितिका अध्यक्ष पदम राइ ,तमुधी युकेका अध्यक्ष राम चन्द्र (सुर्जे )गुरुङ ,दुरा समाज बेलायतका अध्यक्ष भक्त दूरा .नेपाल शेर्पा सङ्घका अध्यक्ष ,नेपाल नर्सिङ्ग एसोसियसनकि अध्यक्ष सुशिला कार्की ,आदिबासी जनजाति पत्रकार महासङ्घ बेलायतका अध्यक्ष किरण लिम्बू , नेपाली संघिय समाजबादी युकेका अध्यक्ष धर्म तामाङ्ग ,हिमालायन अर्गनाइजेसनका अध्यक्ष ,किरात धर्म तथा साहित्य उत्थानका समिति बेलायतका अध्यक्ष राम कुमार थेबे ,सेवारो कलाकार सङ्घ बेलायतका अध्यक्ष दुर्गा पांग्मा,याक्थुम माङ्गेना चुम्लुङ्गकी अध्यक्ष कमला लिम्बु ,दुरा सेवा समाज महिला समितिकी अध्यक्ष गंगा माया दुरा ,किरात सुनुवार महिला समाज (किसूम) प्रतिनिधि सावित्री सुनुवार ,नेपाल महिला सङ्घ बेलायत प्रतिनिधि ,मगर महिला संघकी अध्यक्ष हिमाली राना ,अन्तराष्ट्रिय नेपाली साहित्य समाज युकेकी महासचीब लक्ष्मी राइ ,एन आर एन महिला बिभाग प्रमुख बबिता लामा ,नेपलीज वुंमन एसोसियसन युके सचीब शसी सुब्बा थापा ,तमुधि आमा समूह अध्यक्ष पबित्र गुरुङ ,किरात राइ यायोख्खा ग्रेटर समोर महिला समिति अध्यक्ष सावित्री राइ ,एन आर एन युके भूपू अध्यक्ष कुल आचार्य ,विश्व नेपाली साहित्य महासंघका अध्यक्ष बिश्वास दिप तिगेला ,एन आर एन युके सल्लाहकार जंग सुनुवार ,किरात सुनुवार सेवा साज बेलायत सल्लाहकार होम सुनुवार ,किरात याक्थुङ्ग चुम्लुङ्ग केन्द्रिय समिति बेलायत कोषाध्यक्ष ,दिल थेबे ,बेलायत छन्त्याल संघका महासचीब मुकें छन्त्याल ,फोटो पत्रकार छन्त्याल कान्छा ,शेर्पा संघ युरोप बिभाग महासचीब कर्म शेर्पा ,सससलिराप प्रबास कार्य समिति महिला बिभाग प्रमुख युमा लिम्बु ,रेडियो बि जी डब्लु एस प्रतिनिधिहरु प्रमिला लाबुंग राई र पुष्पा गुरुङ ,राज्यसत्ता पत्रिका प्रतिनिधि ,बाताबरणविद तथा साहित्यकार बिजय हितांन मगर , फोटो पत्रकार इलन तमु ,नया संदेश पत्रिका प्रतिनिधि जानुका राइ ,एभरेष्ट टाइम्स पत्रिका,गोर्खा च्यानल , ,समाजसेवी रन्जिता मल्ल , समाजसेवी प्रतिमा गुरुङ ,नेपाल आदिबासी जनजाति महिला महासंघ सल्लाहकार नन्दा चेम्जोङ्ग गङ्गा राइ लगायत अन्य सहभागी महानुभावहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ! बिशेष अतिथि र प्रमुख अतिथिबात नारीहरुको निम्ति प्रेरणादायक र सार्बगार्भित मन्तब्य पछि अध्यक्ष कमला थापाले धन्यबाद ज्ञापन सहित सभा बिसर्जन गरेकी थिइन् ! अन्तमा सबै सहभागीहरु समूह नृत्यमा रमाएका थिए ! बिहान ११.३० देखि सुरु भएको कार्यक्रम महासचीब बिमला सेनेले संचालन गरेकी थिइन् भने अनिता रानाले सांस्कृतिक कार्यक्रम संचालन गरेकी थिइन् ! -भावना परिष्कृत सुनुवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *