All about Sunuwar

Archives

now browsing by author

 

किराँत सामुदायको महान चाड उभौली

[singlepic id=458 w=300 h=220 float=left]२७ मे २०१०, ललितपुर, नेपाल; किराँत सामुदायको महान चाड उभौली ष्याँदर, साकेला, चासोक ताङनाम चोसोवा यहाँ स्थित हातिवन मन्दिरमा उल्लासमय ढङ्गले मनाइयो । विभिन्न किराँत पुजारी ( नाँसो, नाक्सो आदि ) हरुले आफ्नो इष्ट देवी देवताहरुको पुजा-आजा गरि सम्पुर्ण मानव जातिको सुख र सम्वृद्दिको लागि वरदान मागे । विहान सबेरै देखि आफ्ना देवी देवताको दर्शन गर्न किराँत समुदायका भक्तजनहरुको घुइँचो लागेको थियो । किराँतहरु प्रकृति पुजक हुन, उभौलि पर्वको दिन बर्षा भएमा त्यो सालभरिको लागी शुभ साइत हो भन्ने जनविश्वास किराँतहरु माझ अझै छ । Click here for more photos

२०६७ सालको षाँदर, साकेला, चासोक ताङनाम चोसोवा भब्यरुपमा मनाइदै …..

[singlepic id=406 w=300 h=220 float=left]२०६७ सालको षाँदर, साकेला, चासोक ताङनाम चोसोवा,सम्पूर्ण किरात दाजुभाइ तथा दिदिबहिनी ले सारा विश्व भरि उल्लास पुर्वक मनाइ रहेका छन् । यसै पावन अवसर मा काठमान्डु उपत्यका मा बसोवास गर्ने सम्पुर्ण किरांत समुदायले ललितपूर स्थित हातिबन को षाँदर, साकेला, चासोक ताङनाम चोसोवा मन्दिर मा उपस्थित भै शुभकामना आदान-प्रदान गर्नका साथै आफ्ना इष्ट देवी देवता को पुजा गरि ष्यादर, साकेला, चासोक ताङनाम सिली गारिरहेका छन । कोइंच किरांत को ष्यांदर सिली तस्विर हरु यहां हेर्न सक्नु हुन्छ : Click here for more photos

बुल्फे थुल्तेक कार्यक्रमको चलदृश्य (भिडियो)

[flv image=”http://www.sunuwar.org/video/doc/bulfe.jpg”]http://www.sunuwar.org/video/doc/bulfe.flv[/flv]

कोइन्चहरुको माहान चाड ष्याँदर पर्वको पुर्वसन्ध्यामा मनाइने बुल्फे थुल्तेक कार्यक्रमको चलदृश्य (भिडियो)

सु.से.स., जि.स, ललितपुरको पहिलो प्रयास “बुल्फे थुल्तेक” कार्यक्रम

[singlepic id=404 w=320 h=240 float=left]ताल्चिखेल, ललितपुर्; सुनुवार सेवा समाज, ललितपुर ले यही २०६७ साल को ष्यांदर सिलि पर्व मनाउने कार्यक्रम् अन्तर्गत “बुल्फे थुल्तेक्” कार्यक्रम् को आयोजना गर्‍यो । कार्यक्रम् साँझ को समय भएतापनि उपत्यकाका कोइंचहरुको को बाक्लो उपस्थिति थियो। गाउँ घर मा “बुल्फे थुल्तेक्” अनिवार्य भएतापनि उपत्यकामा यो नै पहिलो पटक भएको खुलासा आयोजक समिति, ललितपुर ले गर्‍यो । २०६७ सालको कोइंच ष्यांदर पर्व यहि जेष्ठ १३ गतेका दिन भब्य रूपमा मनाइदैछ ।Click here for more photos

* निमन्त्रणा *

२०६७ सालको षाँदर, साकेला, चासोक ताङनाम चोसोवाको उपलक्ष्‍यमा सम्पूर्ण किरात दाजुभाइलाइ सबैलाइ शुभकामना सहित

* निमन्त्रणा *

यहि २०६७ साल जेठ १३ गते हामी कोइँच जातिहरुको महान पर्व ” षाँदर पिदार” पर्ने भएको हुँदा यस दिन “षाँदर पिदार सिल” हात्तिवनमा विहानको कार्यक्र्म पश्चात मध्यान्तरमा ललितपुर नखिपोट क्लबमा उपसि्थत भई भव्यताका साथ मनोरञ्जन गरी गराउनका साथै यहि जेठ १२ गते साँझ ६:३० बजेदेखि बेलुका ८ बजेसम्मा “बुल्फे” कार्यक्रममा पनि उपस्थित भइ दिन हार्दिक अनुरोध गर्दछौ।

ए आँ दायु होपो (Sunuwar Music Video)

[flv image=”http://www.sunuwar.org/video/song/dau.jpg”]http://www.sunuwar.org/video/song/dau.flv[/flv]

“ए आँ दायु होपो” Sunuwar Music Video

Documentary of Shyadar (षाँदर पिदार )

[flv image=”http://www.sunuwar.org/video/doc/shyadar.jpg”]http://www.sunuwar.org/video/doc/shyadar.flv[/flv]

Video documentary of shyadar (षाँदर पिदार)