All about Sunuwar

Archives

now browsing by author

 

कोइँच संस्कृतिमा खुकुरी

अतीत मुखिया कोटेश्वर

कोइँच (सुनुवार) भाषामा खुकुरीलाई चुःब भनिन्छ । चु को अर्थ काँढा र ब को अर्थ भएको भन्ने हुन्छ । चुःब शव्द चलनचल्तिको भाषा हो । मुग्दुमि भाषामा चुःबलाई दाबे वा खारे भनिएको पाइन्छ । दाबे भन्नाले फलाम बाहेकका कुनैपनि धातुहरुबाट निर्मित कर्दभन्दा केही ठूलो खुकुरी हुन्छ भने खारे भन्नाले फलामबाट निर्मित खुकुरी जस्लाई चलनचल्तिको भाषामा चुःब भनिन्छ । कोइँच मुग्दुममा हसिया र खुकुरी बिषेशत सुन, चाँदी, तामा, पित्तल र काँसबाट बनाइने कुराको उजागर गरिएको पाइन्छ । ससि मुग्दुममा उल्लेख भएका सलाकमा इँगि खुर्मि र दुमा खुर्मि को उल्लेख पाइन्छ । इँगि खुर्मि भन्नाले सर्वव्यापी परमात्मा इँगिले चलाउने हसिया हो जो सुन र चाँदिको हुन्छ । सुनको हसियालाई सुनाखुर्मि र चाँदि तथा पितलको हसियालाई रुपाखुर्मि, ह्रोँपाखुर्मि भनिएको पाइन्छ । दुमा खुर्मि भन्नाले पुर्खाहरुले चलाउने हसिया जो तामा, पितल, फलाम जस्ता धातुहरुबाट बनेका हुन्छन जस्लाई आमखुर्मि, वामखुर्मि आदि नामका हुन्छन् । यसरीनै खुकुरीको उल्लेख पनि मुग्दुममा भएको पाइन्छ । मेग्यो मुग्दुमको खलो र मुइलि मुग्दुमको पिदारहरुमा उल्लेख भएअनुसार तोष्यखारे, मामाखारे, दामाखारे, फुल्पिङखारे, दावेखारे , सुनाखारे, रुपाखार,े ह्रोँपाखारे भनेर बिभिन्न प्रकारका खुकुरीहरुको उल्लेख गरिएको पाइन्छ । कोइँच मुग्दुमि ब्यक्तिहरुले आजसम्मै पनि मुग्दुमि कार्यगर्दा पितल र तामाका हसिया एवं कर्दहरु खेलाउने गरेको पाइन्छ । यसरी खेलाइने कर्द कोइँच मुग्दुम अनुसार कुनैपनि नाअ्सो (मुग्दुम जान्ने मुग्दुमि व्यक्ति)को मृत्यु भएमा मृत नाअ्सोले खेलाउने खारे (स्यानो खुकुरी वा कर्द) नयाँ बन्ने उत्तराधिकारी नाअ्सोलाई विधिपूर्वक नबुझाएसम्म मृतकको लास सतगतका लागि उठाउन मिल्दैन । यो परम्परा आदिमकाल देखिकै प्रथाकारुपमा कोइँच समुदायमा चलिआएको पाइन्छ । Read More

निर्देशन तथा छायङक्न प्रशिक्षणको समापन कार्यक्रम गरियो

प्रमाणपत्र बितरण गरिदै

५ असार, काठमाडौं । सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज केन्द्रीय समिति, काठमाडौले आज चलचित्र निरर्माणको लागि सशत्तिकरण  कार्यक्रम  अन्तरगत १ हप्ते निर्देशन तथा छायङक्न प्रशिक्षणको समापन कार्यक्रमको साथै परीक्षार्थीहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो।

आदिवासी जनजाति सभासदको अवधारणा

आदिवासी जनजाति सभासदको अवधारणा

समाचारदाता

ललितपुर, ४ असार । आदिवासी जनजाति सभासदहरुको संस्था (ककस) ले संविधान सभामा आदिवासीको विषयमा विषयगत समितिले प्रस्तुत् गरेको अवधारण पत्र माथि के कति कुराहरु पुगेको छैनन भन्ने सन्दर्भमा दुईदिने कार्यशाला गोष्ठी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा  सुसम्पन्न भयो । शंकर लिम्बु, डा। ओम गुरुङ, डा। चैतन्य सुब्बाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यशालाको सभाध्यक्ष सभासद पृथ्वीसुब्बा गुरुं र सभासद सुरेश आले मगरले गर्नु भएको थियो ।

द्येदेङलेच्चा ( sunuwar poem with nepali subtitle)

[flv image=”http://www.sunuwar.org/video/kabita/gedhenlechcha.jpg”]http://www.sunuwar.org/video/kabita/gedhenlechcha.flv[/flv]

Atit Mukhiya


नयाँ प्रस्तावित वल्लो किरातको नक्शा

wallokirat map

नयाँ प्रस्तावित वल्लो किरातको नक्शा हेर्नुहोस् यदी ईमेज सानु लगेमा ईमेजमा नै क्लिक गर्नुहोस् ठुलो हुनेछ  र comment गर्नुहोस्

कोइँच साहित्य सिर्जनाहरु

Coming soon !!
चुप्लु प्रोडक्सनले हालसालै निकालन लागेका क्रीतिहरु पढ्न नभुल्नुहोला

चाइँदा : कबिता

गो का: आँ गिचचा : गजल

खोमिग्युरग्युर :कबिता

कक्षा ४: किताब

निर्देशन तथा छयाङकान तालिम लिदै

तालिम लिदै

३० जेठ, काठमाडौं । सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज केन्द्रीय समिति, काठमाडौले आज देखि तिन दिने चलचित्र निर्देशन तथा छयाङकान तालिम संचालन शुरु गर्‍यो ।