All about Sunuwar

आदिबासी जनजाति महासंघको बन्दले देशभर प्रभावित

श्रावण ३०, २०६७, काठमान्डौं; समाचारदाताहरु;
चन्द्र प्रकाश, जावलाखेल;
रणवीर सुनुवार, भक्तपुर;
सु से स अधक्ष्य, कोटेश्वर;
उकुसु का:तिच्, चाबहिल;
प्रेम सुनुवार, सामाखुशि;
आदिवासि जनजाति महासंघद्वारा आह्वान गरिएको नेपाल बन्द ले उपत्यका भरिको जनजीवन सामान्य । सु से स अधक्ष्यका अनुसार कोटेश्वर बाट प्रवीन सुनुवार, मुकुन्द सुनुवार लगायत ६ जना लाइ प्रहरि द्वारा पक्राउ गरिएको छ । उकुसु का:तिच् का अनुसार चाबहिलमा व्यापक रुपमा सुरक्षा वल परिचालन गरिएको छ र धमाधम प्रदर्शनकारिहरुलाइ पक्राउ गरिंदै छ । अपरान्ह १ बजे देखि जनजीवन सामान्य रहेको छ । प्रदर्शनकारीले एम्बुलेन्स, अधिकारकर्मिका गाडि, पत्रकार तथा अत्यावश्यक कारणले चलाइएका सवारि साधनहरु वेरोकतोक चल्न दिएका छन ।

संखुवासभा, खाँदबारि सम्बाददाता इन्द्र हाँग किराँत का अनुसार सदरमुकाम खाँदबारिमा सम्पुर्ण यातायात तथा पसल कवल हरु ठप्प भएको समाचार प्राप्त भएको छ । सुनसरी, धरानका कुमार सुनुवारका अनुसार सम्पुर्ण ठुला सवारि ठप्प भएतापनि साना र अत्यावस्यक सवारिहरु सुचारु भएको व्यहोरा प्राप्त भयेको छ । नुवाकोट वाट मुना थापा मगरले पठाएको रिपोर्ट अनुसार जिल्लाका सम्पुर्ण यातायात दिन्भरि बन्द भएको छ । आदिवासी जनजाति महासंघका अनुसार देशभर आन्दोलन शान्तिपुर्ण रुपमा सफल रहेको निष्कर्श निकालेको छ । यसैविच महासंघले अबको आन्दोलनलाइ कसरि अगाडि बढाउने भनेर वैठक बसिरहेको छ । देशव्यापी बन्द साँझ ५:०० वाट खुलेको छ । प्राप्त जानकारि अनुसार आदिवासी जनजाति महासँघले भदौ १ गते समिक्षा बैठक बस्ने जनाएको छ भने भदौको दोस्रो हप्ता देखि दोस्रो चरणको आन्दोलन को कार्यतालिका सार्वजानिक गर्ने बताए । सम्वाददाताका अनुसार सभासद गोविन्द चेपाङ्ग र आदिवासी जनजाति राष्टृय उत्थान प्रतिष्ठानका दिवस राइलाइ समेत सुरक्षाकर्मिले गिरफ्तार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *