Archives
now browsing by author
वनभोज कार्यक्रम आज भब्यताका साथ सम्पन भयो
२५ मंसिर, २०६७ काठमाडौं ।
ने.लो.कि.सु.सं. केन्द्रिय कमिटीले किराँत सुनुवारहरुको पर्व उधौलीको उपलक्ष्यमा आयोजित वनभोज कार्यक्रम आज भब्यताका साथ सम्पन भयो। कर्यक्रममा शुभकामना आदन प्रदानको क्रममा सभासद श्रीमती दाल कुमारी सुनुवार र वल्लो किराँत परिषदका अध्यक्ष श्री मन प्रशाद सुनुवार ज्यूले शुभकामनाका साथ साथै वोल्लो किरातलाई पनि सहयोग गर्नुहोस् भन्नु भयो। त्यसै गरि केन्द्रिय सुनुवार सेवा समाजका अध्यक्ष श्री टंकराम सुनुवार ज्यूले पनि शुभाकामना दिने क्रममा यो वनभोजले सुनुवारहरुलाई एकजुटमा ल्याउन सफल भएको जनकारी दिनुका साथै ८औ सम्मेलनलाई पनि भब्यताका साथ सफल बनाउन आग्रह गर्नु भएको जानकारी हाम्रा sunuwar.org का प्रतिनिधीले बताउनु भयो।
दोरलिङला लेङङानु
मुगलानला लेशशो नाङ गो दा लाँमि
मुर काःमि सेतताइः आँकालि
लामजि ’जाइने कोँ शाँबु तुअ्ने देँत आँ:मि
आँ तामिमिका ब्लेतताइ आँकालि ।
शोलुमि दा किः पेचा लाशो नामनाति आँ:के
मिशमुरुमि ब्लेशशोनु आँ शोलु ते लामेलामे
आँ गिचचा बेअ्चा ङा ब्लोइँचा दुमशो नाङ मिमशा लाँ:के
आः आपफोमि हिललेति आँकालि गे तेः जामे ? Read More
अवैधानिकले अवैधानिकताको काम गरेपछि
खडोस सुनुवार
पूर्व सचिव, सुनुवार सेवा समाज, केन्द्रीय समिति
यही २०६७।०८।१८ गते सुनुवार सेवा समाज काठमाडौं उपत्यका क्षेत्रीय समितिको सम्मेलन सम्पन्न भयो भन्ने खबर www.sunuwar.org को समाचारदाताले फोन गरेर मलाई पनि उक्त सम्मेलनको वारेमा सोधे पछि थाहा पाएँ । यस्तो खबर पाएपछि समाजको विकास र उन्नति हुनु राम्रो हो भन्ने लाग्यो । तर भोलिपल्ट वेभसाईट खोलेर हेरेपछि जिल्ला समितिहरुको अनुपस्थिति रहेको पाएँ । अनि यस समितिको विगततिर पनि फर्किएर हेरेँ । यो समितिको अघिल्लो सम्मेलन २०६३ सालमा भृकुटी मण्डपस्थित नेपाल ल क्याम्पसको हलमा सम्पन्न भएको हो । सालको हिसाब गर्दा अहिले पाँच वर्ष भइसकेको रहेछ । त्यसपछि सुनुवार सेवा समाजको विधानतिर पनि सम्झिन मन लाग्यो ।
संशोधित विधान (२०६४) हेर्दा केन्द्रीय समितिको हकमा परिच्छेद– ४ को दफा ११ को साधारण सभा÷सम्मेलन शिर्षकको (क) मा “प्रत्येक १/१ वर्षमा वार्षिक साधारण सभा र प्रत्येक ३/३ वर्षमा राष्ट्रिय सम्मेलन बोलाइने छ । तर आवश्यक परेमा अगावै पनि बोलाउन सकिने छ । यस सभा÷सम्मेलनमा देहाय बमोजिम तोकिएका सदस्य वा प्रतिनिधिहरूले मात्र भाग लिन र मताधिकार रहनेछ । अन्य सदस्यहरूको हकमा केन्द्रीय समितिको निर्णयले तोके अनुसार पर्यवेक्षकको रुपमा रहन सक्ने छन् ।” भनिएको छ । Read More
असहमतिको बाबजुद क्षेत्रीय सम्मेलन सम्पन्न
१८ मंसिर, २०६७ काठमाडौं ।
सुनुवार सेवा समाज काठमाडौं उपत्यका क्षेत्रीय समितिको सम्मेलन सम्पन्न भएको समाचार नवनिर्वाचित सहसचिव प्रेम सुनुवारले सुनुवार डट ओआरजीलाई बताएका छन् ।
उहाँले निर्वतमान अध्यक्ष उदयबहादुर सुनुवारलाई पुनः अध्यक्ष, उपाध्यक्षमा नारायण सुनुवार, सचिव सोमबहादुर सुनुवार, सहसचिव प्रेमकुमार सुनुवार, कोषाध्यक्ष हीरामाया सुनुवार तथा सदस्यहरूमा नैनबहादुर सुनुवार, मनोजकुमार सुनुवार, मीनबहादुर सुनुवार, इन्दिरा शिकारी सुनुवार, लक्ष्मी सुनुवार र रमिला सुनुवार निर्वाचित भएको पुष्टि गरेका छन् ।
यो समिति काठमाडौं जिल्ला समिति, ललितपुर जिल्ला र भक्तपुर जिल्ला समितिभन्दा माथिल्लो तहको समिति हो । जिल्ला समितिको शिर्ष निकाय भए तापनि पनि मातहातका जिल्ला समितिहरुको असहमति हुँदाहुँदै पनि एक्लौटी रूपमा सम्मेलन सम्पन्न गरेको समाचार पनि जिल्ला समितिहरुबाट प्राप्त भएको छ । Read More
Sunuwar bhasa Radio 2067-08-15
Click on play icon to play koinch ( sunuwar ) radio
रागि
नेललिकालि रागि गेनुङ दे प्लेपाइतु 
’साइरे बाअ्शो नेललि एबोच माइताच सापपान बेअ्पाइतु
सुइकालि दा सेँपाइतु
एबोच माइताच शुशिकालि काका साइपाइतु
लोः ग्लुइखु पाँला गाइपाइतु
केशो खामेइ यो गामपाइतु
ङा आँ जावा ङा आइँकालि जाचा गेवा
रागि रिमशो सेलनुङ Read More
वनभोज कार्यक्रम
किराँत सुनुवारहरुको पर्व उधौलीको उपलक्ष्यमा आयोजित वनभोज कार्यक्रम २०६७ मा सम्पूर्ण कोइँचहरुलाई सहभागिता हुनको लागि हर्दिक अनुरोध गर्दछ ।
मितिः २०६७ मंसिर २५ गते, शनिबार
स्थानः संखपार्क, काठमाण्डौं
सम्पर्कः ९८५१०६५५६३, ९८४१२८१३०२, ९८४१४१४८६४, ९८४१४२५५१०, ९८४९०८५९८५
आयोजकः
ने.लो.कि.सु.सं. केन्द्रिय कमिटि
नोटः यातायातको ब्यवस्था आफै गर्नुपर्ने छ ।

