All about Sunuwar

Archives

now browsing by author

 

कहाँ चुक्याै‌ हामी ? अंकमा शक्ती हुन्छ ।

-कोइँचबु काःतिच
नेपालीमा “सुनुवार” आफ्नै भाषामा “काेइँच” भनिन्छ भन्नेहरुले खै त सुनुवारकाे पहिचानलाइ १९१० कै मनुवादी मुलुकी एेनसँग दाँजेर पटक पटक दाेहराइरहँदा कुन दुलाेमा लुक्नु हुनेरहेछ । (आफ्नाे असली पहिचान काेइँचलाइ चपरीमुनी गाडेर सरकारी कामकाजी भाषाकै अन्धभक्ता भएर सरकारी कामकाजी भाषामै दिइएकाे “सुनुवार” सरकारी जातीय नामले उपल्लाे दर्जाकाे भनेर जतिसुकै आफुलाइ व्याख्या गरे पनि युट्युवर साेनिका राेकायासम्म आइपुग्दा सुनुवार जातीय नामलाइ अरुले कसरी बुजीरहेका छन् मालुम छ कि छैन महासयहरु !) Read More

कोइँच समाजमा ढोक्ने सेवु फ्लाःचा संस्कृति

-कोइँचबु काःतिच
कोइँचमा आफुभन्दा मान्यजन, ठूलाहरुलाई ढोग्ने चलन छ । त्यसैगरी खाना वा पानी दिँदा वा पाहुनाहरुलाई खाना खुवाउँदा अनिवार्य ढोग्ने गरिन्छ । ढोग्नु कोइँच संस्कृतिमा एउटा ठूलो संस्कार पनि हो । कसैले टिका लगाएर वा शिर उठाएर सम्मान गर्दा पनि ढोगिन्छ । जसले ढोक्यो उसले आफुभन्दा ठुला सबैलाई ढोक्छ । त्यसरी ढोक थाप्नेले पनि फेरि आफुभन्दा ठुलोलाई ढोक्नुपर्दछ । यो ढोक्ने संस्कृतिको आधारमा पनि अवश्य हाम्रा सामाजशास्त्र पढ्ने भाइबहिनीहरुले कोइँचको समाज विकासको गोहो पहिल्याउन सक्नेछन् । हामी सजिलै अनुमान गर्न सक्छौं हाम्रो समाजमा संयुक्त परिवारमा बस्ने प्रचलनबाट भर्खरै मात्र सानो परिवारमा बामे सरेको हो । बिहेवारीमा त सम्धी ढोक अर्थात् कोकोर्मि अनिवार्य हुन्छ नै । यो ढोक जस्तोसुकै विवाह अपनाए पनि अनिवार्य छ । त्यसैगरी सेवुगावु फ्लातेक संस्कार नै छ कोइँचहरुको विवाहमा । बेहुलाले बेहुलीलाई आफ्नो नातागोता चिनाउदै र बेहुलीले बेहुलालाई आफ्नो नातागोता चिनाउँदै ढोग्ने वा आफुभन्दा साइनोले सानोबाट ढोक थाप्ने चलनलाई ढोकभेट फुकाउने सेवु फ्लाःचा चलन हुन्छ । यसरी ढोकभेट गरेपछि अब नातासम्बन्ध बाँधियो वा दाजुभाईहरुले आफ्नै वंशको परिवार एकै चुप्लुको सदस्य मान्ने र माइतीहरुले पनि फलना वंशालाई छोरीचेली दियौं, कसैगरी छोरीचेली अभर प¥यो भने समात्ने आधारको रुपमा गाउँले दाजुभाई साँची बसेर ढोक समेत थापेर ज्वाइँचेला मानेको दसीप्रमाण भएको मानिन्छ । यसरी ढोकभेट गर्दा साइनो अनुसारको करकोसेली, शिर उठाउनी पैसा पनि दिनु पर्ने चलन छ । यसरी ढोकभेट नगर्दा दाजुभाई वा माइतीमा तेरो श्रीमतीलाई आजसम्म चिनेको छैनौं । तेरो लोग्नेलाई आजसम्म चिनेकै छैनौं । खोइ कहिले चाहिँ ढोकभेट गरेर चिनाइस् भनेर निहु खोज्ने चलन समेत छ।
तर मरोपरोमा भने शोकाकुलको बेला ढोग्नु हुँदैन भन्ने मान्यता छ । शुद्धाइको दिनमा फेरि अरुबेला जस्तै मेलै ढोकाभेट गर्ने चलन छ ।
ढोगका प्रकार : Read More

हार्दिक बधाई !!!

नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतको हालै सम्पन्न तेस्रो महाधिबेशनबाट महासचिब जस्तो गरिमामय पदमा हाम्रो कोइंच समी सुमिरा सुनुवार निर्बाचित हुनुभएको छ।उहा किरात सुनुवार महिला समाज बेलायत (किसुमस) को सह सचिव हुनुहुन्छ र महिला महासंघमा सचिब हुनुहुन्थ्यो ।उहालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!!

राजदुताबासमा २५ औ बिश्व आदिबासी दिवस सम्पन्न

– भावना परिष्कृत सुनुवार
२७ जुलाई सन् २०१९ शनिबार लन्डन स्थित नेपाली राजदुताबासमा २५ औ बिश्व आदिबासी जनजाति दिवसको अवसरमा राजदुताबासको आयोजना तथा नेपाल आदिबासी जनजाति महासंघ बेलायतको सहकार्यमा प्रथम पटक नेपाली आदिबासी जनजातिहरुको संगीत , खाना परिकार र मौलिक भेषभुषा Nepali Music and Food festival महोत्सव भव्यता पुर्वक सम्पन्न भएको थियो। उक्त कार्यक्रममा महामहिम राजदुत डा दुर्गा बहादुर सुबेदी , फिलिपिन्सका राजदुत आण्टोनियो लागदमियो र नेपालका प्रख्यात गायक दीप श्रेष्ठ दुवारा दीप प्रज्वलन गरि कार्यक्रमको समुदघाटन गरिएको थियो।आयोजकका तर्फबाट महामहिम डा दुर्गा बहादुर सुबेदी ज्युले कार्यक्रममलाइ स्वागत तथा शुभकामना व्यक्त गर्ने क्रममा भन्नु भयो । ” नेपाल प्रकृति र संस्कृतिको अत्यन्त सुन्दर देश हो । नेपाली आदिबासी जनजातिहरुको कला संस्कृति नेपालको संस्कृति हो ।आदिबासी जनजातिहरुको मौलिक भेषभुषा ,खाना परिकार नेपालको पहिचान हो र आदिबासीहरुको भाषा नेपालको राष्ट्रिय भाषा हो. । Read More

सुनुवार सेवा समाजको ३१ औ बार्षिकोत्सब समारोह ।

सुनुवार सेवा समाजको ३१ औ बार्षिकोत्सब समारोह ।

प्रेम हाँवलि र डिल्ली सुनुवार अनि सुसेस सङ्घिय अध्यक्ष वीच हस्ताक्षरित कोष सञ्चालन ।

सुनुवार सेवा समाज, काठमाण्डौं ।
खुश-लक्ष्मी सुनुवार स्मृति कोष स्थापनाक्रममा संस्थापक प्रेम हाँवलि र डिल्ली सुनुवार अनि सुसेस सङ्घिय अध्यक्ष वीच हस्ताक्षरित कोष सञ्चालन कार्यविधि अादनप्रदान गरेकाछन् । २ लाख ९० हजारको कोष सुनुवार समाज सहकारिमा कोषको रकम जम्मा गरिएको छ । यश कोषबाट प्रत्येक वर्ष कोइँचहरुको पहिचान सम्बन्धि काम गर्ने अनुसन्धाता तथा समाजसेवीलाई लगभग ५० हजारको पुरस्कार प्रदान गरिने छ । खुस-लक्ष्मि अक्षयकोष लगयत सुनुवार सेवा समाजमा तीनवटा कोष स्थापित भएको छ । कञ्चना सुनुवार स्मृतिकोषले प्रत्येक वर्ष अापतविपत परेको १ जना सुनुवारलाई रु २० हजार सहयोग गरिँदै आइएको छ । मानबहादुर-विष्नुमाया सुनुवार स्मृति शैक्षिक कोषले प्रत्येक वर्ष कोइँच सम्बन्धि स्नातकोत्तर शोधकर्ता विद्यार्थीलाई रु १६ हजार विद्वात्तवृत्ति, तीन जना स्नातक अध्ययनरत विद्यार्थीहरुलाई जनाहि रु १५०००को छात्रवृत्ति र कोइँच गाउँको १ स्कुललाई रु १० हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिँदै अाइएको छ ।
अन्य कोइँचबन्धुहरूलाई पनि स्मृति कोष स्थापना गर्न हामी विनम्र अनुरोध गर्दछौं ।

तेस्रो आदिबासी जनजाती कप फुटबल प्रतियोगिता-२०७५ को फाइनल खेल प्रत्यक्ष प्रसारण ।