Archives
now browsing by author
नेपाल आदिवासी जनजाति महासंघ कतारले २७ औं विश्व आदिवासी दिवस मनाए ।

गत १३ अगस्ट २०२१ शुक्रबारको दिन नेपाल आदिवासी जनजाति महासंघ कतारले २७ औं विश्व आदिवासी दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम २०२१ संस्थाका कार्यवाहक अध्यक्ष भाईकाजी गुरुङको सभातित्वमा, नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय अध्यक्ष जगत बहादुर बराम ज्यूको प्रमुख आतिथ्यमा जूम भर्चुअलको माध्यमबाट भब्य रुपमा मनाए ।
केन्द्रीय उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख गोबिन्द छन्त्याल र नेफिन कतारका संस्थापक अध्यक्ष अमृत गुरुङ ज्यूको विशिष्ठ आतिथ्यमा, त्यसैगरि विशेष अतिथिको रुपमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको प्रथम उपाध्यक्ष जैबी राई ज्यू, नेफिन द कोरियाका अध्यक्ष युगेन तेडुप शेर्पा ज्यू, नेफिन इजरायलका बरिस्ठ उपाध्यक्ष नानिमाया योन्जन तामाङ ज्यू, नेफिन मलेसियाका अध्यक्ष बिपिन राई ज्यू लगायत नेफिन प्रवास संबन्धन संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरु, त्यसैगरी नेफिन कतारका प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष शिव कुमार भुजेल ज्यू, विशेष सल्लाहकार तथा पुर्ब अध्यक्ष देबराज राई ज्यू, सल्लाहकार तथा पुर्ब अध्यक्ष सियाराम चौधरी ज्यू, संस्थापक सदस्य तथा सल्लाहकारहरु बिल बहादुर गुरुङ, सुक बहादुर तमाङ, सल्लाहकार तथा पुर्ब उपमहासचिव धिरज चाम्लिङ ज्यू, सल्लाहकारहरुमा शंखलाल तामाङ ज्यू, रस गुरुङ ज्यू, नियम भुजेल ज्यू र सामुयल सुनुवार ज्यू, त्यसैगरी अतिथिहरुमा प्रवासी नेपाली मंचका महासचिव प्रभात त्रीपाठीज्यू, प्रवासी नेपाली मंच कतारका अध्यक्ष रामहरि गैरे ज्यू, नेपाली जनसम्पर्क समितिका कावा सभापति ठाकुर परियार ज्यू, नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष रकमध्वोज राई ज्यू, नेपाली समाज कतारका कावा अध्यक्ष तेज मुक्तान ज्यू, संघीय लिम्बुवान सामाजिक मञ्चका अध्यक्ष रेखा राई ज्यू, नेपाल पत्रकार महासंघ कतारका सचिब अर्जुन पौडेल ज्यू, मिडिया पाट्नरहरु दिप संचार मिडिया, मुग्लानी खबर त्यसैगरी नेफिन कतारमा आवद्ध जातिय (मातृ) संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरु लगायत महासंघमा आवद्ध १४ वटै मातृ संस्थाहरुवाट सकृय सदस्यहरु साथै देश तथा विदेशवाट जोडिनु भएका आदिवासी जनजातिहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। Read More
विश्व आदिवासी दिवसमा हाम्रो अजेन्डा ।

देव कुमार सुनुवार
अगष्ट ९, अर्थात विश्व आदिवासी दिवस !
यो वर्षको (सन २०२१) विश्व आदिवासी दिवस २७ औं दिवस हो । यो दिवस विश्वका ९० देशमा बसोबास गर्ने करिव ५० करोड आदिवासीहरुले साझा पर्वको रुपमा मनाउने गर्दछन् । यस पर्वले विश्वका आदिवासी जनजातिहरुको भावनात्मक तथा कार्यगतरुपमा एकजुट हुन उत्प्रेरणा प्रदान गर्दछ । संयुक्त राष्ट्रसंघले विश्व आदिवासी दिवसको मूल नारा नयाँ सामाजिक सम्झौताको खोजी, कोही पनि नछुटुन आदिवासी जनजाति, भन्ने तय गरेको छ ।
नयाँ सामाजिक सम्झौता राजनीतिक दर्शन हो । नयाँ परिवेशमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न उनीहरुको समस्या समधान गर्न नयाँ उपाय र रणनीति अवलम्बन गर्न यो दर्शनको पूनःप्रस्ताव गरिएको हो । यो सामाजिक सम्झौता सम्बन्धी सिद्धान्त सर्वप्रथम, बेलायतका दार्शनिक थोमस हब्सले १७ औं शताब्दी तिर प्रतिपादन गर्नुभएको थियो । उहाँले सामाजिक सम्झौता सवै नागरिकहरुको राजनीतिक अधिकार सुनिश्चित हुने राजनीतिक व्यवस्था हुनुपर्ने जिकिर गर्नुभएको थियो । त्यसैगरी सामाजिक सम्झौताकै विषयमा ब्याख्या गर्दै, फ्रान्सका दार्शनिक जिन ज्याक रुसोले राजनीतिक व्यवस्था सामाजिक हितमा हुनपर्ने वकालत गर्नु भएको थियो ।
अमेरिकन राजनीतिक दार्शनिक जोन रावलले पनि न्यायको सर्वमान्य सिद्धान्त अनुसार सवै नागरिकहरुलाई समान र आधारभूत अधिकार हुने स्पष्ट पार्नु भएको थियो, र त्यही राजनीतिक सिद्धान्तको आधारमा समाजको सवै समुदायको राज्यको संरचना र नीति निर्णय गर्ने हरेक संयन्त्रमा अर्थपुर्ण प्रतिनिधित्व सुनिश्चत गर्नको लागि नयाँ सामाजिक सम्झौताको खोजी गर्ने अर्थमा यो वर्षको विश्व आदिवासी दिवसको नारा तय गरेको हो ।
इतिहास
विश्वका आदिवासीहरुको समस्या र सवालहरुमा संयुक्त राष्ट्रसंघभित्र आवाजहरु जोड्ले उठ्न थालेपछि, पहिलोपल्ट सन् १९८२ मा विश्वका आदिवासी मामिला हेर्न संयुक्त राष्ट्रसंघीय प्रणाली अन्र्तगत तत्कालिन संयुक्त राष्ट्रसंघको मानव अधिकार संरक्षण र प्रवद्र्धन गर्ने उपआयोग (जुन सन् २००६ पश्चात मानव अधिकार परिषद बनेको छ ।) को सल्लाहकारको रुपमा रहनेगरी संयुक्त राष्ट्र संघले आदिवासी सम्बन्धी एक कार्यदल गठन गरेको थियो । सोही कार्यदलले औपचारिक रुपमा पहिलो वैठक वसेको दिनको सम्झनामा संयुक्त राष्ट्र संघले सन् १९९४ को डिसेम्बर २३ मा विश्व आदिवासी दिवस मनाउने घोषणा गरेपश्चात संयुक्त राष्ट्र संघको आह्वानमा हरेक बर्ष अगस्ट ९ लाई संसारभर विभिन्न नाराका साथ विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाउने गरिन्छ ।
संयुक्त राष्ट्रसंघको सोही कार्यदलको सन् १९९० को सुझावमा सन् १९९३ लाई संयुक्त राष्ट्रसंघले अन्र्तराष्ट्रिय आदिवासी वर्ष घोषणा गरयो। तर विश्वका आदिवासीहरुले त्यो वर्ष आएको थाहा नपाउँदै समाप्त भएपछि, संयुक्त राष्ट्रसंघले विश्वका आदिवासी जनजातिहरुको मानवअधिकार, वातावरण, विकास, शिक्षा, स्वास्थ्य लगायतका विविध क्षेत्रमा भएका समस्यालाई समधान गर्न अन्र्तराष्ट्रिय सहकार्य सुदृढ गर्न आदिवासीहरुको लागि दुइवटा अन्र्तराष्ट्रिय दशकहरु (पहिलो सन् १९९५ देखि २००४ र दोस्रो २००५ देखि २०१४ सम्म) घोषण गरेको थियो । यि दशकहरुमा आदिवासी जनजातिका सवालमा अनेकन सकरात्मक कामहरु भए । त्यसैले पुनः संयुक्त राष्ट्रसंघकै आह्वानमा सन् २०१९ लाई विश्व आदिवासी भाषा वर्ष र सन् २०२२ देखि २०३२ सम्म अन्र्तराष्ट्रिय आदिवासी भाषा दशक मनाउने तयारी गरेको छ ।
संयुक्त राष्ट्रसंघले संयुक्त राष्ट्रसंघीय प्रणाली अन्र्तगत आदिवासी जनजातिको अर्थपुर्ण सहभागिता र समावेशीकरण सुनिश्चित गर्नको लागि सन् १९८५ मा आदिवासीहरुका लागि संयुक्त राष्ट्रसंघको स्वेच्छिक कोष खडा गरयो, भने आर्थिक र समाजिक परिषदको सल्लाहकारको रुपमा आदिवासीहरुको मामिला हेर्ने संयुक्त राष्ट्रसंघीय स्थायी मञ्च र मानव अधिकार परिषदको सल्लाहकारको रुपमा आदिवासीहरुको अधिकारको सम्वन्धी विज्ञ संयन्त्र साथै आदिवासीहरुको अधिकारकालागि संयुक्त राष्ट्रसंघले संयुक्त राष्ट्रसंघको विशेष समाधिक्षक जस्ता विभिन्न संयन्त्र र संरचनाहरु स्थापना गरी विश्वका आदिवासीहरुको अधिकारहरु सुनिश्चित गर्ने प्रयास गरेको छ ।
विश्व आदिवासी दिवस नेपालमा
संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९९५ देखि अगस्ट ९ मा संसारभर विभिन्न नाराका साथ विभिन्न कार्यक्रमहरु आयोजना गरेर यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि शूरुआति वर्षदेखि नै नेपाल अदिवासी जनजाति महासंघ र आदिवासी जनजाति महिला राष्टिय महासंघको पहल र नेतृत्वमा नेपालका ५९ वटै आदिवासी जनजाति र उनीहरु संम्बद्ध संघसंस्था, भातृसंगठन र नागरिक समाजको संलग्नतामा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरुको साथै जुलुस, झाँकी प्रर्दशन एवं विशेष समारोह आयोजना गरी मनाउने गरिन्छ । तर यो वर्ष भने कोभिड, १९ महामारीका कारण धेरै भर्चुअल सम्बादहरु आयोजना गरि मनाइने भएको छ ।
यो दिवस मनाइएको करिव २७ वर्षको दौरानमा विश्व लगायत नेपालका आदिवासीहरुको लागि पनि केही उपलब्धीहरु भएका छन् । वि.सं. २०५८ अर्थात सन् २००२ मा नेपाल सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन तर्जुमा गरी ५९ वटा जातीलाई आदिवासी जनजातिको रुपमा सूचिकरण गर्नको साथै आदिवासी जनजातिहरुको मौलिक भाषा, धर्म, संस्कार संस्कृति लगायत उनीहरुको सर्वाङगिण विकास र उत्थानको लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान गठन गरेको छ । त्यसैगरी नेपाल सरकारले वि.सं २०६४ भदौ २८ अर्थात सन् सेप्टेम्वर १४, २००७ मा आदिवासीहरुको अधिकार सम्बन्धी अन्र्तराष्ट्रिय श्रम संगठन महासन्धी नं. १६९ र सोही वर्ष भदौ २७ गते अर्थात सेप्टेम्वर १३, २००७ मा आदिवासीको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणपत्रलाई अनुमोदन गरेको छ । तथापी दि दुवै आदिवासीहरुको अधिकार सम्बन्धी अन्र्तराष्ट्रिय मानव अधिकार सम्बन्धी कानूनहरुलाई असल नियतका साथ अक्षरस कार्यान्वयन गर्न सरकारले सकेको छैन । किनभने, अन्र्तराष्ट्रिय श्रम संगठन महासन्धी नं. १६९ कार्यान्वयनका लागि भनेर सरकारले अनुमोदन गरेको केही वर्ष पश्चात अन्र्तराष्ट्रिय श्रम संगठन महासन्धी कार्यान्वयन गर्न उच्च तहको समिति गठन समेत गरी कार्ययोजना तयार गरेको थियो तर अहिलेसम्म सो कार्ययोजना मन्त्री परिषदमै थन्कीएर रहेको अवस्था छ । तथापी विश्व समुदायलाइै देखाउनकै लागि भएपनि यो विचमा नयाँ संविधानमा आदिवासीहरुका केही अधिकारहरु सुनिश्चित गरेको छ । संविधान अनुसार थारु आयोग, आदिवासी जनजाति आयोग, समावेशी आयोगहरु गठन भएका छन् ।
नेपालका आदिवासी जनजातिहरु विभिन्न पेशागत महासंघहरु गठन गरी पुर्णरुपमा संगठित भई आफ्नो हक र अधिकारप्रति सचेत बनेका छन् । नेपालका आदिवासी जनजातिहरु सदियौंदेखि सिमान्तकृत भएका छन्, विभेद र वहिष्करणमा परेका छन् । तसर्थ उनीहरुले सधै उनीहरुको मानव अधिकारको सुनिश्चित गर्नको साथै नीति निर्णय गर्ने ठाउँमा, राज्यको संरचना र संयन्त्रहरुमा अर्थपूर्ण सहभागता र समावेशीकरणको माग राख्दै आएका छन् । तथापि कोभिड, १९ महामारी बेला, स्वास्थ्य समाग्रीको वितरण, महामारीका बारेमा सूचनाको प्रवाह आदिका हिसावले दुरदराजमा बस्ने आदिवासी जनजातिहरु झन वहिष्कृत र सिमान्तकृत हुन पुगेका थिए । तसर्थ राज्य सरकारहरुले सदियौंदेखि अपनाएको रणनीति र उपायहरुले आदिवासी जनजातिको अधिकार र उनीहरुको समस्या समधान गर्न अपुग र असक्षम भएको कारण नयाँ बाटो, नयाँ उपाय र रणनीति अपनाउनको लागि बहस सिर्जना र ती वहसहरुमा उनीहरुको अर्थपुर्ण सहभागिता र समावेशीकरणको लागि, नयाँ सामाजिक सम्झौताको आह्वान सहित संयुक्त राष्ट्रसंघले यो वर्षको विश्व अदिवासी दिवसको नारा गरेको हो । तसर्थ नेपाल सरकारले राष्ट्रिय र अन्तराष्ट्रिय तहहरुमा नेपालका आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता जनाए अनुरुपको प्रतिफल नेपालका आदिवासी जनजातिहरुले व्यवहारिक रुपमा देख्न सकून, त्यसको लागि विश्व आदिवासी दिवसको शुभकामना !
हा हा हासल हासल

-भावना परिष्कृत सुनुवार
बैशाखे पूर्णिमा उभौली पर्वमा
ष्याँदर पिदार गर्ने चण्डीको थानमा
दुमा र ग्यूमा ढोलको ताल फेर्दै
झ्याम्म–झ्याम्म झ्याम्टा बजाउँदै
इन्द्रधनुष पहिरनमा ब्लुकुम्सला गर्दै
सबै दुःख थकान भुलेर
ष्याँदर सीलमा रम्दा भरिन्छ जोस र उर्जा
हा हा हासल हासल, हा हा हासल हासल
खल्पी खल्पा बासल, ग्योम्ली ग्योम्ले गासल
हा हा हासल हासल, हा हा हासल हासल !!
ष्याँदर देयी देयाको पिदार गर्दै
प्रकृति र पितृदेवको स्मरण गर्दै
पाकेको नयाँ अन्न बाली अर्पण गर्दै
नयाँ बीज र बिरुवाको रोपाई गर्दै
पूर्खाहरूसँग आशिष माग्दै
प्रकृति शक्तिको जय जयकार गाउँदा
भरिन्छ नया जोस र उर्जा
हा हा हासल हासल
खल्पी खल्पा बासल
ग्योम्ली ग्योम्ले गासल
हा हा हासल हाहा हासल हासल !! Read More
अन्तर्राष्ट्रिय नारी दिवसः एक चर्चा

-भावना परिष्कृत सुनुवार
विश्वभर महिलाहरुले प्रत्येक वर्ष ८ मार्चको दिन नारी सम्मान तथा सशक्तिकरणहेतु विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामले अन्तराष्ट्रिय नारी दिवस मनाउछन् । यस दिन समाज र राष्ट्रलाई महत्वपूर्ण योगदान पुर्याउने अग्रणी महिलाहरुलाई सम्झना गर्दै र सम्मान दर्शाउने गरिन्छ । प्रत्येक वर्ष मानिने विश्व नारी दिवस अन्तराष्ट्रिय नारा र थिम निर्मित गरेर मानिन्छ । यसै गरी प्रत्येक देशले आ-आफ्नो समसामयिक नारा प्रष्फुटित गरी अन्तराष्ट्रिय नारालाई पनि समेट्दै नारी दिवस मनाउने चलन छ । यो वर्षको अन्तराष्ट्रिय थिम “चुज टु च्यालेन्ज” हो र स्लोगन “वुमन इन लिडरसिपः अचिभिङ एन् इक्वल फ्युचर इन अ कोभिड-१९ वर्ल्ड” हो भने हाम्रो देश नेपालको यस वर्षको नारा “महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” हो । संयुक्त राष्ट्र संघले विश्वभरका नारीहरुको समानाधिकारलाई स्थापित गर्दै उनीहरुको सुरक्षाखातिर विश्वभरमा केही विशेष नीति, कार्यक्रम र मापदण्ड निर्धारण गरेको छ । संयुक्त राष्ट्र संघको अनुसार कुनै पनि समाजमा सृजित सामाजिक, आर्थिक, राजनैतिकजस्ता अनेकौँ समस्याउपरको निवारण नारीहरुको सहभागितावेगर सम्भव छैन । Read More
सुनुवार सेवा समाज शाखा कतारको पाचौं अधिवेशन भब्यताका साथ सम्पन्न ।

सामुयल सुनुवार “साम” /कतार
किरात सुनुवार भाषा, लिपी, धर्म, सस्कार र सस्कृतिको सरक्षण र सम्र्वधन गर्नका लागि पहिचान र समानताका लागि प्रतिवद्धताको नारा बोकेर कतारमा स्थापित सुनुवार सेवा समाज शाखा कतारको पाँचौ अधिवेश ४ डिसेम्वर २०२० का दिन कतारमा सम्पन्न भयो ।
सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष सामुयल सुनुवारको सभापतित्व, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारमा अध्यक्ष शिव कुमार भुजेलको प्रमुख आत्यित्थ्यमा सम्पन्न कार्यक्रममा दोहामा स्थापित नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारमा आवद्ध सस्थाका प्रमुख, प्रतिनिधी, पत्रकार, बुद्धिजीवी, समाजसेवी र ब्याबसायीहरुको आतित्थ्य रहेको थियो । सभापति, प्रमुख अतिथि र विशेष अतिथिहरुको वाहुलीबाट दिप प्रज्वलन, ब्यानर अनावरण, राष्ट्रिय गान र सस्थाका प्रथम उपाध्यक्ष स्वर्गीय सर्बधन सुनुवार साथै ज्ञात-अज्ञात सहिदहरु प्रति एक मिनेटको मौनधारण पश्चात कार्यक्रमले गति लिएको थियो । Read More
फरक अनुभूति : उपयुक्त समयको उपभोग

-कोइँचबु काःतिच
एक दशक आधापछि पहिलो पटक कोइँच कविहरु भर्चुयल सन्सारमा रमाउन सम्भव भयो । नेपाली इतिहासमा भर्चुयल सम्वादमा रमाउने काम कोइँचबाटै भएको इतिहास साँक्षी छ । फोन इन कार्यक्रमका नेपाली प्रणेता क्युइँतिच पाण्डब सुनुवारको आफ्नै वंश परम्परामा यो पहिलो कार्यक्रम हो भर्चुयल कविता गोष्ठी । हुन त भर्चुयल कविता वाचनको शुरुआत पनि कोइँचहरुले नै गरेको हो । तर कोभिड १९ को यो कहरको समयमा आज पहिचानको लागि कोइँच साहित्य भर्चुयल कोइँच कविता गोष्ठी ५०८० मा शोभा जुलियट, तारा सुनुवार, केदार संकेत, शाहकृष्ण सुनुवार, मञ्जुल मिथोच, रोमन लास्पाच, युगल सुनुवार, इँगिहोपो कोइँच सुनुवार, भानु सुनुवार, रणवीर सुनुवार, कोइँचबु काःतिचले कोइँच तथा खस भाषाको कविता वाचन गर्नुभयो । नानीमाया सुनुवार, सहदेव मुखिया, डिबी सुनुवार, होम सुनुवारले कविता उपलब्ध गराए पनि प्राविधिक कारण कविता वाचन गर्नसक्नु भएन ।
कवितामाथि समिक्षा गर्दै केदार संकेतले कोइँच कविहरुले पहिचानको धार समात्न सफल भएको बताउनुभयो । शाहकृष्ण सुनुवारले “पहिचानको लागि कोइँच साहित्य भर्चुयल कोइँच कविता गोष्ठी ५०८०” राम्रो कार्य भएको बताउँदै भन्नुभयो, “कवि होइन तर फुर्सदको समय उपयोग गर्दै जाँदा कविको हुलमा मिसिन पुगेको हुँ “। कवि तारा सुनुवारले यसरी कोइँच कविहरुसँग भेटेर कविता वाचन गर्न पाउनु नै ठुलो कुरा भएको हुँदा यस्तो कार्यक्रम आयोजना भइरहनुपर्ने धारणा राख्नुभयो । इँगिहोपो कोइँच सुनुवारले युवाहरुका लागि यसरी नयाँ फोरम सिर्जना गर्न वाटो खुलाइदिनु भएको हुँदा आगामी दिनमा युवाहरुले साहित्यीक गतिविधि गर्न सजिलो भएको विचार राख्नुभयो ।
शोभा जुलियटले नेपाल प्रज्ञा प्रतिष्ठानले कोइँच मातृभाषाको २५ जना कवि जम्मा पारेर कवि गोष्ठी गरौं भन्दा पनि २५ जना कोइँच मातृभाषी कवि जम्मा पार्न नसकेको दुःखेसो पोख्दै भन्नुभयो, “उहिलेदेखि कवि गोष्ठीमा हिडे पनि भर्चुयल कवि गोष्ठी पहिलो पटक भएको र यस्तो गोष्ठीले युवाहरुलाई हौसला दिने र अग्रजहरुको संगतले नयाँ नजानेको काम सिक्ने फोरम निर्माण भएको हुँदा खुशीले गद्गद भएको र थोरै जनसंख्यामा थोरै कवि हुने नै भए । १६ जनाको उपस्थिति पनि राम्रै हो ।” ।
सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारले कोइँच कविता वाचन गर्दै भन्नुभयो, “२०६२ सालदेखि कवि गोष्ठी गर्दै आउँदा अभैm पनि नयाँ अनुहार भेट्न देखिन मुस्किल भएको हुँदा अबको अभियानको जिम्मा युवा पुस्ताले लिनु पर्छ ।”
कार्यक्रममा सुसेस कतार अध्यक्ष सामुयल सुनुवार, सुसेस जिरी अध्यक्ष राजेन्द्र सुनुवार, सुसेस ललिपुर पुर्व अध्यक्ष तथा कवि शंखु बुजिच, अनुसन्धाता सपना सुनुवार, शुभेच्छुक चित्र रुपाचाको सहभागिता थियो । कोइँच चुप्लुका प्राविधिक प्रमुख पाम सुनुवारले प्राविधिक व्यवस्थापन गर्नुभएको थियो भने इन्डिजिनिअस टेलिभिजनले स्टुडियो उपलब्ध गराएको थियो । त्यसैगरी जुम फोरम ख्योम्पातिच देबकुमार सुनुवारले उपलब्ध गराउनुभएको थियो । कार्यक्रम दिउँसो ४ बजेबाट साँझा ६ बजेसम्म सञ्चालन भएको थियो ।

