All about Sunuwar

Archives

now browsing by author

 

१७औं विश्व आदिवासी जनजाति दिवस सम्पन्न भयो ।

सुनुवार डट ओआरजी समाचारदाता ।
साउन २४, यालाखोम । १७औं विश्व आदिवासी जनजाति दिवसको उपलक्ष्यमा एक महिना लामो विभिन्न कार्यक्रम गर्दै आएको नेपाल आदिवासी जनजाति महासंघको सम्पुर्ण कार्यक्रम आज विभिन्न नेपालका आदिवासी जनजातिहरुको झाँकी, जुलुससहित सहर परिक्रम गर्दै राष्ट्रिय सभागृहमा सभामा परिणत भएको थियो । यस दिवसको लागि राष्ट्रपति, सभामुख लगायत तीन ठूला दलले सम्बोधन गरेका छन् । विश्व आदिवासी जनजाति दिवसको उपलक्ष्यमा सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवार कोइँच लगायत १४ अन्य आदिवासीको तर्फबाट राष्ट्रिय सभागृहमा आज सम्बोधन गरेको थियो।
सुन्नुहोस् आज सुनुवार सेवा समाजका अध्यक्ष श्री मनप्रसाद सुनुवार ज्युले कोइँच भाषामा दिनु भएको सम्बोधन ।

[flv image=”http://www.sunuwar.org/video/interview/adibasi.jpg”]http://www.sunuwar.org/video/interview/adibasi.flv[/flv]

Sunuwar bhasa Radio 2068-04-21

[audio:http://www.sunuwar.org/radio/Hajurko-sunuwar_2068-04-21.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

Hajurko Radio (Ramechhap)

Interview with Sanu Babu Sunuwar

संविधानले सबै भाषालाई समान अधिकार दिएको छ तर विभेद जस्ताको तस्तै

सुनुवार डट ओआरजी समाचारदाता ।
साउन २०, यालाखोम । ‘आजको सर्न्दर्भमा मातृभाषामा साहित्य सिर्जनाको महत्व’ नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य -मातृभाषा) विभागद्वारा आयोजित विचार विमर्श गोष्ठी आज नेपाल प्रज्ञा-प्रतिष्ठानको पुस्तकालय हलमा सम्पन्न भयो । भाषाशास्त्री अमृत योञ्जनले नेपालका धेरै मातृभाषामा साहित्य सिर्जना हुन नसकेको बताउँदै बाल-साहित्य र समालोचनामा कुनै पनि मातृभाषामा साहित्य लेखन नभएको तथ्य प्रस्तुत गर्नु भयो । योञ्जनले पहिलो पटक इण्डियन ल्याङ्ग्वाइज र्सर्भे गर्दा सन् १९०८ मा सुनुवार लगायत नेपालका धेरै मातृभाषामा एक देखि दर्ुइ वटासम्म कथा अनुवाद भएको तथ्य फेला परेको पनि बताउनु भयो । डा. रामदायल राकेशले सातौं शताब्दीमै तर्राईमा मैथली भाषाको अस्तित्व रहेको तथ्य फेला परे पनि नेपालमा मैथली भाषामा विभेद गरिएको बताउनु भयो भने अर्को प्रवचनकर्ता शान्ति चौधरीले राज्यले मातृभाषालाई मार्ने काम गरेको आरोप लगाउँदै भन्नु भयो- ‘म काठमाडौंमै जन्मे हर्ुर्केँ मेरो मातृभाषा खस नेपाली भाषा भयो । मलाई मेरो मातृभाषा बोल्न पाउने अधिकार खोख्यो । किनभने त्यतिबेल उल्पीडित जाति खस, बाहुनले गाली गर्दार् न तँ थारु भने पछि कुनै पनि थारुले आफुलाई थारु जाति भनेर पहिचान दिन र थारु भाषा बोल्न आँट गर्ने भएनन् । त्यसैले राज्यले यसको बदलामा क्षतिपर्ूर्ति तिर्नु पर्छ । आम आदिवासी जनजातिहरु आफ्नु खुशीले होइन राज्यले बुनेको जालले जबर्जस्ती मातृभाषा बोल्नबाट बञ्चित हुनु पर्‍यो ।’ Read More

Sunuwar bhasa Radio 2068-4-18

[audio:http://www.sunuwar.org/radio/Sunuwar radio programme_2068-04-18.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

कोइँच भाषामा पनि नेपाल सरकारले अनौपचारिक पाठ्यपुस्तक यसो भनौं प्रौढ शिक्षाको लागि पाठ्यपुस्तक तयार गरेको हुँदा उक्त पुस्तकको प्रयोग वा उपयोग गर्ने माध्यम वा तौर तरिका बारे नेपाल सरकारको सम्बन्धित स्थाई सरकारसँग किङलो चुप्लु -सुनुवार भाषाको पहिलो रेडियो कार्यक्रम) ले लिएको कुराकानी सुन्न नभूल्नु होला ।

Sunuwar bhasa Radio 2068-04-14

[audio:http://www.sunuwar.org/radio/sunuwar2068-04-14.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

Hajurko Radio (Ramechhap)

कोइँच(सुनुवार) भाषाको पहिलो रेडियो कर्यक्रम किङलो चुपलु दोस्रो बर्ष पुरा गरेर तेस्रो बर्षमा प्रबेश गरेको उपलक्षमा बिशेष कर्यक्रम सुन्नुहोस् ।

थुअ्सु

थुअ्सुमि मुरकालि माप्लोइँबा,
सुइ सुइमि थुअ्सु पाइनिमि ,
चाबबामि माचाबबामि थुअ्सु पाइनिमि,
थुअ्सुमि मुरकालि माप्लाइँबा ।
मुर खुःमानु धुश पिशामि ग्याइतानु,
थुअ्सुमि सापपा शेत गेअ्ब,
मुनु माचापथरि माचापथरि थुअ्सु पाइनिमि ।
गे पानु माचाबपुकि थुअ्सु पाचा दाअ्निमि,
मुनु थुअ्सु पाइनिमि । Read More

किरात सुनुवार सेवा समाज, बेलायतलाई सम्मान

सम्मान प्रमाण–पत्र

बेलायतमा नेपाली भाषा तथा साहित्यको विकाश र प्रवद्र्वनको लागि प्रकाशित नयाँ सन्देश साप्ताहिक नेपाली पत्रिकालाई नियमित रुपमा सूचना तथा समाचार उपलव्ध गराए बापत किरात सुनुवार सेवा समाज, बेलायतलाई सम्मान स्वरुप प्रमाण–पत्र प्रदान गरियो ।