Archives
now browsing by author
सुनुवार सेवा समाजको १०औं राष्ट्रिय सम्मेलनबाट अमृत सुनुवारको नेतृत्वमा नयाँ कार्यसमिति चयन ।

काठमाडौं । यही फागुन २७/२८ गते सुनुवार सेवा समाज संघीय समितिको १० औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन संस्कृत, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा भएको थियो भने उद्घाटन सत्रमा विभिन्न जातिय संघ संस्था लगायत स्थानीय तहको जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । सम्मेलनबाट अमृत बहादुर सुनुवारको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ जसमा उपाध्यक्षमा एसा सुनुवार (सुनसरी), शोभा सुनुवार (रामेछाप), चम्पक सुनुवार (ओखलढुंगा), केदारराज सुनुवार (दोलखा), र विदेश विभाग उपाध्यक्षमा शिव सुनुवार (रामेछाप) निर्वाचित भएका छन् भने महासचिवमा उत्तम कुमार सुनुवार निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा रमेश कुमार सुनुवार (रामेछाप) र महिला सचिबमा देबु सुनुवार (रामेछाप) निर्वाचित भएका छन् भने कोषाध्यक्षमा ज्योति सुनुवार र सह-कोषाध्यक्षमा लुक माया सुनुवार निर्वाचित भएका छन् । सदस्यहरुमा क्रमशः पेसल सुनुवार (सुनसरी), राम कुमार सुनुवार (सिन्धुली), मदन सुनुवार (ललितपुर), राजेन्द्र सुनुवार (झापा), सावित्री सुनुवार (भक्तपुर), हरिकृष्ण सुनुवार (पाँचथर), लिला बहादुर सुनुवार (ईलाम) निर्वाचित भएका छन् ।
राष्ट्रिय श्याँदार सिल प्रतियोगिता २०७९को सूचना ।

यही आउँदो उधौली पर्व श्याँदार पिदारको उपलक्ष्यमा राष्ट्रिय श्याँदार शिल प्रतियोगिता हुने हुँदा सम्पूर्ण कोइँच (सुनुवार)हरुलाई यही मंसीर २१ गते सम्ममा कम्तीमा ६ देखि १० जनाको आफ्नो समूहसहीतको नाम दर्ता गराउनु हुन अनुरोध छ । प्रथम पुरस्कार रु १०,०००, द्वितीय रु ७,०००, तेस्रो रु ५,००० साथै सान्त्वना रु २,००० का साथमा प्रमाणपत्र उपलब्ध गराइने छ ।
कार्यक्रम हुने स्थानः सानो हात्तीवन, ललितपुर
मिती : २०७९ मंसीर २४
दर्ता गर्ने स्थानः सुसेस संघिय कार्यालय कोठेश्वर, कठमाडौं
सम्पर्कः ९८५११५५४८८, ९८४१२०७६९५, ९८४३७६२६०६
राँके पिदार र मानव स्वास्थ्योपचार ।

गर्मी र बर्षाको महिनाहरुमा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो उछिटिनु सामान्य नै हो । गर्मी र बर्षामा छालासँग सम्बन्धित रोगहरु जस्तै लुतो, दाद, घमौरा या खटिराहरु आउनसक्ने संभावना अत्यधिक हुन्छ । सायद यसैले साउनको पहिलो दिनलाई “राँके पिदार (शरीरको पूजा)” चाडकै रुपमा मनाउने चलनको विकास भएको हुनुपर्दछ । । राँके पिदारलाई कसै कसैले लुतो फाल्ने रुपमा पनि लिने गरेको पाइन्छ । तर राँके पिदार र लुतो फाल्ने परम्परामा फरक छ । लुतो फाल्ने आ–आफ्नै खालका चलन रहेको पाइन्छ । कतै माटो दलेर नुहाएर लुतो फालिन्छ भने कतै भान्टालाई दूलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा लुतोबाट छुटकारा पाइने जनविश्वाश छ । Read More
कतारमा किराँतीहरुले उभौलि चाड – ५०८२ मनाए।

दोहा, कतार : – किरातहरूले आफ्नो महान् राष्ट्रिय चाड शालिवा श्यादर पिदार, यक्वा तङनाम, साकेला उभौली-५०८२ भव्य रूपमा मनाएका छन्।
कतारमा स्थापित तीन किराँती संस्थाहरू सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ कतार र किरात राई यायोक्खा शाखा कतारको किरात मूल समारोह आयोजक समितीद्धारा संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम सुनुवार सेवा समाज शाखा, कतारका अध्यक्ष नीरबहादुर सुनुवारको सभापतित्वमा र नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवारको प्रमुख आतिथ्यमा ब्यानर अनावरण र दिप प्रज्वलन साथ नेपालि राष्ट्रिय गान, कर्मभुमीलाई सम्मान साथ कतारको राष्ट्रिय गान र “यो भुमी चुम्ने” किराँती राष्ट्रिय गानबाट कार्यक्रम अघि बढेको थियो। Read More



