All about Sunuwar

Archives

now browsing by author

 

भावपूर्ण श्रद्घाञ्जली स्वः श्री कर्णमाया सुनुवार !

condolence

 

condolence

condolence

ओखल्ढुंगा खिजि काती, ९/४ फोत बुजिच् मुलिच् परिवारमा जन्मनुभई रामेछाप, प्रिती, ५ पूजारी गाउँ प्रेतिच जेस्पुच परिवारमा कर्मघर भई हाल बेलायत UK Hampshire Hospitalमा मृत्यू भएको खवरले हामी माईती खलक अत्यन्तै दुखद भएका छौं । यस दुखद घडीमा शोकाकुल परिवारमा इँगिहोपो, इँगिसायले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन्, भनि इँगिहोपो, इँगिसायसित प्रार्थन गर्दछौं ।

…….सङसो …….
केर लाः ममे बुशि लाः खोतिने
याब्रे गुब्रेमि तागेमेल ! याब्रे गुब्रे दुम्शा बकिन,
इँगिहोपो, इँगिसामि ब्लख्खि गेमेल !
बुजिच् मुलिच् परिवार
ओखल्ढुंगा खिजि काती, ९/४ फोत

सुनुवार सेवा समाज शाखा कतारको छैटौं अधिबेशनबाट नेतृत्वमा शुभराज सुनुवार

दोहा कतार – सुनुवार सेवा समाज शाखा कतारले आफ्नो छैटौं अधिबेशन शुक्रबार भब्य रुपमा सम्पन्न गरेको छ । दोहाको सनैया स्थित प्लाजामलको रेड चिल्ली रेस्टुरेन्टको सभाहलमा सस्थाको अध्यक्ष नीर बहादुर सुनुवारको सभापतित्व, जनजाति महासङ्घ कतारका अध्यक्ष दुर्गा प्रसाद पाङ्मी ९म्ल्० मगरको प्रमुख आतिथ्यता र सुनुवार सेवा समाज सघिय समितिका बिशिस्ट अतिथी साम सुनुवार साथै कतारमा स्थापित विभिन्न संघ सस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु, बैचारिक सस्थाको प्रमुख तथा प्रतिनिधि, मातृ सस्थाको प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, कलाकार, पत्रकारहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । Read More

सामाजिक अभियान तथा मजदुर हकहितको लागि एनआरएनएमा सामुयल सुनुवारकाे उम्मेद्वर

सामुयल सुनुवार ‘साम’ले गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारको द्वितीय उपाध्यक्षमा उम्मेदवारी दिने भएका छ्न । रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका प्रिती-४ मा जन्मिएका सुनवार वैदेशिक रोजगारीको शिलसिलामा सन् २०१४ जुलाईदेखि कतारमा कार्यरत छन् । उनी कार्यव्यस्तताका बावजुद पनि समय निकालेर सामाजिक, साँस्कृतिक तथा खेलकुदमा सक्रिय रहदै आएका छ्न । वैदेशिक रोजगारीमा रहेका नेपाली मजदुरको सधै हक हितको लागि डटेर लड्नुपर्छ भन्दै बुलन्द आवाज उठाउने सुनुवारले बर्तमान समयमा एनसीसी कतारमा देखिएका चरम बेथितिविरुद्ध पनि आवाज उठाउँदै आएका छ्न ।
सुनुवार सेवा समाज शाखा कतार (पूर्व अध्यक्ष), नेपाल आदिबासी जनजाती महासंघ (कतार सल्लाहकार), गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार (सदस्य तथा सास्कृतिक संयोजक), रामेछाप सेवा समाज कतार (विशेष सल्लाहकार) लगायतका विभिन्न संघ संस्थामा आबद्ध रहेका छ्न । बर्तमान कार्यसमितिमा साँस्कृतिक संयोजक समेत रहेका सुनुवारले आगामी कार्यकालको लागि द्वितीय उपाध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरेका हुन ।

यस्तो छ सामुयल सुनुवार ‘साम’को अपिलः

आदरणीय कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदिवहिनीहरु,
सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू,
पार्षद सदस्य ज्युहरु, सामाजिक अभियान्ता, पत्रकार मित्रहरूमा सेउ/नामसेवल नमस्कार
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आसन्न हुन लागेको २०२३-२५ कार्यकालको लागि द्वितीय उपाध्यक्ष पदमा मेरो उम्मेदवारी रहने जानकारी गराउदछु ! राष्ट्रिय समन्वय परिषद कतारको २०२१-२०२३ कार्यकालमा सस्कृतिक संयोजकको महत्त्वपूर्ण जिम्मेवारीमा रहि कतारमा रहेको सिङ्गो नेपाली र नेपालको प्रतिनिधित्व गर्दै कला र सस्कृती मार्फत विश्वलाई चिनाउने अबसर प्रदान गरेको गौरव ठानेको छु । २०२१-२३ कार्यकालमा मलाई सहयोग गर्नुहुने कला र सस्कृतिक क्षेत्रका सम्पुर्ण कलाकार ज्युहरु दोहामा स्थापित सम्पुर्ण संघ सस्था प्रति धन्यवाद व्यक्त गर्दै मैले हासिल गरेको अनुभवलाई सामाजिक अभियान मार्फत निरन्तर कृयाशिल रहनका लागि मेरो द्वितीय उपाध्यक्ष पदको उम्मेदवारी लाई स्वीकार गरि दिनुहुनेछ भन्ने पुर्ण बिश्वास राख्दछु । कतारमा स्थापित विभिन्न संघ संस्था संग समन्वय गर्दै यस सस्थालाई श्रमिकमैत्री बनाउन पहलकदमी लिन साथै श्रमिक हितमा समाजसेवामा अझ समर्पित रहनका लागि यहाँहरुसँग सहयोगको अपेक्षा गर्दछु ।

सामुयल सुनुवार “साम”
सास्कृतिक संयोजक
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार

कतारमा किरातिहरुले शालिवा श्यादर पिदार, साकेला उभौली – ५०८३ भब्यताका साथ मनाए।

–सामुयल सुनुवार ।
दोहा, कतार : – किरातहरूले आफ्नो महान् राष्ट्रिय चाड शालिवा श्यादर पिदार, साकेला उभौली-५०८३ भव्यरुपमा मनाएका छन ।
सुनुवार सेवा समाज शाखा कतार र किरात राई यायोक्खा शाखा कतारको आयोजनामा किरात मूल समारोह आयोजकसमिती दोहा, कतारद्धारा संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
किरात मुल समारोह आयोजक समिति दोहा, कतारका संयोजक तथा सुनुवार सेवा समाज शाखा, कतारका अध्यक्ष नीर बहादुर सुनुवारको सभापतित्वमा र नेपाल आदिवासी जनजाती महासंघ कतारका कार्यवाहक अध्यक्ष भाइ काजी गुरुङको प्रमुख आतिथ्यमा ब्यानर अनावरण र दिप प्रज्वलनको साथ नेपालि राष्ट्रिय गान सहित “यो भुमी चुम्ने” किराँती राष्ट्रिय गानबाट कार्यक्रम अघि बढेको थियो। Read More

किरात मूल समारोहद्धारा कलाकार भेटघाट तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ।

मिति १७ मार्च २०२३ शुक्रबारका दिन दोहा कतारमा स्थापित किराती संस्थाहरु किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारद्धारा किरात मूल समारोह आयोजक समिति अन्तर्गत साँस्कृतिक विभागद्धारा आयोजित कलाकार भेटघाट तथा साँस्कृतिक कार्यक्रम २०२३ कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गरेको छ ।

किरात मूल समारोह साँस्कृतिक विभागका कार्यक्रम संयोजक तथा किरात राई यायोक्खा शाखा कतारका कार्यवाहक साँस्कृतिक संयोजक धर्मराज राईको सभापतित्वमा औपचारिक रुपमा सुचारु गरिएको कार्यक्रमको किरात मूल समारोहका संयोजक तथा किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष शंकरमान राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कतारका साँस्कृतिक संयोजक जमुना श्रेष्ठ र महासंघमा आवद्ध मातृसंस्थाहरुका साँस्कृतिक संयोजकहरु, मूल समारोहका अग्रज तथा सल्लाहकारहरुको उपस्थितमा दिप प्रज्वलन र ब्यानर अवरण गरिएको थियो । र उपस्थित सम्पूर्णलाई उप-संयोजक सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष निर बहादुर सुनुवारले स्वागत मन्तव्य र कार्यक्रमको औचित्य बारे प्रष्ट पारेका थिए ।

किरात मूल समारोह आयोजक समिति दोहा कतारले आयोजना गर्दै आएको किरातीहरुको महान चाड तथा ऐतिहासिक दिनहरुको अवसरमा आयोजित कार्यक्रमहरुमा आफ्नो कला प्रस्तुत गरेर संस्थालाई योगदान गर्नुहुने कलाकारहरुको सम्मानमा कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा कतारमा सम्पन्न विश्वकप फुटबल २०२२ मा गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको साँस्कृतिक संयोजकको हैसियतले कतारमा विभिन्न संघ संस्थाहरुलाई समन्वय गरि नेपाली समुदायबाट मौलिक साँस्कृतिक प्रस्तुतीहरु प्रदर्शन गरि पुर्‍याउनु भएको अतुलनिय योगदानको उच्च मुल्याङ्कन गर्दै किरात मूल समारोह आयोजक समितिको तर्फबाट सुनुवार सेवा समाज शाखा कतारका प्रमुख सल्लाहकार सामुयल सुनुवार “साम” लाई त्यसै गरि लामो समय देखि सिलिमोपाको रुपमा पुर्‍याउनु भएको अतुलनिय योगदानको उच्च मुल्याङ्कन गर्दै किराया शाखा कतारका सिलिमोपा पदम बहादुर राई र विभिन्न कार्यक्रमहरुमा नृत्य प्रशिक्षकको रुपमा पुर्‍याउनु भएको अतुलनिय योगदानको उच्च मुल्याङ्कन गर्दै सुनुवार सेवा समाज शाखा कतारका साँस्कृतिक संयोजक कमल बिक्रम सुनुवारलाई किरात मूल समारोह आयोजक समिति दोहा कतारका संयोजक तथा किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि शंकरमान राई, उप-संयोजक सुनुवार सेवा समाज कतारका अध्यक्ष निर बहादुर सुनुवारले खादा, दोसल्ला ओढाएर सम्मान-पत्र सहित सम्मान गरेको थियो । कार्यक्रममा अन्य कलाकारहरु पनि कदरपत्र र प्रशांसपत्र प्रदान गरिएको थियो ।

त्यसैगरि कार्यक्रममा किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारका सल्लाहकार त्यसै गरि नेपाल आदिवासी जनजाति महासघ कतारका सास्कृतिक संयोजक लगायत विभिन्न मातृसंस्थाहरुका सास्कृतिक संयोजक बक्ताहरुले उक्त कार्यक्रम आयोजना गरेर आयोजकले कलाकारहरुलाई उच्च सम्मान गरेको र कलाकारहरुलाई हौसला प्रदान गर्ने यस्ता किसिमका कार्यक्रमहरु अन्य संस्थाहरुले पनि आयोजना गनुपर्ने विचारहरु राखेका थिए । कार्यक्रममा दोहा स्थापित कलाकार लगायत धेरै कलाकारहरुले विभिन्न बिधामा मनोरञ्जनात्मक प्रस्तुतीहरु प्रस्तुत सथै बालकलाकारहरुको नृत्य प्रस्तुती मौलिक झाकी नृत्य, गायन प्रस्तुतिले उपस्थित सबैले भरपुर मनोरञ्जन लिएका थिए

मूल समारोह आयोजक समितिका सदस्य सचिव तथा सुनुवार सेवा समाज शाखा कतारका महासचिव शुभराज सुनुवारले पहिलो चरण र दोस्रो चरण साँस्कृतिक कार्यक्रम सुनुवार सेवा समाज शाखा कतारका साँस्कृतिक संयोजक कमल बिक्रम सुनुवारले सहजीकरण गरेको कार्यक्रम समापन गर्दै कार्यक्रमका सभपति धर्मराज राईले कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको निष्कर्ष सहित कार्यक्रम सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त थिए ।

सुनुवार सेवा समाजको १०औं राष्ट्रिय सम्मेलनबाट अमृत सुनुवारको नेतृत्वमा नयाँ कार्यसमिति चयन ।

काठमाडौं । यही फागुन २७/२८ गते सुनुवार सेवा समाज संघीय समितिको १० औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन संस्कृत, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा भएको थियो भने उद्घाटन सत्रमा विभिन्न जातिय संघ संस्था लगायत स्थानीय तहको जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । सम्मेलनबाट अमृत बहादुर सुनुवारको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ जसमा उपाध्यक्षमा एसा सुनुवार (सुनसरी), शोभा सुनुवार (रामेछाप), चम्पक सुनुवार (ओखलढुंगा), केदारराज सुनुवार (दोलखा), र विदेश विभाग उपाध्यक्षमा शिव सुनुवार (रामेछाप) निर्वाचित भएका छन् भने महासचिवमा उत्तम कुमार सुनुवार  निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा रमेश कुमार सुनुवार (रामेछाप) र महिला सचिबमा देबु सुनुवार (रामेछाप) निर्वाचित भएका छन् भने कोषाध्यक्षमा ज्योति सुनुवार र सह-कोषाध्यक्षमा लुक माया सुनुवार निर्वाचित भएका छन् । सदस्यहरुमा क्रमशः पेसल सुनुवार (सुनसरी), राम कुमार सुनुवार (सिन्धुली), मदन सुनुवार (ललितपुर), राजेन्द्र सुनुवार (झापा), सावित्री सुनुवार (भक्तपुर), हरिकृष्ण सुनुवार (पाँचथर), लिला बहादुर सुनुवार (ईलाम) निर्वाचित भएका छन् ।

राष्ट्रिय श्याँदार सिल प्रतियोगिता २०७९को सूचना ।

यही आउँदो उधौली पर्व श्याँदार पिदारको उपलक्ष्यमा राष्ट्रिय श्याँदार शिल प्रतियोगिता हुने हुँदा सम्पूर्ण कोइँच (सुनुवार)हरुलाई यही मंसीर २१ गते सम्ममा कम्तीमा ६ देखि १० जनाको आफ्नो समूहसहीतको नाम दर्ता गराउनु हुन अनुरोध छ । प्रथम पुरस्कार रु १०,०००, द्वितीय रु ७,०००, तेस्रो रु ५,००० साथै सान्त्वना रु २,००० का साथमा प्रमाणपत्र उपलब्ध गराइने छ ।
कार्यक्रम हुने स्थानः सानो हात्तीवन, ललितपुर
मिती : २०७९ मंसीर २४
दर्ता गर्ने स्थानः सुसेस संघिय कार्यालय कोठेश्वर, कठमाडौं
सम्पर्कः ९८५११५५४८८, ९८४१२०७६९५, ९८४३७६२६०६