All about Sunuwar

कतारमा किरातीहरुको महानचाड उभौली साकेला/शाँदार पिदार कार्यक्रम भव्यताका साथ सम्पन्न

–भानु सुनुवार
१८ मे, दोहा, कतार
कतारमा किरातीहरुको महानचाड “उभौली साकेला÷शाँदार पिदारको उपलक्ष्यमा उभौली साकेला/शाँदार पिदार समारोह– येले सम्वत् ५०७२ संयुक्त कार्यक्रम– २०६९” सम्पन्न भएको छ । किरात राई यायोख्खा शाखा कतार, तथा प्रवासी सुनुवार सेवा समाज दोहा, कतारद्धारा आयोजित संयुक्त कार्यक्रम १८ मे शुक्रवारका दिन कतारको दोहा शहर स्थित सिटी प्लाजा होटलमा भव्यताका साथ सम्पन्न भयो ।
एउटै किरात धर्म मान्ने भएरै पनि किरातीहरुमा बिविध भाषा÷भाषी हुनु–ले केही फरक संस्कार भए पनि एउटै संस्कृति छ भन्ने प्रतिनिधित्त्र उक्त कार्यक्रमले गर्यो । नेपालका किरातहरुलाई बिविध समुदायमा बिभक्त एउटै सम्प्रदाय भनेर बुझाउने तथा सम्पूर्ण किरात समुदायमा एकता हुनुपर्छ भन्ने उद्देश्यले आयोजित संयुक्त कार्यक्रमका सभापतित्व प्रवासी सुनुवार सेवा समाज, दोहा कतारका— अध्यक्ष राम बहादुर सुनुवार र प्रमुख आतिथ्य  नेपाल प्रवासी आदिबासी जनजाति महासंघ दोहा कतारका— अध्यक्ष मान बहादुर साँवाले गरेका थिए भने बिशेष अतिथिहरुमा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका—अध्यक्ष अमृत गरुङ तथा किरात राई यायोख्खा शाखा कतारका प्रमुख सल्लाहकार चन्दशेर रहेका थिए । अन्य अतिथिहरुमा करात याक्थुङ्ग चुम्लुङग दोहा कतार, तमु बौद्ध सेवा समिति दोहा कतार, नेपाल प्रवासी मगर संघ दोहा कतार, थारु कल्याणकारिणी सभा कतार च्याप्टर, नेपाल प्रवासी तामाङ्ग सेवा समाज दोहा कतार, नेपाल प्रवासी भुजेल सेवा समाज दोहा कतार, नेपाल दराई सेवा समाज दोहा कतार, नेवा पुच कतार, क्षेत्री सेवा समाज कतार, प्रवासी नेपाली मुस्लिम  समाज कतार, बाम्बुले सेवा समाज दोहा कतार, नेपाल प्रवासी दलित एकता समाज कतार, नेपाली जनप्रगतिशील मंञ्च, कतार, नेपाली जनसम्पर्क समिति कतार, नेपाल लोकतान्त्रिक मंञ्च कतार, कतार नेपाली एकता समाज कतार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर, नवोदित साहित्यिक मोवाईल पुस्तकालय कतार, संध्या ग्रुप अलखोर कतार, नवोदित साहित्यिक वाचनालय कतार, आरम्भ नाट्य डबली दोहा कतार, खोटाङ्ग सेवा समाज दोहा कतार, मोरङ्ग सुनसरी प्रवासी सेवा समाज दोहा कतार, स्याङजा सहयोग सेवा समाज दोहा कतार, चितवन सेवा समाज दोहा कतार, उदयपुर प्रवासी सेवा समाज दोहा कतार, सुनसरी सिर्जनशील परिवार दोहा कतार, धनकुटा सेवा समाज दोहा कतार, खोटाङ्ग हलेसी ऋण तथा बचत सहकारी संस्था दोहा कतार, पाथेका कञ्चन बचत तथा सहकारी संंस्था कतार, किरात राष्ट्रिय प्रवासी मञ्च कतार, मंगोल नेशनल अर्गनाईजेशन कतार, सिन्धुली सेवा समाज दोहा कतारका प्रतितिधीहरु रहेका थिए ।
दुई चरणमा विभाजित उक्त कार्यक्रमको पहिलो चरणमा दिप प्रज्वलन गर्दै कार्यक्रको शुभारम्भ गरि उपस्थित सबैले राष्ट्रिय गान गाए पश्चात एक मिनेट शहितहरु प्रति मौनधारण गरेका थिए । आयोजकका तर्पबाट प्रसुसेस दोहाका सदस्य राजु मुखियाले स्वागत मन्तव्य राखे भने प्रसुसेस दोहाकै सदस्य भानु सुनुवारले किरात चाड उभौली÷उधौली पर्वः बारे प्रचलित मिथकहरुको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको मुख्य आर्कषण उभौली साकेला÷शाँदार पिदार आ–आफ्नै परम्परा अनुुसार गर्ने तय भए अनुसार कोइँचहरुले पहिले शाँदार पिदार गरे । पिदार गर्दै गर्दा पिदारबारे खस भाषामा प्रसुसेस दोहाका सदस्य केशर बहादुर सुनुवारले प्रकाश पारेका थिए । भने सुनुवारहरुको तर्फबाट नासो (बिजुवा) प्रेम सुनुवार र शिलमुली (नाचको मुख्यपात्र)  हेम सुनुवार रहेका थिए ।  राईहरुको (बिजुवा) नछुङ÷टोकायाले ओमकर्ण राई साकेवालुङ्ग (अन्नपानीको सह मानिएको ढुङ्गा) को पूजा गर्दै गर्दा पूजा बारे किराया दोहाका सल्लाहाकार गणेश राईले खस भाषामा प्रकाश पारेका थिए । साकेला नाचमा शिलीमोपा र शिलीमोमा (चण्डिनाचको मुख्यपात्र) पदम राई लक्ष्मी राई रहेका थिए । शिलीमोपा र शिलीमोमाको पछि लाग्दै अन्य किराती कलाकारहरुले साकेला नाच प्रस्तुत गरेका थिए ।

कार्र्यक्रममा रेगिस्तानी कवि तिर्थ संगम राई, प्रविन राई र युगयोगि राईले आ–आफ्नो कविता वाचन गरे भने कार्यक्रममा आमन्त्रित विभिन्न जातिय संस्था, जिल्लावासी संस्था र वैचारीक भातृ संस्थाका प्रतिनिधीहरुले पनि शुभकामना मन्तय राखेका थिए । कार्यक्रमका प्रमुख अथितिले कार्यक्रमलाई सम्बोधन गर्नु भएका थिए ।  विविध कार्यक्रमलाई समेटेर तयार पारिएको यसकार्यक्रको संयोजक किरात राई यायोख्खाका प्रथम अध्यक्ष दशरथ बाह्युङ राई रहेका थिए । पहिलो चरणका कार्यक्रमलाई किराया शाखा कतारका महासचिव तारा थुलुङ राईले संञ्चालन गरेका थिए ।
उपस्थित सबैलाई मनोरञ्जन दिने अभिप्रायले विविध साँस्कृतिक कोसेलीहरु समेटिएको दोश्रो चरनको कार्यक्रमको संयोजक राम कुमार राईले गरेका थिए । मनोरञ्जनात्मक यसकार्यक्रममा गायन तर्फ रविन राई, सन्देश राई, रामकुमार राई, राम राई, संगम लिम्बु, उदास राई, मनी कुमार राई, राज खालिङ राई, सुबिन राईले आफ्नो गीत प्रतुत गरेका थिए । साँस्कृतिक नृत्य तर्फ जुनी नेपाली, बर्षा थापा, मन्जु गुरुङ, कुन्जना लिम्बु, दिपिका श्रेष्ठ, किरण लामा, पुरन थापा, यम बहादुर नेपाली, हरिकृष्ण बिक, कृष्ण शिवाले कार्यक्रमा नृत्य प्रस्तृत गरेर रोचक बनाएका थिए । साँस्कृतिक कार्यक्रम संचालनसँगै किरातेनी चेलीहरुद्धारा तयार पारिएको सेल रोटि र अचार पनि बाडिएको थियो । करिव १५ वटा विविध प्रस्तुतिलाई समेटेर तयार पारिएको उक्त कार्यक्रमको संञ्चालन श्रीमति रेखा राईले गरेकी थिईन ।
खाडिको प्रचण्ड गर्मीमा ३५० भन्दा धेरै किरातीहरु र गैरकिरातीहरुको उपस्थीतमा भएको यसकार्यक्रम अत्यन्त सफल र एकताको प्रतिक भएको सम्पुर्ण पत्रकारहरु, बुद्धिजिवीहरु, अतिथिहरु ल्गायत सहभागिहरुको कथन थियो । बिहानको ११.३० बजेबाट संचालन भएको यस समारोहमा साँझ ६ बजेसम्म सबै सहभागिहरु अत्यन्त शालिन र सभ्य भएर बसेका थिए । अन्त्यमा सामुहिक साकेला नाचेर नछुङ र शिलीमोपाले साकेला को बिट मारे पछि कार्यक्रमका सभापनि राम बहादुर सुनुवारले कार्यक्रममा सहभागि प्रमुख अतिथि, बिशेष अतिथि, अथितिहरु, सहभागि किराती तथा गैर किरातीहरु साथै यो कार्यक्रम सम्मपन्न गर्न अहोरात्र खट्नु भएका दुवै संस्थाका क्रियाशील साथीहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको घोषणा  गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *