All about Sunuwar

Archives

now browsing by author

 

रेडियो लिखुखिम्कु एफएम ९१.३ को टावर जडान सम्पन्न ।

Radio_likhuसुनुवार सेवा समाजको अभियान अन्र्तगत संचालन गरिन लागेको रेडियो लिखुखिम्कु एफएम ९१.३ को टावर गुप्तेश्वर, ३ रामेछापमा जडान गर्ने काम २०७० साल जेठ १८ गते सम्पन्न भयो । कोइँचसमुदायले कोइँचसमुदायहरुकै लागि चलाउन लागिएको यो रेडियो २०७० भदौ अगावै संचालनमा ल्याउन लागिएको छ ।
कोइँचसमुदायको छातासंस्था सुनुवार सेवा समाजले हामी कोइँच सुनुवारहरुकै किपट क्षेत्रमा एफएम रेडियो संचालन गरी सञ्चारमाध्यममा कोइँचसमुदायको पहुँच पुराउने कोइँचसमुदायका केही युवा जमातलाई केही हदसम्म रोजगार प्रदान गरी हामी कोइँचहरुकै भाषा संस्किृति, शिक्षा आदि क्षेत्रमा योगदानका लागि प्रेरित गर्दै उनीहरुलाई आवश्यक शिप तथा तालिम प्रदान गर्नै र मुलधारमै प्रतिस्पर्धी बनाउने यो अभियानको मुख्य उदेस्य हो ।
रेडियो संचालक समितिको तर्फबाट सुनुवार सेवा समाजका केन्द्रीय कार्यसमिति तथा चुप्लु फाउन्डेसनका अध्यक्ष मनप्रसाद सुनुवारले सुनुवार सेवा समाजको यो ठुलो अभियानलाई सफल पार्न आवश्यक आर्थिक सहयोग प्रदान गरी रेडियोको संस्थापक सल्लाहाकार, संरक्षक, आजिवन सदस्य वनी दिन देश विदेशमा रहनुहुने कोइँच सुनुवार दाजुभाई तथा दिदीवहिनीहरु आम्हान गर्नु भएको छ ।
रेडियो लिखु मुनाफा रहित सामुदयिक रेडियो हुनेछ । यो रेडियो पुर्णरुपमा कोइँचसमुदायको हितको लागि समर्पित, कोइँच समुदायबाट संचालित रेडियो हुनेछ । रेडियोको पहुँच पुग्ने जिल्ला (जस्तै रामेछाप, ओखलढुङ्गा, सिन्धुली, आदि) र गाविसहरु ((जस्तै भुजि प्रिती, कुभुँ काँस्थली, खिजी, फलाटे सिन्धुली आदि) मा वसोबास गदैै आएका कोइँचसुनुवार आदिवासीहरुको लागि मुख्यत र अन्य जातजातिका लागि रेडियो लिखु सुचना, शिक्षा, चेतना र मनोरञ्जनको भरपर्दो स्रोत र माध्यम हुने मात्र होईन, स्थानीय विकास निमार्ण, शिक्षा, स्वास्थ्य, पयर्टन पर्वद्धनको साझेदार (Partner) हुनुका साथै हामी कोइँचसुनुवाहरुको भाषा, संस्किृति परम्परा बचाईराख्ने सक्रिया माध्यम हुनेछ । रामेछाप, दोलखा, ओखलढुङ्गा, सोलुखुम्वु, सिन्धुली र दोलखा र त्यस आसपासका जिल्ला र गाविसहरुमा रेडियो लिखुको पहुँच पुग्ने छ । त्यसकारण ति क्षेत्र र वरपर बसोबास गर्नेहरु यो रेडियोको नियमित तथा आंशिक श्रोता हुनेछन् । Read More

Sunuwar bhasa Radio 2070-02-05

[audio:http://www.sunuwar.org/radio/shander bisesh sunuwar s pro 05-02-2070.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

Radio Tiphadi  (Ramechhap)

बारी थुँ इन बानाबोसीङा

सुनुवार सेवा समाजको पच्चिसौं स्थापना दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम तथा रजत वर्ष २०७० को घोषणा सभामा बारी थुँ इन बानाबोसीङा कोइँच भाषाको गीतमा नृत्य प्रस्तुत ।
[youtube]http://www.youtube.com/watch?v=2KH-EoZ-T5E[/youtube]

किराँत सुनुवार महिला (किसुम) समाज बेलायतको तदर्थ समिति गठन

¬–भावना परिष्कृत सुनुवार
संयोजकः– किसुम समाज बेलायत

uk_mahilaबेलायतमा छरिएर रहेका किराँत सुनुवार महिलाहरूलाई गोलबद्ध रूपमा सङ्गठित गराई सामाजिक रूपमा सक्रिय गराउने उद्देश्यले २७ अप्रिल २०१३ शनिबारको दिन अल्डरसट स्थित भेटघाट रेष्टुरेन्टमा किसुम समाजको तदर्थ समिति गठन गरिएको थियो । किराँत सुनुवार महिला समाजको संयोजक भावना परिष्कृत सुनुवारको संयोजकत्वमा गठन गरिएको उक्त सुनुवार महिला समाज बेलायतको पदाधिकारीहरू निम्नानुसार रहेका छन्ः
१. अध्यक्ष प्रतिमा सुनुवार
२. उपाध्यक्ष विष्णु सुनुवार
३. सचिव शुभद्रा सुनुवार
४. सह–सचिव पुष्पा सुनुवार
५. कोषाध्यक्ष सान्दिरा सुनुवार
६. सह–कोषाध्यक्ष सुनिता सुनुवार

१. सदस्य मञ्जु सुनुवार
२. चुनादेवी सुनुवार
३. सावित्री सुनुवार
४. पार्वती सुनुवार
५. विष्णु सुनुवार Read More

श्याँदर पिदार

– अमरदिप क्युँइतिचा

कोँइच आन सङ्स्यो
कोँइच आँइके नेँस
आँइके सिनातङा रागीनु
बुँखि फुः बोइस्शो खोइपा
थुः थुः मि आँइकल माल्श्या बाःब श्याँदर । Read More

परियोजना प्रस्ताव लेखन तालिम सम्वन्धमा ।

श्री ……………………..
…………………………..

विषय : परियोजना प्रस्ताव लेखन तालिम सम्वन्धमा ।
उपर्युक्त विषयका सम्वन्धमा सुनुवार सेवा समाज, केन्द्रीय समिति अन्तर्गतको सामाजिक परोपकार तथा सशक्तिकरण विभागको तत्वाधानमा निम्न मिति, समय र स्थानमा दुई दिवसीय “परियोजना प्रस्ताव पत्र लेखन सीप विकास तालिम” सन्चालन हुन गैरहेकोले यहाँको अमूल्य उपस्थितिको लागि अनुरोध गरिन्छ ।

मिति : २०६९।१२।३ र ४ गते
समयः १०:०० वजे
स्थानः सुनुवार सेवा समाज, केन्द्रीय कार्यालय भवन ।

 

…………………….                                                                                        …………………………..

( अमरदीप सुनुवार )                                                                                         ( मनप्रसाद सुनुवार )
संयोजक                                                                                                                           अध्यक्ष
सामाजिक परोपकार तथा सशक्तिकरण विभाग                                                 सुनुवार सेवा समाज
केन्द्रीय समिति                                                                                                       केन्द्रीय समिति

 

पूर्व सभासद “दालकुमारी सुनुवार” सम्मानित साथै “अर्को जन्म” विमोचित ।

सुनुवार डट ओआरजी समचारदाता ।
काठमाडौं, फाल्गुन २६ । गीतकार भानु सुनुवारको गीति एल्वम “अर्को जन्म” दरवारमार्ग स्थित मालिङ्गो गजल हलमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तिलविक्रम नेम्वाङ (बैरागी काइला) ज्यूद्वुरा विमोचन गरिएको छ । एल्वममा मनोज साङसोनले सङ्गीत दिएका छन् भने उत्पादन तथा बजार व्यवस्थापक रिचुअल रिदम प्रा.लि. ले गरेको छ । यसमा जम्मा ७ वटा गीतहरु समाबेश गरिएका छन् जसलाई उदय, मनिला सोताङ, राजेशपायल राई, रीमा गुरुङ होडा, आभा मुकारुङ, दिपक लिम्बु र धन खालिङले स्वर दिएका छन् ।
१०३ आंै अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा “बढ्दो महिला हिंसा र समाधानका उपायहरु” विषयक अन्तरक्रियात्मक कार्यक्रम, राष्ट्रिय नारी सम्मान “हातेमालो अभियान नेपाल”ले पर्यटन बोर्ड, प्रर्दशनी मार्गमा आयोजना गरि २५ जना राष्ट्रिय नारी महिलालाई सम्मान गरेको छ । जसमा पुर्व सभासद श्रीमति दालकुमारी सुनुवार पनि सम्मानित हुनु भएको छ ।