Archives
now browsing by author
कोइँचको पहिचानलाई जाकटी राखेर पार्टीलाई सहयोग गर्न नसकिने
सुनुवार डट ओआरजि समाचारदाता
२० असोज, यालाखोम । आदिवासी जनजाति कोइँचको राजनीतिक, सामाजिक, साँस्कृतिक, आर्थिक, भाषिक विकाससम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम आज सुनुवार सेवा समाजको भवनमा सम्पन्न भएको छ । संविधानसभा निर्वाचनको समय घोषणा नजिकिँदै जाँदा आदिवासी जनजाति कोइँचहरुको घरगाउँमा फेरि पनि पहिचानविरोधी पार्टीनेता सल्बलाइरहेको अवस्थामा कोइँचहरुले आफ्नो पहिचानको बारेमा के कसरी राजनीतिक पार्टर्ीी नेताहरुसँग कुराकानी गर्ने सम्बन्धी विस्तृत छलफल गरिएको थियो ।
विहान ८ बजेदेखि नियमित रुपमा सुनुवार सेवा समाज काठमाडौं जिल्ला समितिले कोइँच लोः सिकौं पठनपाठन गर्दै आएकोमा थप अन्य अतिरिक्त क्रियाकलाप गर्दै आएकोमा यो साता कोइँचको विकाससम्बन्धी एजेण्ड निर्माण अन्तरक्रिया गरेको जानकारी समाजका सचिव आशिष सुनुवारले बताउनुभयो । Read More
रेडियो लिखु ९१.३ मेगाहर्ज स्थापनार्थको लागि सहयोग ।
| क्र.सं. | नाम | ठेगान | रु |
| १ | मन प्रसाद सुनुवार | गुप्तेश्वर, रामेछाप | 2,07,000.00 |
| २ | प्रेम कुमार हाबाली | हाबा, दोलखा | 15,000.00 |
| ३ | डा. लाल श्याँकारेलु रापचा | कटुन्जे, ओखल्ढुङ्गा | 10,000.00 |
| ४ | सुर्य प्रकाश सुनुवार | निभारे, ओखल्ढुङ्गा | 10,000.00 |
| ५ | देव कुमार सुनुवार | कुँबुँ कास्थेल, रामेछाप | 10,000.00 |
| ६ | पाम ब. सुनुवार (सुरज) | खिँची चण्डेश्वरी, ओखल्ढुङ्गा | 10,000.00 |
| ७ | लेखबहादुर सुनुवार | हाबा, दोलखा | 10,000.00 |
| ८ | धनमाया सुनुवार | खिँची चण्डेश्वरी, ओखल्ढुङ्गा | 10,000.00 |
| ९ | स्वा. जनक बहादुर सुनुवारको स्मृतीमा | चरुवा, रगनी, ओखल्ढुङ्गा | 10,000.00 |
| १० | प्रेम रापचा | कटुन्जे, ओखल्ढुङ्गा | 5,000.00 |
बाँकी सहयोगिहरुको नामहरु Read More
नेपाल लोकतान्त्रिक किरात सुनुवार संघको निमन्त्रण
राजनैतिक सशक्तिकरणका लागि हाम्रो अभियान,
सम्बृद्ध राष्ट्र निर्माणका लागि जनपक्षीय संविधान,
* निमन्त्रण*
नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ केन्द्रीय कमिटिको आयोजनामा काठमाण्डौं उपत्यका भित्र बिभिन्न पेशा व्यवसायमा संलग्न रहनु भएका नेकपा (एमाले) समर्थक सुभेच्छुक सुनुवारहरुका बिच समसामयिक राजनैतिक सवाल र आगामी संबिधान सभा निर्बाचन बारे बृहद छलफल कार्यक्रम आयोजना निम्न मिति, समय र स्थानमा हुन गईरहेकोले सो कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ ।
कार्यक्रम :
मिति : २०७० असोज १२ गते शनिवार
समयः दिनको १२:३० बजे
स्थान : श्री समाज सामुदायिक भवनको हल
बसुन्धारा, श्री टोल, काठमाडौं
फोनः ९८४१२८१३०२, ९८५१०६५५६३, ९८४९०८५९८५, ९८४१९१११३६
आयोजकः
नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ,
केन्द्रीय कमिटि,
बागबजार, काठमाडौं ।
तीन पुस्तक विमोचित
पाम बा. सुनुवार, सुनुवार डट ओआरजी ।
ल. पु. भदौ १५ । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको सभा हलमा एकै साथ तीन किराती स्रष्टाहरुको कृतिहरु लोकार्पण गरियो । कवि÷साहित्कार अतित मुखियाको आदिवासी सौन्दर्यशास्त्र थेःनिको एक सैदान्तिक अध्ययन, लेखिका बिना प्रोन्ज्योस खालिङको वास् दर्पण तथा डा. लाल शाँःकारेलु रापचाको रिमाचमा हिरसि नाम कृतिहरु एकै साथ लोकार्पण गरियो । कृति इमानसिँ चेम्जोङ मेमोरियल फाउण्डेशनका अध्यक्ष एबं पुर्व डि. आइ. जी. हाङसिङ चेमजोङ, प्रा. डा. तारालाल श्रेष्ठ र तथा प्रा. डा. विष्णुसिङ राईले कृतिको एकै साथ विमाचन गर्नु भयो । कार्यक्रममा बोल्दै कवि विक्रम सुव्वाले हाल बजाइँदै गरेको आदिवासीगानमा कहींकतै पनि आदिवासीहरुको कुनै पनि बाजाहरुको प्रयोग नभएको उल्लेख गर्दै यो भारतीय शास्त्रीय व्याकरणबाट प्रभावित भएकोले यसले आदिवासी जनजातिहरुको मर्म बोक्न नसक्ने बताउनु भयो । आदिवासीहरुको सँगीतको व्याकरण पुर्वीय चिनियाँ व्याकरणसँग मेल खाने बताउँदै उहाँले सो सम्बन्धि विशेष अध्ययन अनुसन्धानको आवश्यक्ता रहेको बताउँदै त्यतातिर हालसम्म कसैको ध्यान नगएको औल्याउनु भयो । साथमा उहाँको एक कविता वाचनमा सबै सहभागीहरुले साथ दिएका थिए । डा. लाल शाँकारेलु रापचाले कार्यक्रम संचालन तथा विमोचित पुस्तकको समिक्षा गर्नु भएको थियो । त्यस्तै प्रा. डा. तारालाल श्रेष्ठले सवाल्टर्न साहित्यको चर्चा गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।
संयुक्त पुस्तक विमेचन तथा अन्तरकिृया कार्यक्रम
तीन किराँती ले( ि)खक( ा) एकै स्थान र सहकार्यमा संयुक्त पुस्तक विमोचन तथा अन्तरकिृया कार्यक्रममा सम्पूर्ण शाहीत्य प्रेमी मानुभाबहरुलाई आमन्त्रण गर्दाछौ ।
समय र स्थान
मितिः १५ भाद्र २०७०, शनिवार
समयः विहान १०:३० बजे
स्थानः सभा हल, आजउरा प्रतिष्ठान (NFDIN)
जावलाखेल, ललितपुर
सम्पर्क मोबाइलः ९८१८२३८३७३ /९८५१०८१८५४/९८५११२२२०८
१९ औँ विश्व आदिवासी दिवसमा किराँत सुनुवार सेवा समाज बेलायतको सहभागिता
१९ औँ विश्व आदिवासी दिवस अगष्ट ९ तारीखलाई विश्वका विभिन्न देशका आदिवासी जनजातिहरूले भव्यताको साथ मनाइरहेको अवस्थामा आदिवासी जनजाति महासंघ बेलायतले भने आफ्नो समय अनुकूलता अनुसार २०१३ अगष्ट १० तारीख शनिबारको दिन भव्यताको साथ मनायो ।बेलायतस्थित अक्सफोर्डमा आदिबासी जनजाति महासंघ बेलायत र आदिबासी जनजाति महिला महासंघ बेलायतले संयुक्तरूपमा एक दिवसीय कार्यक्रमको आयोजना गरेको थियो । आदिबासी जनजाति महासंघ बेलायतका अध्यक्ष श्रीप्रसाद लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बेलायतभरि रहेका विभिन्न आदिबासी जनजाति नेपाली संघसंस्थाहरूले आफ्नो जातीय पहिचानसहितको सांस्कृतिक कार्यक्रम लिएर सहभागिता जनाएका थिए । यसैगरी प्रत्येक जातीय संघ संस्थाबाट अतिथिहरूको उपस्थिति रहेको सो भव्य भेलामा किराँत सुनुवार सेवा समाज (किसुसेस) बेलायतका अध्यक्ष जंग सुनुवारको पनि उपस्थिति रहेको थियो । अतिथिको आसनबाट विभिन्न वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा किसुसेस बेलायतका अध्यक्ष जंग सुनुवारले आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा आदिबासी जनजाति (मूलबासी) को साझा मुद्दामा सम्पूर्ण प्रवासी संघ संस्था आदिबासीहरूबाट एकवद्धता जनाउने र पहिचानसहितको संघीय राज्य नबनेसम्म सम्पूर्ण मूलबासीहरूले विश्राम लिनु हुन्न भन्ने कुरामाथि जोड दिनुभएको थियो ।
यसैगरी सो अवसरमा किसुसेस बेलायतले ष्याँदर ढोल शीललाई प्रस्तुत गरेर कोइँच सुनुवारहरूको भेषभुषा तथा संस्कृतिको परिचय दिएको थियो ।
सुनुवार सेवा समाजको महासचिव र सचिवद्धारा राजिनामा, संस्था अस्तव्यस्त अवस्थामा
सुनुवार सेवा समाज, केन्द्रीय समितिका वर्तमान महासचिव खडोस सुनुवार र सचिव मनोज सुनुवारले आफ्ना असन्तुष्टीहरु सहित पदबाट राजिनामा दिएकाछन् । विशेष राष्ट्रिय सम्मेलन समपन्न भएको सात महिना नवित्दै राजिनामा दिनुमा नेतृत्वतहमा रहेका केही व्यक्तिहरुको संस्थामाथि अनावश्यक हालिमुहाली, संस्था संचालनमा उनीहरुको असक्षमता, अदुरदर्शिता, सवै सुनुवारलाई समेटनुकोसट्टा संस्थामा चरम गुटवन्दी र आफूहरुमाथीको धाकधम्कीनै मुख्य कारण रहेको भनाई उनीहरुको रहेको छ । संस्थागत प्रकृया, निर्णय र सामूहिक नेतृत्व भन्दा पनि व्यक्तिबादी प्रवृति र चिन्तन संस्थामा हावीभएका कारण अहिलेको अवस्था सृजना भएको भनाई समेत उनीहरुको रहेको छ । विधानले महासचिव र सचिवलाई तोकेको अधिकार र कार्य अरुकसैले लहडवाजीमा विधी प्रकृयानपुर्याइ गरिदिनाले पनि उनीहरु राजिनामा दिन वाध्य भएको भनाई समेत केही केन्द्रीय सदस्यहरुको रहेको छ ।> यसरी संस्थाको महसचिव र सचिव दुवै जनाले राजिनामा दिएपछि संस्थाको वैठक कसले वोलाउने भन्ने अन्यौलताका कारण संस्थाको वैठक बस्नमा कठिनाइ भएको देखिन्छ । Read More
