All about Sunuwar

Archives

now browsing by author

 

गायक शिव मुखिया लन्डन तताउदै !

the axe—–भावना परिष्कृत सुनुवार फानबरो बेलायत
नेपाली संगीत जगतका एक्स ब्याण्ड सुप्रसिध्द पप स्टार शिव मुखिया हाल लण्डनको विभिन्न स्थानमा कन्सर्ट दिदै व्यस्त छन् !बेलायतको स्थानिय “बी13″ नामक नेपाली सांगीतिक समूहको आयोजनामा ” द एक्स ब्याण्ड युके टूर २०१५ “को सांगीतिक यात्राको दौरानमा गत १६ मार्चका दिन गायक मुखिया लन्डन आइ पुगेका हुन् ! लन्डन टेके देखि अति व्यस्त मुखियाको २१ मार्च साँझ फान्ब्रोरो स्थित ओकफम कम्युनिटी हलमा कन्सर्ट सम्पन्न भएको छ ! एउटा चिठीको सहाराले तिम्रो मन जित्न चाहन्न , तिम्रो केशमा लुक्न देउ मलाइ , हामी नेपाली हाम्रो नेपाल , हिजै राती सपनीमा तिमीलाई भेटेको ,चियाबारीमा डाडापारीमा लगायत शिवको थुप्रै चर्चित गीत संगीतले चिसो फान्ब्रोरो तात्तिएको थियो ! दर्शकहरुमा अत्त्याधिक युवा युवतीहरुको चाप थियो !” वन्स ओर वन्स मोर” भन्दै हरेक प्रस्तुति पछि दर्शकहरु आफ्नो प्रिय गायकलाई माया र अनुरोध दर्शाई रहेका थिए ! उक्त कन्सर्टमा बि १३ समुहका कलाकारहरुको पनि जोडदार प्रस्तुति रहेको थियो ! “छोटो समयको लागि आएको अति नै व्यस्त छ समय तालिका ! हंगकंग तिर जस्तै नेपालीहरुको बस्ति एकै ठाउमा होला भनेर सोचेको थिए !तर बेलायतमा त् चारै तिर टाढा टाढा छरिएर बस्नु भएको रहेछ हाम्रो नेपालीहरु ! धेरै खुशी लाग्यो , यति दूर देशमा आफ्नै घर आगनीको परिवेश देख्दा ! देश चित्रमा हैन मुटु भित्र हुदो रैछ… ” ! अन्य थुप्रै मुलुक पुगेका तर बेलायतमा भने पहिलो पटक आएका गायक मुखियाले भाबुक हुदै भने ! यहि बिचमा तुरुन्तै आयोजक बि १३ समुहाले एक्स ब्यान्डलाई लिएर स्कटल्याण्ड जाने चटारोमा रहेको, २८ मार्चमा अशफोर्ड र २९ मार्चमा लण्डनमा मुखियाले कन्सर्ट दिने बारे आयोजक प्रशान्त कर्माले बताए ! आगामी ३० मार्चमा मुखिया स्वदेश फर्कदै छन् ! अन्य देशको लागि सांगीतिक यात्राको तयारि रहेको उनले बताए ! –

अन्तराष्ट्रिय नारी दिवस एक छोटो चर्चा !

bhawanaप्रतेक बर्ष मार्च आठ तारिखका दिन मनाइने अन्त्राष्ट्रिय नारी दिवस कुनै खुशियालीको उत्सव नभएर उत्पीडित महिलाहरुको लैगिक बिभेद बिरुद्धको आवाज हो संघर्ष हो । महिला सशक्तिकरणको अभियानलाई बिश्वब्यापी रुपमा बुलंध पारिदै, महान संकल्प र अठोटको साथ् निरन्तर जारि राखिने अनन्तकालिन महायात्रा हो । बिगत बर्षहरु जसरि यो बर्ष पनि “१०५ औ” अन्तराष्ट्रिय नारी दिवसलाइ मार्च आठको दिन संसार भरिका महिलाहरुले नारी दिवस मनाउदै छन् ! उसो त पुरै हप्ता नारी दिवस सप्ताहको रुपमा महिला अधिकार सम्बन्धि चर्चा परिचर्चा गरिदै मानिने प्रमुख महिला दिवस हो ।

प्रतेक नारी दिवसमा एउटा एउटा मुख्य बिषय (थिम) मा आधारित नाराहरु बनाइन्छ । प्रतेक देशले आ आफ्नै समसामयिक बिषयहरुलाई समाबेस गरि नाराहरु बनाउने गर्दछन । यो पटकको “१०५ औ) को नेपालको लागि राष्ट्रिय नारी दिवस नारा (राष्ट्रिय महिला आयोगबात् ) “लैगिक मैत्री संबिधान महिला हिंसाको निदान” रहेको छ । यी नाराहरुलाई नाराको रुपमा मात्र सिमित नराखेर कार्यात्मक रुपमा अगाडी बढाउनु सबै भन्दा महत्वपूर्ण रहन्छ । यसरि नारी चेतनासँग सम्बन्धित नाराहरु निर्माण भई.बिकासको यस अवस्थासम्म आइपुग्नुमा नारी जागरणको सिंगो इतिहास जोडिएको छ भन्नुमा कुनै अतियुक्ति नहोला ।

अन्तराष्ट्रिय नारी दिवसको इतिहासलाई फर्केर हेर्ने हो भने एक सय पांच बर्ष भन्दा पनि पुरानो प्रारम्भिक चरणको काल खण्डलाइ हामीले स्मरण गर्नु पर्ने हुन्छ । २९ फेब्रुअरि सन् १९०९ ताका जसको प्रथम अध्याय लेखिने काम सयुक्त राष्ट्र संघमा केहि सामाजिक ,जागरुक र चेतनशील महिलाहरुबाट थालनी भएको थियो । त्यसपछि सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा अन्त्राष्ट्रिय महिलाहरुको बृहत भेला भएको थियो । जसमा १७ वटा देशका १०० जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । पुरुष सरह श्रमिक महिलाहरुले समान ज्याला र सुविधाहरु पाउनु पर्ने ,सदियौ देखि नारी माथि सामाजको नाममा ,धर्मको नाममा ,जाति र बर्गको नामा हुदै आइरहेको बिभिन्न खाले अन्याय ,अत्याचार ,शोषण ,दमन ,हिंसा जस्ता लैगिक र अमानबीय ब्यबहारहरु प्रति खुलेर संघर्षको यात्रालाई अघि बढाउने जस्ता महान कार्यको थालनी भएको थियो ति साहसिक महिलाहरुबाट । जसको फल स्वरुप लैगिक विभेद ,सामाजिक ,शैक्षिक ,राजनीतिक ,सांस्कृतिक ,आर्थिक जस्ता बिबिध क्षेत्रहरुमा भएको शोषण ,दमन र विभेदको बिरुद्धमा आवाज बुलान्दित गर्दै ,अन्तराष्ट्रिय स्तर सम्म प्रभाव जमाउन सफल भए ति नारी अग्रजहरु । सन् १९११ मा यस प्रकारको महिला जागृतिले बिभिन्न राष्ट्रमा पहिलो पटक अन्त्राष्ट्रिय नारी दिवस मनाउने क्रमको शुभारम्भ गराई छाड्यो । यहि क्रमलाई निरन्तरता दिदै रशियाका नारीहरुले १९१३ मा ८ मार्चको दिन नारी दिवस मनाए । यसै समय देखि सबै युरोपेली राष्ट्रका नारीहरुले सोहि दिन उक्त दिवसलाई मनाउन थाले महिला मुक्ति संघर्षको अभियानलाई अघाडी सारेर । सन् १९१७ ताका आइ पुग्दा रसियाका नारीहरुले विश्व युद्धको बिरुद्ध ,शान्तिको निम्ति ,रोटीको निम्ति ,प्रेमको निम्ति ,महिलाहरुको मत अधिकारको निम्ति ,तथा सबै क्षेत्रमा पुरुष समान हक अधिकार प्राप्तिको निम्ति मार्च आठकै दिन आवाजलाई झनै बुलान्दित पारेका थिय। जसको फल स्वरूप रसियाका नारीहरुले मत अहिकार सुनिश्चित गराउन सफल भएका थिए । यसरि नै सन् १९१७ देखि १९७६ सम्म मार्च आठले नारी दिवसको निरन्तरा पाई रह्यो l सन् १९७७ मा संयुक्त राष्ट्र संघले नारि दिवस मनाउने सबै राष्ट्रका प्रतिनिधिहरुलाई बोलाएर ,आठ मार्चकै दिन प्रतेक बर्ष अन्तराष्ट्रिय नारी दिवस मनाउने निर्णय गर्दै अधिकारिक रुपमा घोषणा गरेको थियो। त्यस पश्चात आठ मार्चमा मनाइने उक्त नारी दिवसले बिश्वब्यापी रुप लिदै आजको अवस्था सम्म आइ पुगेको हो। Read More

सूचना ! सूचना !! सूचना !!!

सुनुवार समुदायको पहिचान सहितको भित्ते पात्रो यस पटक पनि सुनुवार सेवा समाज जिल्ला समिति दोलखाले प्रकाशन गर्ने भएको हुँदा सुनुवार सेवा समाज जिल्ला समितिहरुले संस्थागत रुपमा गरेका गतिविधिह प्रकाशन गर्न गराउन फोटोहरु यथा सिघ्र उपलब्ध गराउन जानकारी गराईन्छ । साथै ब्यत्तिगत रुपमा शुभकामना , विज्ञापन दिन इच्छुक ब्यक्तिहरुले आफ्नो फोटो र ब्यबसायको विवराण समेत उपलब्ध गराउन सकिने ब्यााहोरा समेत जानकारी गराइन्छ ।
थप जानकारी को लागि सम्र्पक विवेक सुनुवार नं. ९८४९०५२५९९

हार्दिक समावेदना

केर लाँ मालाचा लाल लाँ लाचा
लाल लाँ मालाचा बुइश-शि लाँ लाचा
हाम्रा सहृदयी मित्र तथा सुनुवार सेवा समाज केन्द्रीय समिति कोषध्यक्ष श्रि उत्तम कुमार सुनुवार कातिच ज्यूको जेठा दाइ ओखल्ढुङ्गा खिजि काति निवाशि श्रि पदम कुमार सुनुवार ज्यू को असमुहिक निधन हुनु भएकोमा हार्दिक श्रदानजलि ब्यक्त गर्दाछोै ।सुनुवार डट ओआरजि, चुप्लु समाज, रेडियो लिखु, चुप्लु फाउण्डेशन, दर्ुदा डट कम परिवार ।

दोलखा जिल्लाको हाँवा गाविसमा अमुर्त संस्कृतीहरुको संरक्षण तथा प्रबद्र्वन बिषयक अन्तरक्रिया कार्यक्रम ।

पाम बा. सुनुवार, सुनुवार डट ओआरजी ।
२६ माघ, दोलखा । दोलखा जिल्लाको हाँवा गाविसमा अमुर्त संस्कृतीहरुको संरक्षण तथा प्रबद्र्वन बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पहिचान र समानताका लागी प्रतिबद्वता भन्ने मुल नाराका साथ सुनुवार सेवा समाज केन्द्रिय समितिले आयोजना गरेको कार्यक्रमा सुनुवार समुदाय भित्र अमुर्त संस्कृती के के छन् र यि संस्कृती लाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो । स्थानिय स्तरमा पहिचानको चेतना जगाई संस्कृतीको संरक्षण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेका कार्यक्रमका अध्यक्ष भुवानी सुनुवारले बताउनु भयो । हाँवा, ठुलोपातल, चरिकोट, लगाएतका सुनुवार हरु भेला भएको उक्त कार्यक्रमा सुनुवार सेवा समाज केन्द्रिय समितिका संस्कृती तथा अनुसन्धान बिभाग प्रमुख अमृत बहादुर सुनुवार ले अमुर्त संस्कृतीको महत्व बारे जानकारी गराउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि सुनुवार सेवा समाज केन्द्रिय समितिका अध्यक्ष मन प्रसाद सुनुवारले सुनुवार समुदायको संस्कृती क्रमिक रुपमा लोप हुदै पहिचानै संकटमा पर्न लागेको हुदा यसको संरक्षणमा सबै लाग्नु पर्ने बाताउनु भएको थियो । कार्यक्रम हाँवा गाबिस वडा नं. ९, गैह्रागाँउ स्थित सहकारी हलमा सम्पन्न भएको थियो । दोलखा जिल्ला समितिको संयोजन मा भएको कार्यक्रममा गाँउका स्थानिय झाँक्री, पुजारी, शिक्षक,राजनैतिक दलका प्रतिनिधी समाजसेवी लगाएत बिभिन्न संघ संस्था बाट सहभागी थिए ।

कोइन्च सुनुवार बिधिबाट बेलायतमा सम्पन्न भयो मृत्यु संस्कार !

uk२४ जनुवरी(२०१५ ) सनिबार रेडिङ्ग स्थित मेरी चर्च बेलायतमा, रामेछाप साप्ऱा दुरा गाउँ निवासी स्व किर्ति बहादुर सुनुवारको अन्तिम दाहसंस्कार किरात धर्म सुनुवार संस्कार अनुसार सम्पन्न भएको छ ! बिगत २००९ साल देखि आबासिय भिसामा बेलायतको रेदिङ्गमा बस्दै आउनु भएका ८० बर्षीय किर्ति बहादुरको गत ०३ )जनुवरीमा उपचारको क्रममा देहावसान हुन गएको थियो ! उहा कोइन्च संस्कृतिलाइ असाध्य माया गर्ने अग्रज हुनुहुन्थ्यो ! बिगतमा श्यांदर पिदार हुदा पुजारीको समेत भूमिका निर्बाह गर्दै ,समाजलाई आफ्नो जातिय संस्कृति प्रति मार्ग निर्देशन गर्नु भएको थियो ! उहा जस्तो अग्रजको अकल्पनीय निधनले समाज र सन्थालाइ ठूलो क्षति पुगेको र किरात सुनुवार समाज बेलायत यो दुखद घटनाले स्तब्ध रहेको कुरा संस्थाका अध्यक्ष मोतिराज सुनुवारले समबेदना प्रकट गर्ने क्रममा भने !
पोइब लोक बहादुर सुनुवारले आफ्नै सुनुवार विधिबाट पार्थिक शरीरको अन्त्यषठी सम्पन्न गरे पश्चात , मृतकका छोरी ज्वाई खडानन्द सुनुवारले उहाको जीवनी बाचन गरेर सुनाउदै सपरिवारको तर्फाबाट हार्दिक श्रदान्जी अर्पण गर्दै ,उपस्थित सम्पूर्णलाइ हार्दिक धन्यबाद ज्ञापन गरेका थिए ! उक्त दाहसंस्कार कार्यक्रममा कोइन्च लगायत रेदिङ्गबासि विभिन्न जातिय संघ संस्था र नेपाली समाजको पनि,दिबंगत आत्मालाई श्रद्दान्जली दिनको निम्ति उल्लेखनीय उपस्थिति रहेको थियो ! कि सु से स बेलायतको तर्फाबात हार्दिक श्रदान्जली स्वरुप पुष्पा गुच्छा अधक्ष मोतिराज ,,महासचिब भक्तमान सुनुवार ,उपाध्क्ष यादब सुनुवार लगायत अन्य पदाधिकारीहरुले संयुक्त रुपमा अर्पण गरेका थिए !
सुनुवार विधिबाट मृत्यु संस्कार सम्पन्न गरेको बेलायतमा पहिलो पटक थियो र धेरै कोइन्चहरु अब बिस्तारै आफ्नो संस्कारको खोज तलासी गरिनु पर्छ भन्ने कुरा प्रति चासो देखाएका थिए ! “बाबाको इक्षा नै आफ्नो जातिय विधिबाटआफ्नो मृत्यु संस्कार होस् भन्ने थियो र आमाको पनि धरानमा सुनुवार विधिबाट अन्तिम संस्कार भएको हो ” स्व किर्ति ब सुनुवारकी एकलौटी छोरी बिष्णु सुनुवारले बताईन !नेपालमा दुइ जना छोराहरु रहेको र उनीहरुले पनि कोइञ्च विधिबाट नै आफ्नो बुवाको अन्तिम संस्कार १० दीन सम्म गर्ने जानकारी पनि विष्णुले गरायिन !सल्लाहकार जनक सुनुवार र संस्थाको सहयोगमा सम्पन्न मृत्यु संस्कार सोक कार्यक्रमलाई सुर्यराम सुनुवारले संचालन गरेका थिए !गत २९ डिसेम्बर (२०१४) मा संस्थाका बरिष्ठ सल्लाहकार खबिन्द्र सुनुवारकी धर्म पत्नी पम्फा सुनुवारको ४८ बर्षको अल्पायुमा असमायिक निधनबात बज्रपातमा गुज्री रहेको अबस्था भित्रै ,बेलायतबासी सिनुवारहरुले अर्का एक आफ्नो प्रियजन गुमाउन पुगेका छन् ! एक हप्ताको अन्तराल भित्रमा दुइ जना समाजका प्रमुख व्यक्तित्वहरु गुमाउदा अपुरणीय क्षतिले सबै कोइंचको मन भक्कानिएको छ ! तै पनि मन थामेर धर्य धारण गर्नु परेकै छ ,जीवन र मृत्यु प्रकृतिको शाश्वत सत्यलाई स्वीकार गर्नु परेकै छ ! अदृश्य जगतको यात्रामा जाने दिबंगत आत्माहरुलाई हार्दिक श्रद्दान्जली !!!

मिस सुनुवार २०१५ को उपाधि सिन्धुली बस्तिपुर का प्रिया सुनुवार चुमेकि छिन् ।

miss_sunuwar९ माघ, काठमाण्डौ ।  ड्रिम फ्याक्ट्री इन्टरटेन्टमेन्ट ग्रुपले आयोजना गरेको प्रतियोगिता नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको थियो । प्रतियोगिता मा फस्ट रनरअप रामेछाप सैपुका अन्जना सुनुवार र सेकेन्ड रनरअप मन्जिला सुनुवार हुनु भएको छ । त्यसैगरी मिस कन्फिडेन्ट सृष्टी सुनुवार, मिस पोज अन्जना सुनुवार, मिस फोटो जेनिक मुना सुुनुवार, मिुस पब्लिक च्योइज तारा सुनुवार, मिस ट्यालेन्ट देबिका सुनुवार भएका छन । मिस सुनुवार सँगै मिस लिटल सुनुवारको पनी छनौट गरिएको थियो । मिस लिटल सुनुवार को उपाधी दिब्यता सुनुवार पाएकी छिन्  भने फस्ट रनरअप सइच्क्षा सुनुवार र सेकेन्ड रनरअप अनुसा सुनुवार भएकी छिन । प्रतियोगिताको निर्णायक टिममा आदिबासी जनजाती चलचित्र महासंका अध्यक्ष अमृत बहादुर सुनुवार, गायक शिब मुखिया, चलचित्र निर्देशक आसिष सुनुवार, सुनुवार कलाकार प्रशान्त सुनुवार, संञ्चारकर्मी भिषण राई, समाजसेवी रमिता लिम्बु र मिस सुनुवार का प्रबन्ध निर्देशक दशमी सुनुवार थिए । सुनुवार समुदायको उल्लेख्य उपस्थिति रहेको  कार्यक्रम सुनुवार सेवा समाज केन्द्रिय समितिका अध्यक्ष मन प्रसाद सुनुवारको प्रमुख आतित्थतमा सम्पन्न भएको थियो ।