All about Sunuwar

दन्त शिविर सञ्चालन हुँदै

daatओखलढुंगा २०, पुस । क्युँइतबु कल्याण कोषद्वारा सञ्चालन गरिएको दुई दिने दन्त शिविर आजबाट शुरु भएको छ । शिविरमा आज करिव दुईसयभन्दा बढी दाँतका रोगीहरुले उपचार गराए । सो कार्यक्रममा ओखलढुंगा जिल्लाको रगनी गाविसलगायत आसपासका छिमेकी गाविसहरुबाट उपचारका लागि आएको र उपचारमा आफूले भोगेको समस्याको समस्या हल भएको कुरा शिविरमा आउने कामी शेर्पाले बताए । उक्त शिविर सञ्चालन हुने कुरा विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएपछि एक दिनको बाटो हिँडेर अघिल्लो आएको कुरा बताए । शिविरमा उपस्थित भएका दाँतका रोगीहरुको चाप देखेर आफूलाई अझ हौसला बढेको कोषका अध्यक्ष प्रकाशकुमार सुनुवारले बताए । यो शिविरले स्थानीय बासिन्दामा निकै राहत मिलेको कुराले आफूलाई अझ आउने दिनमा यस्तो स्वास्थ्य शिविर चलाउने उत्साह बढेको र अझ सकेसम्म आउने दन आसपासका गाउँहरुमा भविष्यमा यस्तो कार्यक्रम सञ्चालन गर्ने ऊर्जा मिलेको पनि बताउनुभयो । शिविरमा उपचार गराउन आएका रोगीहरुको समस्या हामीले सोचेभन्दा पनि अझ जटिल भएको र यसलाई सकेसम्म समाधान गर्ने कोसिस गरेको र सम्बन्धित अस्पतालहरुमा सिफारिस गरेको कुरा डा. विजय तामाङले बताए । कार्यक्रममा उपस्थित दाँतका बिरामीहरुले हाम्रो दुईदिने शिविरमा निकै सहयोग पुगेको स्वास्थ्य शिबिर संयोजक अजय बस्नेतले बताए । कोषद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रम आजसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *