All about Sunuwar

Archives

now browsing by author

 

कालीमाया सुनुवारलाई आर्थिक तथा जिन्सी समान सहयोग ।

kali mayaजीवन सुनुवार किरात
१२ चैत लप्चे गाउँ, पात्ले-८, ओखलढुंगा। बिगत १० बर्ष देखि कष्टकर जीवन बिताउदै ढुंगाको ओडारमा बस्दै आउनु भएका काली माया कोर्मोच सुनुवार ज्युलाई रोजगारको सिलसिलामा प्रवासमा रहनु भएका नेपालीहरुद्वारा आर्थिक तथा जिन्सी समान सहयोग प्राप्त भएको छ। पात्ले गाबिसको लप्चे गाउँमा जन्मनुभई सोही ठाउँमा विवाह गरि बस्नुभएका करिब ७५ बर्ष उमेरकी काली मायाको परिवार कोहि छैनन्।उनका एक छोरी र एक छोरा मध्य छोरीको बिबाह भएर नि मृत्युु भैसकेको र छोरा लामो समयदेखी बेपत्ता छन भने श्रीमानको पहिले नै मृत्यु भैसकेको हो।बिगत लामो समयदेखि एकल जीवन जिउदै आउनुभएका काली मायाको आर्थिक अबस्था सारै नाजुक र मानसिक रुपमा पनि बिक्षिप्त भएको कारण ओडारमा बसेको गाउलेहरुको भनाई छ।गाउँलेहरुले हेरचाह गर्दै रहेको अबस्थामा केही बर्ष अघि राष्ट्रिय दैनिक कान्तिपुर र शेर्पा खबर डटकममा उनको बारे समाचार प्रकाशित भएपछि जिल्ला लगायत अन्यत्र ठाउँहरुमा ध्यानाकर्षण भएको हो। समाचार सम्प्रेषण भए पश्चात् सहयोग प्राप्त हुने क्रममा हाल रोजगारको सिलसिलामा परदेशमा रहनु भएका नेपालीहरुबाट आर्थिक तथा जिन्सी समान सहयोग प्राप्त भएको छ। र हाल गाबिसमा रहेको नबज्योती बहुउद्देश्यीय युवा क्लब पात्ले अन्तर्गत रहेको “काली माया सुनुवार सरोकार समिती” गठन गरि सो समितिले रेखदेख गर्ने गरेको छ।
सुनुवार सेवा सामाज शाखा साउदी अरेबियाको सहकार्य र कतारमा कार्यरत नेपालीबाट प्राप्त सहयोग बिबरण # साउदी रियल –
१) सुसेस साउदी अरेबिया कोष -५००/-
२) गणेश कुमार सुनुवार -१००/-
३) दिनेस सुनुवार -२००/-
४) मोहन सुनुवार -५०/- जम्मा ८५०/- (रु.२४,५००/-) Read More

प्रवासी सुनुवारहरुले संकलन गरि पठाइएको राहत बितरण हुँदै।

rahatसुनुवार डट ओआरजि समाचारदाता ।
१४  माघ, रामेछाप ।  मिति २०७२ बैशाख ११,१२ र २९ गते गएको महा बिनासकारी भुकम्पमा परि दोलखा र रामेछापका सुनुवार समुदायमा मृत्यु भएका मृतकका परिवारजनलाई र अन्य भुकम्प पीडितहरुलाई प्रवासी सुनुवारहरुले संकलन गरि पठाइएको राहत रकम सुसेस केन्द्रिय अध्यक्ष ज्युबाट दोलखाको हाबाँ र रामेछापको रस्नालुमा बितरण कार्यक्रम सम्पन्न गरियो।

सुसेसा शाखा दोहा, कतारद्वारा बिधाई कार्यक्रम ।

bidhaiसामुयल / भानु सुनुवार समाचारदाता, दोहा, कतार ।
दोहा, कतार, जैद्द स्थित ट्पफर्म होटेलको हलमा प्रमुख अथिति सुसेसा शाखा दोहा कतारका प्रमुख सल्लाकार भानु सुनुवारको अथित्य र विशेष सल्लकार पुरुषोतम सुनुवार, पुर्ब अध्यक्ष किशोर सुनुवार अथिती र सुसेसा शाखा दोहा कतारका अध्यक्ष नर बहादुर सुनुवार(सोम)को सभापतित्वमा बिगत दुई बर्षदेखि बैदेशिक रोजगारिको शिलशिलामा दोहा,कतारलाई आफ्नो कर्मभूमी बनाउँदै आउनुभएका सुनुवार सेवा समाज शाखा कतारका पूर्व कोषाध्यक्ष श्री अर्जुन सुनुवार तथा सचिव श्री रुपक सुनुवार आफ्नो कतार बसाईलाई बिट मार्दै जन्मभूमी नेपाल फर्किनु लाग्नु भएको हुँदा उहाँहरुलाई सुसेस शाखा दोहा कतारले औपाचरिक कार्यक्रम गरि बिधाई गर्‍यो ।
सो कार्यक्रममा उपस्थीत सबैलाई सुसेसा शाखा दोहा कतारका उपाध्यक्ष सामुयल सुनुवारले स्वागत मन्तब्य राख्नु हुँदै प्रबासमा रहेर पनि आफ्नो जाती, भाषा र समाज प्रति कठिन परिस्थिमा पनि साथ सहयोग हौसला दिनुभएकोमा उहाहरु प्रति आभार प्रकट ब्यक्त गर्नु हुँदै जहाँ रहे, जस्तो परिस्थिमा रहे, पनि सुनुवारहरुको एकतामा उहाहरुको ठूलो भुमिका रहनेछ, भन्दै सफल यात्रा साथै अग्रेजी नव बर्ष २०१६ को सबैमा शुभकामना ब्यक्त गर्नु भयो । त्यसै गरि सुसेसा शाखा दोहा कतारका पुर्ब आध्यक्ष किशोर सुनुवारले उहाहरु दोहा कतारमा रहुन्जेल जसरि समाजलाई खुलेर साथ सहयोग गर्नु भयो यसमा जति प्रशंसा गरे पनि कमि नै हुनेछ । सुनुवार एकताको लागि सुसेसा शाखा दोहा कतार एउटा उदाहरण मात्र हो । अहिले बिश्वमा सुनुवार समाज गठन र एकता पहल भईरहेको अवस्था छ सबै सुनुवारको योगदान र एकता हुनुपर्छ सबैले आफ्नो ठाउबाट पहल गर्न आनुरोध गर्नुभयो । Read More

किरातीहरुका प्रकृति र पितृको पूजा दोहामा सम्पन्न ।

quatarभानु/सामुयल सुनुवार समाचारदाता, दोहा, कतार । किरातीहरुका महान चाड तथा राष्ट्रिय पर्व ,रापवा श्याँदर पिदार, चासोक तङनाम, साकेला उधौली– ५०७५ लाई किराती तथा गैरकिरातीहरुले कतारमा २५ डिसेम्वर शुक्रवारका दिन भव्यताका साथ मनाए ।
आदिम युगमा शिकारीका रुपमा परिचित किरातहरुमा शिकार नपाउदाका अवस्थामा कन्दमुल खान सिकेका र काँचो कन्दमुल खाँदा बिरामीपरी अन्नबाली लगाएर खेतीगर्न उत्प्रेरित भएको सम्वन्धमा किरात मुन्धुम÷मुक्दुममा बिभिन्न मिथकहरु रहेको पाइन्छ । खेतीगर्न थाले पश्चात् किरातहरूले उधौली र उभौली गरेर वर्षको २ पटक प्रकृति तथा पूर्खा पुजा गर्ने एक सुनिश्चित परम्पराको थालनी गरे । सुरुमा अन्नबाली लगाउने याममा तथा आफूले लगाएको अन्नबाली पाकपेछि नयाँ अन्न पितृहरूलाई अपर्ण गररे मात्र खाने परम्परा विकास गर्दै गए ।
यसरी मनाइने चाड किरात समुदायहरुमा गुराँस वा आरु फुलेको याम, जुनबेला चराहरु तथा खोलाका माछाहरु उत्तरतिर लाग्छन् यो यामलाई बाली लगाउने याम मानेर अन्नबाली सप्रियोस् सहकाल होस् भन्ने कामना गर्दै उभौली र पैयँु फुलेको याममा जुन समय चराहरु र खोलाका माछाहरु दक्षिणतिर लाग्छन् यो यामलाई अन्नबाली भित्राउने याम मानेर नयाँ अन्नबाली प्रकृति र पूर्खालाई चढाएर सुःख, समृद्घिको कामना गर्दै उधौली चार्ड मनाइन्छ । Read More

आजिबन सदस्यता र खुरिन दाखिन कतार सुनुवार कोईचहरुको हातमा ।

quatar1सामुयल सुनुवार/ समचारदाता, दोहा, कतार । जैद्द टावर, दोहा कतार स्थित सुनुवार सेवा समाज शाखा दोहा कतारको नियमिती भेलामा सुनुवार सेवा समाज काठमाण्डौका कोषध्यक्ष तथा सुनुवार कोईच तमि कवियात्रीको शोभा सुनुवार (जुलियट) को कोईच लो: कबिता सङग्रह “खुरिन दाखिन” सुनुवार सेवा समाज शाखा, दोहा कतारमा आबद्ध सम्पुर्ण सुनुवार सद्स्यहरु लगायत भेलामा पाल्नु हुने पहुनाहरुको हात-हातमा पर्‍यो । उक्त कबिता सग्रह भित्र कवियात्री शोभा सुनुवारको पोखिएका मनका भाबहरु पढेर प्रतिकियाहरु अबश्य दिनुहुनेछ्न र  सुनुवार सेवा समाज शाखा दोहा, कतारमा आबद्ध सुनुवारहरुलाई आजिवन सदस्यता प्रदान गरिएको छ ।

राजन मुकारुङलाई सम्मान ।

भावना परिष्कृत बेलायत । सिर्जनसील अराजकताका अभियन्ता, पहिचानवादी लेखक मदन पुरस्कार विजेता आख्यानकार कवि राजन मुकारुङ युकेमा सम्मानित हुनु भएको छ । नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको आयोजनामा डिसम्बर ४ का दिन आयोजना गरिएको कार्यक्रमममा मुकारुङलाई सम्मान गरिएको हो ।

सारा टुनिचालाई आर्थिक सहयोग ।

sara tunichaकिरात सुनुवार समाज बेलायतका सचिप श्री भक्तमान सुनुवार ज्युले सारा टुनिचा ज्युलाइ रु १५,०००  आर्थिक सहयोग गर्नु भएको रक्म मङ्सिर १५ गतेका दिन सुनुवार सेवा समाज केन्द्रीय समितिको अध्यक्ष मन प्रसाद सुनुवार ज्युले सु से स भवान कोटेस्वर काठमाण्डौमा हस्तन्तरन गर्नु भयो ।