Archives
now browsing by author
रामेछाप दुराँगाउको सदगाँउ स्थित श्याँदर पिदार कार्यक्रममा ।
[youtube]https://www.youtube.com/watch?v=sFlQWwwpbrU[/youtube]
रामेछाप दुराँगाउको सदगाँउ स्थित श्याँदर पिदार कार्यक्रम पुजाको समयमा रमाईलो
दोस्रो आदिबासी जनजाती कप फुटबल-२०७३ सुसेस ललितपुरलाई ।
सुनुवार डट ओआरजी समाचारदाता ।
१ जेठ , ललितपुर । “एकताले नै सपना साकार हुन्छ” भन्ने मुल नाराका साथ किरात कोइँच स्पोर्टस क्लबले आयोजना गरेको दोस्रो अदिबासी जनजाती कप–२०७३ फुटबलको उपाधि सुनुवार सेवा समाज ललितपुरले हात पार्न सफल भएको छ । प्रतियोगिताको फाइनल खेलमा सुनुवार अञ्चल ट्याक्सी व्यवसायीबीच भएको खेलमा निर्धारित समयमा १–१ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुट आउटमा ५–४ गोलले पराजित गर्दै ललितपुरले उपाधि हात पारेको हो । खेलको छैठौ मिनेटमा सुमन मगरले गोल गर्दै ट्याक्सी व्यवसायीलाई अग्रता दिलाएको थिए । खेलको दोस्रो हाफमा ट्याक्सी व्यवसायीलाई ६३औं मिनेटमा बसन्त तामाङको गोलले खेल बराबरीमा ल्याएका थिए ।
प्रतियोगितामा विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो प्रतियोगिा भरिको क्रमशः उच्च गोलकर्ता दुरा सेवा समाजबाट निर्मल दुरा, उत्कृष्ट रक्षक कमल तामाङ सुनुवार सेवा समाज ललितपुर, उत्कृष्ट फरवार्ड सुमन मगर अञ्चल ट्याक्सी व्यवसायी, उत्कृष्ट गोलकिपर सोम सामताङ सुनुवार सेवा समाज ललितपुर, उत्कृष्ट मिडफिल्डर त्रिलोक दुरा दुरा सेवा समाज र प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडी रवि थिङ सुनुवार सेवा समाज ललितपुरले हात पार्न सफल भएका छन् । पुरस्कृत खेलाडीलाई प्रमुख अतिथि सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारले वितरण गरेका थिए । प्रतियोगितामा क्रमशः सुनुवार विद्यार्थी समाज चौथो, दुरा सेवा समाज तृतीय, सुनुवार अञ्चल ट्याक्सी व्यवसायी दोस्रो र सुनुवार सेवा समाज ललितपुर प्रथम भएको थियो । विजेता टोलीलाई नगद, प्रमाण–पत्र तथा ट्रफी वितरण गरिएको थियो ।
प्रतियोगिताको प्रथम हुने टोलीलाई राजेश सुनुवार कतारबाट ट्रफी, मेडल तथा नगद ५० हजार सुनुवार सेवा समाज शाखा यूएईले सहयोग गरेको थियो । त्यसैगरी दोस्रो हुने टोलीलाई सुनुवार सेवा समाज शाखा दक्षिण कोरियाले ट्रफी, प्रमाण–पत्र तथा नगद २५ हजार सहयोग गरेको थियो । त्यस्तै तृतीय टोलीलाई अशोक ङवाचा सुनुवारले स्व. भाई गोविन्द सुनुवार प्रति समर्पित गर्दै ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद १५ हजार सहयोग गरेको थियो ।
त्यसैगरी अन्य सहयोगी संस्था सुनुवार सेवा समाज कतारबाट फेयर प्ले टोलीलाई ट्रफी लगायत अन्य विविध विधाको खेलाडीहरुलाई ट्रफी प्रयोजन गरी सहयोग गरेका थिए । त्यस्तै सुनुवार सेवा समाज शाखा मलेसिया, ओखलढुंगा एकता समाज मलेसिया, युकेबाट व्यक्तिगत सहयोग समेत यस प्रतियोगिताका लागि सहयोग गरेका थिए ।
प्रतियोगितालाई उच्च मनोबलको हौसाला प्रदान गर्न निम्ति भेट्रान टोलीलाई पनि आयोजकले समावेस गरेको थियो टोलीमा सुनुवार को–आपरेटिभ लि. , आदिवासी जनजाति फुटबल क्लब (आइएफसी) र नेपाल आदिवासी जनजाति प्रतिष्ठान गरी ३ टोलीको सहभागी थियो । भेट्रान टोलीमा सुनुवार को–अपरेटिभ लि.ले उपाधि जितेको थियो । उपाधिका लागि निरबहादुर सुनुवार कतारबाट स्वा. बुबा प्रति समर्पित गर्दै ट्रफी, मेडल र प्रमाण–पत्र सहयोग गरेका थिए । यसैबीच देश विदेशबाट आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई कदर–पत्र सहित आयोजक किरात कोइँच स्पोर्ट्स क्लबले सम्मान गरेको थियो ।
अञ्चल ट्याक्सी, दुरा, सुनुवार विद्यार्थी र सुसेस ललितपुर सेमिफाइनलमा ।
सुनुवार डट ओआरजी समाचारदाता ।
३० वैशाख, ललितपुर । दोस्रो आदिवासी जनजाति कप २०७३ को क्वाटरफाइनलमा खेलमा सुनुवार अञ्चल ट्याक्सी व्यवसायी, दुरा सेवा समाज, सुनुवार विद्यार्थी समाज र सुनुवार सेवा समाज ललितपुर सेमिफाइनलमा प्रवेश गरेका छन् । सुनुवार अञ्चल ट्याक्सी व्यवसायीले वालुङ युथलाई २–० ले, दुरा सेवा समाजले लिखु भुजी रामेछापलाई १–० ले, सुनुवार विद्यार्थी समाजले मगर फुटबल टिमलाई ५–२ ले, सुनुवार सेवा समाज ललितपुरले नेवा युथ क्लबलाई २–१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका छन् ।
सुनुवार अञ्चल ट्याक्सी व्यवसायीका जर्सी नं. ७ सुमन मगरले २१औं मिनेटमा र जर्सी नं. ११ का विकास मोक्तानले ६४औं मिनेटमा गोल गरेका थिए । त्यसैगरी दुरा सेवा समाजका जर्सी नं. ८ का राम दुराले ८औं मिनेटमा गोल गरेका थिए । सुनुवार विद्यार्थी समाजका जर्सी नं. १७ का मार्बल सुनुवारले ६ मिनेट, जर्सी नं. ४ का विनोद गुरुङले १८ मिनेट, जर्सी नं. १६ का रोशन गुरुङ २० मिनेट, जर्सी नं. ८ का सुमन श्रेष्ठले ४३ मिनेटमा र जर्सी नं. ७ का प्रह्लाद सुनुवारले ७० मिनेटमा गोल गरेका थिए भने मगर फुटबल टिमका जर्सी नं. १० का विजय श्रेष्ठले ४० मिनेट र जर्सी नं. ७ का चन्द्र राना मगरले ४७ मिनेटमा गोल गरेका थिए । त्यसैगरी सुनुवार सेवा समाज ललितपुरका जर्सी नं. ५ का छवि रोका मगरले १७ र ३७ मिनेटमा गोल गरेका थिए भने नेवा युथ क्लबका तर्फबाट जर्सी नं. १६ का विकास महर्जनले ५५ मिनेटमा गोल गरेका थिए ।
सेमिफाइनल खेलमा सुनुवार अञ्चल ट्याक्सी व्यवसायीविरुद्ध सुनुवार विद्यार्थी समाज र दुरा सेवा समाजविरुद्ध सुनुवार सेवा समाज ललितपुरबीच हुनेछ ।
आयोजकलाई पन्छाउँदै सुसेस ललितपुर, सुविस, मगर र नेवा क्वाटरफाइनलमा ।
२९ वैशाख, ललितपुर । दोस्रो आदिवासी जनजाति कप २०७३ को समूह चरणको अन्तिम खेलमा सुनुवार सेवा समाज ललितपुर, सुनुवार विद्यार्थी समाज, मगर फुटबल टीम र नेवा युथ क्लब क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सुनुवार सेवा समाज ललितपुरले आयोजक किरात कोइँच स्पोर्टस् क्लबलाई ट्राइब्रेकरमा र सुनुवार विद्यार्थी समाजले मंगोलियन ग्रुपलाई ट्राइबे्रेकरमा हराए । त्यसैगरी मगर फुटबल टिमले मंगोलियन युथलाई ३—० मा पराजित गरे भने नेवा युथ क्लबले रस्नालु युनाइटेडलाई २—१ हराए । आयोजक टिम र सुसेस ललितपुरको खेल १—१ गोलमा टुंगिएपछि ट्राइबे्रकरमा हार व्यहोर्नुपरेको थियो ।
क्वाटरफाइनल खेल वालुङ युथ र सुनुवार अञ्चल ट्याक्सीव्यवसायी, दुरा समाज र लिखु भुजी रामेछाप, मगर फुटबल टिम र सुनुवार विद्यार्थी समाज तथा सुनुवार सेवा समाज ललितपुर र नेवा युथ क्लबबीच हुने भएको छ ।
सुनुवार अञ्चल ट्याक्सी, दुरा समाज र लिभुरा विजयी ।
सुनुवार डट ओआरजी समाचारदाता ।
२८ वैशाख, ललितपुर। दोस्रो आदिवासी जनजाति कप २०७३ को दोस्रो दिनको खेलमा सुनुवार अञ्चल ट्याक्सी व्यवसायी संघ, दुरा समाज र लिखुभुजी रामेछाप विजय भएका छन् । सुनुवार सेवा समाजविरुद्ध सुनुवार अञ्चल ट्याक्सी व्यवसायी संघले २–१ ले गोल अन्तरले जित हात पारे । सुनुवार सेवा समाज भक्तपुरका जर्सी नं. १६ ले खेल सुरु भएको ५ मिनेटमा सुदन गोसलले गोल गरेका थिए भने दोस्रो हाफमा सुनुवार अञ्चल ट्याक्सी व्यवसायी संघका जर्सी ९ लोक पुनमगरले ५२औं मिनेटमा गोल फर्काए । त्यसैगरी ६१औं मिनेटमा जर्सी नं. ७ का सुजन मगरले अर्को गोल थप्दै जित सुनिश्चित पारे ।
दोस्रो खेलमा सुनुवार समाज बचत तथा ऋण सहकारी संस्था लि. विरुद्ध दुरा समाजले ०–५ गोल अन्तरले जित हात पारे । दुरा समाजका जर्सी १० का निर्मल दुराले २० मिनेटमा गोलको खाता खोले भने जर्सी नं. ४ का सञ्जोग दुराले ३५ र ३७औं मिनेटमा दुईं गोल थपे । त्यसैगरी जर्सी नं. १० का निर दुराले ३९औं मिनेट र जर्सी नं. १४ का विनोद दुराले ५५औं मिनेटमा गरेका थिए ।
त्यसैगरी दिउँसोको खेलमा किरात राई स्पोर्टस् एसोसियसनलाई लिखु भुजी रामेछाप क्लब ०–१ गोल अन्तरले जित हात पारे । लिखु भुजीका जर्सी नं. ११ का अर्जुन गुरुङले खेल शुरु भएको ४ मिनेटमा गोल गरेक थिए । वर्षातका कारण मगर फुटबल टिम र मंगोलियन युथबीचको खेल स्थगित गरिएको छ । आजको खेल वर्षात नभएमा मगर फुटबल टिम र मंगोलियन युथ, सुनुवार विद्यार्थी समाज र मंगोलियन ग्रुप, सुनुवार सेवा समाज ललितपुर र आयोजक तथा रस्नालु युनाइटेड र नेवा युथबीच खेल हुनेछ ।
दोस्रो आदिवासि जनजाति कप २०७३ आयोजना।
सुनुवार डट ओआरजी समाचारदाता ।
ललितपुर, बैशाख २७ । किरात कोइँच स्पोर्टस् क्लबले दोस्रो आदिवासि जनजाति कप २०७३ आयोजना गरेको छ । जसमा १६ टिमले भाग लिएकाछन् । प्रतियोगितामा पहिलो खेल पुन कमूनिटी र वालीङ यूथ बिच भएको थियो । वालीङ यूथले पहीले १४ मिनेटमा कर्नर किकबाट सिधै गोल गर्न सफल भएको थियो भने १६ मिनेटमा नै पुन कमूनिटीले फर्काउन सफल भएको थियो ।
निर्धारित समय सम्म १, १ गोल भएको हुनाले नतिजाको लागि पेनाल्टि सुटआउट भएको थियो जसमा वालीङ यूथले ४ मा ४ गोल र पुन कमूनिटीले ४ मा २ गोल भइ वालीङ यूथ पहिलो चरणमा विजय हुन सफल भएको थियो । भोलीको खेल सुनुवार अञ्चल यूथ सँग सुनुवार सेवा समाज भक्त्तपुर , दुरा समाज सँग सुनुवार सहकारी, लिखु भूजी सँग किरात राई स्पोर्ट समाज र मगर फूटबल टिम बिच मंगोलियन यूथ बिच हुने छ ।
सुनुवार सेवा समाज केन्द्रीय समितिको नवौं सम्मेलन सम्पन्न ।
सुनुवार डट ओआरजि समाचारदाता ।
२६ बेशाख, काठमाण्डौं । सुनुवार सेवा समाज केन्द्रीय समितिको नवौं सम्मेलन सम्पन्न भएको छ । विभिन्न जिल्ला , नगर, गाउ र विदेशमा रहेका बैधानिक प्राप्त समितिका प्रतिनिधहरुका बिच भएको छ । जसमा अध्यक्ष , माहसचिव, सचिव, कोषाध्यक्ष र सदस्यहरु निबिरोध हुनुभएको थियो भने उपाध्यक्षमा शान्तकुमारी सुनुवार, किरण मुखिया सुनुवार, अमृत बहादुर सुनुवार र मोहन सुनुवार बिच चुनाव भै शान्तकुमारी सुनुवार, किरण मुखिया सुनुवार र अमृत बहादुर सुनुवार चुनिनु भएको छ ।
सुनुवार सेवा समाज केन्द्रीय समिति नवौं सम्मेलनबाट नब निर्बाचित पदाधिकारीहरु
१. अध्यक्ष : रणबिर सुनुवार
२. उपाध्यक्ष : शान्तकुमारी सुनुवार
३. उपाध्यक्ष : किरण मुखिया सुनुवार
४. उपाध्यक्ष : अमृत बाहादुर सुनुवार
५.माहसचिब : समीर मुखिया सुनुवार
६. सचिव : उत्तम कुमार सुनुवार
७. कोषाध्यक्ष : शोभा सुनुवार
८. सदस्य : किशोर कुमार सुनुवार
९. जीवन कुमार सुनुवार
१०. चम्पक सुनुवार
११. दिपा सुनुवार
१२. आशिष सुनुवार
१३. देब कुमारि सुनुवार
१४. महेन्द्र बहादुर सुनुवार
१५. रमेश कुमार सुनुवार
१६. रेवती रोमन सुनुवार
१७. बुद्धी बहादुर सुनुवार
१८. टंक कुमारी सुनुवार
१९. ज्योती सुनुवार
२०. सागर कृष्ण सुनुवार
२१. सुरज सुनुवार
