Archives
now browsing by author
राजन मुकारुङलाई सम्मान ।
भावना परिष्कृत बेलायत । सिर्जनसील अराजकताका अभियन्ता, पहिचानवादी लेखक मदन पुरस्कार विजेता आख्यानकार कवि राजन मुकारुङ युकेमा सम्मानित हुनु भएको छ । नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको आयोजनामा डिसम्बर ४ का दिन आयोजना गरिएको कार्यक्रमममा मुकारुङलाई सम्मान गरिएको हो ।
भूपू माननीय चम्पक सुनुवार बेलायतमा सम्मानित ।
भावना परिष्कृत,बेलायत । किरात सुनुवार सेवा समाज बेलायतले २८ नोभेम्बर सन् २०१५ शनिबारको दिन एक महत्वपूर्ण कार्यक्रमको आयोजना गरि भूपू माननीय साम्सस चम्पक सुनुवार तथा उहाकी धर्म पत्नी शोभा सुनुवारलाई सम्मान सहित अन्तरक्रिया गरेको छ । लामो समयदेखि राजनीति क्षेत्रमा आफ्नो दरिलो पहिचान बनाइ सक्नु भएका चम्पक सुनुवार ज्युको सम्मानमा बेलायत स्थित फाम्ब्रोरोमा, बेलायतबासी जागरुक कोइंचहरुको उपस्थिति रहेको थियो । उहा श्रीमतीको साथमा केहि समय अगाडी बेलायत भ्रमणको निम्ति आइपुग्नु भएको थियो । संस्थाका अध्यक्ष मोति सुनुवार लगायत सम्पूर्ण पदाधिकारीहरु ,सल्लाहकारहरु तथा उपस्थित कोइञ्चहरु दुवारा सम्मान गरिएपछि भूपू साम्सदले आफ्नो राजनीतिक अनुभवहरु बताउनुको साथै बर्तमान कोइंच राजनितिज्ञहरुलाई आवस्यक सल्लाह र सुझाव पस्कनु भएको थियो । असल राजनीतिकज्ञमा कुटनीतिक खेल्न सक्ने खुवी र कला हुन जरुरि छ भन्दै नेत्तृत्व सम्बन्धि चर्चा समेत गर्नु भएको थियो । राजनीति आफैमा सर्व्श्रेष्ट कला हो जसलाई इख्छुकले गर्न र सबैले अनिबार्य बुझ्न जरुरि छ । यदि राजनीति नबुझ्ने हो भने आफु भन्दा नजान्नेले हामीमाथि राजनीति गर्नेछन भन्दै हाल नेपालको बर्तमान राजनीतिक अवस्था ,कोइंच जातिहरुको उपस्थिति ,स्थिति र समस्याको बारेमा चर्चा परिचर्चा गर्नु भएको थियो । यसै गरि बेलायतबासी कोइंचहरुको आफ्नो भाषा ,धर्म ,संस्कृति प्रति भूमिका, दायित्व र राजनीतिक चेतनाको ब्रिद्दि र व्यापकता तथा अन्य बिभिद बिषयलाई लिएर बिशेष अन्तरक्रिया भएको थियो । सोहि क्रममा किरात सुनुवार सेवा समाज बेलायत एक बिसुद्द सामाजिक संस्था भएकोले राजनीति गर्दैन तर , राजनीतिक चेतना र ज्ञान बिना व्यक्ति र समाजको बिकास असम्भव छ त्यसर्थ , राजनीतिक चेतना र ज्ञान दिने कार्यक्रमहरु संस्थाको लागि बर्तमान परिपेक्षमा अपरिहार्य रहेको कुरामाथि जोड दिदै निबर्तमान अध्यक्ष तथा सल्लाहकार जंग सुनुवारले बोल्नु भएको थियो । अन्तमा राज्य संग जोडिएका नागरिक अधिकारको सम्बन्धमा सम्बाद र सम्बोधनको निम्ति राजनीतिले अहम भूमिका खेल्ने रहस्यलाई चिर्न सक्दो प्रयासरत रहनु पर्ने बिषय उपर बहस र छलफल गरिएको थियो ।
नेपालआदिबासी जनजाति महासंघको बिशेष भेला सम्पन्न ।
गत ११ अक्टोबर आइतबार सन् (२०१५ ) का दिन बेलायतको अल्डर्सट स्थित भेटघाट रेस्टुरेन्टमा नेपाल आदिबासी जनजाति महासंघ बेलायतको आयोजनामा एक बृहत बिशेष भेला सम्पन्न भएको छ ! नेपालमा हाले जारि भएको २०७२ को संबिधानमा आदिबासी जनजाति ,महिला ,मधिसी ,मुश्लिम र अन्य उत्पीडित ,उपेक्षित ,सिमान्तकृत बर्गको पहिचान र अधिकारलाई कुण्ठित पार्नुको साथै संबिधान साझा दस्ताबेज बन्न नसकेको , साथै गोर्खालीहरुको बम्शजको आधारमा प्राप्त नेपाली नागरिकता जस्तो नैसर्गिक अधिकारलाई समेत अहिलेको अलोकतान्त्रिक राज्य सतता दुवारा खोस्ने घिनलाग्दो षडयन्त्र भएकोले, बेलायतबासी सम्पूर्ण नेपालीहरुको जातिय संघ संथा ,राजनीतिक संघ संस्था , गोर्खाजहरुको आधिकारको लागि काम गरिरहेका बिजी डब्लु एस ,गेसो ,बिगेसो ,सिगेसो सत्याग्रह जस्तो सामाजिक संघ संथाहरु ,पत्रकार,संचारकर्मी ,बुद्दिजिवि तथा मानव अधिकाराबादिहरुलाई आमन्त्रण गरि, अध्यक्ष तुल छन्त्यालको अध्यक्षतामा सम्पन्न उक्त भेलामा, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति आयमेली कवि तथा साहित्यकार बैरागी काइलाको प्रमुख आतित्थ रहेको थियो ! यसै गरि सिर्जनशील आरजकताका एक अभियन्ता, मदन पुरस्कार बिजेता (दमिनी भीर ) कवि तथा आख्यानकार राजन मुकारुङ्ग र पत्रकार तथा साहित्यकार राजकुमार दिक्पालको बिशेष आतिथ्य रहेको थियो । Read More
सुनुवार बिद्यार्थी समाजको पाचौं राष्ट्रिय महाधिबेसन सम्पन्न।
२४ असोज, काठमाडौं । सुनुवार बिद्यार्थी समाजको पाचौं राष्ट्रिय महाधिबेसन सफलतापुर्बक सुनुवार सेवा समाज भवनमा सुसम्पन्न भएको थियो । दोलखा, रामेछाप, ओखल्ढुङ्गा, झापा, इलाम, पाचथर,सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर लगायतका जिल्लाका सुबिसका बिद्यार्थीहरुको सहभागिता रहेको थियो। नब निर्बाचित पदाधिकारीहरु महीला उपध्यक्ष र कोषाध्यक्ष निर्वाचनबाट र अरु पदमा निर्बीरोध चयन भएको थियो ।
नब निर्बाचित पदाधिकारी नामावलीहरु
अध्यक्ष -मान बहादुर सुनुवार (दोलखा)
बरिष्ठ उपाध्यक्ष -सागर सुनुवार (रामेछाप)
उपाध्क्ष्य-अनुप सुनुवार (ओखलढुंगा)
उपाध्क्ष्य-तृष्णा सुनुवार (पाँचथर)
महासचिब -वीर बहादुर सुनुवार (सिन्धुली)
सचिब- -बिबेक सुनुवार (रामेछाप)
-शान्ति सुनुवार (रामेछाप)
कोषाध्यक्ष -अर्जुन सुजुवार (ओखलढुंगा)
सदस्य- -प्रचण्ड सुनुवार (रामेछाप)
-रिजन सुनुवार (दोलखा)
-भिमसेन सुनुवार (झापा)
-दीपक सुनुवार (ओखलढुंगा)
-आश्बिन सुनुवार (भक्तपुर)
-रन्जीता सुनुवार (ओखलढुंगा)
-सन्तोष सुनुवार (ललितपुर)
-निर्जला सुनुवार (दोलखा)
-फणिन्द्र सुनुवार (सिन्धुली
हार्दिक समावेदना
सुनुवार सेवा समाज जिल्ला समिति काठमाडौंका कोषाध्यक्ष, हाम्रा सहृदयी सहकर्मी तथा आदिवासी जनजाति कोइँच सुनुवारका प्रथम पहिला कवयित्री शोभा सुनुवारका ममतामयी पूजनीय माता टंकमाया सुनुवारको हिजो बेलुकी ६ बजे (२०७२ असोज १७ गते) आप्mनै निवास भुजी गा. वि.स. वडा नं. ३ ठिन्केप, पिपलडाँडा रामेछापमा असामायिक निधन भएको हुँदा उहाँको आत्मले बुइश–शि लाँ प्राप्त गरोस् भन्ने कामनासहित शोक सन्तप्ता सम्पूर्ण परिवारलाई धैर्य धारण गर्ने शक्ति इँगिदेयिले प्रदान गरुन् भनि हार्दिक समावेदना प्रकट गर्दछौं ।
सुनुवार सेवा समाज जिल्ला समिति काठमाडौं ।
मातृभूमि
-टेकबहादुर सुनुवार (जोन)
शक्ति कहाँ हुन्छ?
दस्तावेज नै खारिज गरे पछि!
ईन्डिया कहाँ लुक्छ?
चीनले आपूर्ति पदार्थ भरे पछि!
बुद्धिमान कहाँ हुन्छन?
कसलाई दिनु बुद्धि खै मरे पछि!
डराग बन्दैन को यहाँ?
निउरी निउरी बिन्ती बिछ्याउदा!
हिच्किचिएर नेउरे अनुहार मुस्कुराउदा
मुर्छित हुने हाम्रो स्वभिमान
लखेटेको लखेटेकै पुच्छर समातिन्छ!
फेरि फर्की हेर्दा Read More