All about Sunuwar

भूपू माननीय चम्पक सुनुवार बेलायतमा सम्मानित ।

champakभावना परिष्कृत,बेलायत । किरात सुनुवार सेवा समाज बेलायतले २८ नोभेम्बर सन् २०१५ शनिबारको दिन एक महत्वपूर्ण कार्यक्रमको आयोजना गरि भूपू माननीय साम्सस चम्पक सुनुवार तथा उहाकी धर्म पत्नी शोभा सुनुवारलाई सम्मान सहित अन्तरक्रिया गरेको छ । लामो समयदेखि राजनीति क्षेत्रमा आफ्नो दरिलो पहिचान बनाइ सक्नु भएका चम्पक सुनुवार ज्युको सम्मानमा बेलायत स्थित फाम्ब्रोरोमा, बेलायतबासी जागरुक कोइंचहरुको उपस्थिति रहेको थियो । उहा श्रीमतीको साथमा केहि समय अगाडी बेलायत भ्रमणको निम्ति आइपुग्नु भएको थियो । संस्थाका अध्यक्ष मोति सुनुवार लगायत सम्पूर्ण पदाधिकारीहरु ,सल्लाहकारहरु तथा उपस्थित कोइञ्चहरु दुवारा सम्मान गरिएपछि भूपू साम्सदले आफ्नो राजनीतिक अनुभवहरु बताउनुको साथै बर्तमान कोइंच राजनितिज्ञहरुलाई आवस्यक सल्लाह र सुझाव पस्कनु भएको थियो । असल राजनीतिकज्ञमा कुटनीतिक खेल्न सक्ने खुवी र कला हुन जरुरि छ भन्दै नेत्तृत्व सम्बन्धि चर्चा समेत गर्नु भएको थियो । राजनीति आफैमा सर्व्श्रेष्ट कला हो जसलाई इख्छुकले गर्न र सबैले अनिबार्य बुझ्न जरुरि छ । यदि राजनीति नबुझ्ने हो भने आफु भन्दा नजान्नेले हामीमाथि राजनीति गर्नेछन भन्दै हाल नेपालको बर्तमान राजनीतिक अवस्था ,कोइंच जातिहरुको उपस्थिति ,स्थिति र समस्याको बारेमा चर्चा परिचर्चा गर्नु भएको थियो । यसै गरि बेलायतबासी कोइंचहरुको आफ्नो भाषा ,धर्म ,संस्कृति प्रति भूमिका, दायित्व र राजनीतिक चेतनाको ब्रिद्दि र व्यापकता तथा अन्य बिभिद बिषयलाई लिएर बिशेष अन्तरक्रिया भएको थियो । सोहि क्रममा किरात सुनुवार सेवा समाज बेलायत एक बिसुद्द सामाजिक संस्था भएकोले राजनीति गर्दैन तर , राजनीतिक चेतना र ज्ञान बिना व्यक्ति र समाजको बिकास असम्भव छ त्यसर्थ , राजनीतिक चेतना र ज्ञान दिने कार्यक्रमहरु संस्थाको लागि बर्तमान परिपेक्षमा अपरिहार्य रहेको कुरामाथि जोड दिदै निबर्तमान अध्यक्ष तथा सल्लाहकार जंग सुनुवारले बोल्नु भएको थियो । अन्तमा राज्य संग जोडिएका नागरिक अधिकारको सम्बन्धमा सम्बाद र सम्बोधनको निम्ति राजनीतिले अहम भूमिका खेल्ने रहस्यलाई चिर्न सक्दो प्रयासरत रहनु पर्ने बिषय उपर बहस र छलफल गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *