All about Sunuwar

Archives

now browsing by author

 

नेपाल संविधानमा आदिवासी जनजाति सुनुवारको मानव अधिकार सम्बन्धि अनुशिक्षण

20151003_145252सुनुवार डट ओआरजि समाचारदाता । सुनुवार सेवा समाजका कार्यसमिति तथा मातहतका कार्यसमितिलाई अनुशिक्षण दिइएको थियो । अनुशिक्षण असोज ११ गते लाहर्ुर्निप शंकर लिम्बु, असोज १६ गते निवर्तमान नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष राजकुमार लेखी, महासचिव आङकाजी शर्ेपा, भाषाशास्त्री अमृत योञ्जन र किरात इतिहासकार टंकबहादुर र्राईले अनुशिक्षण दिनु भएको थियो । अनुशिक्षण कार्यक्रममा सुनुवार सेवा समाज झापाका उपाध्यक्ष राजेन्द्र याअÞता, सुनुवार सेवा समाज रामेछापका अध्यक्ष रमेशकुमार सुनुवार लगायत सुनुवार सेवा समाज भक्तपुर, ललितपुर, काठमाडौं का कार्यसमिति, सुनुवार विद्यार्थी समाज केन्द्रीय समिति, सुनुवार कलाकार तथा चललिचत्रकर्मी समाजका कार्यसमितिका सम्पर्ूण्ा सदस्यहरु सहभागी हुनु हुन्थ्यो । तर सुनुवार सेवा समाजकै केही केन्द्रीय समितिका सदस्य तथा पदाधिकारीहरु भने अनुपस्थित थिए ।
20151003_14531720151003_15552720151003_145940

सुनुवार सेवा समाज कोरिया शाखा गठन

Korea-imageसुनुवार डट ओआरजि सम्वाददाता
सिओल, सेप्टेम्बर २७ । दक्षिण कोरियामा कार्यरत सुनुवारहरुले सुनुवार सेवा समाज शाखा गठन भएको छ । दक्षिण कोरियामा कार्यरत सुनुवारहरुको एक भेलाले कुमारी रेष्टुरेन्टमा आयोजना गरिएको सुनुवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा हुसन सुनुवारको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको छ । जसमा उपाध्यक्ष तोरण सुनुवार, सचिव हर्क सुनुवार, कोषाध्यक्ष सुवास सुनुवार र सदस्यहरुमा सपना सुनुवार, तृशा सुनुवार, सुशिल सुनुवार, राम सुनुवार, सन्देश सुनुवार, विवेक सुनुवार, कृष्ण सुनुवार, बेद सुनुवार रहेका छन् । जसमा बालकृष्ण सुनुवार र सुमन सुनुवार सल्लाहकार रहेका छन् ।
कोरियामा रहेका सम्पूर्ण सुनुवारहरु आफ्नो कार्य व्यवस्ताले एक ठाउँमा भेला हुन नसके पनि आगामी दिनमा सकेसम्म सम्पूर्णलाई भेला गरी अगाडि बढ्ने कुरा सल्लाहकार बालकृष्ण सुनुवारले बताए । सुनुवारहरुलाई एकबद्ध गरी संगठित गर्न निकै जटिल भए पनि पहिलो प्रयासमा उत्साहजनक रुपमा उपस्थिति रहेको सचिव हर्क सुनुवारले खुशी व्यक्त गर्दै बताए ।

विभिन्न देशमा छरिएर रहेका सुनुवारहरुको एकताका लागि चलाउँदै आएको अभियान अन्तर्गत सो दक्षिण कोरिया शाखा गठन गरिएको छ । जस अन्तर्गत दक्षिण कोरियामा रहेका सुनुवारहरुको एक अर्कामा हातेमालो गर्दै आफ्नो भेषभूषा र संस्कृतिलाई जिवन्त राख्न अभियान चलाएको कुरा अध्यक्ष सुनुवारले बताए । यसैक्रममा एनआरएनए सदस्य तथा सुसेस कतार शाखाका भू.पू. अध्यक्ष किशोर सुनुवारले सुनुवारहरुको एकआपसमा सहयोग गर्ने थलोका रुपमा संस्थालाई विकास गर्नुपर्ने कुरा बताउँदै केही महिनाभित्र जापानस्थित शाखा गठन गर्ने योजना रहेको कुरा पनि बताए ।

बारि थुँ

baarithun

बेलायत आदिबासी महासंघका अध्यक्ष तुल छन्त्याल !

uk_mahasangगत ३१ मे आइतबार नेपाल आदिबासी जनजाति महा संघ बेलायतको दोस्रो महाधिबेशनले बेलायत छन्त्याल संघका तुल छन्त्याललाई अध्यक्ष पदमा चयन गरेको छ ! यसै गरि बरिष्ठ उपाध्क्षमा किरात सुनुवार सेवा समाजका पुर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार जंग सुनुवार ,उपाध्क्षमा देबीमाया पुन र लोकेन्द्र लिम्बु ,महा सचिव कर्म शेर्पा ,सचिव जगत गुरुङ ,कोषाध्यक्ष पेम्बा शेर्पा र सह कोषाध्यक्ष पूर्ण दुरा चयन भएका छन् भने बेलायतमा रहेको ११ वटा जातिय संस्थाबाट एक एक जना कार्य समितिका लागि महा संघका सदस्य रहनेछन !

यथासम्भव चाँडो राहत दिलाउनुपर्छ

shree prasad limbu-अध्यक्ष
श्रीप्रसाद लिम्बू
नेपाल आदिबासी जनजाति महासंघ बेलायत

गोर्खाआर्मीका डब्लु ओं टु बाबा धनबहादुर लिम्बू र आमा बिष्णुकुमारी लिम्बूकोकोखबाट मलेसियामा ५० बर्ष अगाडि जन्मेका श्रीप्रसाद लिम्बूको पुर्खौली घरताप्लेजुङ्ग खेवानमा हो । २५ बर्ष ब्रिटिश आर्मीमा सेवा गरेपछि सन् २००४ मालेफ्टिनन्ट पदमा अवकास लिएका उनी सगरमाथा गोर्खा नेपाली समाज फोक्सटनयुकेका संस्थापक अध्यक्ष हुन् । किराँत याक्थुंग चुमलुंग बेलायतको अध्यक्षपदमा ४ बर्ष जम्मा दुई कार्यकाल नेत्तृत्व प्रदान गरिसकेका लिम्बू सन्२०१२ देखि नेपाल आदिबासी जनजाति महासंघ बेलायतको अध्यक्ष पदमा नेतृत्व हाँकिरहेका छन् । यसै गरी एन आर एन बेलायत,संघीय समाजबाद बेलायत आदि जस्ताअन्य सामाजिक तथा राजनीतिक संघ संस्थाहरुमा सल्लाहकार समेत रहेका छन् ।नयाँ बर्ष२०७२ बैशाख १२ गते मंगलबार मातृ भूमिमा गएको महाविनाशकारी भुकम्पपीडितहरुलाई राहत वितरण गरेर लिम्बू हाल बेलायत फर्केका छन् । प्रस्तुत छनेपाल आदिबासी जनजाति माहासंघका अध्यक्ष श्रीप्रसाद लिम्बूसँग राहत वितरणसम्बन्धी गरेको छोटो कुराकानी ।

प्रश्न – भुकम्प पीडितहरुलाई राहत कहिले वितरण गर्नुभयो ?
उत्तर – बैशाख १२ गते महा प्रलयकारी भुकम्प आउनु अगाडि म आफ्जोमातृभुमिमा पारिवार तथा आफन्तहरुसँग भेटघाट गर्ने क्रममा पुगेको थिएँ।भुकम्प आउने दिन म भेडेटारमा थिएँ । सिङ्गो देश रोदनमा थियो । मर्महात हुँदैम राजधानी हानिएँ। मे दुई तारीखको दिन साँखुमा मैले रु।पाँच लाख राहत रकमआदिबासी जनजाति राष्ट्रिय आन्दोलनका अध्यक्ष पद्मरत्न तुलाधरकोनेतृत्वलाई हस्तान्तरण गरे । Read More

हार्दिक अनुरोध !!!

SWS-Letter-Bhukampa

बेलायतमा श्यादर पिदार सम्पन्न !

uk1—–भावना परिष्कृत सुनुवार

किरातहरुको महान साझा राष्ट्रिय पर्व उभौली बैशाखे पूर्णिमा बुद्द जयन्तिको दिनमा पर्ने गर्दछ ! प्रतेक बर्ष धुमधामले हर्ष उल्लास सहित घरदेश देखि परदेश सम्म ,सुनुवार ,राई ,याक्खा,लिम्बु,जिरेल ,सुरेल ,हायू ,थामी आदि किरातीहरुले उक्त पर्वलाई परापुर्वकालदेखि मनाउदै आइ रहेका छन् ! पितृ र प्रकृति पूजक किरातहरु उभौली पर्वलाई ,सुनुवारहरुले श्यादर पिदार,सालिवा ,राइहरुले साकेला,,चसुवा ,तोसी ,लिम्बुहरुले चासोकताङ्गनाम आदि नामले मनाउने गर्दछन ! नया बाली लगाउने बेला र नया अन्न भित्राउने बेलामा पितृ ,इष्ट देवहरुको आरधना संग संगै प्रकृति शक्तिको पूजा गर्दै , नया बालीहरु सप्रियोस ,बिश्व भरि साकाल रहोस ,शान्ति छावस ,दैविक प्रकोप ,प्राकृतिक प्रकोप नहोस , ,बन पाखामा सदा हरियाली कायम रहोस, रोग भेद नहोस ,अकाल मृत्यु नहोस ,सबै कुरामा सुब्य फाब्य रहोस आदि जस्तो सामाजिक कल्यानार्थ कामना गर्दै ,नया अन्नबाट बनेको खान्कीको परिकार पितृ र देवलाई अर्पण गरेर नौगी खादै मानिने उभौली पर्वको सार सबै किरातहरुको एकै पाइन्छ ! Read More