August, 2014
now browsing by month
ध्यानाकार्षण पत्र बुझाइयो ।
विवेक सुनुवार
भदौ ५, काठमाडौं । आदिवासी जनजाति कोइँच सुनुवारको हक अधिकार संरक्षण गर्न नेपालका आदिवासी जनजातिहरु सक्रियरुपमा सरकारलाई दबाब सिर्जना गर्न नसकेको विषयमा सुनुवार सेवा समाजले नेपाल आदिवासी जनजाति महासंघलाई ध्यानाकार्षण पत्र बुझायो । सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाललाई महासंघको कार्यकक्षामा ११ बुँदे ध्यानाकार्षण पत्र बुझाउँदै भन्नु भयो ः अहिले बहुसंख्याक आदिवासी जनजातिको संस्था जी एट ले अल्पसंख्याक आदिवासी जनजातिको हक अधिकार सुनिस्चित गर्न नसकेको आरोप लगाइरहेको अवस्थामा नेपाल आदिवासी जनजाति महासंघले तत्काल सुनुवार सेवा समाजको ११ बुँदे ध्यानाकार्षणलाई कार्यान्वयन गरि ठूला र साना वीचको शीत युद्धलाई अन्त गर्नु पहिलो प्रथामिकतामा राख्न अनुरोध छ । Read More
भावना परिस्कृत सुनुवार, उन्मुक्त यात्राका यात्री
भावना परिस्कृत सुनुवार, उन्मुक्त यात्राका यात्री, चुप्लु खिँचि (हाल्को ओखलढुङ्गा जिल्लाको खिँजी) मा मुलिच परिवारमा जन्मेकी बहुप्रतिभाशाली कोइँच चेली हुन् । चुप्लु खिँचि निभारेका जंगबहादुर सुनुवारसँग वैवाहिक सम्बन्ध कायम गरेकी उनी दुई सन्तानकी जिम्मेवार आमा पनि हुन् ।
विगतमा फुटकर कविता, कथा, नाटक लेख्दै आए पनि पुस्तकका रुपमा उन्मुक्त यात्रा कथा संग्रह लिएर नेपाली साहित्यिक फाँटमा टुप्लुक्क झुल्केकी छिन् मानौं नुम्बुर हिमालमा अरुणोदय भएको छ, कतिपय सिण्डीकेटवादी नेपाली साहित्यकारहरुका लागि । तर उनी नेपाली साहित्यिक फाँटमा संघर्षरत साहित्यकर्मी मात्र नभएर कलाकार तथा सञ्चारकर्मी पनि हुन् । उनका आफ्नै स्रोता, दर्शक र पाठक छन् आफ्नै बलबुताले रिझाएको ।
एउटै भावभङ्गी, एउटै शैली, एउटै दर्शन र एउटै परिवेशका नारीवादी साहित्य पढीरहेका नेपाली साहित्यप्रेमी पाठकहरुलाई उन्मुक्त यात्रा नयाँ खुराकको रुपमा अप्रत्याशित आएको छ । सुन्नुहोस्, उनै उन्मुक्त यात्री भावना परिष्कृत सुनुवारको कथा संग्रह उन्मुक्त यात्राको वरीपरी बसेर, रेडियो लिखुको लागि चुप्लु समाज तथा सुनुवार डट ओआरजिले तयार पारिएको उनको बहुप्रतिभा झल्कने साहित्यिक रेडियो वार्ता :
[audio:http://www.sunuwar.org/radio/bhavan_radiolikhu.mp3]
सुनुवार सेवा समाज केन्द्रीय समिति हार्दिक धन्यवाद ब्यक्त गर्द छ ।
“समानता कायम गर्दै आदिवासी जनजातिको हधिकार कार्यान्वयन गर” आदिवासी जनजातिको अडान ! पहिचान सहितको संघीय संविधान !! भन्ने मुल नाराका साथ २० आँैं विश्व आदिवासी दिवस २०७१ साउन २४ गते शनिबार (सन् २०१४ अगष्ट ९) को मुल समाहोरह कार्यक्रममा साँस्कृतिक ¥यालिसहित सहभागीहरुमा सुनुवार सेवा समाज केन्द्रीय समिति हार्दिक धन्यवाद ब्यक्त गर्द छ ।
सहभागीहरुको नामवली यस प्रकार रहेको जानकारी गराउदछांै ।
केन्द्रीय समिति बाट
१. अध्यक्ष मन प्रसाद सुनुवार
२. उपाध्यक्ष रणवीर सुनुवार
३. ,, देवीन्द्र कुमार मुखिया
४ माहासचिव समीर मुखिया सुनुवार
५. कोषध्याक्ष उत्तम कुमार सुनुवार
सदस्यहरु
१. अमृत बहादुर सुनुवार
२. प्रेम कुमार सुनुवार
३. नारायण सुनुवार
४. शान्त्ति माया सुनुवार
सुनुवार सेवा समाज केन्द्रीय कार्यालय बाट Read More
छुचुन्दरके सरमे चमेलीके तेल : विश्व आदिवासी जनजाति दिवस सम्पन्न
सुनुवार डट ओ आर जी समाचारदाता ।
आदिवासी दिवस, खुलामञ्च । ब्रिजीङ द ग्याप : इम्प्लीमेन्टेशन अफ राइट्स अफ इण्डिजीनअस पिपल्स नारासहित विश्वभरी मनाइएको आदिवासी दिवस नेपालमा पनि विभिन्न परम्परागत झाँकी सहित आदिवासी जनजाति दिवस मनाइयो । नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा प्रत्येक वर्ष नेपालमा आदिवासी दिवास भव्य रुपमा मनाउँदै आउने गरिए अनुसार आजको आदिवासी दिवसको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमको उद्घाटन उपप्रधान तथा संघीय मामिला तथा स्थानीय मन्त्री प्रकाशमानसिंहले चार जात छत्तीस वर्णको साझा पूmलवारी भएको हुँदा सोही अनुसार अव बन्ने संविधान एक वर्षमा बन्ने बताउनु भयो ।
नेकपा एमालेका प्रतिनिधिले नेपाल वहुल जाति, भाषा, धर्मको राज्य भएको हुँदा वहुल पहिचान हुने संविधान आउने बताए भने फोरम अध्यक्ष उपेन्द्र यादवले आदिवासी जनजाति र मधेशीहरुको पहिचान सहितको संविधान नआए देशमा शान्ति स्थापना हुन नसक्ने र पुनः एक पटक राज्य ¬¬¬द्वन्द्वमा फस्ने बताउनु भयो । विभिन्न अन्य पार्टी, सभासद तथा सदस्य र सम्बन्धन प्राप्त संस्थाहरुको प्रतिनिधिहरु उपस्थीमा विभिन्न आदिवासी जनजातिको परम्परागत नृत्य समेत प्रस्तुत गरिएको थियो ।
वल्लो किरात ः जिन्दावाद, आदिवासी जनजाति ंएक हौं । पहिचान सहितको संविधान जारी गर जस्ता नारासहितको झाँकी दिउँसो १२ बजे शान्ति बाटिका हुँदै पुतली सडक, सहिदगेट भएर खुलामञ्चमा पुगी सभामा परिणत भयो । सो कार्याक्रममा सुनुवारहरुको उल्लेख्य उपस्थति रहेकको छ ।
संविधानसभामा आदिवासी जनजातिको हक अधिकार वाहुन क्षेत्रीहरुले सुनिस्चित गर्न तयार नभएको हुँदा आन्दोलनको विकल्पा नभएको भन्दै पूर्वआदिवासी सभासद ककसका अध्यक्ष्य श्री इन्द्रबहादुर गुरुङले खस बाहुन छुचन्द्र जस्तो रहेको टिप्पणी गर्नुभयो । जुनसुकै पार्टीमा क्षेत्री वाहुनको एक छत्र शासन भएको भन्दै क्षेत्री बाहुनलाई जतिसुकै उपकार र माया दया गरे पनि नसुध्रिने बताउनुु भयो । ‘छुचुन्दरके शिरपे चमेलीके तेल’ हिन्दी उखान उद्घृत गर्दै खस बाहुन रिजाउनतिर कुनै पनि आदिवासी जनजाति नलाग्न पनि अनुरोध गर्नु भयो ।
आदिवासी जनजातिको आडान पहिचानसहितको संघीय संविधान मूल नारा सहित सप्ताहव्यापी कार्यक्रम आज सकिएको छ । कार्यक्रममा विभिन्न आदिवासी जनजातिको ३ मिनेट नृत्य देखाइनुको साथै आदिवासी खेलकुद तथा अन्य कार्यक्रमका सहभागी तथा खेलाडीहरुलाई प्रमाण पत्र वितरण समेत गरियो ।
२०औं विश्व आदिबासी दिवस २०१४ को अवसरमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ।
सुनुवार डट ओआरजि समाचारदाता ।
२१ श्रावण, ललितपुर । आदिवासी जनजातिको अडान । पहिचान सहितको संघीय संविधान ।। मुल नारा सहितको २०औं विश्व आदिबासी दिवस २०१४ को अवसरमा श्रावण २०–२१ गते सम्म मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता नेपाल स्पोर्टस साइन्स एकेडेमी, सातदोबाटो, ललितपुरमा नेपाल आदिवासी जनजनति महासंघको आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रमको उदघाटन नेपाल आदिवासी जनजनति महासंघका अध्यक्ष नगेन्द्र कुमार कुमालले गर्नु भएको थियो । कार्यक्रममा १६ टिमले आफनो संस्थाको प्रितिनिधित्व गर्नु भएको थियो जसमा प्रथम छन्त्याल समाजका गणेश छन्त्याल र तिलक छन्त्याल, दोस्रो तोपकेगोला समाजका पासाङ्ग शेर्पा र मिङ्गमा कामी शेर्पा त्यसैगरि तेस्रोमा सुनुवार सेवा समाजका टक सुनुवार, किशोर सुनुवार, मन प्रसाद सुनुवार र पाम बहादुर सुनुवार हुनुभएको थियो ।
