August, 2012
now browsing by month
हार्दिक समावेदना
केर लाँ मालाचा, लाल लाँ लाचा
लाल लाँ मालाचा, बुइशशि लाँ लाचा
१९९२ सालमा रागिन-३, चुप्लु (ओखलढुङ्गा) मा जन्मिनु भएको लालबहादुर सुनुवार मिति २०६९ साउन २१ आइतावारका दिन आसामयिक निधान हुनु यस दुःखद घडीमा क्युइँतबु कल्याण कोष, केन्द्रीय समिति रगनी, ओखलढुङ्गा स-परिवार शोक सन्तप्त परिवारमा पर्न गएको दुःख पीडा सहन गर्ने शक्ति परम् परमेश्वर इँगि देयि, रागिन ग्याम पोइँबोसँग प्रर्थना गर्दै हार्दिक समावेदना प्रकट गर्दछ ।
रणवीर सुनुवार
अध्यक्ष
क्युइँतबु कल्याण कोष, सपरिवार
Sunuwar bhasa Radio 2069-04-14
Click on play icon to play koinch ( sunuwar ) radio
Hajurko Radio (Ramechhap)
सुनुवार सेवा समाजको ओखलढुङ्गा जिल्ला सम्मेलन : पहिचानको राजनीतिमा ध्यानकेन्द्रित
चुप्लु दाम्लोच
२१ साउन, खिँचि । सुनुवार सेवा समाज जिल्ला कार्य समिति, खिँचि, ओखलढुङ्गाले भव्य साँस्कृतिक झाँकी प्रदर्शनीसहित जिल्ला सदरमुकाममा यही २४ गते जिल्ला सम्मेलन गर्ने भएको छ । वल्लो किरात स्वायत प्रदेशको आवाज उराल्दै अगाडि बढेको सुनुवार सेवा समाजले ओखलढुङ्गा जिल्ला तदर्थ समिति गठन गर्ने उद्देश्य रहेकोसाथै विस्तारै सदरमुकामबाट बहिस्करणमा पारिएको कोइँच (सुनुवार) ले सदरमुकाममा आफ्नो आन्दोलनलाई केन्द्रित गरेको जिल्ला समितिका अध्यक्ष बुद्धिराज सुनुवारले बताउनु भयो । Read More
१८ औं आदिवासी दिवासको उपलक्ष्यमा बृहत् साँस्कृतिक कार्यक्रम
सुनुवार डट ओआरजि समाचारदाता
१७ साउन, यालाखोम । नेपाल आदिवासी जनजाति महासंघ काठमाडौं जिल्ला समन्वय समितिले १८ औं आदिवासी दिवास भव्यतासाथ वृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको । वातावरण मन्त्री डा. केशवमान शाक्यले कार्यक्रमको उद्घाटन गर्दै सबै जातिय पहिचानसहितको संघीयताको लागि आदिवासीको आ-आफ्नो पार्टी खोलेर मोर्चाबन्दी गर्नु पर्ने विचार राख्नु भयो । उक्त कार्यक्रममा शिवा मुखियाले सेरेम फू कोइँच गीत गाउनु भएको थियो भने सपना सुनुवार र साथीहरुले जाम्शा लानि खे तामि चाइमि बोलको गीतमा नृत्यु गर्नु भएको थियो भने एलिया जिजिच र साथीहरुले आदिवासी गीत प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा तामु, शेर्पा, याक्खा, तामाङ, नेवार, मगरका विभिन्न गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

