Categories
News

महिला हिंसा र दिवस

तारादेवी सुनुवार
महिलाहरुले घरको हरेक समस्यासंग मात्र लडिरहेका छैनन । देशको हरेक मोडमा लडिरहेका छन । चाहे राणाशासनका अन्त्यको लागि होस चाहे पंचायति शासनको लागि चाहे राजन्त्रको अन्त्यको लागि किन नहोस जब जब देशले हरेक नयाँ मोडको माग गर्छ तब तब महिलाहरुको योगदान महत्वपूर्ण रहेको कुरा ईतिहास साक्षी छ । तर हिजो देखि आज सम्म महिलाको समस्या जिउको तिउ छन । महिला हिंसा भइरहेको छ । कुनै पनि शासन पद्धतिले उनीहरुको जीवनस्तरमा खासै फरक पारेको छैन । यति खेर महिला मैतृ कानून निति निर्माण हुनुमा अन्तराष्ट्रियस्तरको महिला संग सम्बन्धित सन्धी महासन्धीहरुमा राज्यले गरेको प्रतिवद्धताहरु को साथ छ । हाम्रो मात्रै कुरा होइन संसार भर महिला मुक्तिको गाथा अथाह छ । आधुनिक आन्दोलन नै धेरै पुस्तादेखि जारी छ जागरण देश र महादेशमा सीमित छैन संशारभरि छ ।
यतिबेला अन्तराष्ट्रिय स्तरमा “orange the world:Generation Equality stands against Rape” र राष्ट्रिय स्तरमा “ बलत्कार बिरुद्ध एक्यबद्धता ” भन्ने नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियानमा छौ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यो दिवसको ऐतिहासिक पंक्ष १९२० नोमेम्बर २५ का दिन डोमेनिकन गण राज्यको मिरावल परिवारमा जन्मिएका ३ दिदी बहिनीहरुलाई (पेट्रिया, मिनर्भा र मारीया)लाई तत्कालिन तानाशाही त्रुजिलो सरकरले सन १९६० मा राजनीति गरेकै कारण गरिएको निर्मम हत्या संग जोडिएको छ । यस घट्नालाई लिंगको आधारमा हुने राजनीतिक हिंसाको प्रतिरुप मानिन्छ । विर्सन नसकिने पुतली हरुको उपनामले पनि चिनिने यी तिन दिदी बहिनीहरुको बलिदान ,त्याग र उच्च साहासको सम्मान र सम्झना गर्दै शूरुमा २५ नोमेम्बर लाई ल्याटनि अमेरिकी देशरुहरुले महिला हिंसा विरुद्धको दिवसको रुपमा मनाउन थालेका हुन । सन १९९९ मा संयूक्त राष्ट्र संघको साधारण सभाले अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको दिवस मनाउने निर्णय पश्चात नेमेम्बर २५ देखि शुरु गरिने १६ दिने अभियानको अन्तिम दिन अर्थात डिसेम्बर १० लाई अन्तराष्ट्रिय मानव अधिकार दिवसको रुपमा मनाईन्छ
अधिकारको लागि प्रारम्भिक अभियानको अग्रपंङितमा Mary wollstonecraft हुन । सन १९७२ मा A Vindication of the rights women पुस्तक लेखेर उनले लैंगिक समानताको आधारशिला राखिन । बेलायती विदुषीले महिला र पुरुष समान जन्मेका हुन्छन भन्ने आग्रह गरिन । असमानता सामाजिक रचना (Social construction) हो जुन बालिकालाई बालकसरह शिक्षा दिक्षा प्रदान गरेर महिलालाई पुरुष सरह बनाउन सकिन्छ भन्ने तर्क गरिन । सन १९४८ को जुलाई १९र२० मा संसारमै पहिलो महिला अधिकार सभा (women right convention) भएको थियो । उक्त सभाले १२ वटा संकल्प सहित घोषणा पत्र जारी ग–यो कानूको अगाडि महिला र पुरुषको बराबरी महिलालाई मताधिकार,शिक्षा, रोजगराीमा पक्षपात अन्त्य लगायतका माग थिए । महिला आन्दोलनको विकास क्रमलाई तीनवटा तरंङ्ग (waves) ले हेर्ने गरिन्छ । पहिलो तरङ्ग मताधिकारको माग र प्राप्तीबीचको सङर्घष हो । दोस्रो चरणको तरङ्ग सार्थकता र तेस्रा तरङ्ग स्वतन्त्रताको सङर्घष हो । यो संसारमा जन्म लिदा जैविक भिन्नता भएकै कारणले महिलाहरु विभन्न अधिकार बाट बन्चित तथा हिंसामा पर्ने र सो अधिकार स्थापित गर्नको लागि पटक पटक लडाई गर्नु पर्ने बाध्यता संसार भरि नै रहदै आयो । अमेरिकी फ्रान्सेली, बेलायती लगायतका मुलुकमा पनि मताधिकारको को माग गर्दै लडिरहनु पर्यो फलस्वरुप २० औ सताब्दीको प्रारम्भदेखि नै राजनीतिक अधिकारको मोर्चामा महत्वपूर्ण जित हासिल भयो । मताधिकारको प्राप्ति पछि समाजमा महिलाको स्थान बराबरी त भयो तर महिलाको सामाजिक मर्यादास्तरमा अपेक्षित असर देखा परेन । जता ततै आम परिवर्तन भई रहेको थियो तर महिलाको जीवन घरायासी दैनिकीमा हारिरहेको थियो । हिंसामा गुज्रीरहेको थियो । अमेरिकी चिन्तक Betty friedan लाई यो कुरा पटक्कै चित बुझेको थिएन । उनले सन १९६३ मा feminine mystique लेखिन सबै थोक बिर्सेर सार्थक क्रियाकलाप खोज्न सारा महिलाहरु लाई घच्चघच्चाएको उनको पुस्तकबाट थाहा हुन्छ । सन १९६० को दशकका बाँकी वर्ष ७० र ८० का दशक भरि घरबाहिर महिलाको भूमिका बढाउने समानता समता, सकरात्मक कार्य, लगायतका मुद्धाहरु उठाइए । शिक्षामा पहँुच , प्रजनन सेवाहरुको विस्तार समान कामका समान ज्याला घरेलु ज्यादतकिो प्रतिरोध, कार्यस्थलमा गक संमवेदनलिता जस्ता पंक्षमा जोड दिइयो । महिला र पुरुषबीच तुलना गर्ने चलन चल्यो जसका दुई अर्थ निस्किन्थ्यो एक महिला समुह हो जो एकै नाम हुन्छ र दुई महिलाका आकांक्षा आम (Universal) हुन्छन । समयको अन्तराल संगै महिलामाझ भएको विषमता र महिलाका लागि यो ठिक यो बेठिक भन्ने कुरा मन पर्न छोड्यो । अनावश्यक भिडमा हराउन मन लागेन , महिला आफै आफ्नो पहिचनमा चिनिन खोज्यो अर्काको पछि लाग्न खोजेनन, आफ्नै सुरमा हिड्न खोजे । महिला हरु स्वतन्त्रता र समानता चाहे । यति बेला सम्मको महिलाको अवस्थामा केही सुधार हुनुमा यहि क्रियाकलाप को साथ हो । यसरी महिलाहरुले हरेक अधिकारको लागि सर्घष गर्ने कुरा छदै छ हरेक क्षेत्रमा विभेद गरिएकै छ । लैङ्गिक विभेदकै कारण घर परिवार समाज र राष्ट्रमा नै महिला र पुरुषको असमान र असन्तुलन समाज निर्माण भएको हो । फलस्वरुप समाजमा महिला हिंसा भइनै रह्यो । लिंग र लैगिंकता गरि दुई वटा पंक्ष छन जस्मा लिंग प्राकृतिक, अपरिवर्तनिय र समुदायनिरपेक्ष हुन्छ । लैंगिताा सामाजिक, परिवतृनशिल, र समुदायसापेक्ष हुन्छ । जुन हामीले समुदायसापेक्ष कुरालाई पछाएकै कारण महिला र पुरुषबिच ठूलो खाडल भयो र महिलाले विभिन्न किसिमका हिंसाहरु भोग्नु परिरहेको छ ।
यति बेला हामी महिला हिंसा विरुद्धको १६ दिने अभियानमा छौ । संसार भरका महिलाहरु आफूविरुद्धको हिंसा विरुद्धको अभियानमा छन । नेपालमा पनि यो दिवसलाई महोत्वका साथ मनाईन्छ । नेपालका महिलाहरु ७० प्रतिशत हिंसा पिडित छन । र जनजाती महिलाहरु थप ३ प्रतिशत । शारिरीक,मानसिक, आर्थिक, सामाजिक,सास्कृतिक प्रथा परम्परा जस्ता हिंसा बाट प्रभावित छन । नेपालमा आदीबासी जनजाती महिलाहरुमा झन बढि छ । रहन सहन शिक्षा दिक्षाले गर्दा पनि गैर जनजाती महिला भन्दा जनजाती महिलाहरु हरेक क्षेत्रमा पछााडि छन यसो हेर्दा जनजाती महिलाहरुलाई स्वतन्त्रता भए झै देखिन्छ । महिला हिंसाका तिथ्यांकले गैर जनजाती महिला भन्दा जनजाती महिलाहरुले ३ पटक बढि हिंसा भोग्नु परेको छ । महिलाहरु आफ्नै घनिष्ठ आफ्न्तबाट दिनमा ४ पटक हिंसा सहन्छन भने जनजातीमहिलाहरुले त्यसमा थप ३ पटक बढि सहनु पर्दछन । महिला हिंसालाई बढवा दिने कार्य हामी आफ्नै घरमा गरिरहेका छौ । छोरा र छोरी लाई गरिने व्यवाहारमा जानी नजानी फरक गरिरहेका छौ । दाई ले बहिनीलाई भाईली दिदीलाई हेर्ने दृष्टिकोण तथा गरिने व्यवाहार र हाम्रो सामाजिक कार्य विभाजनका कारण छोरा र छोरी हुर्कदै जाने क्रममा फरक हुँदा महिला हिंसा बढि रहेको छ । यस वर्ष संसार भरि नै orange the world:Generation Equality stands against Rape भन्ने नाराले बलत्कारको सिकार कुनै पनि महिला हुनु हुदैन भन्ने सन्देश दिएको छ । जन्मदा देखि नै गरिने विभेद र सामाजिककिरणका कारण महिला हिंसा भएको हो तर्सथ महिला र पुरुषमा जैविक भिन्नता बाहेक अरु समान हो भन्ने कुराको वोध सबैलाई भयो भने माहिला हिंसा नहुने कुरामा शंका गरिरहनु पर्दैन ।

अस्तु ।

Share
Categories
News

समयले कोल्टे फेरेपछि : कोइँच मातृभाषाप्रतिको क्रेज

कोइँचबु काःतिच, सिन्धुली । उहिले खुर्सानीले मुख पोल्दा खस लो खस लो भन्ने चलन थ्यो । तर अहिले कोइँच लोः कोइँच लोः भन्ने दिन आएको छ । प्रायः कोइँचहरु अहिले आफ्नो मातृभाषा बोल्न जान्दैनन् । जानेकाहरु पनि बोल्न लजाउँछन् । यहीक्रममा सिन्धुली जिल्ला दुधौली नगरपालिका वडा १३ अरुणठाकुरका कोइँचहरु कोइँच भाषा सिकीरहनु भएको छ । वडाध्यक्ष मिलन कार्सिङ सुनुवार र सुनुवार सेवा समाज अरुणठाकुरका प्रेम सुनुवार लोहर सुनुवारको संयुक्त पहलमा अहिले २ महिने कोइँच भाषा प्रशिक्षण चलिरहेको छ । कोइँच मातृभाषाका प्रथम महिला कवि शोभा सुनुवार जुलियटले भाषा प्रशिक्षण दिइरहनु भएको छ ।
सुनुवार सेवा समाजले भाषा संस्कृति नै पहिचानको आधार मानेको छ ।

Photo Feature

Share
Categories
News

मानबहादुर–विष्णुमाया सुनुवार स्मृति विद्वात्तवृत्ति रमिला सुनुवारलाई : स्वास्थ्य कोष स्थापना

मंसीर १, काठमाडौं । २०७६ सालको मानबहादुर–विष्णुमाया सुनुवार स्मृति विद्वात्तवृत्ति रमिला सुनुवारलाई प्रदान गरियो । किरात सुनुवार सेवा समाज युकेका पूर्व सचिव भक्तमान सुनुवारले आफ्ना पूजनीय मातापिताको स्मृतिमा स्थापित मानबहादुर–विष्णुमाया सुनुवार स्मृति शैक्षिक कोषले प्रत्येक वर्ष एमए थेसिस गर्ने एक जनालाई विद्वात्तवृत्ति र स्नातक अध्ययनरत तीन जना विद्यार्थीलाई छात्रवृत्ति साथै कोइँच गाउँको आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री वितरण गर्दै आएको छ । यस वर्ष कम्प्युटर इञ्जिनियरीङ अध्ययनरत निसान्त सुनुवारलाई छात्रवृत्ति र केन्द्रीय क्याम्पस टियुमा सोसलोजी एमए अध्ययनरत रमिला सुनुवारको इम्प्याक्ट अफ मोडर्नाइजेसन अन कोइँच सुनुवार कल्चर ए केस स्टडी अफ उमाकुण्ड गाउँपालिका रामेछापका लागि प्रमाणपत्रसहित रु. २०,००० हजार नगद विद्वात्तवृत्ति प्रदान गरियो । त्यसैगरी सिमलगैरा आधारभूत विद्यालय, ढुँगे उमाकुण्ड ६, रामेछापलाई १० हजार बराबरको शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
आफ्नो समयमा गाउँमा स्कूल नभएको र अहिले पनि कोइँचहरु नीति निर्माणमा पहुँच नभएको यथार्थलाई आत्मसात गर्दै गुणस्तरीय कोइँच जनशक्ति उत्पादनको लागि अझै पनि आफ्नो पसिना बगाएर लगानी गरिरहेका शैक्षिक स्मृति कोषका संस्थापक भक्तमान सुनुवारले कैलेश्वरी उच्च माध्यामिक विद्यालय गुप्तेश्वरमा प्लस २ अध्ययन गर्ने विद्यार्थीहरुका लागि पनि छात्रवृत्ति प्रदान गर्दै आउनुभएको छ । गएको वर्षहरुमा सपना सुनुवारले कोइँच भेषभूषामा, सुजना सुनुवार फुसु पिदारमा शोध गर्नु भएको थियो । शैक्षिक कोषको छात्रवृत्तिबाट निर्भिक सुनुवारले कानुनमा र भूमिराज सुनुवारले व्यवस्थापनमा स्नातक गरीसक्नु भएको छ ।
आजै भक्तमान स्वास्थ्य कोषबाट सुनुवार सेवा समाजको मातहतमा रहने गरी रु. ५० हजारको स्वास्थ्य कोषसमेत स्थापना भएको घोषणा भएको छ ।


उक्त कोषबाट यही आउँदो पुसबाट १. बालबालिकाहरुको अवस्था हेरेर प्रति बिरामीलाई रु. ५००० पाँच हजारसम्मको दबाइपानी किनेर सहयोग गर्न सकिने, २ बच्चासहितको स्त्री रोगले ग्रसित बिरामी हस्पिटलमा भएका महिलाहरु मध्ये एक जनालाई बढीमा रु १०,००० दश हजारसम्मको दबाइपानि किन्न सहयोग गर्नसकिनने, ३ स्याहरसुसार गर्ने नभएका जेष्ठ नागरिकहरु मध्ये अवस्था हेरेर एकजनालाई रु ५००० पाँच हजारसम्मको दबाइपानि किन्न सहयोग गर्न सकिने छ भने अचानक कोही विरामी परी हस्पिटल भर्न भई तत्काल शल्यक्रिया गर्न वा अन्य कुनै उपचार गर्नको लागि खर्च अभाव परेको जानकारीसहित सुसेसमा सहयोगको लागि सिफारिस भई आएमा डाक्टरको रिपोर्ट बिमारीको अवस्था बुझेर रु. २०,००० बिस हजारसम्म सहयोग गर्न सकिने गरी सञ्चालन गर्न सकिने संस्थापक भक्तमान सुनुवारले बताउनुभएको छ ।
कार्यक्रममा विद्वात्तवृत्ति सुसेस अध्यक्ष रणवीर सुनुवारले, छात्रवृत्ति डा. लाल रापचाले र शैक्षिक सामाग्री सल्लाहकार संयोजक मनप्रसाद सुनुवारले प्रदान गर्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्नेक्रममा डा. लाल रापचाले उहिले आफुले पढ्दा यसो गर त्यसो गर, यस्तो गर्नुपर्छ, त्यस्तो गर्नुपर्छ भनेर निर्देशन गर्ने कोही थिएनन् तर अहिले सल्लाह दिने हामी छौं, तर विद्यार्थीहरुले सल्लाह माग्नुभन्दा तर्किँदै हिडेकोमा दुःख व्यक्त गर्दै सधैं लिंकमा हुनुपर्ने छ ।
सुनुवार सेवा समाजका सल्लाहकार संयोजक मनप्रसाद सुनुवारले कोष स्थापना गरेर पुरै साथसहयोग नहुनसके पनि केही न केही सहयोग भएको बताउनुभयो । र, यसको लागि सबै सम्पर्कमा रहनुपर्ने बताउनुभयो ।

Share
Categories
News

आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन : काठमाडौं घोषणापत्र–२०७६

प्रथम नेपाली आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन (1st International Conference of Nepalese Indigenous Peoples) द्वारा जारी आदिवासी जनजाति काठमाडौं घोषणापत्र–२०७६

संसारभर छरिएर रहेका नेपाली आदिवासी जनजाति समुदायको एक मात्र साझा राष्ट्रिय संस्था नेपाल आदिवासी जनजाति महासंघ भएको र यसले संसारभरको नेपाली आदिवासी जनजातिलाई एउटै झण्डामुनि गोलबन्द गराई आदिवासी समुदायको आन्दोलनलाई निरन्तर नेतृत्व गर्दै आएको सास्वत सत्यलाई अझ निरन्तरता दिने प्रण गर्दै,
आदिवासी जनजातिहरको राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिकलगायत अधिकारका निम्ति विश्वका कुनै पनि देशमा भएका आदिवासी आन्दोलनको क्रममा शहादत्त प्राप्त गर्नुभएका महान शहीदहरूप्रति उच्च सम्मान व्यक्त गर्दै,
आदिवासी जनजातिहरूको एकता, अस्तित्व, पहिचान र अधिकारका लागि विश्वभरका सम्पूर्ण नेपाली आदिवासी जनजातिहरू एकताको सन्देश दिँदै,
नेपाल आदिवासी जनजाति महासंघद्वारा सम्वत् २०७५ साउन १९ र २० गते आयोजित आदिवासी जनजाति बृहत्् राष्ट्रिय राजनीतिक सम्मेलनबाट जारी काठमाडौं घोषणापत्र–२०७५ मा राज्यको जारी विभेदको विरुद्ध निरन्तर संघर्ष जारी राख्ने बुँदालाई मुख्य आधार बनाउँदै,
सम्वत् २०७६ कात्तिक १–२ गते (18-19 October 2019) काठमाडौंमा सम्पन्न ऐतिहासिक ‘प्रथम नेपाली आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन’ (1st International Conference of Nepalese Indigenous Peoples) द्वारा पारित संसारभर छरिएका नेपाली आदिवासी जनजातिहरूको तर्फबाट पहिचान र अधिकार प्राप्तिका लागि एकताबद्ध भई सामुहिक रुपले निरन्तर संघर्ष गर्ने प्रण गर्दै यो ‘काठमाडौं घोषणापत्र–२०७६’ जारी गर्दछौः–

१. आदिवासी जनजातिको पहिचान, इतिहास, भाषा, धर्म, संस्कृति संरक्षण सम्बद्र्धनका लागि महासंघको नेतृत्वमा हुने राजनीतिक, सामाजिक, साँस्कृतिक, आर्थिक, शैक्षिक सबैखाले आन्दोलनमा हामी संसारभरि छरिएर रहेका नेपाली आदिवासी जनजातिहरू विना पूर्वाग्रह ऐक्यवद्धता जनाउने र एक ठाउँमा उभिने प्रतिवद्धता व्यक्त गर्दछौँ ।
२. नेपालको संविधान–२०७२ मा आदिवासी जनजातिले विगतदेखि उठाउँदै आएको पहिचान र अधिकारको सवालहरू पूर्णतः समावेश नभएकोले अविलम्ब संविधान संशोधन गरियोस् भन्ने फेरि एकपटक सामूहिक रुपमा दोहो¥याउन चाहन्छौं ।
३. नेपाललाई भिन्न राष्ट्रको रुपमा विश्व सामू चिनाउने र नेपाललाई अड्याउने महत्वपूर्ण खम्बाको रुपमा रहेको आदिवासी जनजाति समुदायको विविधतालाई सम्पतिको रुपमा ग्रहण गरी यसको संरक्षण र सम्बद्र्धन नगरेसम्म नेपाली राष्ट्रियता र अस्तित्व नै खतरामा पर्ने साथै यसले मुलुक सधैभरि द्वन्द्वमा फसिरहने र सरकारको शान्ति, समृद्धिको सपना समेत पुरा नहुनेतर्फ हामी राज्यपक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।
४. नेपाल सरकारले रोजगारीको सिर्जना गर्न नसक्दा लाखौ नेपाली दाजुभाई तथा दिदीबहिनीहरू प्रवासको भूमिमा श्रम बगाउन विवश छन् । यो रहर नभई बाध्यता हो । जसले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको छ । विदेशमा रहेका ती सबै नेपालीहरूको वैदेशिक रोजगारी, उनीहरूको पैत्रिक सम्पति र नेपालमा लगानी गरेको सम्पतिको सुरक्षा तथा मतदानको अधिकार प्राप्त नेपाली नागरिकलाई आफू रहेको विदेशको भूमिबाट संघ, प्रदेश र स्थानीय तहको निर्बाचनमा मतदानको व्यवस्था गरियोस् ।
५. ब्रिटिश गोर्खा सैनिकहरू सन् १९४७ को सन्धिअनुसार राज्यको प्रतिनिधित्व गर्दै गोर्खा सैनिकमा भर्ती हुनु भएकोले ती सैनिकको सन्तानहरूले वंशजको आधारमा प्राप्त गर्ने नेपाली नागरिकतालाई निरन्तरता दिइयोस् । बेलायती र सिंगापुर सेना सरह समान पेन्सन र समान सुविधा तथा अवसरका लागि नेपाल सरकारबाट अबिलम्ब कुटनीतिक पहल गरियोस् ।
६. आदिवासी जनजातिको उपरोक्त समसामयिक राजनीतिक, सामाजिक, साँस्कृतिक, भाषिक मुद्दाहरूलाई स्थापित गर्न सरकारसँग वार्ता, संवाद र आग्रहको माध्यम प्रयोग गर्न पनि ‘ब्याकअप’मा आन्दोलनकै बल आवश्यक हुने हुँदा निर्णायक ‘आदिवासी आन्दोलन’ को आजैदेखि तयारीमा लाग्ने छौं ।
७. आदिवासी जनजाति समुदायको साझा र स्वायत्त राष्ट्रिय संगठन नेपाल आदिवासी जनजाति महासंघ तथा जनजातीय संगठनहरूमाथि हुने सबैखाले बाह्य हस्तक्षेप र व्यक्तिगत रुपमा जनजाति नेतृत्वमाथि हुने दलीय आक्षेपको अन्त्य गर्न प्रतिबद्ध छौं ।
८. नेपालमा हुने आदिवासी आन्दोलनप्रति पूर्ण एक्येवद्धता जाहेर गर्दै संसारभरिका नेपाली आदिवासी जनजातिहरू एकजुट भई पहिचान र अधिकार प्राप्तिको आन्दोलनप्रति सबैखाले सहयोग गर्न प्रतिबद्ध छौं ।
९. विश्वभर रहेका नेपाली आदिवासी जनजातिहरूलाई सांगठनिक रुपमा जोड्न जोडिन आवश्यक विधि, पद्धति र प्रक्रिया अवलम्बन गर्दै समयसापेक्ष विधान संशोधन गरेर आवश्यक अन्तर्राष्ट्रिय सञ्जाल बनाइने छ । सम्मेलनबाट नेफिनका विदेश विभाग इञ्चार्जको संयोजकत्वमा विभिन्न देश सम्मिलित समितिले अन्तर्राष्ट्रिय सञ्जाल अघि बढाउने विषयमा छ महिनाभित्र कार्यसम्पादन गरेर कार्य गर्नेछ । साथै, विभिन्न देशमा रहेका नेपाली दूतावासबाट बुद्ध जयन्ती लगायत सबै चाडबाडलाई समान हैसियत र सम्मान प्रदान गर्दै चाडबाड मनाउने व्यवस्था गर्न जोडदार माग गर्दछ ।

Share
Categories
News

समाजसेवी गुञ्जबहादुर सुनुवार सम्मानित : भाषा मरे जाति मर्छ ।

२ कार्तिक, काठमाडौं । लगभग दुई कोरी समय नेपाली भाषा तथा कला संस्कृति संरक्षणको लागि योगदान पु¥याए वापत समाजसेवी गुञ्जबहादुर सुनुवारलाई सुनुवार सेवा समाज खुश–लक्ष्मी सुनुवार स्मृति कोषले रु. ३१ हजार नगदसहित खुश–लक्ष्मी सुनुवार स्मृति पुरस्कार प्रदान गर्दै सम्मान गरेको छ । रामेछापको लिखुतामाकोशी थोलोमा २००९ साल चैत्र २९ गते जन्मिएका सुनुवारले २०२७ सालमा हिमागंगा मा.वि साँघुटारबाट एसएलसी गरी दुई विषयमा एमए समेत गर्नुभएको छ ।
त्रिभुवान विश्वविद्यालयको सामान्य प्रशासन विभागमा ३० वर्षसम्म कार्यरत रही सेवानिवृत सुनुवारले कोइँच भाषा, कला, संस्कृतिमा २०३७ सालदेखि सेवा गर्नु भएको छ ।
खुश–लक्ष्मी सुनुवार स्मृति कोषका संस्थापक प्रेम सुनुवार हाँवालीले गुञ्जबहादुर सुनुवार रिसाउनु त के ठूलो स्वरले बोलेको समेत अहिलेसम्म नदेखेको नसुनेको बताउनुभयो ।
उहाँकै सहपाठी टिकाराम मुलिचाले पनि गुञ्जबहादुर सुनुवार कसैलाई चित्त नदुःखाउने सबैका प्रिय व्यक्ति भएको भन्दै खुश–लक्ष्मी सुनुवार स्मृति कोषले सही र सक्षम पात्रलाई पुरस्कृत गरेकोमा हर्ष प्रकट गर्नुभयो ।
सम्मानीत व्यक्तित्व गुञ्जबहादुर सुनुवारले सम्मान पाएपछि भन्नुभयो, ‘यो सम्मान मैले पाएको होइन । यो सम्मान आम कोइँचहरुले पाएको हो । किनभने मैले कोइँच भाषा संस्कृति बाँच्नुपर्छ भनेर काम गरेको थिएँ । र, मेरो कदममा कदम मिलाएर सबै कोइँचहरुले साथसहयोग गर्नुभयो । खास गरेर भन्नुपर्दा हामी १४ जनाको टिम थियौं । उहाँहरु सबैको साथसहयोगले कोइँच पहिचानमा हामी अगाडि बढ्न सक्यौं । यसैको मुल्याङ्कन भएको ठानेको छु । म पुरस्कार पाउने त त्यसै पनि खुशी हुने भएँ । र, मेरा सम्पूर्ण टिम पनि खुशी हुनुहुने छ । यो पुरस्कार त्यतिबेलाको मेरा टिमप्रति समर्पण गर्दछु ।’
पुरस्कार वितरण समारोहका प्रमुख अतिथि माननीय यज्ञराज सुनुवारले गुञ्जबहादुर सुनुवार पुरस्कृत हुनु भनेको समाज र समुदायको लागि निस्वार्थ योगदान पु¥याउँदा समुदायले पनि मौन मुल्याङ्कन गरिरहेका हुन्छन् र उनीहरुले उचित कदर सम्मान कुनै न कुनै दिन गर्ने छन् भन्ने उदाहरण पनि हो । यसैले भाषा संस्कृति संरक्षण सबै एक जुट भएर अगाडि बढ्ने पर्ने विचार राख्दै अगाडि भन्नुभयो, ‘कुनै पनि जातिलाई निमिठ्यान्न पार्नु छ भने कुनै बामबारुद मिसाइल चाहिँदैन, पहिला उसको भाषा र संस्कृतिलाई मासी दिनुपर्छ । यसैले हामी सबै कोइँचले म जान्दिन होइन म गर्छु भनेर लाग्छुपर्छ । गर्दै जाँदा कुनै कुनै दिन जान्ने भएर समाजमा स्थापित हुनसकिने छ । म पनि भाषा बुट्टछु तर बोलेर फर्कान जान्दिन थिएँ । तर अहिले बोल्नसक्छु । सबैले भाषा बोलौं यो नै हाम्रो पहिचान हो ।’
दोलखा जिल्ला फाचे सिम्मलेपमा जन्मेका तत्कालीन हाँवा गाउँ पञ्चायत प्रधानपञ्च तथा हाँवा गाउँविकास समिति अध्यक्ष खुशबहादुर सुनुवार र उहाँको धर्मपत्नी लक्ष्मीदेवी सुनुवारको नाममा छोराछोरीहरु डिल्लीराज, प्रेमबहादुर, फुनमकला, राधादेवी, सरस्वती र उर्मिला सुनुवारहरुले सुनुवार सेवा समाज संघीय समिति कोटेश्वरमा स्थापना गर्नुभएको हो । यो पुरस्कार प्रत्येक वर्ष कोइँच पहिचानको लागि योगदान पुराउनुहुने अग्रज समाजसेवी तथा अनुसन्धाताहरुलाई प्रदान गरिने सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारले बताउनुभयो ।

Share
Categories
News

अन्तर्राष्ट्रिय सम्मेलनमा शाँदार सिल प्रस्तुत्

शाँदार सिल प्रस्तुत् गर्दै । तस्वीर : जुलियट शोभा सुनुवार

कार्तिक १ गते, काठमाडौं । आज राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा समुद्घाटित् अन्तराष्ट्रिय नेपाली आदिवासी जनजाति सम्मेलनमा आदिवासी जनजाति कोइँचले सुनुवार सेवा समाज (सुसेस) थारिकुति आंगिक संस्था सुनुवार ब्लामिच समाजका अध्यक्ष शिव सुनुवारको संयोजकत्वमा शाँदार सिल प्रस्तुत् ग¥यो । उपराष्ट्रपति नन्दकिशोर पुनबाट समुद्घाटन हुने हल्ला गरिए त पनि उपराष्ट्रपतिले सन्देश पठाएर अनुपस्थित हुनुभएपछि नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव तथा अध्यक्षहरुले उद्घाटन गरेका थिए । सम्मेलनमा विभिन्न अवसरको सिल्सिलमा नेपाल बाहिर रहेर पनि आफ्नो पैतृक भूमिप्रति गर्व गर्ने आदिवासी जनजाति नेताहरुको समुपस्थिति रहेको छ । नेपालमा सूचिकृत ५९ आदिवासी जनजातिहरु रहे पनि राष्ट्रिय सभागृह प्रायः खाली नै देखिन्थ्यो । नेतृत्व र अवसरको लागि समानुपातिक समावेशीता खोज्ने जि एट भनौदा आदिवासी जनजाति समुदायको अधिकारको लडाइ र वैचारिक छलफलमा भने एकदम गरिवीपन देखिन्थ्यो ।
१८ लाख जनसंख्या भएको दम्भ हाँक्ने आदिवासी जनजातिको सामु समानुपातिक समावेशीको चस्माले हिसावकिताव गर्ने हो भने ५५ हजार जनसंख्या भएका आदिवासी जनजाति कोइँचको ३२ जनाले सहभागीता जनाएका थिए । होसिजोसिमा एनआरएनको सम्मेलनमा नेपाल आएका आदिवासी जनजातिहरूलाई समेत लक्षित गरेर गरिएको अन्तर्राष्ट्रिाय सम्मेलन खासै जोशपूर्ण भने देखिएन । भोलिको वन्दसत्र भने विहान ८ बजेदेखि पार्क भिलेज बुढानीलकण्ठमा गरिने भएको छ ।
सम्मेलनमा सहभागी कोइँचहरु :-
१. अध्यक्ष रणवीर सुनुवार संघीय समिति (सं.स.)
२. उपाध्यक्ष अमृतबहादुर सुनुवार सं.स.
३. उपाध्यक्ष किरण मुखिया सुनुवार सं.स.
४. महासचिव समीर मुखिया सुनुवार सं.स.
५. कोषाध्यक्ष शोभा सुनुवार सं.स.
६. उपप्रमुख गोपालबहादुर सुनुवार, आर्थिक विभाग सं.स. तथा अध्यक्ष काठमाडौं
७. उपप्रमुख शिव सुनुवार, संस्कृति तथा अनुसन्धान विभाग सं.स. तथा अध्यक्ष ब्लामिच समाज
८. सदस्य विष्णु सुनुवार संस्कृति तथा अनुसन्धान विभाग सं.स. तथा उपाध्यक्ष ब्लामिच समाज
९. सदस्य मनमाया सुनुवार (मनु) आर्थिक विभाग सं.स.तथा उपाध्यक्ष गोकर्णेश्वर
१०. सदस्य भू.पू. प्र.नि. अशोककुमार सुनुवार आर्थिक विभाग तथा कोषाध्यक्ष गोकर्णेश्वर
११. सदस्य पारु सुनुवार संस्कृति तथा अनुसन्धान विभाग संघीय समिति
१२. अध्यक्ष लालबहादुर सुनुवार, भक्तपुर
१३. उपाध्यक्ष सावित्री सुनुवार, भक्तपुर
१४. सचिव लेखबहादुर सुनुवार, भक्तपुर
१५. सदस्य, कमला सुनुवार नेपाल आदिवासी जनजाति महासंघ प्रदेश १
१६. अध्यक्ष ः राजेन्द्र सुनुवार जिरी
१७. सचिव कमलबहादुर सुनुवार गोकर्णेश्वर
१८. सदस्य सिर्जना सुनुवार गोकर्णेश्वर
१९. सदस्य तोरण सुनुवार, मध्यपुर थिमि
२०. सदस्य मानबहादुर सनुवार, गोकर्णेश्वर
२१. पूर्व अध्यक्ष नरबहादुर सुनुवार कतार शाखा
२२. रायल सुनुवार २३. शोभा सुनुवार
२४. मिलन सुनुवार २५. किरण सुनुवार
२६. कैलाश सुनुवार २७. ललित सुनुवार
२८. मिना सुनुवार २९. निशा मुखिया
३०. सदस्य तीर्थ सुनुवार कुम्सो खिँ , ३१. डा. लाल राःपाच
३२. अनुप सुनुवार

Share
Categories
News

खुश–लक्ष्मी सुनुवार स्मृति पुरस्कार गुञ्जबहादुर सुनुवारलाई

२८ असोज, काठमाडौं । साइरे कोइँचआनकालि गिप्शिकाः पाचाकालि चाम्शा गाअ्बा कोइँच ङावाच गुन्जाबहादुर सुनुवारकालि खुश–लक्ष्मी सुनुवार स्मृति पुरस्कार–२०७६ मि पुरस्कृत दुम्चा दुम्शो बा । सुनुवार सेवा समाज संघीय समितिअन्तर्गत फाचे सिम्लेप्ङा याअ्ता खुशबहादुर सुनुवार नु लक्ष्मीदेवी सुनुवारआस तामितावु डिल्लीराज, प्रेमबहादुर, फुनमकला, राधादेवी, सरस्वती, उर्मिला सुनुवारपुकिमि आम मामापापोआस नेःमि कोइँच लोः मुल्केम राइच्चा मिनु थेँपोस पा बार्शिला पाचाकालि गाअ्बा काइल्रुच नु खुरिन्दाँखिच काःकालि थोचे कुस्कुस पुरस्कृत पाचाकालि खुश–लक्ष्मी सुनुवार स्मृति कोष स्थापित पाचा दुम्शो नामि ।
मुलाजि रे थोचेकुस्कुस कोइँचआन पितिमि पेन्मारेँश्या गेपा ग्याइँशिरेला पाइब ङावाचकालि रु. ३१,००० (एक्तिस हजार) राशीङा नगद पुरस्कारसहित सम्मान पातेक सारा पोअ्शो लोः संस्थापक प्रेमकुमार सुनुवार हाँवालिमि शोःचा दुम्ता । सुनुवार सेवा समाज संघीय समिति सचिवालयङा मुलाअ्ति (२०७६ असोज २८ गते) बाअ्शो मिटिङमि गुञ्जबहादुर सुनुवारकालि पुरस्कृत पाशो लोः सुनुवार सेवा समाजङा अध्यक्ष रणवीर सुनुवारमि शोःचा दुम्ता ।
सुनुवार सेवा समाज संघीय समितिमि कोइँच रिमाचेमाआ पितिमि साइरे ग्याइँशिरेला पा ङोइँति बार्ब ङावाचआन नेः सिफारीस पाचाकालि असोज ८ गते नेल्लि जिल्ला समितिआनकालि ब्लेस्पाति ख्लोइश्शो नामनाति । मेको ब्लेस्पातिकालि योअ् खोइश्शा जिल्ला समितिपुकिमि पाशो सिफारिस अनुसार कोष संस्थापक नु सचिवालयमि सुनुवार सेवा समाजङा संस्थापक सचिव गुञ्जबहादुर सुनुवारकालि छनौट पाशो लो सुनुवार सेवा समाज संघीय समितिङा कोषाध्यक्ष शोभा सुनुवारमि देँःचा दुम्ता । पुरस्कार वितरण खुशबहादुर सुनुवारआ याब्ले थुल्तेक नाअ्ति एको कात्तिक २ गते शनिवार २ बजे सुनुवार सेवा समाजआ खिँमि ख्लेत्तेक गेरापेन्मा ताँगे गोशो बा ।


गुन्जबहादुर सुनुवारआ पितिमि इँचिका रिमाचेमा (परिचय)
गुञ्जबहादुर सुनुवार रामेछाप थोलोमि बाशा खापमि सिन्कामि मलाय लाहुरेआ गुइरे क, ख, शेँसिशा काःलेमि ५ कक्षामि स्कुल भर्ना दुम्शो नामि । मेकेला साँघुतारला 2027 मि एसएलसि पाशा काथमादौंं ओशा तुँदिखेल महाँकालमि टाइपिङ शेँशा मेकेरेन जागिर जानाजान क्याम्पसमि सेस्सेब्लेसे दुम्शो नामि । मे खेँम बानेसोर देबिबादुर सुनुवारआ खिँमि बाअ्चा दुम्ब नाम्नाति । मेकेला गाअ्ना गाअ्ना पुतालि सादकमि क्याम्पस सेस्सेब्लेअ्से पाचा दुम्बा नाम्नाति । नोले त्रिभुवान विसोबिद्देलायामि सहप्रसासक पदमि जागिर जाचा दुम्ता । मेकेलान लोङ सर्बिस पा थोचे साँ ङोइति ला रिटायर दुम्चा दुम्ता । शेङ्ना कोइँच रिमाचेमा पाचाकालि २०३७ सालरे कोइँच रुम्देल्बुम्देलमि कोइँच शाअ्फ्लिप्चाकालि चाम्शा एच्चि कोम्थि कोइँचआन पिया पोअ्चा नेः थार्चाकालि नादोनाति मिम्शा बाअ्चा दुम्शो बा । २०४४ सालमि सुनुवार सेवा समाज गथन पाशोनु सचिव दुम्शा गे पाशो नामि । मे खेम ओदेँशो जातीय संस्थापुुकि गथन पाशोनु जागिर यो योल्बा नामनािित मिनु जेल यो लचा माल्बा नाम्नाति । मोदेशो हिँःचाङा नाखेममि यो आम जागिरकालि दावुमि होइश्शा कोइँचआनकालि काः सेल्चा सचिव दुम्शा गे पाशा गो तेइतेइङा कोइँचकालि ग्लुम्तेक थेँका खिँ, नाइलु सेल्शा कोइँच मुल्केम, लोः रिमाचेमा ङोइति बार्पाइतेक लोःमि गेनाइ नोले दिल्चा मादुम्शो बा । एच्चि रिटायर दुम्मा नोले गेनाइ देलतेल थोलो जाअ्दिन्निमि गेनाइ यालाखोम ख्वापा लोकन्थलिमि आम चाच–चाचिनु गेश्र्या ग्याश्र्या कोइँच रिमाचेमा पुस्तान्तरन पानापान नामि । मोमो नाखेमरे देलतेल प्लोइँशो बाअ्तेमङाना यो कोइँच लो फेतुम काः यो प्लेँचा दुम्शो माबाअ्बा मिनु कोइँच ताम्रा जन्म, विवाह, मृत्यु संस्कारआ पितिमि २०५८ मि सुनुवार विद्यार्थी समाजमि पाशो विचार गोष्ठीमि कार्यपत्र यो प्रस्तुत् पाचा दुम्शो बा ।

see more about Gunja Bahadur Sunuwar

Share