All about Sunuwar

प्रदेश सभामुखलाई बुझाए लिखुखोला हाड्रोपवार आयोजना प्रभावितहरुले मागपत्र : पालिकाले प्रस्तावक पिके हाइड्रोपावरलाई ध्यानाकार्षण गरायो।

सुनुवार डट ओआरजि समाचारदाता, २ साउन ।
पिके हाइड्रोपावर प्रा.लि.ले हचुवामा बनाएको आइइ प्रतिवेदनले रावादोलु, काती र खिजीका नागरिकहरुलाई सम्बोधन नगरेको भन्दै आन्दोलित खिजीकातीका प्रभावितहरुले आज प्रदेश नं. १ का प्रदेश सभा सभामुख बाबुराम गौतमलाई एक बुँदे मागपत्र बुझाएका छन् ।
‘प्रदेश सभामुख काठमाडौं आएको मौका मिलेको हुँदा हामी खिजीदेम्बा वडा नं ३, ४ र ७ का नागरिकको तर्पmबाट ५७० जनाको हस्ताक्षरसहित प्रदेश १ का सभामुख ज्युलाई पुनः प्रारम्भिक वातावरण परिक्षण अध्ययन गर्न मागपत्र बुझाएका हौं’ लिखुखोला जलविद्युत आयोजनाका प्रभावितहरुको संघर्ष अभियान्ता कमल सुनुवार जानकारी गराए ।
‘पुनः प्रारम्भिक वातावरण परिक्षण गर्नुपर्ने’ कारणसहितको मागपत्र बुझ्दै प्रदेश सभामुख बाबुराम गौतमले भन्नुभयो, ‘मैले वातावरण परिक्षण हेर्न पाएको छैन तर तपाईको पत्रमा उल्लेख भए अनुसारको अवस्था वातावरण परिक्षण प्रतिवेदनमा उल्लेख भएको हो भने पिके हाइड्रोपावरले नागरिकको मानवाधिकारलाई कुल्चेर जलविद्युत उद्योग सञ्चालन गर्न सक्दैन । मेरो तर्पmबाट सक्दो सहयोग हुन्छ । यस किसिमको कुनै पनि कमकमजोरी हुन नदिन प्रदेश मन्त्रालय र संघको उर्जा मन्त्रालयमा समेत बुझेर तपाइँहरुलाई परेको समस्या माथि कारवाही अगाडि बढाउन पहल गर्ने छु ।’
यसै वीच झोलामा खोला बोकेर लुक्दै हिडेको पिके हाइड्रोपावरलाई खिजीदेम्बा गाउँपालिका, ओखलढुंगाले खिजीदेम्बा वडा नं. ३ खिजी, वडा नं. ४ काःत (काती) र वडा नं. ७ रावादोलुका नागरिकहरुसँग एफपिक नगरी वातावरण प्रतिवेदन तयार गरी जलविद्युत उद्योगले पुराउने असरको न्युनिकरणको यथार्थ अवस्थाहरु परिक्षण नगरी जलविद्युत आयोजना सञ्चालन गर्न लागेको भनेर कातीका नागरिकहरु आन्दोलित तथा भयभित भएको हुँदा यथार्थ विवरण के हो ? गाउँपालिकालाई जति सक्दो वातावरण परिक्षणको प्रतिवेदन बुझाउन र प्रभावित नागरिकले राखेको ‘पुनः वातावरण परिक्षण गर्न’ हाइड्रोपावरलाई ध्यानाकार्षण पत्र दर्ता गराएको छ ।


आन्दोलित खिजीदेम्बा वडा नं. ४ का प्रभावित नागरिकहरुको प्रतिनिधित्व गर्दै सामाजिक सञ्जाल मार्पmत आम नागरिकहरुलाई यथार्थ जानकारी पस्किँदै आएका लिखु खोला जलविद्युत आयोजनाबाट प्रभावितहरुको तर्पmबाट पिके हाइड्रोपावर प्रा.लि.का अध्यक्ष राजेन्द्र प्रसाद तिवारीलाई ५७० जनाको हस्ताक्षरसहित ‘पुनः प्रारम्भिक वातावरण परिक्षण गर्न’ १ बुँदे मागपत्र बुझाइएको प्रभावित नागरिकको संघर्ष अभियानका अभियान्ता किशोर सुनुवारले जानकारी गराएका छन् ।
‘मागपत्र बुझ्दै अध्यक्ष तिवारीले गम्भीर त्रुटी भएको स्वीकार गरे । र, हालको प्रारम्भिक वातावरण परिक्षण संशोधन गरिने वचन व्यक्त गर्नुभयो । हाम्रो माग संशोधन होइन प्रत्यक्ष प्रभावित गाउँ रावादोलु, काती, खिजी, प्रिती र कुँबु कास्थलीमा गएर नै स्थलगत पुनः प्रारम्भिक वातावरण परिक्षण गर्नुपर्ने माग गरेका छौं ।’ मागपत्र बुझाउन गएका संघर्षरत अभियानका सदस्य दिलबहादुर भुजेलले बताए । उनले अगाडि थपे अब हामी संघ तथा प्रदेश सान्सदलाई समेत भेटेर हाम्रो यथार्थ अवस्था जानकारी गराउने छौं ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *