All about Sunuwar

सुनुवार सेवा समाज ओखलढुङ्गा पाँचौं सम्मेलन सम्पन्न

खिजिदेम्बा गाउँपालिका ओखलढुंगामा सुनुवार सेवा समाजको जिल्ला र पालिका स्तरीय सम्मेलन सम्पन्न भएको छ । बुधबार खिजिफलाटेमा एक कार्यक्रमको आयोजना गरि सुनुवार सेवा समाज जिल्ला समन्वय समितीको पाँचौ र खिजिदेम्बा गाउँपालिका स्तरीय समाजको दोस्रो सम्मेलन सम्पन्न भएको हो । अधिवेशनबाट जिल्लामा देविध्वज सुनुवारको अध्यक्षता ९ कार्यसमिती सदस्य र पालिकामा कविराज सुनुवारको अध्यक्षता ९ कार्यसमिती सदस्य चयन भएको छ । सुनुवार जातिको पहिचान, भाषा, संस्कृतीलाई जगेर्ना गर्दै, जातिय शशक्तिकरण, सुशासन र समावेशीका लागि गठित समाजले कोइँच सुनुवार जातिको क्षेत्रमा काम गर्ने अध्यक्ष देवीध्वज सुनुवारले बताउनुभयो । सुनुवार सेवा समाजका पूर्वअध्यक्ष भिमबहादुर सुनुवारको अध्यक्षताका भएको उद्घाटन कार्यक्रममा प्रदेश नं. १ का सांसद प्रदिपकुमार सुनुवारको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले कार्यक्रममा बोल्दै सबै जातजाती समान भएकाले समानुपातिक र पहिचानको आधारमा सबै क्षेत्रमा विकास हुनुपर्ने बताउनुभएको छ । सेवा समाज संघीय समिति अध्यक्ष रणविर सुनुवारको विशेष अतिथ्यता रहेको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुशिला तामाङ लगायत विभिन्न जातिय संघसंस्थाको सहभागीता रहेको थियो । सोही अवसरमा प्रमुख अतिथी प्रदेश सांसद सुनुवार र गाउँपालिका उपाध्यक्ष तामाङलाई मायाको चिनो स्वरुप सुनुवार जाति पहिचानमा आधारित जाली रुमाल प्रदान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सुनुवारी झाँकी प्रदर्शन समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *