All about Sunuwar

सधैं देखिने हाम्रै गाउँको एउटा अनुहार : जो मन्त्री बनेका छन् ।

लिला सुनुवार, ओखलढुंगा ।
हाम्रै गाउँको खिँजी फलाटे बजारमा सधैं देखिने एउटा गाउँले अनुहार, अर्थात प्रदिप (प्रदिपकुमार सुनुवार) अहिले मन्त्री भएका छन् । प्रदेश नं. १ प्रदेश सभा सदस्यका लागि ओखलढुंगाबाट निर्वाचित भएका सांसद मुलिच प्रदिपकुमार सुनुवार आज प्रदेश १ सरकारको मन्त्री बनेको छन् । प्रदेश १ को नामकरण कोशी राखेपछि आन्दोलित प्रदेश १, ठुलो दल हुँदा हुँदै पनि एमाले सरकार ढलेपछि नेपाली काङ्ग्रेसका प्रदेश सांसद मा. उद्धव थापा मुख्य मन्त्री बनेपछि आजै उहाँले प्रदेश मन्त्री नियुक्ति लिँदै सपथ लिनुभएको छ ।

सुनुवारको राजनीति यात्रा
“अब युवाको पालो …” भन्दै सामाजिक सञ्जालहरुमा गाली गर्दै उफ्रिएर होसीजोसीमा बाहुलाउने भीडमा मन्त्री सुनुवार नागरिक र माटो प्रति विना योगदान मन्त्री बनेका भने होइनन् । २०४२ सालमा नेपाल बिद्यार्थी संघको सदस्यता लिएर लोकतान्त्रिक राज्य व्यवस्थाका लागि नागरिकको मानवाधिकारको लागि राजनीतिमा होमिएका हुन् । २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनः स्थापित भएपछि उहाँले २०४९ मा नेपाली कांग्रेसको सदस्यता लिएर दलगत राजनीतिक यात्राको गोहो पहिलाएका थिए । नेपाली काँगे्रसको ९ औं माहादिवेशनदेखि हालसम्म निरन्तर ओखलढुंगाबाट माहादिवेशन प्रतिनिधिको रुपमा निर्वाचित हुँदै आएका उहाँले २०५४ को स्थानिय तहको निर्वाचनमा खिजिफलाटेको गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । भुइँ मान्छेहरुसँग घुलमिल गरेर बस्ने र उनीहरुको गुनासो सुन्ने सरलताले नै युवा छँदा नेपाल तरुण दल सगरमाथा सञ्चलको संयोजक भएर काम गर्नुभयो । २०५२ मा नेपाली काँग्रेस ओखलढुंगाको सहसचिब, १० औं महाधिवेशनमा प्रजातान्त्रिक काँग्रेसको ओखलढुंगा जिल्ला उपसभापति भएका सुनुवार, १२ औ महाधिबेशनमा ओखलढुंगा काँग्रेसको सभापति पदमा निर्वाचित भएका थिए । हक्की स्वाभाव भएका ईमानदार र कुशल संगठनकर्ताका रुपमा चिनिनु हुने मान्त्री सुनुवार १३ औ महाधिवेशनमा पुनः ओखलढुंगा कांग्रेस सभापति भए । बाबा शान्त बहादुर सुनुवार र आमा फुलमाया सुनुवारको पहिलो सन्तानको रुपमा ओखलढुंगाको अति बिकट मानिने गाउँबस्ती खिजी फलाटेमा उहाँको जन्मा भएको थियो । नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभए सुनुवारले २०७४ को निर्वाचनमा आफ्नै पार्टीको बागी उम्मेदारको कारण उपविजेता हुनुभएको थियो । २०७९ को निर्वाचनमा प्रदेश १ को प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनुभएपछि नेकपा ऐमालेको सरकार ढलेपछि बनेको विषम परिस्थितिको अवस्थमा बनेको सरकारमा अहिले मन्त्री बन्नुभएको हो । अहिले मन्त्रालय बाँडफाँड भएको छैन । तर प्रवक्ताको जिम्मा भने उहाँले पाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *