भावना परिष्कृत
now browsing by tag
हा हा हासल हासल
-भावना परिष्कृत सुनुवार
बैशाखे पूर्णिमा उभौली पर्वमा
ष्याँदर पिदार गर्ने चण्डीको थानमा
दुमा र ग्यूमा ढोलको ताल फेर्दै
झ्याम्म–झ्याम्म झ्याम्टा बजाउँदै
इन्द्रधनुष पहिरनमा ब्लुकुम्सला गर्दै
सबै दुःख थकान भुलेर
ष्याँदर सीलमा रम्दा भरिन्छ जोस र उर्जा
हा हा हासल हासल, हा हा हासल हासल
खल्पी खल्पा बासल, ग्योम्ली ग्योम्ले गासल
हा हा हासल हासल, हा हा हासल हासल !!
ष्याँदर देयी देयाको पिदार गर्दै
प्रकृति र पितृदेवको स्मरण गर्दै
पाकेको नयाँ अन्न बाली अर्पण गर्दै
नयाँ बीज र बिरुवाको रोपाई गर्दै
पूर्खाहरूसँग आशिष माग्दै
प्रकृति शक्तिको जय जयकार गाउँदा
भरिन्छ नया जोस र उर्जा
हा हा हासल हासल
खल्पी खल्पा बासल
ग्योम्ली ग्योम्ले गासल
हा हा हासल हाहा हासल हासल !! Read More
अन्तर्राष्ट्रिय नारी दिवसः एक चर्चा
-भावना परिष्कृत सुनुवार
विश्वभर महिलाहरुले प्रत्येक वर्ष ८ मार्चको दिन नारी सम्मान तथा सशक्तिकरणहेतु विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामले अन्तराष्ट्रिय नारी दिवस मनाउछन् । यस दिन समाज र राष्ट्रलाई महत्वपूर्ण योगदान पुर्याउने अग्रणी महिलाहरुलाई सम्झना गर्दै र सम्मान दर्शाउने गरिन्छ । प्रत्येक वर्ष मानिने विश्व नारी दिवस अन्तराष्ट्रिय नारा र थिम निर्मित गरेर मानिन्छ । यसै गरी प्रत्येक देशले आ-आफ्नो समसामयिक नारा प्रष्फुटित गरी अन्तराष्ट्रिय नारालाई पनि समेट्दै नारी दिवस मनाउने चलन छ । यो वर्षको अन्तराष्ट्रिय थिम “चुज टु च्यालेन्ज” हो र स्लोगन “वुमन इन लिडरसिपः अचिभिङ एन् इक्वल फ्युचर इन अ कोभिड-१९ वर्ल्ड” हो भने हाम्रो देश नेपालको यस वर्षको नारा “महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” हो । संयुक्त राष्ट्र संघले विश्वभरका नारीहरुको समानाधिकारलाई स्थापित गर्दै उनीहरुको सुरक्षाखातिर विश्वभरमा केही विशेष नीति, कार्यक्रम र मापदण्ड निर्धारण गरेको छ । संयुक्त राष्ट्र संघको अनुसार कुनै पनि समाजमा सृजित सामाजिक, आर्थिक, राजनैतिकजस्ता अनेकौँ समस्याउपरको निवारण नारीहरुको सहभागितावेगर सम्भव छैन । Read More
राजदुताबासमा २५ औ बिश्व आदिबासी दिवस सम्पन्न
– भावना परिष्कृत सुनुवार
२७ जुलाई सन् २०१९ शनिबार लन्डन स्थित नेपाली राजदुताबासमा २५ औ बिश्व आदिबासी जनजाति दिवसको अवसरमा राजदुताबासको आयोजना तथा नेपाल आदिबासी जनजाति महासंघ बेलायतको सहकार्यमा प्रथम पटक नेपाली आदिबासी जनजातिहरुको संगीत , खाना परिकार र मौलिक भेषभुषा Nepali Music and Food festival महोत्सव भव्यता पुर्वक सम्पन्न भएको थियो। उक्त कार्यक्रममा महामहिम राजदुत डा दुर्गा बहादुर सुबेदी , फिलिपिन्सका राजदुत आण्टोनियो लागदमियो र नेपालका प्रख्यात गायक दीप श्रेष्ठ दुवारा दीप प्रज्वलन गरि कार्यक्रमको समुदघाटन गरिएको थियो।आयोजकका तर्फबाट महामहिम डा दुर्गा बहादुर सुबेदी ज्युले कार्यक्रममलाइ स्वागत तथा शुभकामना व्यक्त गर्ने क्रममा भन्नु भयो । ” नेपाल प्रकृति र संस्कृतिको अत्यन्त सुन्दर देश हो । नेपाली आदिबासी जनजातिहरुको कला संस्कृति नेपालको संस्कृति हो ।आदिबासी जनजातिहरुको मौलिक भेषभुषा ,खाना परिकार नेपालको पहिचान हो र आदिबासीहरुको भाषा नेपालको राष्ट्रिय भाषा हो. । Read More
घरदेशी परदेशी
– भावना परिष्कृत सुनुवार
घरदेशी- फेरि पनि भन्दैछु
पटक पटक सम्झाउदै छु
म पनि आउन चाहान्छु
दामको रोपाइँ बाह्रामासे चल्ने त्यो भूमिमा
जसोतसो जगेडा गरेर
हरियो रंगको सानो बुक पाएकोछु
पहिलो पटक हवाई गिरनमा
सपनाको सानो झोला च्यापेर
यो हरियो बुकको सहारामा
हवाई जहाज चडेर
मलाई पनि आउनु छ
जहा तिमी छौ डलर र पाउण्डको रुख उम्रने देशमा
सुन्छु त्यहा पसिनाको कदर हुन्छ रे
कर्मको बर्ग छुट्टाएर कसैलाई मान कसैलाई अपमान हुदैन रे
सुन्छु त्यहा दाम टिप्नलाई अनेक अवसर पाउछ रे
लौ न त्यो जादुको नगरीमा छडी घुमाउन म पनि आउछु
तिमी भन्छौ देशमै अवसर खोज
मैले जस्तै विदेश नरोज
युवा बिना शक्तिहीन देश रुन्छ
ब्रिद्द बाबा आमाको लौरी सहारा छुट्छ
सोचेको जस्तो नहुनाले पराइ देशमा पनि सपना टुट्छ
बिर्सेउकि तिमीले अवसर सुन्य छ देश भित्र
खालि पेट उपदेश सुन्न सकिदैन
नाता नहुनेको कृपा बर्सिदैन
नेता नचिन्नेको योग्यता र दक्षता केहि बिक्दैन
रातदिन भकारो मात्र सोरेर जिन्दगी बद्लिदैन
अब मैले निर्णय लिई नै सके
राजनीतिले बिगारेको देशबाट
राजनीतिले सप्रिएको देश आउन चाहान्छु ,बुझ्न चाहान्छु
धेर थोर मद्दत तिमीले गर्नु पर्छ है
फेरि पनि भन्दै छु
पटक पटक सम्झाउदै छु
म पनि आउना चाहान्छु
डलर र पाउन्डको बोट हुने देशमा
परदेशी – मैले नसुनेको हैन तिमीलाई
मैले नबुझेको हैन देशको परिस्थितिलाई
दाम फल्ने बोट सिहार्न कहा सहज छ र
धेरै भनि सके जादुको नगरी नसम्झनु भ्रममा छौ तिमी
सम्झाई पनि सके बाकि नराखेर सत्यतथ्य फुकाई
अनिदो आँखामा सायद तिम्रो ध्यान गएन
यी हत्केलाहरू यस्तरी चरचरी त् देशमा भकारो सोर्दानी फुटेन
अनि साच्ची तिमीले भकारोको कुरा गर्यो
भकारो सोहोरेर जिन्दगी नबदलिने कुरा भन्यो
सबै भनि सकेको छु सुनाइ सकेको छु
भन्न बाकि रहेको एउटै तितो सत्य अन्तिम पटक भन्दैछु
घरदेशमा गाइ बस्तुको भकारो सोर्ने हो
परदेशमा मान्छेको भकारो सोर्ने हो
हुन् सक्छ केहीले नसोरलान
उही हाम्रो देशमा केहि भ्रष्ट चतुरहरुले गाइ बस्तुको भकारो नसोरे जस्तै
हाम्रो बीबस्ता धेरैको साझा अवस्था
गाइ बस्तुको भकारो होस् या मान्छेको भकारो
हुनलाई त् दुवै दुखकै भकारो हुन्
तर यी दुइ बिचमा अन्तर भने छ है
अब बाकि तिम्रो बिचार
मेरो साथ् हमेसा तिम्रो लागि निर्धक्क रहेस
बेलायतमा श्यादर पिदार सम्पन्न !
किरातहरुको महान साझा राष्ट्रिय पर्व उभौली बैशाखे पूर्णिमा बुद्द जयन्तिको दिनमा पर्ने गर्दछ ! प्रतेक बर्ष धुमधामले हर्ष उल्लास सहित घरदेश देखि परदेश सम्म ,सुनुवार ,राई ,याक्खा,लिम्बु,जिरेल ,सुरेल ,हायू ,थामी आदि किरातीहरुले उक्त पर्वलाई परापुर्वकालदेखि मनाउदै आइ रहेका छन् ! पितृ र प्रकृति पूजक किरातहरु उभौली पर्वलाई ,सुनुवारहरुले श्यादर पिदार,सालिवा ,राइहरुले साकेला,,चसुवा ,तोसी ,लिम्बुहरुले चासोकताङ्गनाम आदि नामले मनाउने गर्दछन ! नया बाली लगाउने बेला र नया अन्न भित्राउने बेलामा पितृ ,इष्ट देवहरुको आरधना संग संगै प्रकृति शक्तिको पूजा गर्दै , नया बालीहरु सप्रियोस ,बिश्व भरि साकाल रहोस ,शान्ति छावस ,दैविक प्रकोप ,प्राकृतिक प्रकोप नहोस , ,बन पाखामा सदा हरियाली कायम रहोस, रोग भेद नहोस ,अकाल मृत्यु नहोस ,सबै कुरामा सुब्य फाब्य रहोस आदि जस्तो सामाजिक कल्यानार्थ कामना गर्दै ,नया अन्नबाट बनेको खान्कीको परिकार पितृ र देवलाई अर्पण गरेर नौगी खादै मानिने उभौली पर्वको सार सबै किरातहरुको एकै पाइन्छ ! Read More
अन्तर्राष्ट्रिय नारी दिवस – मार्च आठ
–भावना परिष्कृत सुनुवार
सचिव
आदिबासी जनजाति महिला महासंघ, बेलायत
कति अरूलाई उठाइरहन्छौँ
पहिले साँचो रूपमा आफै उठ्न सिक
आखिर कहिलेसम्म पछि र तल परिरहन्छौ
अब अगाडि हिँड्दै बढ्दै माथि माथि पुग्न सक, माथि माथि पुग्न सक
विगतको वर्षझैँ यो वर्ष पनि अन्तर्राष्ट्रिय नारी दिवस मार्च आठको दिन आयो । प्रायजसो सबै नारीहरूको जीवन अति पिछडिएको एसिया, अफ्रिका लगायतका कैयौँ मुलुकमा फेरि एक पटक आठ मार्चको विशेष चर्चा छायो । यसै क्रममा आजको दिन हामी नेपाली सम्पूर्ण नारीहरू पनि १०४ औँ अन्तर्राष्ट्रिय नारी दिवस २०१४ लाई घरदेशदेखि परदेशसम्म विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरेर धुमधामले मान्ने क्रममा छौँ ।
प्रत्येक वर्ष मार्च ८ तारीखका दिन मनाइने नारी दिवस कुनै खुशीयालीको उत्सव नभएर आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक एवम् समाज र राष्ट्रको हर तह तप्कामा नारीहरूलाई पुरुष सरह समान हक अधिकार पाउनुपर्ने लैंगिक विभेदको अन्त्य गर्दै हर पक्षबाट राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकार सुनिश्चित गरिनुको साथै महिला सशक्तिकरणको अभियानलाई विश्वव्यापीरूपमा बुलन्द पारिँदै मनाइने महान सङ्कल्प र अठोट बोकेर निरन्तर जारी राखिने अनन्तकालीन महायात्रा हो । अन्तर्राष्ट्रिय नारी दिवस आठ मार्च विशेष गरी नारी अधिकारसम्बन्धी चर्चा हुने मुख्य दिवस हो ।
प्रत्येक नारी दिवसमा एउटा एउटा मुख्य विषय (थिम) मा रहेर नाराहरू बनाइन्छ । प्रत्येक देशले आ–आफ्नै समसामयिक विषयहरूलाई समावेश गरी नाराहरू बनाएका हुन्छन् । यस १०४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको लागि नेपालको राष्ट्रिय नारा “महिला नेतृत्वका लागि हौँ जम्मा, घरदेखि संविधान सभासम्म” रहेको छ भने अन्तर्राष्ट्रिय नारा “समानता महिलाका लागि, प्रगति सबैका लागि” रहेको छ । यी नाराहरूलाई नारामा मात्र सिमित नराखेर कार्यात्मक रूपमा अगाडि बढाउनु सदैव महत्वपूर्ण रहन्छ । यसरी नारी चेतनासँग सम्बन्धित नाराहरू निर्माण भई विकासको यस अवस्थासम्म आइपुग्नुमा नारी जागरणको सिंगो इतिहास जोडिएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको इतिहासलाई फर्केर हेर्ने हो भने १०४ वर्ष अगाडिको पुरानो काल खण्डलाई हामीले स्मरण गर्नुपर्ने हुन्छ । २९ फेबु्रअरी सन् १९०९ ताका जसको प्रारम्भिक अध्याय लेखिने काम संयुक्त राष्ट्र संघमा सामाजिक, जागरुक र चेतनशील महिलाहरूबाट शुभारम्भ भएको थियो । त्यसपछि सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा अन्तर्राष्ट्रिय महिलाहरूको बृहत भेला भएको थियो । जसमा १७ वटा देशका १०० जनाभन्दा बढी महिलाहरूले सहभागिता जनाएका थिए । श्रमिक महिलाहरूले पुरुषसरह समान ज्याला र बिदा पाउनुपर्ने, नारीमाथि सदियौँदेखि हरेक क्षेत्रमा हुँदै आइरहेको विभिन्न खाले अन्याय, अत्याचार, शोषण, दमन, हिंसा, विभेद जस्ता अनगिनत अमानवीय व्यवहारहरू प्रति खुलेर सङ्घर्षको श्रृङ्खलालाई अघि बढाउने जस्ता महान कार्यको थालनी भएको थियो ती साहसी नारीहरूबाट । जसको फलस्वरूप लैङ्गिक विभेद, राजनैतिक, शैक्षिक, सामाजिक, सांस्कृतिक, आर्थिक जस्ता क्षेत्रमा असमान हक अधिकारका विरुद्धमा आवाज उठाउँदै अन्तर्राष्ट्रिय स्तरसम्म फैलाउन सफल भए नारीहरू । त्यसपछि यस प्रकारको महिला जागृतिले सन् १९११ मा विभिन्न राष्ट्रमा पहिलो पटक अन्तर्राष्ट्रिय नारी दिवस मनाउने क्रमको थालनी गराई छाड्यो । यही क्रमलाई निरन्तरता दिँदै रसियाले १९१३ मा ८ मार्चको दिन नारी दिवस मनायो । त्यस पश्चात ८ मार्चकै दिन प्रत्येक वर्ष सबै युरोपेली राष्ट्रहरूले नारी दिवस मनाउन थाले ।
सन् १९१७ ताका आइपुग्दा मार्च आठकै दिन रसियाका नारीहरूले विश्व युद्धको विरुद्ध, शान्तिको निम्ति, रोटीको निम्ति, प्रेमको निम्ति, महिलाहरूको मत अधिकारको निम्ति, पुरुषसरह समान हक अधिकारको निम्ति आवाज बुलन्द पारेका थिए । जसको फलस्वरूप रसियाका राजा (जार) ले नारीहरू (रसियाका) लाई पहिलो पटक मतदान दिन पाउने अधिकार सुनिश्चित गराएका थिए । यसरी नै सन् १९१७ देखि १९७६ सम्म मार्च आठले नारी दिवसको रूपमा निरन्तरता पाइरह्यो । सन् १९७७ मा संयुक्त राष्ट्र संघले नारी दिवस मान्ने सबै देशका नारी प्रतिनिधिहरूलाई बोलाएर ८ मार्चकै दिन प्रत्येक वर्ष अन्तर्राष्ट्रिय नारी दिवस मनाउने निर्णय गर्दै आधिकारिक रूपमा घोषणा गरेको थियो । त्यसपछिको समयमा बिस्तारै मार्च ८ को दिन नारी दिवस मनाउने क्रमले विश्वव्यापी रूप लिँदै गयो । Read More
साहसिक व्यक्तित्व सानुबाबु सुनुवार
–भावना परिष्कृत सुनुवार
यो जगत् र हामी मानिसको जीवन हाम्रो विचारको विस्तार हो । हामी जे सोच्छौँ त्यहीअनुरूप हाम्रो व्यक्तित्व बन्छ । हामी जुन दृष्टिभावले संसारलाई नियाल्छौँ त्यही दृष्टि र विचार मुताबिक नै संसारको रूप देख्दछौँ । सकारात्मक भाव र सोचले अनि सिर्जनशील अभ्यासले मानिसलाई जीवनमा सधैँ सफल र असल बन्ने अवसर मिलेर आउँछ जसले खुशी र सुखी हुन सघाउँछ । तर नकारात्मक भाव र सोचले पूरै जीवन असफलताको भुमरीमा फस्न पुग्दछ, साथै निरास र दुःखबाहेक हामीले केही पाउन सक्दैनौँ । तर फेरि असल सोच र सकारात्मक भाव राख्दैमा मात्र पनि लक्ष्य प्राप्ति भने सजिलै हात पर्दैन । यसको निम्ति त कडा अभ्यास र निरन्तर साधना चाहिन्छ । स्वयम् आफैमाथि पनि विश्वास गर्न सक्नुपर्छ, तबमात्र जस्तोसुकै महान लक्ष्यको मार्ग पनि सहज र सरल बन्दै जान्छ र अन्तमा व्यक्तिले आफ्नो सपनालाई शिखरमा विजयको झण्डा फहराएरै छाड्छ । यसरी आफ्नो महान लक्ष्यलाई साकार रूप दिँदै विश्वकै अग्लो हिमाल सगरमाथाको चुचोरोमा पुगी त्यसभन्दा ३० मिटरमाथि प्याराग्लाइडिङ गरी पुग्न सफल भए सानुबाबु सुनुवार । यसरी प्याराग्लाइडिङ गरी शिखरबाट सतहमा झर्ने उनी नै नेपालमा पहिलो व्यक्ति हुन् । Read More