All about Sunuwar

राजदुताबासमा २५ औ बिश्व आदिबासी दिवस सम्पन्न

– भावना परिष्कृत सुनुवार
२७ जुलाई सन् २०१९ शनिबार लन्डन स्थित नेपाली राजदुताबासमा २५ औ बिश्व आदिबासी जनजाति दिवसको अवसरमा राजदुताबासको आयोजना तथा नेपाल आदिबासी जनजाति महासंघ बेलायतको सहकार्यमा प्रथम पटक नेपाली आदिबासी जनजातिहरुको संगीत , खाना परिकार र मौलिक भेषभुषा Nepali Music and Food festival महोत्सव भव्यता पुर्वक सम्पन्न भएको थियो। उक्त कार्यक्रममा महामहिम राजदुत डा दुर्गा बहादुर सुबेदी , फिलिपिन्सका राजदुत आण्टोनियो लागदमियो र नेपालका प्रख्यात गायक दीप श्रेष्ठ दुवारा दीप प्रज्वलन गरि कार्यक्रमको समुदघाटन गरिएको थियो।आयोजकका तर्फबाट महामहिम डा दुर्गा बहादुर सुबेदी ज्युले कार्यक्रममलाइ स्वागत तथा शुभकामना व्यक्त गर्ने क्रममा भन्नु भयो । ” नेपाल प्रकृति र संस्कृतिको अत्यन्त सुन्दर देश हो । नेपाली आदिबासी जनजातिहरुको कला संस्कृति नेपालको संस्कृति हो ।आदिबासी जनजातिहरुको मौलिक भेषभुषा ,खाना परिकार नेपालको पहिचान हो र आदिबासीहरुको भाषा नेपालको राष्ट्रिय भाषा हो. ।

सांस्कृतिक विविधता बीच एकता हुनु हामी नेपालीहरुको बिशेषता हो। विश्व आदिबासी दिवसको अवसरमा प्रथम पटक ऐतिहासिक रुपमा राजदुताबासबाट कार्यक्रम आयोजना भएकोमा ,आदिबासी जनजाति महासंघ बेलायत र यसमा आबद्द सम्पूर्ण जातीय संघ संथाहरुको तर्फबाट, महामहिम डा दुर्गा बहादुर सुबेदी र सम्पूर्ण राजदुताबास परिवारलाइ आदिबासी जनजाति युकेका अध्यक्ष जंग सुनुवारले आफ्नो मन्तव्यको क्रममा हार्दिक धन्यबाद व्यक्त गर्नु भएको थियो। कार्यक्रममा महामहिम दुवारा आदिबासी जनजाति महासंघका पुर्व अध्यक्षह थर्क राना , सिरी प्रसाद लिम्बु ,तुल छन्त्याल र बर्तमान अध्यक्षजंग सुनुवारलाई सम्मान गरिएको थियो। देश बिदेशका बिभिन्न बिशेष पाहुनाहरु संचारकर्मिहरु र प्रबासी नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको सो महोत्सवमा ,दुरा समाज युके ,किरात याख्खा छुम्मा युके ,किरात सुनुवार सेवा समाज युके ,किरात राइ यायोख्खा युके , पुन समाज युके ,मगर एसोसिएसन युके ,तमुधि युके ,थकाली समाज युके ,तामांग सोसाइटी युके आदि र बेलायत स्थित जातीय संघ संस्थाहरुले आ आफ्नो परम्परागत खाना परिकार ,भेषभुषा , गित नृत्यहरु प्रस्तुत गरेका थिए । महोत्सवमा जाड ,रक्सि ,जिर्मा ,रोटी पुर्सुंग खमे ,प्लेत् ,तिते भात ,चिरेतो आलु ,कडङ्ग रेब ,ओफु ,फुलौरा ,बटुक ,फित्कौली ,बाडा ,किनामा आदि खानाका बिभिन्न परिकारहरुले पाहुना र सहभागीहरुको मन प्रफुल्लित भएको थियो । आदिबासी जनजाति लेखकहरुको बिभिन्न विधामा लेखिएका पुस्तकहरु यसै गरि गरगहणा आभूषणहरु पनि महोत्सवमा प्रदर्शन गरिएको थियो । खानपान संगै नेपाली सांगीतिक माहोलले नेपाली दुताबास घर आगनमा परिणत भएको थियो। उक्त कार्यक्रम DCM शरद राज आरन ज्यु ले संचालन गर्नु भएको थियो। ९ अगष्टमा पर्ने बिश्व आदिबासी दिवस १० अगष्ट २०१९ शनिबारको दिन केन्ट स्थित मेडस्टोनमा आदिबासी जनजाति महासंघ बेलायतबाट आयोजना हुने बारे बरिष्ट उपाध्यक्ष नरेश काम्रांग राइले जानकारी गराउनु भयो. ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *