All about Sunuwar

घरदेशी परदेशी

–  भावना परिष्कृत सुनुवार

घरदेशी- फेरि पनि भन्दैछु
पटक पटक सम्झाउदै छु
म पनि आउन चाहान्छु
दामको रोपाइँ बाह्रामासे चल्ने त्यो भूमिमा
जसोतसो जगेडा गरेर
हरियो रंगको सानो बुक पाएकोछु
पहिलो पटक हवाई गिरनमा
सपनाको सानो झोला च्यापेर
यो हरियो बुकको सहारामा
हवाई जहाज चडेर
मलाई पनि आउनु छ
जहा तिमी छौ डलर र पाउण्डको रुख उम्रने देशमा
सुन्छु त्यहा पसिनाको कदर हुन्छ रे
कर्मको बर्ग छुट्टाएर कसैलाई मान कसैलाई अपमान हुदैन रे
सुन्छु त्यहा दाम टिप्नलाई अनेक अवसर पाउछ रे
लौ न त्यो जादुको नगरीमा छडी घुमाउन म पनि आउछु
तिमी भन्छौ देशमै अवसर खोज
मैले जस्तै विदेश नरोज
युवा बिना शक्तिहीन देश रुन्छ
ब्रिद्द बाबा आमाको लौरी सहारा छुट्छ
सोचेको जस्तो नहुनाले पराइ देशमा पनि सपना टुट्छ
बिर्सेउकि तिमीले अवसर सुन्य छ देश भित्र
खालि पेट उपदेश सुन्न सकिदैन
नाता नहुनेको कृपा बर्सिदैन
नेता नचिन्नेको योग्यता र दक्षता केहि बिक्दैन
रातदिन भकारो मात्र सोरेर जिन्दगी बद्लिदैन
अब मैले निर्णय लिई नै सके
राजनीतिले बिगारेको देशबाट
राजनीतिले सप्रिएको देश आउन चाहान्छु ,बुझ्न चाहान्छु
धेर थोर मद्दत तिमीले गर्नु पर्छ है
फेरि पनि भन्दै छु
पटक पटक सम्झाउदै छु
म पनि आउना चाहान्छु
डलर र पाउन्डको बोट हुने देशमा

परदेशी – मैले नसुनेको हैन तिमीलाई
मैले नबुझेको हैन देशको परिस्थितिलाई
दाम फल्ने बोट सिहार्न कहा सहज छ र
धेरै भनि सके जादुको नगरी नसम्झनु भ्रममा छौ तिमी
सम्झाई पनि सके बाकि नराखेर सत्यतथ्य फुकाई
अनिदो आँखामा सायद तिम्रो ध्यान गएन
यी हत्केलाहरू यस्तरी चरचरी त् देशमा भकारो सोर्दानी फुटेन
अनि साच्ची तिमीले भकारोको कुरा गर्यो
भकारो सोहोरेर जिन्दगी नबदलिने कुरा भन्यो
सबै भनि सकेको छु सुनाइ सकेको छु
भन्न बाकि रहेको एउटै तितो सत्य अन्तिम पटक भन्दैछु
घरदेशमा गाइ बस्तुको भकारो सोर्ने हो
परदेशमा मान्छेको भकारो सोर्ने हो
हुन् सक्छ केहीले नसोरलान
उही हाम्रो देशमा केहि भ्रष्ट चतुरहरुले गाइ बस्तुको भकारो नसोरे जस्तै
हाम्रो बीबस्ता धेरैको साझा अवस्था
गाइ बस्तुको भकारो होस् या मान्छेको भकारो
हुनलाई त् दुवै दुखकै भकारो हुन्
तर यी दुइ बिचमा अन्तर भने छ है
अब बाकि तिम्रो बिचार
मेरो साथ् हमेसा तिम्रो लागि निर्धक्क रहेस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *