All about Sunuwar

कोइँच पहिचानको लागि हुलाक टिकट छपाउन पहल

 –कोइँचबु काःतिच

कोइँच पहिचान खुल्ने गरी हुलाक टिकट छपाउन पहल गरिने भएको छ । सुनुवार सेवा समाजको पहलमा उक्त कार्य हुन लागेको हो । आदिवासी जनजाति जिरेलहरुले दुइ वर्ष अगाडिदेखि हुलक टिकट छपाउन पहल गरे पनि हालसम्म उक्त कार्य नभएको तर अब काेइँचहरुसँग हाम्राे टिकट छापिने गरेकाे नेपाल जिरेल समाजका उपाध्यक्ष युवाराज जिरेलले बताउनुभयो । सञ्चारमन्त्री पार्वत गुरुङले दोलखामा रहेका आदिवासी जनजातिको हुलाक टिकट छाप्ने चासो देखाएपछि फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन शाखाले उक्त कार्यमा सहयोग गर्ने व्यवस्थापक नोखबहादुर वस्यालले बताउनुभयो । सञ्चारमन्त्रीको चाहनानुसार स्वकीय सचिव मित्र जिरेल र जिरी नगरपालिका कार्यकारी सदस्य उर्मिला सुनुवारले कोइँच पहिचानको लागि टिकट छपाउन पहल गर्ने कार्यमा सहजीकरणको भूमिका निर्वाह गर्नुभएको छ । अहिलेसम्म ऐतिहासिक थाँतथलो, बाद्यवादन, राष्ट्रिय व्यक्तित्व, संस्कृति र महत्वपूर्ण दस्तावेजहरुलाई हुलक टिकटमा छापेर अभिलेखीकरण गर्ने काम भइरहेको छ । कोइँचहरुको पहिचान झल्किने विषयहरुको छनौटको लागि सुनुवार सेवा समाजले तत्कालै वैठक बसेर टुँगो लगाउने जानकारी समाजका अध्यक्ष रणवीर सुनुवारले गराउनुभयो । फिलाटेलिक शाखाकानुसार जेठमा सुचना निकालेपछि उक्त टिकट छापिने छ । तर टिकट छाप्नको लागि चाहिने अन्य आवश्यकीय अभिलेखीकरण भने सुनुवार सेवा समाजले नै गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *