All about Sunuwar

आगलागीले एक करोड भन्दा बढीको धनसम्पत्ति नष्ट : घरधनी सख्त घाइँते

12512291_1265208540162115_4480639893021995616_n–कोइँच बु काःतिच
पाँचथर । घरमा लागेको आगो निभाउन खोज्दा सुनुवार सेवा समाज पाँचथर जिल्ला समितिको उपाध्यक्ष रामबहादुर (जयकृष्ण) सुनुवार सख्त घाइँते भएका छन् । घरमा लागेको आगो निभाउँदै गर्दा घरको जस्ता झरेर टाउकोमा गम्भिर चोट लागी चार टाँका लगाइएको छ ।
माघ ६ गते दिउँसो भाडामा बसेको पसलमा लागेको आगोले दशमी बजारका लोकुँच बुद्ध सुनुवार र सँगै जोडिएको जयकृष्ण सुनुवारकको घर जलेर नष्ट भएको छ । लहरै जोडिएको दशमी बजारमा लागेको आगो दिउँसो बजार लागेको हुँदा अन्य घर भने आगो लाग्नबाट जोगिएको छ ।
जिउमा लगाएरको कपडा बाहेक बुद्ध तथा जयकृष्ण सुनुवारको घरबाट कुनै पनि सामान निकाल्न नसकेको हुँदा अनुमानित एक करोड भन्दा बढी धनमालको क्षति भएको जानकारी हाम्रा सहकर्मी बुद्ध सुनुवारले दिनुभएको छ । अहिले उहाँहरु छिमेकीको घरमा आश्रय लिइरहनु भएको छ ।
घरमा आगो लागेको अवस्थामा आँत्तिएको श्रीमती जयकृष्णको कानमा लगएको एक तोलाको रिङ पनि हराएको छ । ओलने गाउँ विकास समितिमा सुनुवारको घर उहाँहरुको मात्र हो । पाँचथर जिल्लामा बसेका सुनुवारको किपटलाई वर्तमान बाहुनवादी राज्यले साराङडाँडा, रबि, आरुबोटे र ओलने चार गाउँ विकास समितिमा फुटाएपछि उहाँहरुको घर मात्र ओलनेमा रहन पुगेको हो ।
लगभग मृत्यशैय्यामा पुगेको पाँचथर सुनुवार सेवा समाजलाई नयाँ जीवन प्रदान गर्नुहुने जयकृष्ण सुनुवारलाई अहिलै प्राकृतिक विपत्ती आइपरेको छ । “खोइ हो के हो के ? केही गर्छु भन्ने सुनुवारहरुलाई नै सबैतिरबाट प्रहार हुँदोरहेछ । बढो सक्रिय समाजसेवी जयकृष्ण माथि यत्ति ठूलो प्राकृतिक विपत्ति उहाँ समाज विकासको लागि मरिमेट्ने व्यक्ति त हुनुहुन्छ नै कोइँच भाषा संस्कृतिको संरक्षणका खम्ब पनि हुन्छ । उहाँकै पहलमा सुनुवार सेवा समाज पाँचथर जिल्ला समिति सक्रिय भएको हो । उहाँ शाँदार ग्योर संरक्षण तथा विकास समिति इलाम–पाँचथरको पूर्व उपाध्यक्ष पनि हुनुहुन्छ । यस दुःखद परिस्थितिमा सबै कोइँच लगायत नेपाली दाजुभाई दिदीबहिनीहरुलाई आफु सक्दो सहयोग गर्न पनि अपिल गर्दछु” सुनुवार सेवा समाज केन्द्रिय समिति अध्यक्ष मनप्रसाद सुनुवारले अपिल गर्नु हुन्छ ।
आजै सुनुवार सेवा समाज, पाँचथर जिल्ला समितिले आपतकालिन बैठक राखी जयकृष्ण सुनुवार तथा परिवारको लागि तत्काल आपतकालिन राहत सहयोग संकलन गर्न लागेको छ । सुनुवार सेवा समाज पाँचथरका सविच हरि मुखियाले यस्तो दुःखद घटनामा आफ्नो सक्दो स्वेच्छिक सहयोग गर्न अपिल गर्नु भयो । यतिबेला जयकृष्ण लोँकुच परिवार छिमेकीको घरमा आश्रय लिएको हुँदा उहाँहरुको सहयोगको लागि सुनुवार सेवा समाज जिल्ला समिति, पाँचथरको नेपाल बैंक लि. फिदिम शाखामा रहेको चल्ती खाता नं. ५१०४ मा पनि सिधै सहयोग रकम जम्मा गर्न सकिने जानकारी गराउनु भयो । टाढाको साथीहरुले मनि ट्रान्फर गरी सहयोग गर्न सक्ने पनि बताउनु भयो ।
सुनुवार सेवा समाज कतारका सल्लाहकार भानु सुनुवारले जयकृष्ण सुनुवारको आपत्कालीन राहत सहयोगको लागि रु. 42,010 रकम राहत सहयोग भएको जानकारी गराउनु भएको छ । उहाँले बेलायतबाट सुनुवार सेवा समाजका सल्लाहकार जंग सुनुवारले रु. ८००० राहत सहयोग गर्नुभएको पनि जानकारी गराउनु भयो ।
इजारायलबाट कविता सुनुवार तथा कतारबाट किशोर सुनुवारले बढो चासोका साथ जयकृष्ण सुनुवारको विपत्तिको तस्वीरसहितको तत्काल सुचना प्रवाह गर्नु भएकोमा सुनुवार सेवा समाज, सुचना विभाग हार्दिक आभार प्रकट गर्दछ भन्दै सुनुवार सेवा समाजका महासचिव समीर सुनुवारले जयकृष्ण सुनुवारसँग सिधा सम्पर्क राखी आपैंm कुराकानी गर्न डुलुवा टेलिफोन ९४२६७३९५५ मा सम्पर्क गर्न सकिने जानकारी पनि जानकारी गराउनुभयो । “सक्छौं सहयोग गरौं, सक्दैनौं अनावश्यक गफ नछाँटौं । सेवा नै धर्म हो, सबैले यस्तो विपत्तिमा एक दुई पैसा गाँस काटेर सहयोग गर्न सकिन्छ । तर कसैलाई करकाप भने छैन, होइन” सुनुवार सेवा समाज, भक्तपुर जिल्लाका सम्मेलन संयोजक लेखबहादुर सुनुवार किरातले सबैसँग सहयोगको अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *