All about Sunuwar

कतारबाट जयकृष्ण सुनुवारलाई आपतकालीन सहयोग : साउदीबाट पनि सहयोग घोषणा

foto1111–कोइँचबु काःतिच
पाँचथर ओलनेको दशमीको जयकृष्ण सुनुवार परिवारलाई सुनुवार सेवा समाज, आपतकालिन सहयोग कोष दोहा कतारले रु. ४२,०१० सहयोग गरेको छ । कोषले बेलायतमा बसोबास गर्दै आउनु भएको किरात सुनुवार सेवा समाजको पूर्व अध्यक्ष तथा सल्लाहकार जंग सुनुवारले उपलब्ध गराउनु भएको रु. ८००० पनि थपेर रु.५०,०१० रुपैयाँ सुनुवार सेवा समाज ओलने गा.वि.स का सचिव महेन्द्र सुनुवार मुखियाको नाममा सुनुवार सेवा समाज कतारका कोषाध्यक्ष विष्णु सुनुवारले आइएमइ गर्नु भएको छ ।
पटक पटक कोइँच सुनुवारहरुलाई आपत्विपद् आइपर्ने भएको हुँदा यस पटक कतार सुनुवार सेवा समाजले समुयल सुनुवारको संयोजकत्वमा आपतकालीन सहयोग कोष नै स्थापना गरेको छ । संयोजक सुनुवारले विश्वमा रहेका जुनसुकै स्थानका कोइँचहरुले यस कोषमा स्वैच्छिक सहयोग जम्मा गर्न सक्ने र यस कोषमा जम्मा भएको रकमबाट सुनुवार कोइँचहरुलाई आइपर्ने आपत्विपदमा सुनुवार सेवा समाजको सिफारीसमा सहयोग गर्न सकिने कोषका संयोजकले जानकारी गराउनु भएको छ ।
यसैक्रममा सुनुवार सेवा समाज साउदीले रु. ५०,००० आगलागी भएका दशमीका सुनुवार परिवारलाई सहयोग गर्ने जानकारी सुनुवार सेवा समाज साउदीका सल्लाहकार देव ङावाच सुनुवारले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *