All about Sunuwar

कोइँचको पहिचानको लागि आम देश विदेशमा रहेको कोइँचहरु एकजुट हुनु छ ।

सिा्नधुली माडीमा जनचेतना कार्यक्रममाको क्रममा

सिा्नधुली माडीमा जनचेतना कार्यक्रममाको क्रममा

चुप्लु दाम्लोच
२७ चैत्र, सिन्धुलीमाडी । “हामी दुर्इ वर्ष अगाडिदेखि कोइँच (सुनुवार) गाउँ वस्तीमा घुमफिर गर्दै हिडेका छौं । तर दुःखको कुरा कोइँचहरुले सुनुवार सेवा समाज प्रति त्यति चासो दिएको पाइएन । तर चसो दिएनन् भनेर चुप लागेर बस्दा आम कोइँचको हक अधिकार हनन् हुने हुँदा कोइँचहरुलार्इ जनचेतना दिन आवश्यकता महशुस गरेकोले यस वर्ष हामीले ओखलढुङ्गादेखि झापासम्म आदिवासी जनजातिको हक अधिकार सम्बन्धि जनचेतना अभियान थालेका छौं । गएको वर्ष रामेछाप र ओखलढुङ््गामा दिएको सामान्य जनचेतनाले प्रभावकारी भूमिका खेलेकोले यो कार्यक्रमलाई प्रथामिकता दिएको हो । विगतमा जे जस्तो भए पनि अब नयाँ बन्ने संविधानमा आदिवासी जनजाति कोइँचको हक अधिकार सुनिस्चित गर्न सबै कोइँचहरु जाग्नु पर्ने भएको छ ।
कोइँचको पहिचानको लागि आम देश विदेशमा रहेको कोइँचहरु एकजुट हुनु छ । हामीमा फुट आयो भने फाइदा अन्य जातिलाई हुन्छ जो आत्मनिर्णयको अधिकारसहित जातीय पहिचानको स्वायत्त प्रदेशको विरोधी छन् । कोही कोही कोइँचहरु सुनुवार सेवा समाजमा आवद्ध हुन मान्दैनन् । तर सभा सम्मेलनमा प्रतिनिधि बन्ने र भाँड्ने कार्यमा भने उदत्त देखिन्छन् । यस्तो कार्यलाई न्युनिकरण गर्न पनि सबै कोइँच एक जुट हुन आवश्यक छ । आजको जनचेतना कार्यक्रमले तपाईहरुलाई आफ्नो हक अधिकार स्थापित गर्न सहयोग पुग्ने छ भन्ने विश्वासहित कार्यक्रम सफालताको शुभकामना व्यक्त गर्दछु ।” कार्यक्रमका प्रमुख अतिथि रणवीर सुनुवारले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भन्नु भयो । तोरणबहादुर सुनुवारको अध्यक्षतामा सुनुवार सेवा समाज सिन्धुलीका सचिव रामकुमार सुनुवारले सञ्चालित कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष सूर्य पाख्रिन, अनिजका काजीमान थिङ, सुनुवार विद्यार्थी समाजको जिल्ला अध्यक्ष सुभद्रा सुनुवार, सर्लाही अध्यक्ष बुद्धिबहादुर सुनुवार लगायतका अन्य बक्तहरुले आ–आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सिन्धुली जिल्ला सदरमुकाम वागवानी फाराममा आयोजित जनचेतना कार्यक्रममा सिन्धुली जिल्ला डाँडी गुराँसे, महादेवा डाँडा, टाँडी, लदाभीर, अरुणठाकुर, डुढभञ्ज्याङ, जिनाखु गाविसका सुनुवारको बक्लो उपस्थिति थियो । जनचेतना कार्यक्रममा आइएलओ १६९, यूएनड्रिप, वर्तमान राजनीतिमा कोइँचको भूमिका, वल्लो किरात स्वायत्त प्रदेशको लागि कोइँचले चाल्नु पर्ने रणनीतिका सम्बन्धमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *