All about Sunuwar

कुखुरी काँ बासी भात खाँ … खोइ खोला सुक्यो

चुप्लु दाम्लोच
२६ चैत्र, सिन्धुलीमाडी । “आइ एल ओ महासन्धि क्रमाङ्क १६९ लाई हामीले मात्र बुझनु पर्ने हो ? राज्यको कुनै दायित्व छैन ? के आइ एल ओ १६९ कुखुरी काँ बासी भात खाँ भन्ने बाल गीत जस्तो सुकेर जाने हो भने यसको कुनै अर्थ छैन । यसैले यसलाई सुक्न नदिन तपाइँ हामी जाग्नु पर्दछ । आदिवासी जनजातिको अधिकार सम्बन्धि कानुन वारे राज्यको उपसचिव र जिल्लाको प्रमुखलाई थाहा छैन रे । कस्तो अचम्म ? हामी सबैले आदिवासी जनजातिको हक अधिकारको बारेमा जन्नु बुझनु आवश्यक छ सुनुवार सेवा समाज केन्द्रीय समितिले यस्तो कार्यक्रम ल्याएकोमा महासंघको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु । मारुती र तेज सिमेन्टले सिन्धुलीको आदिवासी जनजातिलाई परेको असर प्रति हामी लडीरहेको छौं । यहाँहरुको साथ सहयोग चाहिएको छ ।” नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष र्सर्ुय पाख्रिनले बताउनु भयो । अहिले सुनुवार सेवा समाजको आयोजना तथा सुनुवार सेवा समाज सिन्धुली जिल्लाको संयोजकत्वमा सिन्धुली माडी बागबानी फाराममा आदिवासी जनजातिको हक अधिकार सम्बन्धि जनचेतना कार्यक्रम सञ्चालन हुँदै छ । अतिथिहरुको शुभकामना मन्तव्य जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *