All about Sunuwar

भोलि कोइँच र मगर वीच मैत्री फुटबल खेल हुने

चुप्लु दामलोच । १९ गते माघ । आदिवासी जनजाति कोइँच (सुनुवार) र मगर वीच भोलि शनिवार दर्ुइ बजे जावलाखेल  खेल मैदानमा मैत्री फुटबल खेल हुने भएको छ । गएको हप्ता कोइँच र खेलकुद पत्रकार मञ्च वीच हुने खेल जावलाखेल खेल मैदान बुक भएको हुँदा अन्य खेल मैदानमा पत्रकार मञ्चले नखेल्ने भएको हुँदा खेल स्थगित भएको थियो भने यस हप्ता पनि लिम्बुसँग कोइँचको खेल हुने पक्का पक्की भए पनि अन्तिममा लिम्बुहरुले खेल स्थगित गरेका छन् ।
भोलि हुने भनेको मैत्री फुटबल खेलमा मगरको तर्फबाट साहित्यकार, पत्रकार तथा चलचित्रकर्मी सञ्जोग लाफा मगर नेतृत्व गर्ने छन् भने कोइँचको तर्फबाट मनप्रसाद सुनुवारले । त्यस्तै गरी सुनुवार टिमको संयोजन सामुयल सुनुवार गरेका छन् भने टिम व्यवस्थापनमा समीर मुखिया सुनुवारले जिम्मेवारी सम्हालेका छन् ।
कोइँच र मगरको वीच हुन लागेको ऐतिहासिक मैत्रीपूर्ण खेलमा सबै खेलप्रेमी कोइँच दाजुभाई दिदीबहिनीहरुलाई जावलाखेल मैदानमा उपस्थित भइ हौसला प्रदान गर्न सुनुवार खेलकुद समूहका सूचना तथा सञ्चार संयोजक उत्तमकुमार सुनुवारले अनुरोध गरेका छन् । साथै फुटबल खेलप्रेमी तथा खेलाडीले तत्काल सुनुवार सेवा समाजको कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।
सुनुवार फुटबल टिमलाई रामबहादुर सुनुवार, हितबहादुर सुनुवारले रातो जर्सी र श्याम सुनुवार रिल्माले दुर्इवटा फुटबल सौजन्य गरेका छन् । इच्छुक खेलप्रेमीहरुलाई थप सहयोगको लागि पनि अनुरोध गरिन्छ ।
सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले यो मैत्रीपूर्ण खेलले आदिवासी जनजातिको पहिचानसहितको संघियतामा सहयोग पुग्ने बताउँदै कोइँचको पहिचानको लागि यसले थप सहयोग पुराउने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *