All about Sunuwar

शून्यका विरुद्ध चार गोलले मगर विजयी

आदिवासी जनजाति कोइँच (सुनुवार) र मगर वीच भएको मैत्रीपूर्ण फुटबल खेलमा शून्यको विरुद्ध चार गोलले मगरले विजय प्राप्त गरेको छ । कोइँचको तर्फबाट सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारको नेतृत्वमा खेल मैदानमा सुनुवार खेलाडी उत्रिएको थियो भने मगरको तर्फबाट सञ्जोग लाफा मगरले टिमको नेतृत्व गर्नु भएको थियो ।
खेल शुरु भएको १५ मिनेटमै मगरको तर्फबाट डा. कृष्ण भट्टाचनले गोल गरेपछि मगर खेलाडीहरु उत्साहित भएका थिए । दोस्रो हाफमा संगम मगरले दुर्इ गोल गरेका थिए भने अर्को गोल दोस्रो हाफको अन्ततिर एक गोल गरेपछि मगरले शुन्यको विरुद्ध चार गोलले विजय भएको थियो ।
कोइँच खेलाडीहरुले इञ्जुरी समयमा अत्याधिक दबाबमा राखे पनि गोल भने गर्न सकेनन् । अन्तमा पिर्तीका सानु जेस्पुच सुनुवारले खेललार्इ रौनकता प्रदान गरेका थिए ।
खेलको अन्तमा सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले खेललार्इ हार्नुको कारण वारे खेल मैदानमा खेलाडीलार्इ विस्तृत व्याख्या गरेर देखाउँदै पहिचानको राजनीति पनि यस्तै हो । फुटबल खेल खेल्न जे जसरी बुद्धि र ताकनिक प्रयोग दर्छौं त्यसरी नै जानु पर्दछ । फुटबल र राजनीति एकापसमा मिल्दु जुल्दो छ । जसरी फुटबल खेल्नु टीम स्पिरिट चाहिन्छ हाम्रो पहिचान र संघीयताको राजनीतिमा पनि कोइँच र कोइँच युवाहरुको स्पीरिट उस्तै हुनुपर्दछ । जसरी गोल गर्न टिममा सहकार्य चाहिन्छ त्यसरी नै हामी कोइँचले जुनसुकै विचार र राजनीति, व्यवसायमा लागे पनि संघीयताको पक्षमा बोल्दा वल्लो किरात कोइँचवानको पक्षमा एक जुट हुनु आवश्यक छ भन्नु भयो । डा. भट्टाचनले आदिवासीले फुटबलमा जित्ने जालझेल बुझे भने राजनीति पनि राम्ररी गर्न सकिने तर्क राखे ।
वास्ताबमा फुटबल खेल्ने विधिविधान छ तर त्यस भित्र पनि विधिविधानभित्रे बसेर जालझेल हुन्छ । राजनीति र देश चलाउने विधान र संविधान, ऐन कानुन हुन्छ । त्यसभित्र पनि जालझेल हुन्छ । नीति नियमघित्रै बसेर जालझेल गर्न जबसम्म कोइँचले जान्दैनन् त्यतिबेलासम्म अरुको घोडा बनेर आदिवासी जनजाति कोइँचको प्रतिनिधिमूलक संस्थालार्इ एन जि ओ हो । राजनीतिक पार्टी ठूलो हो । भनेर संस्थालार्इ अपमान गरी रहने छन् । र, बोलार्इ र व्यवहारमा एक गराइमा अर्को गर्ने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *