All about Sunuwar

अरुको सेवा गरेर हिड्ने योद्धा आपैंm अग्नीपिडीत : सहयोगको अपिल

चुपलु दामलोच
१ आसार, यालाखोम । चकमन्न, सुनसान अँध्यारो रात । प्रायः सबै निन्द्रादेयिमो मोहाजालमा अन्धो चरमसुखमा लिप्त । अचानक उज्यालोको आक्रमण । यो प्रत्येक रातमा हुने नियामित दैनिकी । हर्ष र अचम्भित कोलाहल जो जो जागा छन् । कोही युरो कपमा रमाउन थाल्छन त कोही विभिन्न टिभी च्यानलमा आउने टिभी सेरियलमा मस्तराम । कसैलाई कसैको मतलब छैन । सबैको आ–आफ्नै वैयाक्तिक रुची ।
तर ताल्छीखेल ज्ञानचोकमा त्यो चकमन्न अँध्यरो रात वीच झुल्केको उज्यालोले कहाली र दर्दनाक अवस्था पनि सँगसँगै लिएर आयो । सविसिवानी सेकुवा कर्नर सधै र्भैm उस्को ग्राहकलाई सेवा दिएर बास बसेको थियो । लोडसेडिङ पछि बौरेको उज्यालो बिजुलीले सेकुवा कर्नरलाई ओच्छेनमै सेकुवा बनायो जसलाई बचाउन कुनै कर्नरमा उसले केही सग्लो अबशेष नै राखी दिएन । हो, आज राती १.०० बजे सबिसिवानी सेकुवा कर्नरको मासु पसलमा विजुलीको तार सर्ट हुँदा लगभग १८ लाख भन्दा बढी धनमालको क्षति भएको छ । कुखुराको मासु पसल, सबिसिवानी सेकुवा कर्नर, धराने कालो बङ्गुरको मासु पसलमा भएको क्षतिको मात्र प्रहरी चौकी सात दोबाटोले उक्त मुल्याङ्कन गरेको हो । सँगैको घरमा भएको झ्यार्केको, आगोको रापले पाइप डढेको तथा सँगै रहेको राँगाको मासु पसलको क्षतिको मुल्याङ्कन भने गरिएको छैन ।   
सेकुवा कर्नरमा आगालागी भएको थाहा हुने वित्तिकै फोन गरे पनि दमकल आगोले पसल खाइसकेपछि मात्र आएको थियो । तीनवटा दमकल आइपुगेको थियो । भाँडावर्तन सबै डढेर डल्ला भएको छन् । खाना, बस्ने खाने फर्निचर, लत्तकपडा, पसलका सामान, मासु, मसला, रक्सी सबै जलेका छन् । तीनवटा ग्याँस सिलीन्डर पड्किँदा टोलका सबै मानिस आतङ्कित बनेका थिए । आगलालीले तीन वटा सिलीण्डर बाहेक सबै पसलका सरसामानहरु जलेर नष्ट भयो । १२, १३ जना परिवार भएका रामेछाप जिल्ला प्रिती गा.वि.स. वडा नं. ८ स्थाई घर भएका हाल सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिको कोषाध्यक्ष, सुनुवार सेवा समाज, सङ्गठन विभाग केन्द्रीय समिति कोटेश्वरका सदस्य श्याम सुनुवार अरुको उद्दर र सरसहयोग गर्दा गर्दै अहिले आपैंm अग्नीपीडित बन्न पुगेका छन् । उनी आपैंm विरामी भएर भर्खरै तङ्रिएका छन् ।
उनको भौतिक सम्पत्ति सबै क्षति भएको यस विषम परिस्थितिमा समाज परिर्वतनका लागि लागी पर्ने एक योद्धालाई धैर्यता र सान्त्वना दिँदै विचलित नभई आगामि दिनमा अझ राम्रा र उत्कृष्ट काम गर्न आत्मबल बढाउन सम्पूर्ण कोइँच दाजुभाई दिदीबहिनीहरुलाई आ–आफ्नो क्षेत्रबाट सरसहयोग तथा प्रार्थना गर्न चुप्लु समाज, सुनुवार डट ओआरजि, दुरदा डट कम, क्युइँतबु कल्याण कोष, सुनुवार सेवा समाज भक्तपुर, काठमाठौं, ललितपुर जिल्ला समिति, सुनुवार सेवा समाज केन्द्रीय समितिले संयुक्तरुपमा हार्दिक अपिल गरेको छ ।

18 Comments to अरुको सेवा गरेर हिड्ने योद्धा आपैंm अग्नीपिडीत : सहयोगको अपिल

  1. thari kayaba says:

    यो घटना ले मलाई ज्यदैन्दुखी बनायो मलार्इ , मेरेा र्इिगि रसाया संग सेवगव काका श्याम लार्इ धर्यधारण गर्न सक्ने क्षाता प्रदान गरून ,

  2. thari kayaba says:

    यो घटना ले मलाई ज्यदैन्दुखी बनायो मलार्इ , मेरेा र्इिगि रसाया संग सेवगव काका श्याम लार्इ धर्यधारण गर्न सक्ने क्षाता प्रदान गरून ,

  3. यस्तो दुखद घटना नहुनु पर्ने थियो भैहाल्यो तर यस्तो घटना जोसुकैले पनि सामना गर्नु पर्ने हुनसक्छ तर पनि कसैले यस्तो घटनाको सामना गर्नु नपरोस भनि कामना गर्दै र घटनाका पिडित परिवार प्रति सान्तवना ब्यक्त गर्दै एक थुकी सुकी सय थुकी नदि भनेझै सबै सुनुवार बन्धुहरु मिलेर आ आफ्नो आर्थिक हैसियत अनुसार हाम्रा मित्र श्याम सुनुवारलाइ आर्थिक सहयोग गरौ एउटा सुनुवारलाई पिडा हुँदा सम्पूर्ण सुनुवारलाई पिडा भएको महसुस गर्दै एक आपसमा सहयोगको आदानप्रदान गरौ भनि आर्थिक सहयोको निम्ति अनुरोध गर्दछु
    सहयोगको निम्ति सम्पर्क व्यक्तिहरु
    मन प्रसाद सुनुवार प्रिसिडेन्ट सुनुवार सेवा समाज केन्द्रीय समिति सम्पर्क नो. ९८५१०७९९३३,०१४१५४०५०
    यम बहादुर सुनुवार प्रिसिडेन्ट सु .से .स ललितपुर ९८५१०४६८२७
    सहयोग गर्न इच्छुक महानुभावहरुले यी माथिका सम्पर्क व्यक्ति मार्फत या सहयोग समिति मार्फत पनि सहयोग गर्न सक्नुहुनेछ

  4. यस्तो दुखद घटना नहुनु पर्ने थियो भैहाल्यो तर यस्तो घटना जोसुकैले पनि सामना गर्नु पर्ने हुनसक्छ तर पनि कसैले यस्तो घटनाको सामना गर्नु नपरोस भनि कामना गर्दै र घटनाका पिडित परिवार प्रति सान्तवना ब्यक्त गर्दै एक थुकी सुकी सय थुकी नदि भनेझै सबै सुनुवार बन्धुहरु मिलेर आ आफ्नो आर्थिक हैसियत अनुसार हाम्रा मित्र श्याम सुनुवारलाइ आर्थिक सहयोग गरौ एउटा सुनुवारलाई पिडा हुँदा सम्पूर्ण सुनुवारलाई पिडा भएको महसुस गर्दै एक आपसमा सहयोगको आदानप्रदान गरौ भनि आर्थिक सहयोको निम्ति अनुरोध गर्दछु
    सहयोगको निम्ति सम्पर्क व्यक्तिहरु
    मन प्रसाद सुनुवार प्रिसिडेन्ट सुनुवार सेवा समाज केन्द्रीय समिति सम्पर्क नो. ९८५१०७९९३३,०१४१५४०५०
    यम बहादुर सुनुवार प्रिसिडेन्ट सु .से .स ललितपुर ९८५१०४६८२७
    सहयोग गर्न इच्छुक महानुभावहरुले यी माथिका सम्पर्क व्यक्ति मार्फत या सहयोग समिति मार्फत पनि सहयोग गर्न सक्नुहुनेछ

  5. lekh bahadur sunuwar says:

    येहा घटेको यो दुखद घटना प्रति दुख बेक्त गर्देइ पिडित परिवार श्याम बहादुर सुनुवार जिउ मा धेइरे धारणा तथा साहशी पूर्ण जिएर अब को अर्को काम को सुरुवातको लागि आत्मबल बढोस भन्ने मेरो कामना छ, र नेपालको सेकुरिटी विभागमा कार्येरत कर्म चारी देखेर पनि पिडित हरुले उहाहरुलाई श्याबस्सी दिनु पर्ने भएको छ ,चोर ले लुटी सकेपछी पोलिचे औछा, आपत्ति को बेला कोइ हेल्प गर्देइना आगोले धन सम्पति नस्ट गरिसकेपछि दमकल औउछ,के काम तेस्तो दमकल र समाजमा मा रमिता हेरेर बस्ने नेपाली समाजको पनि ?तेस्ता दमकल फुटाएर फ्याके पनि की फरक पर्देइन.तेसैले हरेक मान्छेहरुको जिबन मा एस्तो घटना आइ पर्दो रहेछा एस्लाई एउटा दुर्घटना सम्झेर आफ्नो गतिलाई निरन्तरता दिनु नै बेस हुन्छ भन्देइ बिदा भए….

  6. lekh bahadur sunuwar says:

  7. anand says:

    सारै दुख लग्यो .

  8. anand says:

    सारै दुख लग्यो .

  9. kishor says:

    इ आम रेअल्ली सद व्हें इ गिवे नेव्स उतम स्नुवर सो इ रेकुइसेद सयम सुनुवार फमिल्ली प्ल्ज़ दोंत वोर्री थिस तिमे ओने गिवे फोर गोद अगेन सो मुस्ट सद तिमे बुट तरी तो बे हप्प्य इन वोर्ल्ड सो मान्य सुनुवार इ होपे हेल्प ऑल सुनुवार फोर ओक ब्ये फ्रोम सुनुवार सेवा सामज दोहा कतार केशर कुमार sunuwar

  10. kishor says:

  11. नाईलू क्याबचा says:

    दुखद घटनाले मर्माहत बनाएको छ , काकालाइ धर्य धारण गर्ने क्षमता श्री चण्डीले साहस र आत्माबल प्रदान गरुन …

  12. नाईलू क्याबचा says:

    दुखद घटनाले मर्माहत बनाएको छ , काकालाइ धर्य धारण गर्ने क्षमता श्री चण्डीले साहस र आत्माबल प्रदान गरुन …

  13. kedar says:

    अबो दुख नमानि अगाडी बढौ , साधारण खाका कोरम अनि अनि काम थालम.
    धन्याबाद

  14. kedar says:

    अबो दुख नमानि अगाडी बढौ , साधारण खाका कोरम अनि अनि काम थालम.
    धन्याबाद

  15. अकल्पनिया दैविक प्रकोप बाट पिडित हुन पुग्नु भएका समाज सेवी श्याम सुनुवार जिउ को यो दुखत खबरले हामी यु के बासि कोइचहरु मर्माहत हुन पुगेका छौ l यस दुखत घडीमा उहा तथा उहाको परिवारजन लाई हिमत र हौसला बाधि राख्ने तथा धर्य धारण गर्ने सक्ति श्यादर देयी ले प्रदान गरुन l उहा को शिघ्र स्वास्थ्य लाभ तथा जीवनमा नया प्रगति र खुसि को निम्ति, अन्तर आत्मा देखि इश्वर संग प्राथना गर्दै शुभकामना गर्द छु !!!!!!

  16. अकल्पनिया दैविक प्रकोप बाट पिडित हुन पुग्नु भएका समाज सेवी श्याम सुनुवार जिउ को यो दुखत खबरले हामी यु के बासि कोइचहरु मर्माहत हुन पुगेका छौ l यस दुखत घडीमा उहा तथा उहाको परिवारजन लाई हिमत र हौसला बाधि राख्ने तथा धर्य धारण गर्ने सक्ति श्यादर देयी ले प्रदान गरुन l उहा को शिघ्र स्वास्थ्य लाभ तथा जीवनमा नया प्रगति र खुसि को निम्ति, अन्तर आत्मा देखि इश्वर संग प्राथना गर्दै शुभकामना गर्द छु !!!!!!

  17. Uma Sunuwar says:

    बिहान बिहान यस्तो दुखद घटना सुन्दा सारै दुख लागेउ. अब जे हुनु भै हाल्यो श्याम अंकल लाइ हिम्मत नहार्नु होला भन्दै आफ्नो ठाउँ बाट गर्नु पर्ने सहयोग गर्ने कोसिस गर्ने छु.

  18. Uma Sunuwar says:

    बिहान बिहान यस्तो दुखद घटना सुन्दा सारै दुख लागेउ. अब जे हुनु भै हाल्यो श्याम अंकल लाइ हिम्मत नहार्नु होला भन्दै आफ्नो ठाउँ बाट गर्नु पर्ने सहयोग गर्ने कोसिस गर्ने छु.

Leave a Reply

Your email address will not be published. Required fields are marked *