All about Sunuwar

अग्रगामि परिवर्तन पक्षधरको भेला तर लोकतान्त्रिक सुनुवारहरु अनुपस्थित

चुपलु दामलोच
३२ जेठ, यालाखोम । अग्रगामि परिवर्तनका पक्षधर युवा विद्यार्थीहरुको भेलामा एमाले समर्थित सबै जातीय घटक संगठनको उपस्थिति भए पनि नेपाल लोकतान्त्रिक किरात सुनुवार संघका कोही पनि उपस्थित भएनन् । एमाले समर्थित कोइँच बन्न नसकेका नयाँ नेपाालका बाहुन सुनुवार ठान्ने अध्यक्ष उदयबहादुर सुनुवारले संघको मुखपत्र जेम्लाहासमा सुनुवार सेवा समाज भन्दा नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ सशक्त र राजनीतिक मुद्दा बोकेर सडकमा उत्रन सक्ने खातुक बेगरको खोकाइ खोके पनि व्यवहारमा भने आदिवासी जनजाति कोइँचको हक अधिकारलाई भन्दा व्यक्तिगत स्वर्थ भन्दा माथि उठ्न नसकेको आम परिवर्तनप्रेमीहरुको भनाइ छ ।
भेलामा शिर्षनेता तथा युवाविद्यार्थीहरुलाई जिज्ञाशा राख्दै पूर्व सभासद पासाङ शेर्पाले आफ्नो विचार यसरी पोखे– नेताहरुले खुट्टा कमाउनु भएन । फलाम तातिएको छ यही बेला घनले हिर्काउनु पर्छ । नेताहरुले अभैm प्रष्ट विचार राख्न सकेनन् । कहिले नयाँ पार्टी खोल्ने भन्ने कहिले होइन पार्टी भित्रै अन्तरसंघर्ष गरेर जाने भन्ने । यदि यस्तो हो अहिले तातिएको माहौल सेलाउने छ । पछि कोही एमालेमै समाहित हुने छन् । कोही माआोवादीमा जानेछन् । कोही अन्तै लाग्ने छन् । र, यता युवा विद्यार्थी साथीहरुले पनि आँट कसरी राजीनाम दिन नसकी अरुलाई मात्र दोष दिइरहेका छन् । नेताहरुलाई काम गर्न बाध्ये बनाउन युवा विद्यार्थीहरुले पनि सामूहिक राजीनाम दिनु परेउ । नेकपा एमालेका खसबाहुन शिर्ष नेताहरुले अनौपचारिक गफमा भने रे – यी आदिवासी जनजातिहरुलाई गोठमा गोठला राखेको त गोठमा दही घिउ खाएर तिघ्रे पाख्रे बनेर गोठै मेरो हो पो भन्न थाले । यिनीहरुलाई तह नलगाइ भएन । छ दशकसम्म राजनीति गरेका एमाले र काङ्ग्रेसले अहिलेसम्म नेपालको राजनीतिमा केही परिवर्तन गर्न सकेनन् । यति लामो समय नेपाललाई खसबाहुनको एकल जातिय शासन सञ्चालन गर्न मात्र भूमिका निर्वाह गरे । अभैm पनि राजनीतिकरुपले यि असफल पार्टीको पछि लागेर कम्युनिष्ट र काङ्ग्रेस बनेर बस्नु भनेको महमूर्खता हो । यसरी पार्टीहरुको झोले कार्यकर्ता बानेर बसीरहने हो भने खस बाहुन नेतााले भने जस्तै हामी खाँटी गोठला मात्र हौं । हाम्रो हैसियत त्यो भन्दा माथि उठ्न कदापि सक्दैन ।
उता राजेन्द्र श्रेष्ठले भने नेकपा एमाले आदिवासी जनजातिको पक्षमा नभएको जिकीर गर्दै भने नेपाली काङ्ग्रेसमा देउवा र सुशिल कोइरालाको छुट्टै मिटिङ  बस्छ । माओवादीमा बैद्या र प्रचण्डको आधिकारीक पत्र काटेर बैठक बस्दा पनि पार्टी अन्तरसंघर्ष रे तर नेकपा एमालेमा नियम संगत आादिवासी जनजातिले आफ्नो अधिकारको प्रयोग गर्दा पार्टी फुटाउने चालबाजी भनेर आरोप लगाउने ? यसैले एमालेमा भएका आम आदिवासी जनजातिहरु एक कित्तामा उभिनु परेको छ । तर एक दुई जना साथीहरु अवसरवादी निस्केका छन् । त्यस्ता व्यक्तिहरुलाई आदिवासी जनजाति जनताले कारवाही गर्नु पर्दछ ।
विभिन्न क्षेत्र र वर्गीय सङ्गठनका कार्यकर्ता तथा पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न सो भेलालाई अजम्बर काङबाङले अध्यक्षता गर्नु भएको थियो । छलफलमा उठेका अनेकन प्रश्नको जवाफ दिने क्रममा पूर्व मन्त्री तथा आदिवासी सभासद ककसका अध्यक्ष पृथ्विसुब्बा गुरुङले भने, – पार्टी छाड्नलाई राजिनाम दिनु आवश्यक छैन । तर हतार गरीहाल्नु हुँदैन । पृथ्वीसुब्बा गुरुङले पनि अन्य एकादुई साथीहरुले जस्तै व्यक्तिगत स्वार्थ राख्ने हो भने धेरै कुरा गथ्र्यो । तर त्यसो गर्दा आम आदिवासी जनजातिको हकअधिकार स्थापित हुन्छ ? पक्कै पनि त्यस्तो गद्दरी काम कसैले गर्नु हुँदैन । कृष्णगोपाल, पर्वत, शेरधन, पारशुराम मेघी गुरुङ जस्ता केही आदिवासी जनजातिहरु अभैm पार्टीमा छन् तिनीहरुलाई पनि हाम्रो आन्दोलनमा आउनुपर्छ, नेपाली कांगे्रसका प्रकाशमान सिंह, गोपालमान, कुलबाहदुर गुरुङ आउनु पर्छ । नेकपा माओवादीका साथीहरु पार्टी छाडेर आउनु पर्छ । के तिनीहरु चाहिँ आदिवासी जनजाति होइनन् ? आदिवासी जनजातिको आरक्षित कोटामा बसेर राजनीति चाहिँ गर्ने तर आदिवासी जनजातिको हक अधिकार स्थापित गर्ने सवालमा केही नबोल्ने यस्तो पनि हुन्छ ? यसैले हामीले हतार गरीहाल्नु हुँदैन । त्यस्ता व्यक्तिहरुलाई कसरी यो माहौलमा ल्याउन सकिन्छ सबैले बाध्येत्मक अवस्थाको सिर्जना गर्नु पर्दछ ।
नेपाली मुलाधारका भनिएका सञ्चारमाध्यमले समाचारलाई बढाइचढाइ गरेको प्रसङ्ग जोड्दै अगाडि थपे– विभिन्न १८ जिल्लाबाट आएका पार्टीका जिल्ला अध्यक्षहरुले
असन्तुष्ट पार्टीका आदिवासी जनजाति नेताहरुले भेटी दबाब दिएका छन् भनेर लेखेका लेख्यै छन् । कहिले के लेख्छन् कहिले के लेख्छन् । तर ती सबै भ्रम हुन् । हामीलाई दुई तीन जना जिल्ला अध्यक्षले भेटे । त्यो पनि दबाब दिन नभई किन के भयो भन्ने जानकारी लिन । यसैले बाहिर आएको हल्ला एक हिसाबले हल्ला मात्र हुन भन्दा हुन्छ तर यो हल्लाले पनि आदिवासी जनजातिको हक अधिकार प्राप्तिको लागि केही तरङ्ग ल्याएको छ । त्यसलाई हामीले अवसरमा बदल्नु पर्छ । सबै आदिवासी जनजाति साथीहरु ढुक्का भएर आदिवासी जनजाति, मधेशी, महिला, दलितको हक अधिकारका लागि एक ढिक्का हुनु पर्छ । एकै ठाउँमा उभिनु पर्छ ।
जेम्लाहासमा सुनुवार सेवा समाज र एमाले समर्थित सुनुवारको संगठन नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ वीचको तुलनात्मक फरक विचार पस्किने लोकतान्त्रिक किरात सुनुवार संघका उदयबहादुर सुनुवार लगायतका एमाले समर्थित कोइँच बन्न नसकेका सुनुवारको पनि घैटोमा घाम लाग्ला कि यसै भनिरहेका छन् आम कोइँचहरु ।

2 Comments to अग्रगामि परिवर्तन पक्षधरको भेला तर लोकतान्त्रिक सुनुवारहरु अनुपस्थित

  1. Chandra Pks Sunuwar says:

    These people are just coming in sunuwar society for their political interest to gain sunuwar vote in future or they are making their base or political background just for mean interest but not to serve sunuwar.Furthermore they are plotting to infiltrate and gain important position such as sws president, for example by the Mabar sunuwar.These are mean, infected people of brahminbad, our responsibility is identified and kick them out from our holy society otherwise we will be also infected.They talk and preach hollow philosophy (khokro darsan) of nepali congress, united marksist and leninist, maoist etc, but we have alredy seen since 240 years of period, the dirty politics of chetri and brahmin who can never make us prosperous and our country nepal.But sadly still some of our people –vivikhan (brother of ravana but enemy of his country and his brother) wanted to follow their path then let them to go (bhirma jane gailai ram ram bhanna sakincha tara kandh halna sakinna) on cliff and tumble down for death altogether with the brahminbad soon.This is just matter of time.

  2. Chandra Pks Sunuwar says:

Leave a Reply

Your email address will not be published. Required fields are marked *