All about Sunuwar

ओखलढुंगामा एमालेको संघीय विरोधी निन्दानीय कार्य

चुपलु दामलोच
३१ जेठ, काठमाडौं । ओखलढुंगामा नेकपा एमालेले संघीय विरोधी निन्दानीय कार्य गरेको दाबी आदिवासी जनजाति युवा महासंघका अध्यक्ष पृथ्वीमान गुरुङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ । आदिवासी जनजाति युवा महासंघ नेपाल का केन्द्रिय सदस्य तथा नेपाल आदिबासी जनजाति महासंघ ओखलढुंगाका जिल्ला सदस्य श्री नेत्रबहादुर नेम्वाङ लाई यहि मिति २०६९/२/२४ गते राति एमाले जिल्ला पार्टर्ीीार्यालय, ओखलढुङ्गामा पहिचानसहितको संघियता विषयमा बहस भईरहेको समयमा एमालेभित्रका पहिचानसहितको संघियता विरोधी एमाले जिल्ला कमिटी सदस्य मावर सुनुवार लगायतका पार्टर्ीीार्यकर्ताहरुले नियोजित एवं योजनाबद्ध ढंगले सांघातिक आक्रमण गरी सख्त घाइते बनाइएको घट्ना प्रति आदिबासी जनजाति युवा महासंघ, नेपाल केन्द्रिय समितिको गम्भीर ध्यानाकर्षा भएको छ विज्ञप्तिमा भनिएको छ । सदियौंदेखि उत्पीडन र बहिष्करणमा पर्दै/पारिंदै आएका यो मुलुकका डेढ करोड आदिवासी जनजाति लगायत उत्पीडित जाति/समुदाय, क्षेत्र र वर्गका जनताको अधिकार नयाँ संविधान मार्फ संस्थागत हुँदै गर्दा अग्रगमन र परिवर्तनलाई स्वीकार गर्न नचाहने यथास्थितिवादी र पहिचानसहितको संघीयता विरोधीहरुको षडयन्त्र र कुत्सित चलखेलका कारण संविधानसभाको अवशान भइसकेको सर्न्दर्भमा भएको उक्त आक्रमण अत्यन्तै निन्दनिय, खेदपर्ूण्ा र आपत्तिजनक रहेको जनाउदै पहिचान र संघीयता विरोधी अवाञ्चित तत्वहरुद्वारा भएको यस्तो कायरतापर्ूण्ा आक्रमण गर्ने दोषी उपर तत्काल कडा भन्दा कडा कार्वाही गर्न र घाइतेको स्वास्थ्य उपचार गरिदिन नेपाल सरकारसँग महासंघले जोडदार माग गरेको  प्रेस विज्ञाप्तीमा उल्लेख छ । मावर सुनुवार, आदिवासी कोइँचको प्रतिनिधिमूलक संस्था सुनुवार सेवा समाजलाई मुद्दा हालेर खस बामनको खुट्टा ढोग्दै आदिवासी जनजाति संस्थालाई खसबामनले नियन्त्रण गर्नु पर्छ भन्ने व्यक्तिहरु मध्येका एक हुन् । सुनुवार सेवा समाजलाई मुद्दा हाल्ने माबार लगायत प्रकाश (पात्ले गा.वि.स), दिपक भन्ने दलबहादुर, राजु भन्ने विष्णु, उदयबहादुर पाँचै जना एमाले समर्थित व्यक्ति हुन् । माबर सुनुवारले काठमाडौंमा एक जनजाति तथा दलित उत्थान संघ नामक संस्था खोलेका  छन् । सुनुवार पहिचानको संकट भएको बेला दलितको संस्था खोल्नु साथै पार्टीका आदिवासी जनजाति नेताहरुले पहिचानको लागि संघर्ष गरिरहँदा मावर सुनुवारले जिल्लामा हदैसम्मको निन्दानीय कार्य गर्नु पहिचानप्रेमी आम कोइँचहरुलाई समेत दुःखको कुरा हो । र, यस्ता समाज विरोधी तत्वलाई बेलैमा पहिचान गरी पहिचानप्रमी जनताले आवश्यक कारवाही बढाउनु पर्दछ भन्ने धेरै कोइँचहरुको जनगुनासो पनि छ।

 प्रेस विज्ञाप्तीमा उल्लेख माग गरिएको छ

2 Comments to ओखलढुंगामा एमालेको संघीय विरोधी निन्दानीय कार्य

  1. डा.लाल–श्याँकारेलु Rapacha says:

    मार पवा होइ एको किराँती-Koitsmi ?

  2. Hamsho koich says:

    कोइच ममें एको … ..बांमान निप्सी…आ मिम्सी मगाब्बा /

Leave a Reply

Your email address will not be published. Required fields are marked *