All about Sunuwar

कोइँच (सुनुवार) पहिचानसहितको संघीय नेपालको पक्षमा : वार्ता विना निश्कर्ष टुंगियो नेपाल वन्द भोलि पनि जारी

चुप्लु दाम्लोच
८ जेठ, यालाखोम । अहिले शान्ति मन्त्रालयमा बसेको शान्ति वार्ता विना निश्कर्ष टुंगिएको छ । तीन दलका शीष् नेताले समय नदिएको हुँदा सरकारी वार्ता टोलीसँग मात्र वार्ता गर्नुको कुनै औचित्य नभएको आदिवासी जनजाति संयुक्त संर्घष्ा समितिको वार्ता टोलीको रहेको छ । नेपाल बन्दमा गिराफ्तार भएका आन्दोलनकारीलाई तत्काल रिहा गर्नु पर्ने, झडपमा घाइतेहरुलाई सरकारले उपचार गुर्नु पर्ने, बन्दमा भएको भौतिक क्षतिको क्षतिपुर्ति सरकार दिनु पर्ने मागमा प्रधानमन्त्रीले सहमति जनाए पनि क्षेत्री बाहुन र दसनामीलाई आदिवासी मान्यता दिने सहमति तत्काल फिर्ता लिनु पर्ने, जातीय पहिचानसहितको संघीय नेपालको राज्यहरुको नामाकरण र सिमाङ्कान गरिनु पर्ने, राजनैतिक अग्राधिकार हुनु पर्ने, आत्मानिर्ण्र्ााो अधिकार सहितको स्वायत्त, विशेष, संरक्षित क्षेत्र हुनु पर्ने जस्ता माग प्रति वारतामा कुनै निष्कर्श ननिक्लीँदा वार्ता विना निश्कर्षटुंगिएको छ । यसैले भोलिको नेपाल बन्द जारी रहने भएको छ । साथै थप आन्दोलन चर्काउन थप कार्यक्रम सार्वजानिक पनि गरिने सम्भावना बढेको छ । तीन दलका शिर्ष नेताहरुको समय मिले पनि सरकारी वार्ता टोली आपै+mले भोली जुनसुकै बेलामा वार्ता बोलाउने सहमति गर्दै वार्ता अन्त भएको हो ।
हिजो देखि शुरु भएको पहिचानसहितको संघीय नेपाल हुनु पर्ने मुल मुद्दा अघि सारेर आदिवासी जनजातिले आब्हान गरेको नेपाल वन्द आज पनि शान्तिपूर्णरुपमा सफल भएको छ । कोइँच -सुनुवार) आज पनि पहिचानको लागि कोटेश्वरमा जम्मा भएर नेपाल वन्दमा सहभागी भएका छन् । सुनुवार सेवा समाज, सुनुवार विद्यार्थी समाज, सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज तथा वल्लो किरात संघीय राज्य परिषदमा आवद्ध आदिवासी जनजाति घटक संगठन तथा किरात राइ यायोक्खाले सो आन्दोलनकर्मीहरुको नेतृत्व गरेको थियो । यता नेपाल वन्द हुँदै गर्दा सुनुवार सेवा समाज तथा वल्लो किरात संघीय राज्य परिषदका अध्यक्ष मनप्रसाद सुनुवार लगायतको आदिवासी जनजाति संयुक्त संर्घष्ा समितिको तीस सदस्यीय वार्ता टोलीले शान्ति मन्त्रालयमा वार्ता जारी राखेको थिए ।
वल्लो किरात स्वायत्त प्रदेश जिन्दावाद नारा सहितको फेटा बाँधेर सुनुवार सेवा समाज तथा वल्लो किरात संघीय राज्य परिषदको झण्डा बोकेर प्रदर्शनकारीहरु सडकमा ओर्लेका थिए । बन्द नेपालभरि पूर्णरुपमा सफल भएको छ । कुनै कुनै ठाउँमा प्रतिकार गर्न उत्रेका खसबाहुनहरुका कारण छिटफुट घटना भए बाहेक कतै पनि त्यस्तो गम्भीर घटना भएको छैन । आदिवासी जनजातिले आब्हान गरेको तीन दिने बन्द सफल पार्न आम नेपाली दाजुभाइ दिदीबहिनीहरुले सहयोग गरेका छन् । अन्त जे जस्तो भए पनि कोइँच -सुनुवार), राइ, जिरेल, जेरो, बाहिङले नेतृत्व गरे कोटेसोर तीनकुने क्षेत्रमा भने पत्रकारलाई खादा ओडाइ अविर जात्रा गरी सम्मान गरिएको थियो भने पर्यटक, कुटनैतिक, अस्पातालका गाडि, एम्बुलेन्सलाई आवतजावत गर्न दिइएको थियो । नाचगान, फेस पेन्टीङ, वल्लो किरात स्वायत्त प्रदेश जिन्दावाद, जय किरात, जय वल्लो किरात जस्ता नारा सहितको वाल पेन्टीङ कार्य भएको थियो । हिजो भन्दा आज कोइँचको उपस्थिति बढेको छ ।
साथै विभिन्न ठाउँमा घुसपैठ व्यक्तिहरु पसेर शान्तिपूर्ण वन्दलाई भड्काउने काम पनि भएको छ भने खसबाहुनहरुले नै आदिवासी जनजातिलाई हिंसात्मक आन्दोलनमा होमिन उत्साहित गरिरहेका छन् । आज पनि विभिन्न ठाउँमा संघातिक हतियारसहित प्रतिकार गर्ने निहुमा आदिवासी जनजातिहरुलाई आक्रमण गर्ने दुस्प्रयास गरिएको छ । ललितपुरको ग्वर्को इमाडोल क्षेत्र तनावग्रस्त रहृयो ।

2 Comments to कोइँच (सुनुवार) पहिचानसहितको संघीय नेपालको पक्षमा : वार्ता विना निश्कर्ष टुंगियो नेपाल वन्द भोलि पनि जारी

  1. ३ दिनको नेपाल बन्द र आमसभामा सक्रिय सहभागीभई सुनुवार जति लगायत वल्लो किरातका किरातीहरुको हकाधिकार र वल्लो किरात प्रदेश प्राप्तिको अभियानमा प्रतिकुल मौसमको बाबजुतपनि यहाहरुले पुराउनु भएको योगदान र सहयोगको उच्चा मुल्यांकन गर्दै मेरो व्यक्तिगत तर्फा बाट सुनुवार सेवा समाजको तर्फा बाट र वल्लो किरात संघिय राज्य परिषद्को तर्फा बाट हार्दिक धन्यवाद गर्दै जब सम्म वल्लो किरात स्वायत्त प्रदेस प्राप्त हुँदैन तब सम्म यहाहरुको साथ सहायो रहनेमा आसा गर्दा छु अन्तमा एस अभियामा आर्थिक भौतिक नैतिक सहयोग आवस्यक पर्ने भएकोले बिदेशमा रहनुहुने सुनुवार बन्धु लगायत वल्लो किरातका सम्पूर्ण वल्लो किरात भुमिबसी महानुभावहरुले आर्थिक सहयोग गरिदिन अनुरोध गरदछु . जो नेपालमा हुनुहुन्छा वहा हरुलाई वल्लो किरात संघिय राज्य परिषद र सुनुवार सेवा समाजले आयोजना गरेको विभिन्न कार्यक्रममा कार्यक्रममा सक्रिय सहबगीभई सहयोग गरिदिन बिन्ति गर्दछु कारण यतिबेला नेपालको विभिन्न जिल्लाहरुमा बसोबास गर्दै आयका सुनुवारहरु आफ्नो हकाधिकार पहिचान सहितको सघिय प्रदेस प्राप्तिको निम्ति आन्दोलनमा होमिएको अवस्था भएकोले आन्दोलमा होमिएका हाम्रा योद्धा हरुको मनोबल उच्च पार्न यहाहरुले पनि सहयोगी भूमिका निर्बाह गरिदिन पुन अनुरोध गर्दछु जै वल्लो किरात जै सुनुवार सेवा समाज
    मन प्रसाद सुनुवार
    प्रिसिडेन्ट
    सुनुवार सेवा समाज तथा वल्लो किरात संघिय राज्य परिषद

  2. ३ दिनको नेपाल बन्द र आमसभामा सक्रिय सहभागीभई सुनुवार जति लगायत वल्लो किरातका किरातीहरुको हकाधिकार र वल्लो किरात प्रदेश प्राप्तिको अभियानमा प्रतिकुल मौसमको बाबजुतपनि यहाहरुले पुराउनु भएको योगदान र सहयोगको उच्चा मुल्यांकन गर्दै मेरो व्यक्तिगत तर्फा बाट सुनुवार सेवा समाजको तर्फा बाट र वल्लो किरात संघिय राज्य परिषद्को तर्फा बाट हार्दिक धन्यवाद गर्दै जब सम्म वल्लो किरात स्वायत्त प्रदेस प्राप्त हुँदैन तब सम्म यहाहरुको साथ सहायो रहनेमा आसा गर्दा छु अन्तमा एस अभियामा आर्थिक भौतिक नैतिक सहयोग आवस्यक पर्ने भएकोले बिदेशमा रहनुहुने सुनुवार बन्धु लगायत वल्लो किरातका सम्पूर्ण वल्लो किरात भुमिबसी महानुभावहरुले आर्थिक सहयोग गरिदिन अनुरोध गरदछु . जो नेपालमा हुनुहुन्छा वहा हरुलाई वल्लो किरात संघिय राज्य परिषद र सुनुवार सेवा समाजले आयोजना गरेको विभिन्न कार्यक्रममा कार्यक्रममा सक्रिय सहबगीभई सहयोग गरिदिन बिन्ति गर्दछु कारण यतिबेला नेपालको विभिन्न जिल्लाहरुमा बसोबास गर्दै आयका सुनुवारहरु आफ्नो हकाधिकार पहिचान सहितको सघिय प्रदेस प्राप्तिको निम्ति आन्दोलनमा होमिएको अवस्था भएकोले आन्दोलमा होमिएका हाम्रा योद्धा हरुको मनोबल उच्च पार्न यहाहरुले पनि सहयोगी भूमिका निर्बाह गरिदिन पुन अनुरोध गर्दछु जै वल्लो किरात जै सुनुवार सेवा समाज
    मन प्रसाद सुनुवार
    प्रिसिडेन्ट
    सुनुवार सेवा समाज तथा वल्लो किरात संघिय राज्य परिषद

Leave a Reply

Your email address will not be published. Required fields are marked *